Friday, July 31

समाचार

कारागारमा उत्पादित सामग्रीको माग घट्यो
समाचार, समाज

कारागारमा उत्पादित सामग्रीको माग घट्यो

नेपालअखबार, चितवन । कुनै समय कारागार कार्यालयमा उत्पादित सामग्री भनेपछि सबैलाई महत्वका साथ खरिद गर्दथे । अहिले कारागाबाट उत्पादित सामग्रीको माग घटेको छ । यहाँस्थित कारागार कार्यालयमा मुढा, गलैँचा, झोलालगायतका सामग्री बिक्री हुने गर्दथ्यो । तर अहिले माग घटेको कारागारमा रहेका बन्दीहरुले गुनासो गरेका छन् । विगतका वर्षहरुमा बजार सहज हुँदा कारागार कार्यालयमा बन्दी जीवन बिताइरहेका आफ्नो खर्च र परिवारलाई केही सहयोग पुर्याउँदै आएका थिए । तर अहिले त्यस्तो छैन । कारागारमा विगत १३ वर्षदेखि बन्दी जीवन बिताउँदै आएका विकास प्रर्जा (परिवर्तीत नाम) अहिले मुढाको माग घट्दा समस्या भएको बताउछन् । उनले भने, “पहिलेको तुलनामा मुढाको माघ घट्दै गएको छ ।” बन्दी जीवन बिताउँदै गर्दा मानसिक र शारीरिक रुपमा आफूलाई व्यस्त राख्नका लागि मुढा बुन्ने गरेको भए पनि अहिले मुढाको माग घटेको उनले बताए । विगतमा सीमित कारागार...
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
राजनीति, समाचार

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

नेपालअखबार, काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०८१–२०८२’ पेस गर्नेछिन् । ‘अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ३५औँ वार्षिक प्रतिवेदन २०८१-२०८२’ पनि मन्त्री गौतमले पेस गर्नेछिन् । बैठकमा मन्त्री गौतमले ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’लाई समेत प्रस्तुत गर्ने कार्यसूची छ । “नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि आजकै बैठकमा प्रस्तुत हुने संसद् सचिवालयले जनाएको छ ।...
युद्धविराम समाप्त भएको बताउँदै ट्रम्पले दिए इरानमा आक्रमण गर्न आदेश
राजनीति, विश्व, समाचार

युद्धविराम समाप्त भएको बताउँदै ट्रम्पले दिए इरानमा आक्रमण गर्न आदेश

नेपालअखबार, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम अन्त्य भएको घोषणा गरेका छन्। टर्कीमा नेटो शिखर सम्मेलनका क्रममा उनले अमेरिका र इरानबीच गत जुन महिनामा भएको अस्थायी युद्धविराम समाप्त भएको बताएका हुन्। 'शायद युद्धविरामको कुनै औचित्य रहेन। अब सकियो,' टर्कीमा पत्रकारहरूसँगको कुराकानीमा ट्रम्पले भनेका छन्। उनले इरानमा नयाँ चरणको आक्रमण गर्न निर्देशन समेत दिएको भनेर अमेरिकी मिडियाहरूले लेखेका छन्। मंगलबार अमेरिकाले इरानमा हमला गरेको थियो। त्यो हमला अत्यन्त कडा भएको र आवश्यक परे फेरि आक्रमण हुन सक्ने चेतावनी ट्रम्पले दिएको भनेर अमेरिकी अखबार द वासिङ्टन पोस्टले लेखेको छ। ‍ स्ट्रेट अफ हर्मुजमा जहाजहरूलाई लक्ष्य गरेर इरानले हमला गरेको आरोप लगाउँदै अमेरिकाले इरानमा हवाई हमला गरेको थियो। अमेरिकाले इरानका हवाई प्रतिरक्षा प्रणाली, कमाण्ड तथा नियन्त्रण सञ्...
गेटामा शिक्षण अस्पताल सञ्चालन गर्न स्वीकृतिदेखि प्राधिकरणमा नियुक्तिसम्म
राजनीति, समाचार

गेटामा शिक्षण अस्पताल सञ्चालन गर्न स्वीकृतिदेखि प्राधिकरणमा नियुक्तिसम्म

नेपालअखबार,  काठमाडौँ । सरकारले गेटा अस्पताल कैलालीलाई सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ । त्यस्तै काठमाडौँ उपत्यका विकास प्राधिकरणको आयुक्त पदमा सुरज शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई प्राधिकरणको आयुक्त पदमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । बैठकले विदेशी शैक्षिक कार्यक्रम नियमन गर्न नियमावली २०८३ स्वीकृत गर्ने, शैक्षिक परामर्श भाषा शिक्षण तयारी कक्षा सञ्चालन र व्यवस्थापन नियमावली स्वीकृत गर्ने निर्णय गरेको छ । त्यस्तै कारागार नियमावली,मानवअधिकारसम्बन्धी छैठाैँ राष्ट्रिय कार्ययोजना र भ्रष्टाचारविरुद्धको दोस्रो रणनीति स्वीकृत गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले गोविन्दबहादुर कार्कीलाई मुख्य सचिवमा नियुक्त ...
सिभिल अस्पतालका ८ जना कर्मचारीविरुद्ध झन्डै ३ करोड भ्रष्टाचार मुद्दा
प्रशासन, समाचार

