इसराइलले इरानमा आक्रमण गर्यो
नेपालअखबार,काठमाडौँ । इसराइलले इरानमा आक्रमण गरेको छ।
शनिबार बिहान इसराइलले तेहरान आसपास इरानी सैन्य अड्डालाई लक्षित गरी हवाइ आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
आक्रमणबाट के-कति मानवीय क्षति भयो भन्ने विषय सार्वजनिक भइसकेको छैन।
इरानले अक्टोबर १ मा इसराइलमा आक्रमण गरेको थियो। त्यतिबेला इरानले १८० वटाभन्दा बढी मिसाइलले इसराइलमाथि आक्रमण गरेको थियो।
उक्त आक्रमणलाई इरानले इसराइलमाथि गरेको ठूलोमध्येको हमला भनिएको थियो।
सो आक्रमणपछि इसराइलले त्यसको जवाफ दिने र इरानले चर्को मूल्य चुकाउनुपर्ने चेतावनी इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले दिँदै आएका थिए।मध्यपूर्वको लडाइँमा इसराइललाई सहयोग गर्दै आएको अमेरिकाले इरानमा आक्रमण गर्दा सैनिक अड्डाहरूमा मात्र निशाना बनाउन इसराइललाई सुझाव दिएको थियो।
सोही अनुसार शनिबार बिहान इसराइलले इरानी सैन्य अड्डाहरूलाई...










