Monday, July 6

समाचार

धवल शम्शेर र दुर्गा प्रसाईंबीच नयाँ पार्टी खोल्ने सहमति
राजनीति, विचार, समाचार

धवल शम्शेर र दुर्गा प्रसाईंबीच नयाँ पार्टी खोल्ने सहमति

नेपालअखबार,काठमाडौं । राप्रपा परित्याग गरेका धवल शम्शेर र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियान सञ्चालन गरिरहेका दुर्गा प्रसाईं समूहबीच नयाँ पार्टी खोल्नेबारे समझदारी भएको छ। धवल शम्शेरसहित १८६ जना नेता तथा कार्यकर्ताहरूले बिहीबार सामूहिक रूपमा राप्रपा परित्याग गरेका थिए भने आज राणा र प्रसाईंबीच नयाँ पार्टी खोल्ने सहमति भएको हो। ‘पूर्वसांसद धवल शम्शेर राणा नेतृत्वमा रहेको समूह र दुर्गा प्रसाईं नेतृत्वमा रहेको समूहबीच राजनीतिक दल निर्माण गर्न सहमति गरिएको छ,’ समझदारीमा उल्लेख छ, ‘विचार र सिद्धान्त मिल्ने अन्य राजनीतिक दल, अभियान, संगठन र व्यक्तिहरूलाई साथ लिएर नयाँ राजनीतिक पार्टी घोषणा गर्नेछौं।’ नयाँ निर्माण हुने राजनीतिक दलमा ६० प्रतिशत युवा तथा महिला सहभागिता हुने उनीहरूले बताएका छन्। यस्तो छ सम्झौता-...
सरकारले विद्युत्‌काे महशुल घटाउनुपर्नेमा झन् भ्याट थप्यो :  घिसिङ
राजनीति, समाचार

सरकारले विद्युत्‌काे महशुल घटाउनुपर्नेमा झन् भ्याट थप्यो : घिसिङ

नेपालअखबार,काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले विद्युत्को महशुल घटाउनुपर्ने समयमा उल्टो भ्याट थपेर महँगी बढाउन लागेको आरोप लगाएका छन् । शुक्रबार पार्टीको युवा तथा विद्यार्थी विभागद्वारा आयोजित कार्यक्रममा सम्बोधन गर्दै घिसिङले यस्तो आरोप लगाएका हुन् । आफू विगतमा नेपाल विद्युत् प्राधिकरणमा रहँदा प्राधिकरण घाटामै रहेका बेला पनि विद्युत्को महशुल घटाएको पनि अध्यक्ष घिसिङले स्मरण गरे । उनले तीन पटक गरी २५ प्रतिशत विद्युत्को महशुल घटाएको उनले बताए । त्यसको कुल रकम २५ अर्ब हुन आउने पनि बताए । ‘२५ अर्बको विद्युत् महशुल घटाएर पनि प्राधिकरण नाफामा आयो । घाटामा रहेको प्राधिकरणको विद्युतको महशुल घटाउँदा पनि नाफामा आयो,’ उनले भने । नेपालमा अहिले धेरै जलविद्युत् आयोजना निर्माण भइरहेकाले अब विद्युत् सस्तो हुँदैजाने पनि उनले बताए । तर, यस्तो बेला सरकारले विद्युत् महशुल सस्त...
अमेरिकामा फेरि भेटियो मासु खाने खतरनाक परजीवी ‘स्क्रु-वर्म’
समाचार, समाज, स्वास्थ्य, हाइलाइट-समाचार

अमेरिकामा फेरि भेटियो मासु खाने खतरनाक परजीवी ‘स्क्रु-वर्म’

