Monday, November 23

समाचार

गण्डकी प्रदेशमा थप आठ जनामा कोरोना संक्रमण पुष्टि
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकी प्रदेशमा थप आठ जनामा कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, पाेखरा।  गण्डकी प्रदेशका पाँच जिल्लामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले सोमबार बिहान सार्वजनिक गरेको विवरणअनुसार पूर्वी नवलपरासी (नवलपुर), तनहुँ र बाग्लुङमा २–२ जना तथा म्याग्दी र स्याङ्जामा १–१ जनामा कोरोना पुष्टि भएको हो । नवलपुरको विनयत्रिवेणी–१ मा ६ वर्षीया बालिका र २८ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ । तनहुँको ब्यास–५ र शुक्लागण्डकी–४ मा १–१ जनामा कोरोना पुष्टि भएको छ । बाग्लुङ नगरपालिका–२ मा २० र २२ वर्षका दुई जना पुरुषमा पनि कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयलले जनाएको छ । म्याग्दीको बेनीमा २० वर्षीय पुरुष र स्याङ्जाको पुतलीबजारमा ३७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना पुष्टि भएकाहरुको संख्या १ हजार ८ सय ८८ पुगेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्...
देशभरमा ८१८ कोरोना संक्रमित थपिए
समाचार, स्वास्थ्य

देशभरमा ८१८ कोरोना संक्रमित थपिए

नेपाल अखबार, पाेखरा। नेपालमा पछिल्लो २४ घण्टामा थप ८१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार देशभरमा थप ८१८ जनामा कोरोना पुष्टि भएको हो। २२० महिला ५९८ पुरुष गरी ८१८ जान संक्रमित भेटिएको प्रवक्ता गौतमले जनाकारी दिए।...
तीन दशकमा पग्लियो पृथ्वीको २८ ट्रिलियन टन बरफ
विश्व, समाचार

तीन दशकमा पग्लियो पृथ्वीको २८ ट्रिलियन टन बरफ

नेपाल अखबार, एजेन्सि। गएको तीन दशकमा २८ ट्रिलियन टन बरफ पग्लिएको बेलायती वैज्ञानिकहरुले बताएका छन्। स्याटलाइट सर्वेक्षणमा आधारित सो अध्ययनले बरफ पग्लिने यो क्रम ‘चकित तुल्याउने’ खालको भएको बताएको छ। लिड्स युनिभर्सिटी, एडिनबरा युनिभर्सिटी र युनिभर्सिटी कलेज लन्डनका वैज्ञानिहरुले संयुक्त रुपमा सो अध्ययन गरेका थिए। उनीहरुले हिमनदी र बरफ पग्लिनाले यो शताब्दीको अन्त्यमा समुद्र सतह एक मिटरले बढ्ने चेतावनी पनि दिएका छन्। ‘समुद्र सतह एक सेन्टिमिटर बढ्दा करिब १० लाख मानिस विस्थापित हुन्छन्,’ लिड्स युनिभर्सिटीका प्राध्यापक एन्डी सेफर्ड भन्छन्। हिउँ पग्लिने क्रम बढेपछि सूर्यको विकिरणलाई परावर्तन गर्ने पृथ्वीको क्षमता घट्ने र तापक्रम बढ्ने चेतावनी पनि उनीहरुले दिएका छन्। एजेन्सी...
कोरोनापछि फेरियो मनाङ जिल्लाकै परिचय
समाचार, समाज

कोरोनापछि फेरियो मनाङ जिल्लाकै परिचय

नवीन लामिछाने, मनाङ।हिमाल पारिको जिल्ला मनाङको परिचय पछिल्लो समय फेरिन थालेको छ । पर्यटन र पशुपालन मात्र नभई अहिले तरकारी खेतीतर्फ समेत स्थानीय वासिन्दा आकर्षित हुन थालेका छन् । विगतमा फापर, जौ, आलु, गहुँ मात्र उत्पादन हुने ठाउँमा स्थानीय किसानको परिश्रमका कारण अहिले तरकारीसमेत मनग्य फल्ने गरेको छ । मौसमी र बेमौसमी तरकारी खेती गरेर अहिले यहाँका किसानले राम्रो आम्दानीको बाटो पहिल्याएका छन् । ङिस्याङ गाउँपालिका–५, भ्राकाको मस्र्याङ्दी नदी किनारमा फलेका बन्दा, गोलभेंडा र गाजर हेर्दा जो कोहीको मन लोभिन्छ । पहिले आलु र फापर मात्रै हुने यस ठाउँमा अहिले तरकारी राम्रोसँग उत्पादन भएको देख्दा यहाँका किसान मख्ख छन् । वडाध्यक्ष तथा पर्यटन व्यवसायी कर्मछिरिङ गुरुङको बारीमा लगाइएको बन्दा र काउली एउटै करिब पाँचदेखि सात किलोग्रामसम्म र एउटै गाजर पनि करिब एक केजी बराबरको फलेका छन् । अध्यक्ष गुरुङ भने “मैले...
कास्कीमा खोलाले बगाएर महिलाको मृत्यु
समाचार

