Wednesday, August 26

शिक्षा

भरतपुरकाे विद्यालयमा  शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण
शिक्षा, समाचार, समाज

भरतपुरकाे विद्यालयमा शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण

डिलकुमारि नेपाल, चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अटिजम भएका विद्यार्थीलाई अभिभावकत्व प्रदान गर्न विशेष विद्यालय स्थापना गरिएको बताएउनु भएकाे हाे । प्रजातन्त्र दिवस २०८० को अवसरमा मंगलबार भरतपुरमा रहेको अटिजम विशेष विद्यालय भरतपुर १० मा भएको शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले अन्य सामान्य बच्चाभन्दा बढी स्याहार गर्नुपर्ने भएकाले महानगरले पनि अभिभावकत्वका रुपमा गरेको बताउनु भएकाे हाे । नेपाल सरकारको मान्यता प्राप्त पहिलो अटिजम विशेष विद्यालय भरतपुर महानगरले स्थापना गरे पनि स्तरोन्नति भने पर्याप्त रूपमा नभएको प्रमुख मेयर दाहालले बताइन् । विगत र हाल केही परिवर्तन देखिए पनि राम्रो परिवर्तन नभएकाले आगामी दिनमा महानगरपालिकाले प्राथमिकतामा राखेर काम गनु पने हामी सबैकाे दायित्व छ। महानगरपालिकाले महानगरका सबै बालबालिकालाई विद्यालयको...
विद्यार्थीहरूलाई यौन तथा प्रजनन स्वास्थ्य स्वास्थ्य सिकाउँदै सुरुवात
शिक्षा, समाचार, समाज, स्वास्थ्य

विद्यार्थीहरूलाई यौन तथा प्रजनन स्वास्थ्य स्वास्थ्य सिकाउँदै सुरुवात

राजेश दिदिया, भक्तपुर । सुरुवातले विद्यार्थीलाई विद्यालयमा नै गएर यौन तथा प्रजनन स्वास्थ्य किशोर किशोरीको अवस्था परिवर्तन सुरक्षित यौन व्यवहारका विषयमा कक्षा सञ्चालन गरेको छ । चाँगुनारायण नगरपालिका वडा नम्वर ३ मा अवस्थित सुरुवात नामक संस्थाले मध्यपुर थिमीको नालान्द विद्यलयका कक्षा ९ र १०मा अध्ययन गर्ने बालबालिकाहरूलाई यौन तथा प्रजनन स्वास्थ्य किशोर किशोरी अवस्थामा आउने परिवर्तन सुरक्षित यौन व्यवहार र कन्डमको महत्त्व र उपयोगिताको विषयमा अन्तरक्रिया गरेको हो । विद्यालयका कक्षा ९ र १० का ४० विद्यार्थीहरूसँग संस्थाले कन्डम दिवसका अवसरमा यसको महत्वको विषयमा अन्तरक्रिया गरेको सुरुवातका अनुसन्धान संयोजक अनुप अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार कन्डमको विषय आयो भने शिक्षक शिक्षिकाले पनि पठाउन हिचकिचाउने अवस्था अझ पनि छ अव पनि यौन तथा प्रजनन स्वास्थ्य किशोर किशोरी अवस्थामा आउने परिवर्तनको व...
त्रिविको उपकुलपति छनोटका लागि १४ उम्मेदवारको अन्तर्वार्ता आज
प्रशासन, शिक्षा, समाचार