नेपालअखबार,टेक्सास । अमेरिकामा लामो समयपछि एकपटक फेरि खतरनाक परजीवी ‘न्यु वर्ल्ड स्क्रु–वर्म’ भेटिएको पुष्टि भएको छ । टेक्सास राज्यको जाभाला काउन्टीमा एक तीन हप्ताको बाछोमा यो परजीवी फेला परेको अमेरिकी कृषि विभाग (यूएसडीए) ले जनाएको छ । सन् २०१७ पछि पहिलो पटक अमेरिकामा यो खतरनाक किरा फेला परेको हो । यसको लार्भा जीवित जनावरको शरीरभित्र प्रवेश गरेर मासु खाने भएकाले यसलाई अत्यन्तै घातक मानिन्छ । यसले पशुधनमा ठूलो क्षति र आर्थिक नोक्सान निम्त्याउन सक्ने खतरा रहन्छ । के हो स्क्रु–वर्म ? यूएसडीएका अनुसार यो एक प्रकारको झिँगा हो, जसको लार्भा घाउ वा शरीरका नरम भागमा छिरेर भित्रभित्रै मासु नष्ट गर्दछ । अहिले संक्रमित बाछोको नाभिमा यसको लार्भा भेटिएको बताइएको छ । यो परजीवी सन् १९६६ मा नै अमेरिकाबाट पूर्ण रूपमा उन्मूलन गरिएको थियो । तर पछि सन् २०१७ मा फ्लोरिडा कीज क्षेत्रमा यसको सानो प्रको...
‘एक व्यक्ति, एक पद’को नीति धज्जी उडाउँदै रास्वपा सांसद रञ्जित! केन्द्रीय निर्देशन लत्याएर जिल्ला सचिवमै अडान
राजनीति, समाचार

‘एक व्यक्ति, एक पद’को नीति धज्जी उडाउँदै रास्वपा सांसद रञ्जित! केन्द्रीय निर्देशन लत्याएर जिल्ला सचिवमै अडान

नेपालअखबार,काठमाडौं । आफूलाई वैकल्पिक राजनीतिक शक्ति र सुशासनको पक्षधर बताउँदै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रै पार्टी नीति र निर्देशनको खुलेआम अवज्ञा भएको आरोप उठेको छ। पार्टीले संघीय सांसदहरूलाई संसदीय जिम्मेवारी र नीति निर्माणमा केन्द्रित हुन लिखित निर्देशन जारी गरिरहँदा भक्तपुर–१ बाट प्रत्यक्ष निर्वाचित सांसद रुकेश रञ्जित भने जिल्ला सचिव पद नछाड्ने अडानमा देखिएका छन्। रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीको हस्ताक्षरसहित जारी पत्रमा संघीय सांसदहरूले संसद, संसदीय समिति र जनताका गुनासा सुन्ने जिम्मेवारीलाई प्राथमिकतामा राख्नुपर्ने उल्लेख छ। पार्टी संगठनको दैनिक सञ्चालन र स्थानीय तहका जिम्मेवारीमा अल्झिनुभन्दा नीति निर्माण तथा जनप्रतिनिधिको भूमिकामा केन्द्रित हुन आग्रह गरिएको छ। तर, पार्टीको यही स्पष्ट निर्देशनलाई बेवास्ता गर्दै सांसद रञ्जितले आगामी असार २३ गते हुने भ...
हिजबुल्लाहले अस्वीकार गर्‍यो इसराइल र लेबननबीचको युद्धविराम सम्झौता
राजनीति, विश्व, समाचार

हिजबुल्लाहले अस्वीकार गर्‍यो इसराइल र लेबननबीचको युद्धविराम सम्झौता

नेपालअखबार, काठमाडौँ । इसराइल र लेबननबीच अमेरिकाको मध्यस्थतामा भएको युद्धविराम सम्झौतामा हिजबुल्लाहले असहमति जनाएको छ। प्रारम्भमा युद्धविराममा सहमत हुने संकेत दिएको हिजबुल्लाहले बिहीबार उक्त सम्झौताको सर्त अस्वीकार अमेरिकी अनलाइन एक्सियसले जनाएको छ। अमेरिका, इसराइल र लेबननले बुधबार संयुक्त वक्तव्य जारी गर्दै हिजबुल्लाहले दक्षिणी लेबननको लिटानी नदीको दक्षिण क्षेत्रबाट आफ्ना लडाकु हटाउने र इसराइलमाथिका आक्रमण रोक्ने शर्तमा पूर्ण युद्धविराममा सहमति भएको बताएका थिए। तर हिजबुल्लाहले यसलाई अस्वीकार गरेपछि सम्झौता कागजमै सीमित हुन सक्ने चिन्ता बढेको भनेर एक्सियसले लेखेको छ। यो युद्धविरामले अमेरिका-इरान युद्ध अन्त्य हुने सम्भावना बढाएको थियो। इरानले अमेरिकासँगको कुनै पनि सम्झौताका लागि इसराइल र लेबननबीचको लडाइँको अन्त्यलाई एउटा सर्त बनाउँदै आएको थियो। बिहीबार इसराइल-लेबनन युद्धविराम...
चितवनका डा. भोजराज अधिकारी नेपाली कम्युनिस्ट पार्टीबाट अलग
समाचार

