साइनिङ स्टार बोर्डिङ्ग स्कुल २५ औं वर्षमा : विभिन्न सामाजिक कार्य गर्दै
नेपालअखबार, पाेखरा। पोखरा–६ लेकसाइडस्थित साइनिङ स्टार बोर्डिङ्ग स्कुल २५ औं वर्षमा प्रवेश गरेको छ । यसको अवसरमा विद्यालयले विभिन्न कार्यक्रमको आयोजना गरेको छ । सोही अन्तर्गत आइतबारम रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ३६ युनिट रगत संकलन भयो । प्रमुख अतिथि वडा ६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले पहिलो रक्तदाता विद्यालयका पूर्व विद्यार्थी सलिल बराललाई रक्तपोका हस्तान्तरण गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए ।
प्रमुख अतिथि भट्टराईले पर्यटकिय क्षेत्र लेकसाइडमा रहेको विद्यालयले पर्यटन मैत्री शिक्षामा जोड दिनुपर्ने बताए । साथै वडाले गर्न लागेको बारिष्ठा तालिमका लागि विनियोजित ४ लाख रुपैयाँ विद्यालयसंगको सहकार्यमा खर्चिने उनले जनाए ।
विद्यालय प्राचार्य अर्जुन प्रसाद पाण्डेले साइनिङ स्टार विद्यालयले शैक्षिकसंगै व्यवहारिक शिक्षालाई पनि जोड दिंदै आएको बताउँदै विद्यालयलाई यो स्थान स...