त्रिविको उपकुलपति छनोटका लागि १४ उम्मेदवारको अन्तर्वार्ता आज

नेपालअखबार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोटका लागि आज उम्मेदवारहरुको अन्तर्वार्ता हुँदै छ । त्रिवि उपकुलपति सिफारिस समितिले अल्पसूचीमा परी प्रस्तुतीकरणमा सहभागी भएकाहरुको अन्तर्वार्ता लिन लागेको हो । अन्तर्वार्तामा आज बिहान साढे ८ बजेदेखि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरवारमा सुरु हुनेछ । समितिको सूचना अनुसार आज बिहान साढे ८ बजेदेखि कुशुम शाक्य, केशरजंग बराल, गोविन्द सुवेदी, चित्रबहादुर बुढाथोकी, ज्ञानेन्द्रप्रसाद पौड्याल, टंकनाथ धमला र तीर्थराज खनियाँको अन्तर्वार्ता हुनेछ । त्यसपछि दिउँसो १ बजेदेखि नारायणप्रसाद बेलवासे, प्रकाश घिमिरे, भोजराज अर्याल, महेन्द्रप्रसाद शर्मा, रामचन्द्र बस्नेत, शिवलाल भुसाल र सूर्यबहादुर थापाको अन्तर्वार्ता हुने समितिले जनाएको छ । यसअघि त्रिविका सहकुलपति एवम् शिक्षा मन्त्री नेतृत्वको उपकुलपति छनोट तथा सिफारिस समितिले सर...
कक्षा १२ को परीक्षा तालिका सार्वजनिक
शिक्षा, समाचार

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

नेपालअखबार, काठमाडौँ । कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक भएको छ ।  राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले २ आगामी वैशाख १४ गतेदेखि बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । यस्तो छ परीक्षाको समय तालिका –...
शिक्षा क्षेत्रलाई व्यापारको माध्यम बनाउन नहुनेमा जोड
शिक्षा, समाचार, समाज

शिक्षा क्षेत्रलाई व्यापारको माध्यम बनाउन नहुनेमा जोड

नेपालअखबार, काठमाडौँ । शिक्षा क्षेत्रलाई व्यापारको माध्यम बनाउन नहुनेमा जोड दिइएको छ । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले १६ औँ विश्व सामाजिक मञ्चको उपलक्ष्यमा आयोजना गरेको ‘निःशुल्क शिक्षा अधिकारमा बढ्दो व्यापारीकरणबाट सिर्जित चुनौतीहरू’ विषयक छलफल कार्यक्रममा वक्ताहरूले उक्त कुरामा जोड दिएका हुन् । निःशुल्क शिक्षाको संवैधानिक मर्म विपरीत शिक्षा क्षेत्रलाई व्यापारको माध्यम बनाउन नहुने बताएका हुन् । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन अनुसार निजी विद्यालयहरुलाई क्रमशः गुठीमा लैजाने व्यवस्था लागु गर्नुपर्ने बताएका थिए । सार्वजनिक शिक्षाको गुणस्तर वृद्धिका लागि लगानी बढाउनुपर्ने, शुल्क उठाइरहेका विद्यालयले राम्रो गरिरहेको भन्ने जस्ता गलत भाष्यलाई निरुत्साहित गरिनुपर्ने जस्ता विषयमा छलफल भएको एनसीई नेपालले जनाएको छ । एनसीई नेपालका संस्थापक अध्यक्ष तथा राष्ट्रिय मानव अधिक...
आज श्रीपञ्चमी, सरस्वतीको पूजा गरेर मनाइँदै
शिक्षा, समाचार, समाज