चितवनका डा. भोजराज अधिकारी नेपाली कम्युनिस्ट पार्टीबाट अलग

नेपालअखबार, चितवन । चितवनका डा. भोजराज अधिकारी नेपाली कम्युनिस्ट पार्टीबाट अलग भएका छन् । २०७९ सालको निर्वाचनमा तत्कालीन माओवादीबाट चितवन क्षेत्र नम्बर ३ मा उम्मेदवारसमेत बनेका अधिकारीले आज राजनीतिक आबद्धताबाट अलग भएको घोषणा गरेका हुन् । उनले फेसबुकमा लेखेका छन्, ‘पेशागत क्षेत्रमा मेरो दक्षता र योगदानलाई अझ बढी समाजसेवामा मुखरित हुनेगरी र यसैमा आगामी समय बढी समर्पित गर्ने गरी वर्तमान राजनीतिक  आबद्धताबाट आजकै मितिले निष्क्रिय हुँदै छु ।’ समय अब कुनै वादको आइडिओलोजी भन्दा विकासवादको प्रतिस्पर्धामा रहेको भन्दै उनले आगामी दिन पेशागत कर्मसँगै समाजसेवाका अन्य आयामबाट योगदान गर्ने बताएका छन् । आजसम्मको राजनीतिक यात्रामा प्राप्त, ज्ञान, दर्शन र भूमिकाप्रति सम्मान व्यक्त गर्दै उनले लेखेका छन्, ‘इतिहासबाट सिक्नु पर्छ, समकालीन समाजको सबैभन्दा अग्रगामी सोच र प्रशिक्षणबाट हुर्केको हुनाले त्यो कालखण...
जुवा खालबाट वडाध्यक्ष पक्राउ
प्रशासन, समाचार

जुवा खालबाट वडाध्यक्ष पक्राउ

नेपालअखबार, काठमाडौँ । रूकुम पश्चिममा जुवा खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ परेका छन्। त्रिवेणी गाउँपालिका–४ का वडाध्यक्ष ४७ वर्षीय नन्दराम बाँठासहित ६ जना पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख, डिएसपी वेदबहादुर पौडेलले बताए। वडाध्यक्ष पौडेलसहित त्रिवेणी – ५ का ४४ वर्षीय डिल्लीबहादुर घर्ती,  सोही ठाउँका ३० वर्षीय शिव घर्ती मगर, ५३ वर्षीय नन्दकुमार घर्ती मगर, वडा नम्बर २ का ४० वर्षीय मनबहादुर बोहोरा र मुसिकोट नगरपालिका – ११ का ४८ वर्षीय कमल पुन पनि पक्राउ परेका छन् । उनीहरुको साथबाट डेढलाख बढी नगद बरामद भएको छ। जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार  जुवा खालबाट नगद एक लाख ६७ हजार १०५ रुपैयाँ नगद र तासहरु बरामद भएको छ । त्रिवेणी गाउँपालिका–४ लामाखेतस्थित विमलबहादुर खड्काको घरमा हारजित हुने गरी जुवातास खेलिरहेको भन्ने गोप्य सुचनाका आधारमा पुगेको प्रहरीले उ...
ट्रम्पले भने- इरानका सर्वोच्च नेतालाई भेट्न पाउँदा गर्व लाग्नेछ
राजनीति, विश्व, समाचार

