Thursday, November 26

समाचार

एशियामा बाढीपहिरो र आँधीबेहरीबाट एक हप्तामा १००० भन्दा बढीको मृत्यु
विश्व, समाचार, समाज

एशियामा बाढीपहिरो र आँधीबेहरीबाट एक हप्तामा १००० भन्दा बढीको मृत्यु

नेपालअखबार,काठमाडौं । एशियाका विभिन्न देशमा हालैका दिनहरूमा आएको आँधीबेहरी, बाढी र पहिरोका कारण एक हजार भन्दा बढी मानिसको ज्यान गएको छ। पछिल्लो एक हप्तामा तीन ठूला आँधीबेहरीले धेरै देशमा ठूलो क्षति पुर्‍याएका छन्। श्रीलंकामा चक्रवात ‘दित्वा’ ले जनधनको क्षति भएको छ भने इन्डोनेसियालाई ‘सेन्यार’ आँधीले तहसनहस पारेको छ। यसका साथै, थाइल्यान्ड र मलेसियामा पनि आँधीबेहरीका कारण धेरै मानिसले ज्यान गुमाएका छन्। श्रीलंकामा ३३४ जनाको मृत्यु श्रीलंकामा चक्रवात ‘दित्वा’ का कारण मच्चिएको विनाशमा अहिलेसम्म कम्तीमा ३३४ जनाको मृत्यु भइसकेको छ भने ३७० जना अझै बेपत्ता छन्। यो आँधीले सबैभन्दा धेरै क्षति क्यान्डी शहरमा पुर्‍याएको छ। क्यान्डीमा अहिलेसम्म ८८ जनाको मृत्यु भएको छ भने १५० जना बेपत्ता छन्। श्रीलंकाको बादुल्लामा ७१, नुवारा एलियामा ६८ र मटालेमा २३ जनाको मृत्यु भएको छ। यस विपत्तिबाट...
नवलपुरमा थपिए नौ हजार मतदाता
प्रशासन, समाचार

नवलपुरमा थपिए नौ हजार मतदाता

नेपालअखबार,नवलपरासी । जिल्लाको बर्दघाट सुस्तापूर्व नवलपुरमा नौ हजार २३७ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख लालप्रसाद शर्मा भुसालका अनुसार कार्यालयबाट नाम दर्ता गराउने मतदाताको सङ्ख्या तीन हजार १५३ रहेको छ । राष्ट्रिय परिचयपत्र प्रयोग गरेर छ हजार ८४ जनाले नाम दर्ता गराए । यसअघि यहाँ दुई लाख ६० हजार ४३२ मतदाता थिए । निर्वाचन कार्यालयले बुलिङटार–२ मा एउटा मतदानस्थल थप्न सिफारिस गरेको छ । यसअघि नवलपुरमा एक सय १३ मतदानस्थल थिए ।...
समानुपातिक निर्वाचन प्रणालीका लागि बहादुर भवनमा खुल्यो कार्यालय, ४१ जना कर्मचारी रहने
प्रशासन, समाचार

समानुपातिक निर्वाचन प्रणालीका लागि बहादुर भवनमा खुल्यो कार्यालय, ४१ जना कर्मचारी रहने

नेपालअखबार,काठमाडौँ । निर्वाचन आयोगले समानुपातिक प्रणालीका लागि आइतबार निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको समानुपातिक प्रणालीका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो। उक्त कार्यालय कान्तिपथको बहादुर भवनस्थित निर्वाचन आयोगमा रहनेछ। आयोगले यसअघि मंसिर १२ गते नै सचिव महादेव पन्तलाई समानुपातिकतर्फको निर्वाचन अधिकृत तोकेको थियो। आयोगले सोमबार प्रेस वक्तव्य जारी गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उक्त कार्यालय उद्घाटन गरेको जनाएको छ। उक्त निर्वाचन प्रणालीतर्फ आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईलाई सहायक निर्वाचन अधिकृत तोकिएको छ। कुल कर्मचारी ४१ जना रहने छन्। कार्यालय उद्घाटन गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले समानुपातिक प्रणालीका सबै कार्य निर्वाचन अधिकृतको कार्यालयबाट हुने बताएका छन्...
बैकुण्ठ अर्याल सचिवमा बढुवा
प्रशासन, समाचार

