Monday, November 23

समाचार

नेपाल-भारतबीच पारस्परिक कानुनी सहायता सम्झौतामा हस्ताक्षर
प्रशासन, समाचार

नेपाल-भारतबीच पारस्परिक कानुनी सहायता सम्झौतामा हस्ताक्षर

नेपालअखबार, काठमाडौँ ।  नेपाल र भारतले आपराधिक विषयमा पारस्परिक कानुनी सहायता सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन्। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा दुई देशले उक्त सम्झौतामाथि हस्ताक्षर गरेका हुन्। नेपालका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव विनोदकुमार भट्टराई र भारतका तर्फबाट नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सम्झौतामा हस्ताक्षर गरेको खबर आजको काठमाडौं पोस्टमा प्रकाशित छ। कार्यक्रममा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हा, मन्त्रालयका उच्च अधिकारीहरू तथा परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। फौजदारी विषयमा दुई मुलुकबीच पारस्परिक कानुनी सहायता आदानप्रदान गर्ने उद्देश्यले सम्पन्न गरिएको कानुन मन्त्रालयले बताएको छ। ‘सो सम्झौताले फौजदारी मुद्दाको अनुसन्धान, अभियोजन तथा न्यायिक कारबाहीका क्रममा प्रमाण स...
मधेशबाट चुनावी ‘प्रतिज्ञापत्र’ सार्वजनिक गर्दै कांग्रेस
राजनीति, समाचार

मधेशबाट चुनावी ‘प्रतिज्ञापत्र’ सार्वजनिक गर्दै कांग्रेस

नेपालअखबार,काठमाडौं । नेपाली कांग्रेसले आज जनकपुरमा गर्ने सभामार्फत् चुनावी प्रतिज्ञापत्र सार्वजनिक गर्दैछ । जनकपुरबाट सार्वजनिक हुने प्रतिज्ञा पत्रबारे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी दिइने कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए । नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमितिको आयोजनामा आज कांग्रेसले जनकपुरधाममा सभा गर्दैछ । ‘प्रतिज्ञा सभा’ नाम दिइएको यस चुनावी सभालाई सभापति गगन थापाले सम्बोधन गर्नेछन् । सोही क्रममा उनले चुनावी घोषणा पत्र सार्वजनिक गर्नेछन् । चुनावी घोषणापत्रलाई कांग्रेसले ‘प्रतिज्ञापत्र’ नाम दिएको छ । कांग्रेस मधेश प्रदेश समितिका सभापति कृष्णप्रसाद यादवले सभामा एक लाख मानिसहरुको सहभागी गराउने लक्ष्य रहेको बताए ।...
सुर्खेत जिल्ला प्रहरी कार्यालयले उठायाे नौ लाख उनान्चालिस हजार राजस्व
प्रशासन, समाचार

सुर्खेत जिल्ला प्रहरी कार्यालयले उठायाे नौ लाख उनान्चालिस हजार राजस्व

नेपालअखबार,कर्णाली । सुर्खेत जिल्ला प्रहरी कार्यालयले सवारी नियम पालना नगरेका सवारीचालकबाट रु नौ लाख ३९ हजार राजस्व सङ्कलन गरेको छ । उक्त कार्यालयका प्रवक्ता मोहनजङ्ग बुढ्थापाका अनुसार माघ महिनामा एक हजार २२ सवारीचालक कारबाहीमा परेका थिए । यसैबीच, सो अवधिमा भएका सवारी दुर्घटनामा दुई पुरुष र तीन महिलाको मृत्यु भएको जानकारी उनले दिए । दुर्घटनामा २३ गम्भीर र ६१ जना सामान्य घाइते भएका थिए ।...
खुला मञ्च सञ्चालन व्यवस्थापनको अधिकार वडा नं. २७ लाई दिन शिफारिस
प्रशासन, समाचार

