माङसेबुङमा सिँचाइ कुलो निर्माण भएपछि किसान हर्षित
नेपालअखबार, इलाम । इलामको माङसेबुङ गाउँपालिका–२ मालबाँसेका किसान चन्द्रबहादुर राना मगरलाई यस वर्ष धानखेती गर्न समस्या छैन ।
वर्षौंदेखि आकासे पानीको भरमा धानखेती गर्दै आएका उनी यस वर्षदेखि पुरानो समस्याबाट मुक्त भएका छन् । साना सिँचाइ कार्यक्रममार्फत गाउँमा पक्की कुलो निर्माण भएसँगै मालबाँसेका किसानको मुहारमा खुसी छाएको छ । “विगतमा आकासे पानीको पर्खाइमा नै बित्ने गर्दथ्यो, यस वर्षदेखि सुरुमा नै सिँचाइ सुविधा विस्तार भएपछि त्यो बाध्यताबाट मुक्ति पाइयो,’ योजना उपभोक्ता समिति अध्यक्ष रहेका उनले भने, “मसहित यहाँका ५० बढी किसानलाई पुरानो पीडाबाट मुक्ति मिलेको छ ।”
मालबाँसेमा साना सिँचाइ कार्यक्रमअन्तर्गत व्यवस्थित सिँचाइ कुलो निर्माण भएपछि मगरसहित ५० बढी किसानहरु यतिबेला खुसी भएका हुन् । उनको टोलमा रु ३० लाख ३६ हजारको लागतमा ट्वाङ्ग्रे खोलाबाट ट्वाङ्ग्रे–बालबाँसे सिँचाइ कुलो निर्माण भएको ह...