सिभिल अस्पतालका ८ जना कर्मचारीविरुद्ध झन्डै ३ करोड भ्रष्टाचार मुद्दा

नेपालअखबार, काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा रहेको निजामती कर्मचारी अस्पताल (सिभिल) को फार्मेसी युनिट इन्चार्ज एवं फार्मेसी अधिकृत दीपा ढुंगाना सहित ८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज मुद्दा दायर गरेको हो । आयोगका अनुसार ढुंगानासहित फार्मेसी युनिट इन्चार्ज तथा फार्मेसी सहायक लबेन्द्र कुँवर, वरिष्ठ फार्मेसी सहायक दिनेश पन्त, फार्मेसी सहायक दिपक सापकोटा, फार्मेसी युनिट स्टोर किपरहरू विनोद पोखरेल, शर्मीला श्रेष्ठ, केशवराज न्यौपाने र सन्दिप तिवारीविरुद्ध मुद्दा दायर गरेको हो । आयोगले उनीहरूविरुद्ध जनही २ करोड ९१ लाख ३४ हजार ५४७ रुपैयाँ बिगो माग दाबी गरिएको छ । औषधि आपूर्तिकर्तासँग साँठगाँठ गरी अस्पतालमा औषधिको आपूर्ति नभए पनि बिल बिजक सफ्टवेयरमा इन्ट्री ...
गोविन्दबहादुर कार्की मुख्यसचिवमा नियुक्त
प्रशासन, समाचार

गोविन्दबहादुर कार्की मुख्यसचिवमा नियुक्त

नेपालअखबार, काठमाडौँ । सरकारले गोविन्दबहादुर कार्कीलाई मुख्यसचिवमा नियुक्त गरेको छ। बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बताए। उनका अनुसार सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई मुख्यसचिव पदमा नियुक्त गर्ने निर्णय भएको बताए। त्यस्तै, सरकारले काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा सुरज शाक्य, काठमाडौंलाई नियुक्त गरेको छ। गेटा अस्पताल कैलालीलाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान गरेको छ। मन्त्री पोखरेलले सरकारले विदेशी शैक्षिक कार्यक्रम सञ्चालन र नियमन नियमावली २०८३, स्वीकृत गरेको बताए। शैक्षिक परामर्श, भाषा, शिक्षण तथा तयारी कक्षा सञ्चालन र व्यवस्थापन नियमावली,...
कास्कीमा ‘मनसुन प्रतिकार्य योजना’ कार्यान्वयनमा
प्रशासन, समाचार, समाज

कास्कीमा ‘मनसुन प्रतिकार्य योजना’ कार्यान्वयनमा

नेपालअखबार, कास्की । जिल्ला प्रशासन कार्यालय कास्कीले मनसुनजन्य विपदबाट हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न ‘मनसुन प्रतिकार्य योजना– २०८३’ कार्यान्वयनमा ल्याउने भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको मङ्गलबारको बैठकमा प्रतिकार्य योजना प्रस्तुत गरिएको हो । यो प्रतिकार्य आयोजना जिल्ला समन्वय समिति कास्की र रेडक्रस सोसाइटी जिल्लासँग छलफल गरी थप अध्ययनपछि तीन दिनभित्रमा स्वीकृत गरी कार्यान्वयनमा लैजाने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए । प्रशासनले तयार गरेको विपद् न्यूनीकरण प्रतिकार्य योजनामा बाढी, पहिरो, डुबान, नदी कटान, सडक अवरोधलगायत मनसुनजन्य विपद्को पूर्वतयारी, खोज तथा उद्धार, राहत र पुनःस्थापनाका कार्यलाई प्रभावकारी बनाउने व्यवस्था गरिएको छ । कास्की नेपालकै बढी वर्षा हुने जिल्लामध्ये एक भएकाले अन्य प्रकोपको तुलनामा जलजन्य विपद्को जोखिम उच्च रहेक...
निजी क्षेत्रका प्रतिनिधिहरूसँग आज छलफल गर्दै प्रधानमन्त्री बालेन शाह
राजनीति, समाचार