खुला मञ्च सञ्चालन व्यवस्थापनको अधिकार वडा नं. २७ लाई दिन शिफारिस

नेपालअखबार,काठमाडौँ । काठमाडौँ महानगरपालिकाको बिच भागमा रहेको खुला मञ्च प्रयोग तथा व्यवस्थापनको अधिकार वडा नं. २७ लाई दिन प्रमुखसमक्ष शिफारिस गर्ने निर्णय भएको छ । आज राजस्व समितिका संयोजक तथा वडा नं ३२ का अध्यक्ष नवराज पराजुलीको संयोजकत्वमा विषयगत समितिका संयोजक र राजस्व समितिका सदस्यहरुको बैठकले यस्तो निर्णय गरेको हो । विगतमा बिभिन्न संघ संस्था तथा राजनीतिक दलका कार्यक्रम सञ्चालन गर्दा प्रशासन विभाग र महानगर प्रहरी बलको समन्वयमा व्यवस्थापन हुने गरेको थियो । अहिले कार्यक्रम सञ्चालन गर्ने आयोजकले निश्चित सर्त, बन्देज तथा दायित्व पूरा गर्ने गरी संघसंस्था तथा राजनीतिक दलका कार्यक्रम सञ्चालनका लागि खुला मञ्च प्रयोग तथा व्यवस्थापन गर्ने अधिकार वडा नं. २७ लाई दिन प्रमुख समक्ष सिफारिस गर्ने निर्णय भएको हो । बैठकमा प्रवक्ता नविन मानन्धर, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँसहित विषयगत समितिका...
नेकपा बहुमतका महासचिव बास्तोला पक्राउ
राजनीति, समाचार

नेकपा बहुमतका महासचिव बास्तोला पक्राउ

नेपालअखबार,काठमाडौं । नेकपा बहुमतका महासचिव धर्मेन्द्र बास्तोला काठमाडौंबाट पक्राउ परेका छन् । निर्वाचन विथोल्ने गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले मंगलबार बास्तोलालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसरका एसपी पवन भट्टराईले जानकारी दिए । ‘उहाँ अहिले हाम्रो कस्टडीमा हुनुहुन्छ’ उनले भने । नेकपा बहुमतले निर्वाचन बहिष्कारको नीतिसहित विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ । फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ ।निर्वाचनविरोधी अवाञ्छित गतिविधि बढाएको आरोपमा उनीमाथि अनुसन्धान सुरु गरिएको बताइएको छ ।...
कक्षा १२ को परीक्षा बैशाख १४ देखि, यस्तो छ तालिका
प्रशासन, शिक्षा, समाचार

कक्षा १२ को परीक्षा बैशाख १४ देखि, यस्तो छ तालिका

नेपालअखबार, काठमाडौँ ।  कक्षा १२ को फाइनल परीक्षा बैशाख १४ गतेदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले मंगलबार परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डले एसईईको परीक्षा तालिका यसअघि नै सार्वजनिक गरिसकेको थियो । तालिका अनुसार एसईईको परीक्षा चैत्र १९ गतेदेखि सञ्चालन हुनेछ । फागुन २१ गतेको निर्वाचनका कारण चैत पहिलो साता हुने एसईई दुई साता पछि सरेको हो ।...
भैरहवामा भेटिएको शंकास्पद भनिएको वस्तु माटो राखेको बियरको बोतल
प्रशासन, समाचार

भैरहवामा भेटिएको शंकास्पद भनिएको वस्तु माटो राखेको बियरको बोतल

नेपालअखबार, बुटवल । नेकपा बहुमतले आह्वान गरेको नेपाल बन्दको क्रममा  भैरहवाको लुम्बिनी गेट नजिकै शंकास्पद वस्तु फेला परेको छ । बोराभित्र राखिएको र बाहिर कागजमा नेपाल बन्द सफल पारौं लेखेको हुँदा शंकास्पद वस्तु देखिएपछि केही समय उक्त सडक खण्डमा सवारी आवागमन बन्द भएको थियो । नेपाली सेनाको टोली आएर डिस्पोज गर्दा  क्यान बियरको बोतलभित्र माटो र ढुङ्गा राखेर सर्वसाधारणलाई तर्साउन खोजिएको पाइएको रुपन्देही प्रहरीले बताएको छ । फागुन २१ को चुनाव बहिष्कारको आह्वान गर्दै नेपाल बन्द गरिएको सो पार्टीले जनाएको छ । बन्द आह्वान का कारण जिल्लाका शिक्षण संस्थाहरु बन्द भएका छन् । सवारी साधन चलेका छैनन् भने बजार पनि खुलेका छन् ।...
पर्सामा कार चालकसहित १६० किलोग्राम गाँजा बरामद
अपराध, समाचार