कास्कीमा खोलाले बगाएर महिलाको मृत्यु

नेपाल अखबार, पाेखरा। कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ मा कस्युङ खोलाले बगाएर एक महिलाको मृत्यु भएको छ । आज बिहान २४ वर्षीया दीपा गौतमलाई हरितालिका तीजको पञ्चमी नुहाउन सो खोलामा जाँदा बगाएको र चार घण्टापछि मृतावस्थामा फेला पारिएको वडाध्यक्ष दुर्गाबहादुर क्षेत्रीले जानकारी दिए । कालीमाटी र नागीका बीचबाट बगेर मर्दीमा कस्युङ खोला मिसिएको छ । खोलाले बगाएपछि स्थानीयवासीले खोजतलासका क्रममा गौतमको शव घटनास्थलबाट अन्दाजी एक ७०० मिटर तल नदी किनारमा फेलापारेका थिए । घटनालगत्तै प्रहरीचौकी घाचोकबाट प्रहरी घटनास्थलमा परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पोखरा–२४ कास्कीकोट माइती भएकी गर्भवती उनकी साढे दुई वर्षकी छोरी छन् । रासस...
धनुषामा १४ गतेसम्म थपियाे निषेधाज्ञा
प्रदेश ४, प्रशासन, समाचार

धनुषामा १४ गतेसम्म थपियाे निषेधाज्ञा

नेपाल अखबार, जनकपुरधाम । धनुषामा जारी निषेधाज्ञा भदौ १४ गतेसम्म बढाइएको छ । आइतबार बसेको जिल्ला सुरक्षा समिति र जिल्ला संकट व्यवस्थापन केन्द्रको बठैकले निषेधाज्ञाको समय बढाएको प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जानकारी दिए । यसअघि ३२ साउनमा बसेको बैठकले भदौ ७ गतेसिम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको थियो । तर कोरोना संक्रमण फैलिने क्रम नरोकिएकाले निषेधाज्ञा जारी गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए ।स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को ३ बमोजिम जिल्ला भरि निषेधाज्ञा लगाउने निर्णय भएको उनले बताए । यसअघि जनकपुरधाममा १९ साउनदेखि २५ साउनसम्म र २६ साउनदेखि ३२ साउनसम्म निषेधाज्ञा जारी गरिएको थियो ।...
कास्कीमा १२ भदौसम्म थपियाे निषेधाज्ञा
प्रदेश ४, प्रशासन, समाचार, हाइलाइट-समाचार

कास्कीमा १२ भदौसम्म थपियाे निषेधाज्ञा

नेपाल अखबार, पोखरा । कास्कीमा जारी निषेधाज्ञा १२ भदौसम्म  थपिएकाे छ । जिल्ला जिल्ला संकट व्यवस्थापन समितिले भदौ २ गतेदेखि जारी निषेधाज्ञा १२ भदौसम्म लम्ब्याउने निर्णय गरेको हो । समितिले थप ५ दिनका लागि निशेधाज्ञा लम्ब्याउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जानकारी दिए । निषेधाज्ञामा अत्यावश्यकबाहेक सबै सेवा बन्द हुने छन् भने हिँडडुल गर्न समेत रोक लगाइएको छ । अत्यावश्यक सामाग्री ढुवानी गर्ने सवारी साधन, औषधि, खाद्यान्न, तरकारी, फलफूल लगायतका पसल र सेवा भने खुला रहने छन् । बेलुका ५ बजेदेखि ८ बजेसम्म निर्माण सामाग्री ओसार पसार गर्ने सवारी साधनलाई भने चल्न दिने निर्णण भएको कास्कीका सहायक सिडिओ श्रीनाथ पौडेलले जानकारी दिए । पछिल्ला दिनमा ट्राभल हिस्ट्री भएकाहरूमा संक्रमण भेटिएको छ । समुदाय स्तरमा संक्रमण फैलिएको संकेत देखिएकाले निषेधाज्ञा राख्नुपर्ने पोखरा महानगरपालिकाका म...
कास्कीमा निषेधाज्ञा नहटाऊ , काँग्रेसले माग
राजनीति, समाचार

