साउदीमा इस्लामिक राष्ट्रका प्रमुखहरु भेला
नेपालअखबार,काठमाडौं। अरब र मुस्लिम राष्ट्रका नेता सोमबार साउदी अरेबियाको राजधानी रियादमा भेला भएका छन् । यो सम्मेलन गाजा र लेबनानमा इजरायलसँग चलिरहेको युद्धमा केन्द्रित रहने साउदी अरेबियाको सरकारी मिडिया एजेन्सी वाफाले जनाएको छ।
वाफालाई उद्धृत गर्दै बीबीसी हिन्दीले लेखेको छ, ‘इजरायली आक्रमण सहित प्यालेस्टाइन र लेबनानी क्षेत्रमा बढ्दो हिंसाले अरब र इस्लामिक नेताहरूलाई तत्काल कदम चाल्न बाध्य बनाएको छ, त्यसकारण सम्मेलनको आयोजना गरिएको हो ।’
प्यालेस्टाइन र लेबनानी क्षेत्रमा इजरायली आक्रमण रोक्न, आम जनताको सुरक्षा र यस क्षेत्रमा शान्ति र स्थिरता स्थापना गर्न अन्तर्राष्ट्रिय समुदायलाई दबाब दिनु यस सम्मेलनको मुख्य प्राथमिकता रहेको बताइएको छ।
रियादमा हुन लागेको सम्मेलनमा सहभागी हुन पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफ पनि साउदी अरब पुगेका छन् । उनले एक्समा लेखेका छन्, ‘म रियाद पुगेको छु...