पर्सामा कार चालकसहित १६० किलोग्राम गाँजा बरामद

नेपालअखबार, पर्सा । सशस्त्र प्रहरी बल नेपाल पर्सा र नेपाल प्रहरीको संयुक्त टोलीले पर्साको पकहाँमैनपुर गाउँपालिकाबाट कार चालकसहित १६० किलो गाँजा बरामद गरेको छ। संयुक्त टोलीले सोमबार पर्साको पकहाँमैनपुर गाउँपालिकाको मधुवनीचोकतर्फ आइरहेको प्र३–०१–००२च ५४३२ नम्बरको सुजुकीको स्वीफ्ट कारका चालक  बुद्धिलाल घलानसहित सो परिमाणको गाँजा बरामद गरेको हो। सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्र्वाटरका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक मोहनबहादुर क्षेत्रीले गाँजासहित पक्राउ परेका चालक घलानलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय पोखरिया पठाइएको जानकारी दिए। गणपति क्षेत्रीले गाँजासहित भेटिएका घलानले कारको डिक्कीबाट प्याकिङ गरेको गाँजा फ्याँक्ने क्रममा पक्राउ गरिएको बताए। सशस्त्र प्रहरीका अनुसार चालक घलानको साथबाट २२ हजार ५०० नगद र रियलमी कम्पनीको स्मार्टफोनसमेत बरामद भएको छ।...
दुई दशकपछि बंगलादेशमा बीएनपीको पुनरागमन : आज तारिक रहमान प्रधानमन्त्री बन्दै
राजनीति, विश्व, समाचार

दुई दशकपछि बंगलादेशमा बीएनपीको पुनरागमन : आज तारिक रहमान प्रधानमन्त्री बन्दै

नेपालअखबार, ढाका। बंगलादेश नेसनल पार्टी (बीएनपी) दुई दशकपछि मंगलबार औपचारिक रूपमा सत्तामा फर्कदैछ। फेब्रुअरी १२ मा सम्पन्न १३औँ राष्ट्रिय संसदीय निर्वाचनमा पार्टीले भारी मतका साथ विजय हासिल गरेपछि, बीएनपीका अध्यक्ष तथा पहिलो पटक सांसद बनेका तारिक रहमानले प्रधानमन्त्रीको रूपमा शपथ लिँदैछन्। मन्त्रिपरिषद्को शपथ ग्रहण समारोह संसद भवनको साउथ प्लाजामा आयोजना गरिनेछ। राष्ट्रपति भवनमा सपथ ग्रहण गराउने दशकौँ पुरानो परम्परा तोड्दै, साउथ प्लाजामा आयोजित यो कार्यक्रमले २०२४ को ‘मनसुन क्रान्ति’ का क्रममा ज्यान गुमाएका सहिदहरूको योगदानलाई सम्मान गर्नेछ। सोही आन्दोलनले आवामी लिग सरकारको सबैभन्दा लामो कार्यकालको अन्त्य गरेको थियो। मंगलबार संसद भवनमा नयाँ संसदीय कार्यकाल र सरकार गठन प्रक्रियाको औपचारिक सुरुवात स्वरूप महत्त्वपूर्ण संवैधानिक कार्यक्रमहरू हुनेछन्। बिहान १०:०० बजे, नवनिर्वाचित २९७ सां...
नेपाली जनताका जननेता :पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल
राजनीति, विचार, समाचार, हाइलाइट-समाचार

नेपाली जनताका जननेता :पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल

नेपालअखबार,काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल जनताको निम्ति तन समर्पित जननेता हुनु हुन्छ । नेपालको लोकतान्त्रिक आन्दोलनका अथक योद्धा, निष्ठा, त्याग र समर्पणका प्राय जनप्रिय नेता, मुलुकका पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल नेपाली कम्युनिष्ट आन्दोलनका शीर्ष र आदर्श नेता हुनुहुन्छ । उहाँको संघर्षपूर्ण र उत्प्रेरक जीवन वर्तमान नेपाली राजनीतिको निम्ति जिउँदो इतिहास र भविष्यका निम्ति महत्वपूर्ण दस्तावेज हो । उहाँ राष्ट्रको निम्ति जीवन समर्पित गर्नु भएको छ । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि रौतहट, क्षेत्र नं.१बाट प्रत्यक्ष उम्मेवार हुनु हुन्छ । उहाँको परिचय बाल्यकाल कमरेड माधवकुमार नेपालले आफ्नो जीवन नै देश, जनता र श्रमजीवि जनताको मुक्तिका लागि समर्पित गर्नु भएको छ । जसको संघर्षपूर्ण राजनीतिक जीवन अनुकरणीय र उत्प्रेरक छ । निजी जीवन र सुखला...