Saturday, August 1

समाचार

एसईई ग्रेडवृद्धि परीक्षामा ६४.६९ प्रतिशत विद्यार्थी उत्तीर्ण
शिक्षा, समाचार, समाज

एसईई ग्रेडवृद्धि परीक्षामा ६४.६९ प्रतिशत विद्यार्थी उत्तीर्ण

नेपालअखबार, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डका अनुसार ग्रेडवृद्धि परीक्षामा १ लाख २९ हजार ११४ जना विद्यार्थी सहभागी भएका थिए । तीमध्ये ८३ हजार ५२३ जना उत्तीर्ण भएका छन् । यो कुल सहभागीको ६४.६९ प्रतिशत हो । जीपीएअनुसार सबैभन्दा धेरै ५१ हजार ४३८ विद्यार्थीले २.४० देखि २.८० सम्म जीपीए प्राप्त गरेका छन् । त्यस्तै १६ हजार ४६७ जनाले २.८० देखि ३.२०, १४ हजार ३६२ जनाले २.०० देखि २.४०, १ हजार १९५ जनाले ३.२० देखि ३.६०, ४५ जनाले १.६० देखि २.०० तथा १६ जनाले ३.६० देखि ४.०० जीपीए हासिल गरेका छन् । ०.८०–१.२० र १.२०–१.६० जीपीए प्राप्त गर्ने विद्यार्थी भने छैनन् । बोर्डले नतिजा वेबसाइट, आईभीआर तथा एसएमएस/यूएसएसडी सेवामार्फत हेर्न सकिने जनाएको छ । नतिजामा चित्त नबुझे पुनर्योगका लागि बोर्डले तोकेको अवधि...
कैलालीमा हिरासतबाट थुनुवा भागे, डिउटीमा खटिएका प्रहरी जवान निलम्बित
प्रशासन, समाचार

कैलालीमा हिरासतबाट थुनुवा भागे, डिउटीमा खटिएका प्रहरी जवान निलम्बित

नेपालअखबार, धनगढी । कैलालीमा प्रहरी हिरासतबाट थुनुवा भागेका छन् । आइतबार राति इलाका प्रहरी कार्यालय टीकापुरको हिरासतबाट लागुऔषध मुद्दाका थुनुवा भागेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले टीकापुर नगरपालिका-१ का ३१ वर्षीय संजय नगार्जी हिरासतबाट भागेको जानकारी दिए । उनकाअनुसार नगार्जीको खोजी भइरहे पनि अहिलेसम्म फेला परेका छैनन् । घटनाको छानबिनका लागि डीएसपी तिमिल्सिनाकै संयोजकत्वमा समिति गठन गरिएको छ । पाँच सदस्यीय समितिले यसबारे छानबिन गर्ने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।थुनुवा भाग्ने बेला डिउटीमा रहेका प्रहरी जवान लली भण्डारीलाई निलम्बन गरिएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।...
सप्तरीमा श्रीमतीको हत्या आरोपमा ७ वर्षपछि श्रीमान् पक्राउ
अपराध, समाचार, समाज

सप्तरीमा श्रीमतीको हत्या आरोपमा ७ वर्षपछि श्रीमान् पक्राउ

नेपालअखबार,सप्तरी । सप्तरीको बोदेवर्साइन नगरपालिकाबाट प्रहरीले एकजना प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्ने बोदेबरसाईन नगरपालिका वडानम्बर-४  सिल्हटका २५ वर्षीय रुन्जे सदाय रहेका छन् । प्रतिवादी सादयले आफ्नै श्रीमती गीता देवी सदायको २०७६ पुस १७ गते राति १२  बजेको समयमा हत्या गरेको आरोप छ । उक्त घटनापश्चात फरार रहँदै आएका सदायलाई आफ्नै घर सिल्हटमा लुकुछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । उनीहरुबीच छोरीको जन्म मृत्यु भएपछि सोही विषयलाई लिएर विवाद भएको थियो । त्यसै विवादका कारण रुन्जेले श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले बताए । मृतक गीतका बुवा सुकराती सदाको जाहेरी अनुसार मुद्दा दर्ता भई सप्तरी जिल्ला अदालतबाट ३ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।...
अन्तर्राष्ट्रिय समितिको बैठकमा पत्रकारलाई निषेध
राजनीति, समाचार