कास्कीमा निषेधाज्ञा नहटाऊ , काँग्रेसले माग

नेपाल अखबार, पोखरा । नेपाली कांग्रेस कास्कीले कास्कीमा निषेधाज्ञा नहटाउन माग गरेको छ । कास्की काँग्रेसका सभापति कृष्ण केसीले विज्ञप्ति जारी गर्दै कोरोना सङ्क्रमण समुदायस्तरमा फैलिएको भन्दै तत्काल निषेधाज्ञा नहटाउन माग गरेका हुन् । निषेधाज्ञाका कारण जनजीवन कष्टकर भएपनि स्वास्थ्यका दृष्टिकोणले अझ कडाइ गर्न आवश्यक रहेको विज्ञप्तिमा उल्लेख छ । सरकार गैरजिम्मेवार बनिरहेको आरोप लगाउँदै काँग्रेसले महामारीका कारण भयावह अवस्था सिर्जना हुने उल्लेख गर्दै जनतालाई उचित विकल्प दिएर निषेधाज्ञा जारी राख्नुपर्ने भनेको छ । काँग्रेसले शुरुआतको अवस्थामा नै पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कोरोना उपचार अस्पताल बनाउन नहुने भनेपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पहलमा कोरोना उपचार केन्द्र सञ्चालनमा आएको स्मरण गर्दै विज्ञप्तिमा केन्द्रमा बिरामीको सुविधासहित पर्याप्त उपचारको व्यवस्था मिलाउन र क्षमता बढाउनका ल...
आमाको हत्या गरेको आरोपमा १ जना पक्राउ
समाचार, समाज

आमाको हत्या गरेको आरोपमा १ जना पक्राउ

नेपाल अखबार, सर्लाही । सर्लाहीमा एक पुरुषलाई आफ्नै आमाको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । लालबन्दी नगरपालिका वडा नम्बर २ स्थित पुनर्वास टोलस्थित ३२ वर्षीय राजबीर पासवानलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।  पासवानले मादक पदार्थ सेवन गरी ५० वर्षीया आमा उर्मिला पासवानलाई ढुङ्गा प्रहार गर्दा टाउकोमा चोट लागेर घटनास्थलमै मृत्यु भएको थियो । टाउकोमै चोट लागि घाइते भएका बाबु उपेन्द्र पासवानको मनिषा हेल्थ केयर नवलपुरमा उपचार भइरहेको छ । घटनाको खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय नवलपुर र ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले राजबीरलाई पक्राउ गरेको गरि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
कपिलवस्तुमा भदौ १५ सम्म निषेधाज्ञा
प्रदेश ५, प्रशासन, समाचार

कपिलवस्तुमा भदौ १५ सम्म निषेधाज्ञा

नेपाल अखबार, कपिलवस्तु । कपिलवस्तुमा जारी निषेधाज्ञा ८ दिन थप गरिएको छ । जिल्ला कोरोना संकट व्यवस्थापन समिति (डीसीसीएमसी) को आइतबार बसेको बैठकबाट कोरोनाको जोखिम कायमै रहेकाले भदौ १५ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए । यसअघि जारी गरिएको निषेधाज्ञा भदौ ७ सम्म थियो । बैठकले अत्यावश्यक बाहेकका सबै प्रकारका व्यवसाय सञ्चालन गर्न नदिने निर्णय गरेको छ । अति आवश्यकीय वस्तु ढुवानी, एम्बुलेन्स, शवबवहन र राजमार्ग भएर गुड्ने सवारी साधन (जिल्लाभित्र चढ्न ओर्लन नपाउने गरी) बाहेक सबै प्रकारका निजी र भाडाका सवारी साधन सञ्चालन नगर्ने निर्णय गरिएको पौडेलले बताए । बैङ्क तथा वित्तीय संस्थाहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य मापदण्ड अपनाएर दैनिक (कार्यालय दिन) विहान ८ बजेदेखि विहान १० वजेसम्म न्यूनतम कर्मचारीबाट सेवा प्रवाह गर्न स...