Wednesday, November 25

समाचार

नियन्त्रणमा लिइयो नरभक्षी बाघ
समाचार, समाज

नियन्त्रणमा लिइयो नरभक्षी बाघ

नेपाल अखबार, चितवन । चितवन राष्ट्रिय निकुञ्जले नरभक्षी बाघ नियन्त्रणमा लिएको छ । भरतपुर महानगरपालिका–१३ बेलसहर सामुदायिक वन क्षेत्रमा रहेको उक्त बाघलाई निकुञ्जले शनिबार साँझ नियन्त्रणमा लिएको हो । वनमा घाँस काट्न गएका स्थानीय ६३ वर्षीय जन्हु महतोलाई शनिबार बिहान  बाघले आक्रमण गरेर शवलाई समेत नछाडेपछि बाघ नियन्त्रणमा लिइएको हो । निकुञ्जका सूचना अधिकारी अशोक रामले आक्रमण गर्ने अन्दाजी १० वर्षको भाले बाघलाई पाँच घण्टाको प्रयासपछि साँझ नियन्त्रणमा लिइएको बताए । उनका अनुसार निकुञ्जका हात्ती, कर्मचारी, सेना तथा प्रहरीको प्रयासमा बाघलाई नियन्त्रणमा लिइएको हो । औषधियुक्त सुई प्रहार गरी लठ्याइने प्रविधि डार्टमार्फत बाघलाई बेहोस बनानएर मुख्य कार्यालय कसरामा लगिएको उहाँले जानकारी दिए। कसराको खोरमा बाघलाई राखिएको छ । सोही बाघले केही महिनाअघि त्यसै क्षेत्रका अर्का एक व्यक्तिलाई पनि आक्रमण गरेको थियो । ...
मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै
राजनीति, समाचार

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

नेपाल अखबार, काठमाडाैं। आज अपराह्न १२ बजे मन्त्रिपरिषदको बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका हुन् । सोमबार मन्त्रिपरिषदको नियमित बैठक हुने गरेपनि आइतबार आकस्मिक बैठक बस्न लागेको हो । आजको बैठकमा एसिड आक्रमण कसुरसम्बन्धी विधेयक मन्त्रिपरिषदले जारी गर्ने एजेण्डा रहेको एक मन्त्रीले जानकारी दिए । मन्त्रिपरिषदबाट जारी भएपछि आजै राष्ट्रपतिबाट प्रमाणिकरण हुनेछ । यस्तै अन्य केही विधेयक बारेपनि बैठकमा छलफल हुने बुझिएको छ । सरकारले पहिलेको कानून संशोधन गरी एसिड आक्रमण कसुरको सजायमा बृद्धि गर्दै नयाँ अध्यादेश सिफारिस गरेको छ । एसिड आक्रमण गरेमा २० वर्ष सजाय र आक्रमणबाट मृत्यु भएमा जन्मकैदको सजायको सिफारिस गरिएको छ । दुई साता अघि प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमण कसुरसम्बन्धी कानून छिट्टै संशोधन गरेर कडा व्यवस्था गर्ने बताए...
नेकपा भिमादका नेता ध्रुब खनालको सम्झनामा श्रध्दाञ्जलि सभा सम्पन्न
समाचार, समाज

नेकपा भिमादका नेता ध्रुब खनालको सम्झनामा श्रध्दाञ्जलि सभा सम्पन्न

नेपाल अखबार, तनहुँ।  नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) भिमाद नगर कार्यालय कमिटी सदस्य स्व.ध्रवराज खनालको श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । नेकपा भिमाद नगर कमिटी द्वारा आयोजित श्रद्धाञ्जली सभामा नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटी सदस्य एवम् गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री माननीय किरण गुरुङले स्व. खनालको योगदानको बारेमा चर्चा गर्नुभएको थियो । गुरुङले सधै सकारात्मक चिन्तन लिने नेकपाका असल कार्यकर्ता ध्रुब सरको निधनले समाजको नमुना ब्यक्ति गुमाउनु परेकोमा आफु लगायत सिंगो पार्टी पंक्ति पिडामा रहेको बताउनुभयो । मिजासिलो स्वभावका धनी खनालको निधनले सिङ्गो पार्टीलाई क्षती पुगेको बताउंदै शोकलाइ शक्तिमा बदलेर परिवर्तनको अभियानमा अगाडि बढ्नुपर्ने बताउनुभयो । नेकपा भिमाद नगर कमिटीका अध्यक्ष राम बहादुर थापाको अध्यक्षतामा भएको श्रद्धाञ्जली सभाको सञ्चालन नगर कमिटीका सचीव इमान थापाले गर्नुभए...
कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु
समाचार, समाज, स्वास्थ्य

कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु

नेपाल अखबार, पाेखरा। नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ। शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरमा उपत्यकाका तीन जिल्लामा थप ७२४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा देशभरमा थप ८ जनाको मृत्यु भएको हो। मृतक ८ जना नै पुरुष रहेको मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४६७ पुगेको छ। यो कूल संक्रमितमध्येको ०.६५ प्रतिशत हो।...
उपत्यकामा पछिल्लो २४ घण्टामा थप ७२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

उपत्यकामा पछिल्लो २४ घण्टामा थप ७२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