अन्तर्राष्ट्रिय समितिको बैठकमा पत्रकारलाई निषेध

नेपालअखबार,काठमाडौँ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा पत्रकारलाई निषेध गरिएको छ । सिंहदरबार स्थित समितिको कार्यालयमा बसेको बैठकमा पत्रकारलाई प्रवेश नदिइएको हो । परराष्ट्र मन्त्रीको भारत र चीन भ्रमणका साथै अन्य समसामयिक विषयहरूमा समितिलाई जानकारी गराइने कार्यसूची रहेको छ। बैठकमा परराष्ट्र मन्त्री शिशिर खनाल र परराष्ट्र सचिव अमृतबहादुर राईलाई आमन्त्रण गरिएको छ।...
टेरामक्स प्रकरणमा मोहनबहादुर बस्नेतले पाए सफाइ
राजनीति, समाचार

टेरामक्स प्रकरणमा मोहनबहादुर बस्नेतले पाए सफाइ

नेपालअखबार, काठमाडौं । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिदमा पूर्वसञ्चारमन्त्री एवम् कांग्रेस नेता मोहनबहादुर बस्नेतलाई सफाइ दिएको छ । न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले बस्नेतलाई सफाइ दिए पनि अरु केही आरोपितहरूलाई दोषी ठहर गरेको छ । विशेष अदालतले अरु आरोपितहरू प्राधिकरणका तत्कालीन अध्यक्ष दीगम्बर झा, सदस्यहरू धनराज ज्ञवाली र टीका उप्रेतीलाई दोषी ठहर गरेको छ । उनीहरूलाई ६ महिना कैद र ५० हजार रुपैयाँका दरले जरिबाना हुने ठहर गरेको छ ।विशेष अदालतले उनीहरूलाई बिगो कायम गर्न नमिल्ने भन्दै जरिबानामात्रै ठहर गरेको हो । अदालतले झालाघई थप ६ महिना कैद सजाय सुनाएको छ । उनी नेपाल विद्युत प्राधिकरणको अध्यक्ष भएकोले थप सजायको राय तयार पारेको हो ।...
५०० दिनभित्र भूमिहीन र सुकुम्बासी समस्या समाधान गरिनेछ- मन्त्री रावल
राजनीति, समाचार

५०० दिनभित्र भूमिहीन र सुकुम्बासी समस्या समाधान गरिनेछ- मन्त्री रावल

नेपालअखबार,काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीका समस्यालाई ५०० दिनभित्र चरणबद्ध रूपमा समाधान गर्ने नीति सरकारले अवलम्बन गरेको बताएकी छन्। सोमबार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको जबाफ दिँदै मन्त्री रावलले भूमि समस्यालाई सामाजिक न्यायसँग जोडेर प्राथमिकताका साथ सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गरिन्। काठमाडौं उपत्यकाका विभिन्न स्थान र नदी किनाराबाट हटाइएका तथा हाल होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी परिवारहरूको दीर्घकालीन पुनर्स्थापनाका लागि सरकार संवेदनशील रहेको मन्त्री रावलले उल्लेख गरिन्। उनका अनुसार तत्कालको राहत स्वरूप प्रतिपरिवार २५ हजार रुपैयाँ र तीन महिनाको घरभाडा स्वरूप मासिक १५ हजार रुपैयाँ उपलब्ध गराई उनीहरूलाई नियमित जीवनमा फर्काउने सरकारको उद्...
अन्तिम श्रद्धाञ्जलीमा देखिए खामेनीका तीन छोरा
विश्व, समाचार

