Monday, November 23

समाचार

गौरमा दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त बनेपछि प्रहरी परिचालन
प्रशासन, समाचार

गौरमा दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त बनेपछि प्रहरी परिचालन

नेपालअखबार,रौतहट । रौतहटको सदरमुकाम गौर नगरपालिका ६ सबगढा  गाउँमा दुई समुदायबिच झडप भएको छ । झडपको कारण त्यहाँको अवस्था तनावग्रस्त बनेको छ। सबगढा  गाउँमा बिहीबार राति एक हिन्दू समुदायको विवाहमा बाजा बजाउँदै जन्ती गएको थियो। सबगढा गाउँमा रहेको मुस्लिम समुदायको मस्जिदमा रातिको समय नवाज पढिरहेको बेला बाजा बजाएको विषयलाई लिएर भनाभन भएको थियो। स्रोतका अनुसार भनाभन पछि मुस्लिम समुदायका केही मानिसले बाजा बजाउने डिजे ग्रुपका केही मानिसलाई कुटपिट गरेका थिए। त्यही विषय लिएर आज बिहानै देखी पुनः दुई समुदायबिच झडप भएको हो। आज बिहानैदेखि दुवै पक्षबाट ढुङ्गा हानाहान भइरहेको  छ। घटनापछि उक्त क्षेत्रमा बाक्लो सुरक्षाकर्मीको परिचालन गरिएको छ। रौतहटका सिडिओ दिनेश सागर भुसालले घटनाको पुष्टि गर्दै नेपाल प्रहरीका एसपी सिताराम रिजाल, सशस्त्र प्रहरीका एसपी रामहरि अधिकारी घटनास्थल पुगेको बताएका छन्। अवस्थ...
पोखरा विश्वविद्यालयका छ हजार छ सय बाइस जना आज दीक्षित हुँदै
शिक्षा, समाचार

पोखरा विश्वविद्यालयका छ हजार छ सय बाइस जना आज दीक्षित हुँदै

नेपालअखबार,पाेखरा । पोखरा विश्वविद्यालयमा अध्ययन गरेका छ हजार ६२२ जना आज दीक्षित हुँदैछन् । पोखरा महानगरपालिका–३० खुदी ढुङ्गेपाटनमा आज आयोजना हुने २१ औँ दीक्षान्त समारोहमा विभिन्न तह र सङ्कायमा उच्च शिक्षा हासिल गरेका उनीहरुलाई उपाधि प्रदान गरिने विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालले जानकारी दिए । व्यवस्थापन सङ्कायबाट तीन हजार ६२५, विज्ञान तथा प्रविधि सङ्कायबाट दुई हजार ५०६, स्वास्थ्य विज्ञानबाट ३६५ र मानविकी तथा सामाजिक शास्त्र सङ्कायबाट १२६ जनालाई उपाधि दिइने छ । उक्त अवसरमा स्नातकोत्तर तहमा सबैभन्दा उच्च अङ्क ल्याउने विद्यार्थीलाई कुलपति पदक र स्नातक तहमा उत्कृष्ट हुनेलाई उपकुलपति पदक प्रदान गरिनेछ । स्नातक तहको बिसिए कार्यक्रममा उच्चतम अङ्क ल्याउनलाई ‘अक्सफोर्ड’ पदक प्रदान गरिनेछ । शैक्षिक उत्कृष्टता प्रदर्शन गर्ने ६६४ जना विद्यार्थी यस वर्ष ‘डीन लिस्ट’ उपाधिबाट सम्मा...
सुर्खेतबाट १०० बुँदे वाचापत्र सार्वजनिक  (पूर्णपाठ सहित)
राजनीति, समाचार

सुर्खेतबाट १०० बुँदे वाचापत्र सार्वजनिक (पूर्णपाठ सहित)

नेपालअखबार,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट १०० बुँदे वाचापत्र सार्वजनिक गरेको छ। वीरेन्द्रनगरमा आयोजित कार्यक्रममार्फत पार्टीका केन्द्रीय तथा प्रदेशस्तरीय नेताहरूले सुशासन, पारदर्शिता, रोजगारी, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै १०० प्रतिबद्धता सार्वजनिक गरेका हुन्। रास्वपाले भ्रष्टाचार नियन्त्रण, सरकारी सेवामा डिजिटल प्रणालीको विस्तार, युवालाई उद्यमशीलतामा प्रोत्साहन, स्थानीय उत्पादनको बजारीकरण र कर्णालीमा विशेष पूर्वाधार कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ। पार्टीका नेताहरूले परम्परागत राजनीतिक अभ्यासभन्दा फरक शैलीमा काम गर्ने दाबी गर्दै वाचापत्र कार्यान्वयनका लागि समयसीमा र अनुगमन संयन्त्रसमेत बनाइने बताएका छन्।...
एमालेको घोषणापत्र सार्वजनिक: जेनजीलाई प्रत्येक महिना १० जीबी डाटा, उद्यमीलाई १० हजारको डलर कार्ड
राजनीति, समाचार