नेपालअखबार, काठमाडौँ। काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ७२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामा थप ७२४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौँमा ५८३, भक्तपुरमा ६३ र ललितपुरमा ७८ जनामा कोरोना स.क्रमण पुष्टि भएको हो।...
२४ घण्टामा थप १ हजार २०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

२४ घण्टामा थप १ हजार २०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

नेपाल अखबार, पाेखरा।  नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शनिबार स्वास्थ्य तथा जनसंख्या मनत्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार २०७ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए। आज देशभरमा सक्रिय संक्रमितको संख्या १८ हजार ३४१ रहेको छ। छिल्लो २४ घण्टामा थप १० हजार १९ जनाको पीसीआर परीक्षण गरिउको थियो। त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार १४७ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै निको हुनेका संख्या ५३ हजार १५ पुगको छ।...
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ
समाचार, समाज

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

नेपालअखबार, उदयपुर। उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–५ की १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा त्रिनपा–५ का ४८ वर्षीय टेकबहादुर बुढाथोकी रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भीमप्रसाद दाहालले पीडित बालिकाको अभिभावकले दिएको उजुरीका आधारमा बुढाथोकीलाई बिहीबार पक्राउ गरिएको बताए। पीडित बालिकाको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गराइएको र अहिले स्वास्थ्य अवस्था सामान्य रहेको पनि प्रहरीले जनाएको छ। रासस...
डोनाल्ड ट्रम्पविरुद्ध उनकै भतिजी म्यारीले दायर गरिन् ठगीको मुद्दा
विश्व, समाचार, हाइलाइट-समाचार

डोनाल्ड ट्रम्पविरुद्ध उनकै भतिजी म्यारीले दायर गरिन् ठगीको मुद्दा

नेपाल अखबार, एजेन्सि। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध उनकै भतिजी म्यारी ट्रम्पले ठगीको मुद्दा दायर गरेकी छिन्। बिहीबार म्यारीले ट्रम्पविरुद्ध न्युयोर्कको अदालतमा ठगी गरेको र धोका दिएको भन्दै मुद्दा दायर गरेको सीएनएनले जनाएको छ। म्यारी फ्रेड ट्रम्प जुनियरकी छोरी हुन्। फ्रेड डोनाल्ड ट्रम्पका जेठा दाई थिए। आफ्ना हजुरबा फ्रेड ट्रम्प सिनियरले निर्माण गरेको रियल–स्टेट इम्पाइरबाट पाउनुपर्ने ब्याज तथा रकमहरुबाट आफूलाई काका डोनाल्ड ट्रम्प र पिताका अन्य बहिनी र भाइहरुले ठगी गरेर, धोका दिएर बन्चित गरेको म्यारीको भनाइ छ। म्यारी भन्छिन्,‘ठगी ट्रम्पहरुको केवल परिवारको व्यवसाय मात्र थिएन। यो जीवनशैली थियो।’ काका डोनाल्ड ट्रम्प र पिताका अन्य भाई र बहिनीले जबर्जस्ती एउटा सम्झौतामा हस्ताक्षर गर्न लगाएको म्यारीले उल्लेख गरेकी छिन्। यसरी आफूले प्राप्त गर्नुपर्ने लाखौं डलरभन्दा बढी रकम प्राप्त नगरेक...
बुद्धभूमि नगरपालिका–१० का वडाध्यक्षको निधन
समाचार, समाज

बुद्धभूमि नगरपालिका–१० का वडाध्यक्षको निधन

नेपाल अखबार, तौलिहवा । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१० का वडाध्यक्ष त्रिलोकीप्रसाद खरविन्दको निधन भएको छ । उनी तत्कालीन संघीय समाजवादी पार्टीबाट वडाध्यक्ष निर्वाचित भएका थिए । दीर्घरोगबाट ग्रसित उनको उपचारको क्रममा आज बिहान निधन भएको परिवारले जनाएका छन् । वडाध्यक्षको निधनप्रति नगरप्रमुख केशवकुमार श्रेष्ठले श्रद्धाञ्जलि व्यक्त गरेका छन् । यसअघि गत भदौ १४ गते बुद्धभूमि नगरपालिका–७ का वडाध्यक्ष रामेश्वर सिंहको पनि उपचारकै क्रममा निधन भएको थियो । रासस...
बाघको आक्रमणबाट एक जनाको मृत्यु
समाचार, समाज

बाघको आक्रमणबाट एक जनाको मृत्यु

नेपाल अखबार, चितवन । चितवनमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । वनमा घाँस काट्न गएका भरतपुर महानगरपालिका– १३ का ६३ वर्षीय जन्हु महतोको बाघको आक्रमणबाट शनिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अशोक रामका अनुसार स्थानीय बेलशहर मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका चौधरीलाई बिहान १०ः१५ बजे बाघले आक्रमण गरेको थियो । अहिले पनि बाघ र शव एकै ठाउँमा रहेकाले बाघलाई डार्ट गरेर शव नियन्त्रणमा लिने प्रयास भइरहेको छ । इलाका प्रहरी कार्यालय गीतानगर र स्थानीय सो स्थानमा जाँदै गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी सूर्य थापाले बताए ।...