आज श्रीपञ्चमी, सरस्वतीको पूजा गरेर मनाइँदै

नेपालअखबार, काठमाडौं । आज विद्याकी देवी सरस्वतीको पूजाअर्चना गरेर आज श्रीपञ्चमी मनाइँदै छ । वसन्त पञ्चमी पनि भनिने आजको दिनमा सरस्वती मन्दिरहरुमा पूजा गर्नेहरुको चहलपहल छ । ललितपुरको लेलेस्थित सरस्वती कुण्ड, थिमीको सरस्वतीखेल, विशालनगरको नील सरस्वती, आर्यघाटस्थित सरस्वती मन्दिर, मैतिदेवी, स्वयंभूलगायत विभिन्न सरस्वती मन्दिरहरुमा दर्शनार्थीको भिड लागेको छ । आजै बिहान हनुमानढोका दरबारस्थित नासलचोकमा राष्ट्रपतिबाट वसन्त श्रवण गर्ने कार्यक्रम तय भएको छ । वसन्त श्रवणमा उपराष्ट्रपति, प्रधानमन्त्री लगायत गन्यमान्यहरू पनि सहभागी हुने चलन छ । यस दिनलाई विद्या, बुद्धि, कला र संगीतको उन्नयनसँग गाँसिएको मौलिक पर्वका रूपमा मनाइन्छ । सरस्वती प्रकट भएको दिन अर्थात् सरस्वती जयन्ती मानेर आजकै दिन सरस्वतीलाई विद्याकी देवीका रूपमा पूजा-आराधना गर्ने प्रचलन वैदिककालदेखि चलिआएको छ ।...
त्रिविको उपकुलपति पदमा आवेदन दिएकामध्येबाट १४ जनाको संक्षिप्त सूची सार्वजनिक
प्रशासन, शिक्षा, समाचार

त्रिविको उपकुलपति पदमा आवेदन दिएकामध्येबाट १४ जनाको संक्षिप्त सूची सार्वजनिक

नेपालअखबार, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को उपकुलपति (भीसी)का लागि आवेदन दिएकाहरुमध्येबाट १४ जना संक्षिप्त सूचीमा परेका छन् । उपकुलपति छनोट तथा सिफारिस समितिले १४ जनाको नाम संक्षिप्त सूचीमा राखेको हो । यसअघि कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खुला प्रतिस्पर्धाको आधारमा उपकुलपति छनोट प्रक्रिया अघि बढाउन निर्देशन दिएपछि सहकुलपतिसमेत रहेका शिक्षामन्त्री अशोक कुमार राई नेतृत्वको सिफारिस समितिले पुस तेस्रो साता आवेदन माग गरेको थियो । उपकुलपति पदका लागि २ महिला र ४१ पुरुष गरी ४३  जनाको आवेदन परेको थियो । ती ४३ जनामध्येबाट सिफारिस समितिले १४ जनाको संक्षिप्त सूची सार्वजनिक गरेको हो । वर्णानुक्रम अनुसार सार्वजनिक गरिएको सूचीमा कुशुम शाक्य, केशरजंग बराल, गोविन्द सुवेदी, चित्रबहादुर बुढाथोकी, ज्ञानेन्द्रप्रसाद पौड्याल, टंकनाथ धमला, तीर्थराज खनियाँ, नारायणप्रसा...
साइनिङ स्टार बोर्डिङ्ग स्कुल २५ औं वर्षमा : विभिन्न सामाजिक कार्य गर्दै
शिक्षा, समाचार, समाज

साइनिङ स्टार बोर्डिङ्ग स्कुल २५ औं वर्षमा : विभिन्न सामाजिक कार्य गर्दै

नेपालअखबार, पाेखरा। पोखरा–६ लेकसाइडस्थित साइनिङ स्टार बोर्डिङ्ग स्कुल २५ औं वर्षमा प्रवेश गरेको छ । यसको अवसरमा विद्यालयले विभिन्न कार्यक्रमको आयोजना गरेको छ । सोही अन्तर्गत आइतबारम रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ३६ युनिट रगत संकलन भयो । प्रमुख अतिथि वडा ६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले पहिलो रक्तदाता विद्यालयका पूर्व विद्यार्थी सलिल बराललाई रक्तपोका हस्तान्तरण गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए । प्रमुख अतिथि भट्टराईले पर्यटकिय क्षेत्र लेकसाइडमा रहेको विद्यालयले पर्यटन मैत्री शिक्षामा जोड दिनुपर्ने बताए । साथै वडाले गर्न लागेको बारिष्ठा तालिमका लागि विनियोजित ४ लाख रुपैयाँ विद्यालयसंगको सहकार्यमा खर्चिने उनले जनाए । विद्यालय प्राचार्य अर्जुन प्रसाद पाण्डेले साइनिङ स्टार विद्यालयले शैक्षिकसंगै व्यवहारिक शिक्षालाई पनि जोड दिंदै आएको बताउँदै विद्यालयलाई यो स्थान स...
भरतपुरमा विद्यार्थीसँग मेयर कार्यक्रमको शुभारम्भ
प्रशासन, शिक्षा, समाचार