एमालेको घोषणापत्र सार्वजनिक: जेनजीलाई प्रत्येक महिना १० जीबी डाटा, उद्यमीलाई १० हजारको डलर कार्ड

नेपालअखबार,काठमाडौँ । नेकपा एमालेको घोषणापत्र सार्वजनिक भएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममार्फत अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गरेका हुन् ।  फागुन २१ को प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै एमालेले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न ‘एमालेले बनाउँछ’ भन्ने मूल नारासहित आफ्नो संकल्प सार्वजनिक गरेको छ । घोषणापत्रमा एमालेले राजनीतिक स्थिरता, लोकतन्त्रको सुदृढीकरण र राष्ट्रिय स्वाधीनताको रक्षालाई मुख्य प्राथमिकतामा राखेको छ । मुलुकलाई अस्थिरताको चक्रबाट बाहिर निकाली विकास र समृद्धिको यात्रामा अघि बढाउन एमालेको एकल बहुमत आवश्यक रहेको जिकिर गर्दै अध्यक्ष ओलीले २०७२ सालको संविधान जारी भएपछिको विकासको नेतृत्व एमालेले नै गरेको दाबी गरेका छन् । घोषणापत्रमा आगामी ५ वर्षभित्र मुलुकको अर्थतन्त्रको आकार १०० खर्ब र १० वर्षमा २०० खर्ब पुर्‍याउने तथा ...
सर्लाहीमा गोली लागेर एक बालक घाइते
समाचार, समाज

सर्लाहीमा गोली लागेर एक बालक घाइते

नेपालअखबार,सर्लाही । सर्लाही सदरमुकाम मलंगवामा आज (बिहीबार) दिउँसो पेस्तोल पड्किँदा एक बालक घाइते भएका छन् । मलंगवा नगरपालिका–४ को ढाँका बोर्डर टोलमा १५ वर्षीय आकाश राम घाइते भएका हुन् । घर नजिकै निर्माणाधीन हनुमान मन्दिरभित्र रातो कपडाले बेरिएको अवस्थामा रहेको वस्तु फेला पारेपछि आकाशले खोलेर हेरेका थिए । नक्कली ठानेर चलाउने क्रममा पेस्तोल अचानक पड्किएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी सरोज राईले जानकारी दिए । गोली उनको दाहिने हातको पन्जामा लागेको छ। उनलाई उपचारका लागि तत्काल प्रादेशिक अस्पताल मलंगवा लगिएको छ । चिकित्सकका अनुसार उनको अवस्था मध्यम छ ।प्रहरीले घटनास्थलबाट एक थान पेस्तोल बरामद गरेको छ । पेस्तोलमा पड्किएको खोका अड्किएको अवस्थामा भेटिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
१० लाखसम्मको आम्दानीमा कर नलगाउने कांग्रेस घोषणा
राजनीति, समाचार

१० लाखसम्मको आम्दानीमा कर नलगाउने कांग्रेस घोषणा

नेपालअखबार, काठमाडौं । नेपाली कांग्रेसले आफ्नो सरकार बने वार्षिक १० लाखसम्मको आम्दानीमा कर नलगाउने घोषणा गरेको छ । कांग्रेस सभापति गगन थापाले आफ्नो पार्टीको कार्यक्रम ‘हाम्रो प्रतिज्ञा–तपाईंको प्रश्न’ नामक खुला बहसमा यस्तो घोषणा गरेका हुन् । नेपाललाई विदेशी लगानीको आकर्षणको केन्द्र बनाउने भाषणले मात्र लगानी आउने नभई नीतिगत सुधार आवश्यक रहेको उनले बताए । यसका लागि १० लाखसम्मको आम्दानीमा कर नलगाइने घोषणा उनले गरे । व्यक्तिगत आयकरको सीमा सबैभन्दा धेरै रहेको देशमा नेपाल पर्छ । अहिले ३९ प्रतिशतसम्म रहेको व्यक्तिगत आयकरलाई अधिकतम २५ प्रतिशतमा झार्ने घोषणा थापाले गरे । संस्थागत सीमा २० प्रतिशतमा झार्ने उनले बताए । अन्य करका दर समेत सरलीकृत गर्दै सबैलाई मूल्य अभिवृद्धि कर (भ्याट) मा समाहित गर्ने योजना रहेको उनले सुनाए । नेपालमा निजी क्षेत्र भन्नाले केही अनुहार मात्र हेरेर व्यवहार गर्ने प्रवृत...
प्रजातन्त्र दिवसले समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुगोस्- राष्ट्रपति पौडेल
राजनीति, समाचार

प्रजातन्त्र दिवसले समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुगोस्- राष्ट्रपति पौडेल