अन्तिम श्रद्धाञ्जलीमा देखिए खामेनीका तीन छोरा

नेपालअखबार,काठमाडौं । इरानका दिवंगत सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको अन्तिम श्रद्धाञ्जलीको कार्यक्रममा उनका तीन छोराहरू देखिएका छन्। आइतबार तेहरानस्थित इमाम खामेनी ग्रान्ड मुसल्लाहमा खामेनीका तीन छोराहरू मुस्तफा, मेइसम र मसउद उनका परिवारका अन्य सदस्यसँगै अन्तिम श्रद्धाञ्जलीमा सहभागी भएका हुन्। उनीहरूले आफ्ना पिताको मृत शरीर राखिएको कफिनअघि उभिएर प्रार्थना गर्दै गरेको भिडिओ सार्वजनिक भएको हो। मोस्तफा खामेनीका जेठा छोरा हुन्। मसउद साइँलो र मेइसम कान्छा छोरा हुन्। माइला छोरा मोज्तबा खामेनी भने अहिले सर्वोच्च नेता छन्। अली खामेनी फेब्रुअरी २८ मा अमेरिका र इसराइलको संयुक्त हमलामा मारिएको दस दिनपछि उनी सर्वोच्च नेता बनेका थिए। तर अहिलेसम्म उनी सार्वजनिक भएका छैनन्। बुवालाई अन्तिम श्रद्धाञ्जली दिन पनि उनी नआएपछि मोज्तबाको स्वास्थ्य अवस्थालाई लिएर चिन्ता प्रकट भएको छ। फेब्...
यी चार प्रदेशमा आज भारी वर्षाको सम्भावना
समाचार, समाज

यी चार प्रदेशमा आज भारी वर्षाको सम्भावना

नेपालअखबार,काठमाडौँ ।  हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागतर्फ सरदर भन्दा दक्षिणमा र पश्चिमी भू-भागतर्फ सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सोमबार बिहान कोशी, बागमती, गण्डकी प्रदेशका एक दुई स्थानमा छिटपुट वर्षा भएको छ। गएको चौबीस घन्टामा लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न भूभागमा भारी वर्षा मापन भएको छ। जाजरकोटमा ६८.६ मिलिमिटर, रोल्पाको लिवाङ गाउँमा ६६ मिलिमिटर, सुर्खेतको खानीखोलामा ६४.८ मिलिमिटर  वर्षा मापन भएको छ। अन्य भूभागमा हल्कादेखि मध्यम वर्षा मापन भएको छ। महाशाखाका अनुसार सोमबार दिउँसो देशका हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराई भू-भागका थोरै स्थानमा, कोशी प...
३ वटा विधेयक अघि बढाउँदै प्रतिनिधिसभा
राजनीति, समाचार

३ वटा विधेयक अघि बढाउँदै प्रतिनिधिसभा

नेपालअखबार, काठमाडौं । प्रतिनिधिसभाले आज तीनवटा विधेयक अघि बढाउँदैछ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले ‘नेपाल विशेष सेवा ऐन २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक २०८३’ प्रस्तुत गर्ने कार्यसूची छ । यो विधेयक ऐमा रुपान्तरित भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत ल्याइएको गुप्तचरलाई कानुनमा समेटिन्छ । यसअघि पछिल्लोपटक नेपाल सरकार कार्य विधाजन नियमावली २०८३ मार्फत गृह मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याइएको थियो । कार्य विधाजन नियमावली मार्फत गरिएको संशोधनलाई कानुनी मान्यता दिन सरकारले नेपाल विशेष सेवा ऐन २०४२ मा संशोधन गर्न लागेको हो । यसअघि पटक-पटक राष्ट्रिय अनुसन्धान विभाग कहिले गृहमन्त्रालय त कहि...
कांग्रेस संस्थापनइतर समूह राष्ट्रिय भेलाको तयारीमा
राजनीति, समाचार

कांग्रेस संस्थापनइतर समूह राष्ट्रिय भेलाको तयारीमा

नेपालअखबार,काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आज (सोमबार) १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । इतर समूहले निवर्तमान सभापति शेरबहादुर देउवाको प्यानलबाट गत महाधिवेशनमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको बैठक बोलाएको हो । बैठक काठमाडौंको चुनदेवीमा खोलिएको सम्पर्क कार्यालयमा दिउँसो १ बजे बोलाइएको निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार बैठकमा काठमाडौंमा उपलब्ध खड्काले नेतृत्व गरेको समूहमा रहेका पूर्वपदाधिकारी र पूर्वकेन्द्रीय सदस्यहरूलाई बोलाइएको छ । गत शुक्रबार निवर्तमान कार्यबाहक सभापति खड्काको गल्फुटारस्थित निवासमा बसेको शीर्ष नेताहरूको छलफलमा बैठक बोलाउने निर्णय भएको थियो । बैठकपछि नेता मीन विश्वकर्माले सोमबार चुनदवीमा सम्पर्क कार्यालय सञ्चालनमा आउने र बैठक पनि बस्ने जानकारी दिए...