ट्रम्पले भने- इरानका सर्वोच्च नेतालाई भेट्न पाउँदा गर्व लाग्नेछ

नेपालअखबार,काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेतालाई भेट्न पाउँदा गर्न लाग्ने बताएका छन् । सञ्चारकर्मीहरूसँग कुरा गर्दै ट्रम्पले भने, ‘म मुज्तबा खामेनीलाई भेट्न चाहन्नँ तर यदि भेटेँ भने मलाई गर्व महसुस हुनेछ।’ उनले यदि अमेरिका-इरानबीच कुनै सम्झौता भयो भने सायद म सर्वोच्च नेतालाई भेट्न सक्छु। यदि हाम्रो भेट भयो भने म उनीसँग सम्मानपूर्वक प्रस्तुत हुनेछु। ट्रम्पले आफ्नो सरकारले इरानबाट संवर्धित युरेनियम हासिल गर्न सैनिक पठाउने विषयमा विचार गरेको तर अन्त्यमा यो योजना खारेज गरिएको बताएका छन्। ट्रम्पका अनुसार, यो अपरेसन धेरै जोखिमपूर्ण थियो र यसमा अमेरिकी सैनिकहरूको ज्यान जाने आशङ्का थियो। त्यसैले यसलाई अगाडि बढाइएन। ट्रम्पले इरानबाट संवर्धित युरेनियम हासिल गर्नु भेनेजुएलाका नेता निकोलस मादुरोलाई पक्रने जस्तो छिटो र सजिलो प्रक्रिया नभएको बताएका छन्। ...
नेपाली ख्रीष्टियन समुदायमा सुशासन, पारदर्शिता र शुद्धीकरणका लागि नयाँ संस्था गठनको तयारी
धर्म/संस्कृति, समाचार, समाज

नेपाली ख्रीष्टियन समुदायमा सुशासन, पारदर्शिता र शुद्धीकरणका लागि नयाँ संस्था गठनको तयारी

नेपालअखबार, काठमाडौं । नेपाली ख्रीष्टियन समुदायभित्र पछिल्ला वर्षहरूमा देखिएका विभिन्न विकृति, विसंगति, आर्थिक अपारदर्शिता, हैकमवादी प्रवृत्ति तथा त्यसबाट उत्पन्न भएका सामाजिक, नैतिक र कानुनी जटिलताहरूलाई सम्बोधन गर्ने उद्देश्यले नयाँ संस्थाको गठन प्रक्रिया अगाडि बढाइएको छ। विश्वसनीय स्रोतका अनुसार प्रस्तावित संस्थाले समुदायभित्र सुशासन, पारदर्शिता, उत्तरदायित्व, आत्मिक शुद्धता तथा नैतिक नेतृत्वको प्रवर्द्धनलाई मुख्य उद्देश्यका रूपमा अघि बढाउनेछ। साथै चर्च तथा सम्बन्धित संस्थाहरूमा देखिने अनियमितता, शक्ति दुरुपयोग, आर्थिक अपारदर्शिता र अन्य बेथितिविरुद्ध सचेतना तथा सुधारमुखी अभियान सञ्चालन गरिने जनाइएको छ। संस्थाले मानव अधिकारको संरक्षण, कानुनी सचेतना अभिवृद्धि, पीडित व्यक्ति तथा मण्डलीहरूलाई आवश्यक सहयोग तथा संरक्षण उपलब्ध गराउने विषयलाई प्राथमिकतामा राख्ने जनाएको छ। साथै समुदायभित्...
एमालेले आफ्नै छोराछोरीलाई पार्टीमा जोड्न अभियान चलाउने
राजनीति, विचार, समाचार

एमालेले आफ्नै छोराछोरीलाई पार्टीमा जोड्न अभियान चलाउने

नेपालअखबार,काठमाडौं । नेकपा एमालेले संगठन निर्माणमा आफ्नै छोराछोरीलाई जोड्ने अभियान चलाउने भएको छ । राजधानीमा सम्पन्न दुई दिने कार्यशाला गोष्ठीले पार्टीका नेता तथा कार्यकर्ताहरूकै छोराछोरीलाई पार्टीमा आवद्ध गराउने अभियान चलाउने घोषणा गरेको छ । ‘नयाँ पुस्तासँग अन्तरसंवाद कार्यक्रमको आयोजना गरी पार्टी आवद्ध परिवारका छोराछोरीहरूको सम्मेलन सबै कमिटीले आयोजना गर्ने घोषणा गर्दछ,’ संकल्प पत्रमा भनिएको छ । प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार एमालेकै नेता–कार्यकर्ताहरूका छोराछोरीलाई पार्टी कमिटीमा आवद्ध गराउन यो अभियान चलाउन लागिएको हो । ‘पार्टीमा आवद्ध नेताहरूकै परिवारबीच चिनजान, घुलमिल र आत्मीय बनाउने कुरालाई प्रोत्साहन गर्न यो अभियान चलाइएको हो,’ आचार्यले भने, ‘यो अभियानले हाम्रै परिवारका सदस्यहरूलाई पार्टी सदस्य बन्न प्रेरित गर्नेछ भने उनीहरूले समाजका अरू क्षेत्रलाई पनि प्रभावित बनाउने...