नेपालअखबार,काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुगोस् भनी कामना व्यक्त गरेका छन्। राष्ट्रिय प्रजातन्त्र दिवस, २०८२ का अवसरमा आज शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान र लोकतन्त्रका लागि भएका विभिन्न आन्दोलनहरूमा योगदान गर्नुहुने सबैप्रति सम्मान प्रकट गरेका छन्। उनले प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुगोस् भनि कामना गरेका छन्। 'प्रजातन्त्र स्थापनाका लागि भएका अनेकौँ सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात–अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका अनेकौँ आन्दोलनलाई पथ प्रदर्शन गर्नुहुने अग्रजहरूप्...
प्रतिज्ञापत्रबारे कांग्रेस सभापति थापा खुला प्रश्नोत्तर कार्यक्रम गर्दै
राजनीति, समाचार

प्रतिज्ञापत्रबारे कांग्रेस सभापति थापा खुला प्रश्नोत्तर कार्यक्रम गर्दै

नेपालअखबार,काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनका लागि सार्वजनिक गरेको प्रतिज्ञापत्रमा समेटिएका विषयमा आज (बिहीबार) खुला प्रश्नोत्तर कार्यक्रम राखेको छ । धनुषाको जनकपुरमा बुधबार सार्वजनिक भएको प्रतिज्ञापत्रबारे सभापति गगनकुमार थापाले काठमाडौंको राष्ट्रिय सभागृहमा खुला प्रश्नोत्तर गर्ने भएका हुन् । दिउँसो १ बजेबाट सुरू हुने ‘हाम्रो प्रतिज्ञा तपाईंको प्रश्न’ कार्यक्रममा सभापति थापाले प्रतिज्ञापत्रका बारेमा देश–विदेशबाट प्रश्न लिँदै जवाफ दिने कांग्रेसले जनाएको छ । प्रविधिको प्रयोग गरेर संसारभरिबाट प्रत्यक्ष रूपमा प्रश्न सोध्न सकिने र सभापति थापाले प्रश्नको जवाफ दिने व्यवस्था गरिएको प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउन पाए आगामी पाँच वर्षमा गर्ने कामहरूको खाका प्रतिज्ञापत्रमार्फत् सार्वजनिक गरेको छ । प्रत्यक्ष प्रश्नोत्तर कार्यक्र...
‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२’ जारी
प्रशासन, समाचार

‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२’ जारी

नेपालअखबार,काठमाण्डौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीअनुसार हुने निर्वाचनको लागि आवश्यक पर्ने अस्थायी मतदाता नामावाली सङ्कलन तथा स्थायी मतदान प्रक्रियालाई व्यवस्थित तुल्याउन ‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२’ जारी गरेको छ । आयोगले मतदाता नामावलीसम्बन्धी ऐन, २०७३ को दफा ४४ ले दिएको अधिकार प्रयोग गरी कार्यविधि बनाएर जारी गरेको हो । कार्यविधिअनुसार आयोगले स्थायी मतदाता नामावली सङ्कलन गर्ने कार्यक्रमसहितको सूचना प्रकाशन गर्नेछ । सो सूचना आयोगले आवश्यकताअनुसार राष्ट्रियस्तरका सञ्चारमाध्यमबाट समेत प्रकाशन तथा प्रसारण गर्न सक्ने व्यवस्था कार्यविधिमा गरिएको छ । नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, सरकारको स्वामित्व वा नियन्त्रणमा रहेका संस्थामा कार्यरत कर्मचारी, सेना, प्रहरी, कारागारमा रहेका थुनुवा र कैदी, निर्वाचन कार्यमा ...
आत्महत्या दुरूत्साहनको आरोपमा एक युवक पक्राउ
प्रशासन, समाचार, समाज

आत्महत्या दुरूत्साहनको आरोपमा एक युवक पक्राउ

नेपालअखबार, झापा। आत्महत्या दुरूत्साहनको आरोपमा सातदोबाटो प्रहरी वृत्तले एक युवकलाई पक्राउ गरेको छ। झापा मेचीनगर १० धाइजन निवासी २६ वर्षीय रविन प्रधानलाई प्रहरीले पक्राउ गरेको हो। प्रधान र कचनकवल गाउँपालिका–३ की २१ वर्षीया एक युवतीबीच अध्ययनकै क्रममा प्रेम सम्बन्ध भएको थियो। सम्बन्धमा धोका पाएपछि ती युवतीले आत्महत्या गरेको प्रहरीले बताएको छ। ललितपुर सातदोबाटोबाट पक्राउ गरी प्रधानलाई झापा पठाइएको डिएसपी पूर्णिमा चन्दले जानकारी दिइन। झापामा सहित ललितपुरमा पनि उनीविरूद्ध उजुरी परेको थियो। एक युवतीलाई उनले १ वर्षअघि माया गरी धोका दिएका थिए। ती युवती पनि बेपत्ता भई अहिलेसम्म सम्पर्कमा नआएको पीडित परिवारले बताएको छ। प्रहरीका अनुसार उनले युवतीलाई विवाह गर्छु भनेर मायाजालमा पार्ने, अश्लिल भिडिओ बनाउने र ब्याकमेलिङ गर्ने गरेका थिए।...