निजी क्षेत्रका प्रतिनिधिहरूसँग आज छलफल गर्दै प्रधानमन्त्री बालेन शाह

नेपालअखबार, काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले निजी क्षेत्रका प्रतिनिधिहरूसँग छलफल गर्ने भएका छन्। प्रधानमन्त्री शाहले आज निजी क्षेत्रका प्रतिनिधिहरूसँग छलफल गर्न लागेका हुन्। गत चैत १३ गते प्रधानमन्त्री बनेका शाहले अहिलेसम्म निजी क्षेत्रका प्रतिनिधिसँग कुराकानी गरेका थिएनन्। शाह प्रधानमन्त्री बनेपछि पहिलो पटक निजी क्षेत्रका प्रतिनिधिहरूलाई छलफलका लागि बोलाइएको हो। नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिलाई प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बोलाइएको हो। व्यवसायीहरूका अनुसार प्रधानमन्त्रीसँग छलफलका लागि खबर आएको छ। नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले प्रधानमन्त्रीले निजी क्षेत्रको कुरा सुन्नको लागि छलफल बोलाएको बताए। ‘छलफलका लागि खबर आएको छ, हामी त्यसमा जाने तयारीमा छौं,’ उनले भने। यसअघि प्रधानमन्त्री शाहका ...
अमेरिकाले इरानमा मिसाइल हान्यो, इरानले मध्यपूर्वका अमेरिकी सैन्य अड्डामा
राजनीति, विश्व, समाचार

अमेरिकाले इरानमा मिसाइल हान्यो, इरानले मध्यपूर्वका अमेरिकी सैन्य अड्डामा

नेपालअखबार, काठमाडौँ । अमेरिका र इरानबीच फेरि हानाहान भएको छ। अमेरिकाले इरानी सैन्य लक्ष्यमा मिसाइल प्रहार गरेपछि इरानले मध्यपूर्वमा रहेको अमेरिकी सैन्य अड्डामा लक्ष्य गरेर हवाई आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। स्ट्रेट अफ हर्मुजमा व्यावसायिक जहाजमाथि आक्रमण गरेको आरोप लगाउँदै अमेरिकाले बुधबार बिहान इरानका विभिन्न स्थानमा हवाई हमला गरेको थियो। त्यसको जवाफमा इरानले बहराइन र कुवेतस्थित अमेरिकी सैन्य अड्डालाई लक्षित गर्दै मिसाइल प्रहार गरेको जनाएको छ। अमेरिकी समाचार संस्था एपीका अनुसार दुई पक्षले अन्तिम शान्ति सम्झौताका लागि छलफल गर्ने तयारी भइरहँदा फेरि हानाहान हुनुले युद्धविराम धरापमा परेको आकलन गरेको छ। इरानका दिवंगत सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अन्त्येष्टि सम्पन्न भएपछि हर्मुज जलडमरूमध्य पूर्ण रूपमा खुलाउने र इरानको आणविक कार्यक्रमबारे अन्त...
अलपत्र छन् भेरी करिडोरका खण्ड, कहिले सकिएला निर्माण ?
समाचार, समाज

अलपत्र छन् भेरी करिडोरका खण्ड, कहिले सकिएला निर्माण ?

नेपालअखबार,सुर्खेत । भेरी करिडोरअन्तर्गत जाजरकोटको नलगाड नगरपालिका–१२ तल्लुबगरदेखि डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ सम्मको सडक निर्माणका लागि लगाइएको ठेक्का लामो समयदेखि अलपत्र परेको छ । त्यसैगरी, नलगाड नगरपालिकाको कालीमाटीदेखि डोल्पाको त्रिपुरासुन्दरीसम्म निर्माणाधीन पुलको अवस्था पनि उस्तै दयनीय छ । तल्लुदेखि त्रिपुराकोटसम्मको सडकमा दुईवटा ठेक्का लगाइएको छ । तल्लुबगर–त्रिवेणीको जिम्मा पाएको क्याब कन्स्ट्रक्सनले २०८२ असोजमा रु ८८ करोड ६२ लाखमा सम्झौता गरेको थियो । यस्तै त्रिवेणीदेखि–त्रिपुराकोट खण्डको रु ८५ करोड लागतमा मैनाचुली–सिस्ने जेभीले २०८२ साउनमा सम्झौता गरे पनि कामको सुरुआत नै गरेको छैन । सम्झौता भएको झन्डै एक वर्ष पुग्न लाग्दा निर्माणस्थलमा निर्माण व्यवसायीले काम नै सुरु गरेका छैनन् । पहिलो खण्डमा कामको जिम्मेवारी लिएको निर्माण व्यवसायीले तल्लुबगर-त्रिवेणी खण्डमा सामा...