इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा स्मल हेवेन एकेडेमीका शिक्षककाे याे लिलाकाे पर्दाफास
नेपालअखबार,इनरुवा, । सुनसरी सदरमुकाम इनरुवा नगरपालिका–३ बढीस्थ रहेको स्मल हेभेन एकेडेमीका कक्षा १२ का समन्वयक तथा शिक्षक हरेराम मिश्रले आफ्नै पूर्व विद्यार्थीलाई अश्लील सन्देश पठाएर गोप्य अंग देखाएको आरोप लागेका छन्। घटना बाहिरिएपछि विद्यार्थी र स्थानीय युवा–समुदायले कडा प्रतिक्रिया जनाएका छन्।
घटना अनुसार, पिडित छात्राले बताएकोमा मिश्रले मोबाइलमार्फत अश्लील सामग्री तथा संदेश पठाउँदै पार्टी रुममा बोलाएर भिडियो कलमा अचानक आफ्नो गोप्य अंग देखाएका थिए। घटना देखिन थालेपछि उक्त छात्राले अन्यलाई ब्लक गर्ने गरेको तर अर्को नम्बरबाट फेरि सम्पर्क गरेर डराएर सहम बनाउने प्रयास गरेको पिडितले दावी गरेका छन्।
यो समाचार फैलिएपछि जेन–जी पुस्ताका विद्यार्थी र युवाहरू कलेज पुगेर सत्यतथ्य बुझ्न खोज्दा शिक्षक मिश्रले उल्टै धाकधम्की र दुर्व्यवहार गरे। त्यसबेलै कलेजभित्रै विद्यार्थी–समूहले उनलाई कुटपिट गरेका थ...