भरतपुरमा विद्यार्थीसँग मेयर कार्यक्रमको शुभारम्भ

नेपालअखबार, चितवन । भरतपुर महानगरपालिकाले विद्यार्थीसँग मेयर कार्यक्रमको शुभारम्भ गरेको छ । महानगरपालिका–२७ मा रहेको जानकी माध्यमिक विद्यालयबाट कार्यक्रमको शुभारम्भ गरिएको हो । महानगरपालिकाले पहिलो पटक सञ्चालनमा ल्याएको विद्यार्थीसँग मेयर कार्यक्रमको शुक्रबार महानगर प्रमुख रेनु दाहालले उद्घाटन गर्नुभयो  ।  विद्यालय परिसरमा विद्यार्थीसँग मेयर कार्यक्रमअन्तर्गत स्थानीय सरकार र जनप्रतिनिधिसँग विद्यार्थीको धारणा, अपेक्षा, समस्या, सेवा प्रवाहबाट विद्यार्थी सन्तुष्टि भए नभएको पहिचान गर्न कार्यक्रम सुरु गरिएको हो । यस आर्थिक वर्षमा केही नमूना विद्यालयमा विद्यार्थीसँग प्रत्यक्ष कुराकानी एवं संवाद गरिने छ । कार्यक्रमले विद्यार्थीको मनोबल उच्च हुने, शैक्षिक गुणस्तर वृद्धि हुने, समस्याको छिटोभन्दा छिटो समधान गर्न सकिने भरतपुर महानगरपालिका प्रमुख दाहालले बताइन् । विद्यालयको सुधारका लागि पर्याप्त...
बंगलादेशमा छात्रवृत्तिमा एमबीबीएस र बीडीएस अध्ययन गर्न आवेदन माग
प्रशासन, शिक्षा, समाचार

बंगलादेशमा छात्रवृत्तिमा एमबीबीएस र बीडीएस अध्ययन गर्न आवेदन माग

नेपालअखबार, काठमाडौँ । चिकित्सा शिक्षा आयोगले स्नातक तहको एमबीबीएस र बीडीएस शैक्षिक कार्यक्रमहरूका लागि बंगलादेश सरकारबाट प्राप्त छात्रवृत्तिमा अध्ययनका लागि विद्यार्थी छनौट गरी पठाउन आवेदन माग गर्दै सूचना प्रकाशित गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय छात्रवृत्ति शाखाको पत्र अनुसार बङ्गलादेश सरकारले नेपाल सरकारको लागि शैक्षिक सत्र २०२३ / २४ मा स्नातक तहको मबीबीएस र बीडीएस शैक्षिक कार्यक्रमहरूमा छात्रवृत्तिका सिट प्राप्त भएको र सोका लागि उम्मेदवार छनौट गरी पठाउन भनी लेखी आएको आयोगको भनाई छ । उक्त छात्रवृत्तिमा अध्ययन गर्न योग्यता पुगेका इच्छुक नेपाली उम्मेदवारहरूले माघ १२ गते अपराह्न ३:०० बजेभित्र आफ्नो प्रोफाइलमार्फत अनलाइन आवेदन पेस गर्न आव्हान गरिएको छ । सो सम्बन्धी विस्तृत सूचना आयोगको वेबसाइट https://mec.gov.np मा प्रकाशित गरिएको छ ।...