नेपाली विभागमा छात्रवृत्ति वितरण तथा परिचर्चा
नेपालअखबार, पाेखरा। पृथ्वीनारायण क्याम्पस नेपाली विभागले विभागीय छात्रवृत्ति वितरण तथा साहित्यक परिचर्चा कार्यक्रम सम्पन्न गरेको छ ।
विभागले बिहीवार एक समारोहबीच छात्रवृत्ति वितरण र साहित्यकार तीर्थराज अधिकारीको नवौं कृति ‘यो कसको हात हो’ दोस्रो संस्करणको परिचर्चा एकैसाथ आयोजना गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि निमित्त क्याम्पस प्रमुख शंकरनाथ पौडेल, विभागीय प्रमुख डा. यमनाथ तिमिल्सिना, छात्रवृत्ति संस्थापक कृष्णप्रसाद पौडेल, राधादेवी पौडेल, तीर्थराज अधिकारी, सीतादेवी अधिकारीले संयुक्तरूपमा उक्त छात्रवृत्ति अर्पण गरे ।
पूर्व विभागीय प्रमुख कृष्णप्रसाद पौडेलद्वारा आफ्ना बुबा शालिकराम पौडेलको स्मृतिमा स्थापित शालिकराम–कृष्ण पौडेल छात्रवृत्ति जमुना कुमारी रिजालले प्राप्त गरेकी छन् । यसैगरी, मुक्तकमणि तीर्थराज अधिकारीद्वारा स्थापित सीता–तीर्थ छात्रवृत्ति शिवप्रसाद पौडेलले प्राप्त गरे ।
उन...