बैकुण्ठ अर्याल सचिवमा बढुवा

नेपालअखबार, काठमाडौं । सरकारले बैकुण्ठ प्रसाद अर्याललाई बढुवा गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।हाल उनी सुदूरपश्चिम प्रदेश सरकारको कामु प्रमुख सचिव छन् ।
एमाले महासचिवमा पीएस गुरुङको दाबी
राजनीति, समाचार

एमाले महासचिवमा पीएस गुरुङको दाबी

नेपालअखबार, काठमाडौँ । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा (पीएस) गुरुङले आगामी ११ औँ महाधिवेशनमा महासचिव पदमा दाबी गर्ने भएका छन् । सोमबार एमाले निकट प्रेस चौतारीले गरेको अन्तरक्रिया कार्यक्रममा गुरुङलाई आगामी महाधिवेशनमा कुन पदमा दाबी गर्नुहुन्छ भनेर सञ्चारकर्मीले सोधेको प्रश्नमा गुरुङले महासचिव पदमा दाबी गर्ने बताएका हुन् । ‘महासचिवमै दाबी गरेको छु मैले’, हाँसेर छोटो जवाफ दिँदै गुरुङले भने, ‘दाबी गर्न त पाइन्छ नि !’ एमालेको ११ औँ महाधिवेशनमा अध्यक्षका लागि केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेले लड्ने बताइसकेका छन् । महाधिवेशनमा गुरुङलाई पोखरेल समूहले आफ्नो प्यानलमा ल्याउने प्रयास गरिरहेका बेला गुरुङले भने ओली प्यानलमै रहने सङ्केत गरेका छन् । एमालेमा ओली समूहबाटै शंकर पोखरेल, प्रदीप ज्ञवाली र गुरुङ गरी तीन जना महासचिवका आकाङ्क्षी देखिएका छन् ।...
गृहमन्त्री अर्यालद्वारा गौरिफन्टा नाका निरीक्षण
प्रशासन, समाचार

गृहमन्त्री अर्यालद्वारा गौरिफन्टा नाका निरीक्षण

नेपालअखबार, काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले कैलाली र कञ्चनपुरको सिमानामा पर्ने गौरीफन्टा नाकाको निरीक्षण गरेका छन् । सोमबार उनले नाका निरीक्षण गरेका हुन् । मंगलबारबाट सुरु हुने सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन मन्त्री अर्याल सुदूरपश्चिम गएका छन् । उनले त्रिनगर भन्सार र सशस्त्र प्रहरीको कञ्चनपुर स्थित डोके बोर्डर आउट पोस्टको पनि स्थलगत निरीक्षण गरे । मन्त्री अर्यालले नाकाबाट हुने राजस्व चुहावट नियन्त्रणमा कडाइ गर्न भन्सार प्रमुख र सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन् । सिमानाबाट हुने चेलीबेटी बेचबिखन नियन्त्रणमा पनि प्रभावकारी कदम चाल्न मन्त्री अर्यालले सशस्त्र प्रहरी र नेपाल प्रहरीका अधिकृतहरूलाई निर्देशन दिएका छन् ।...
सर्वोच्चद्वारा भूमि आयोग खारेज गर्ने सरकारको निर्णय बदर
प्रशासन, समाचार

सर्वोच्चद्वारा भूमि आयोग खारेज गर्ने सरकारको निर्णय बदर

नेपालअखबार,काठमाडौँ । सर्वोच्च अदालतले भूमि आयोग र यसका जिल्ला कार्यालय खारेजी गर्ने सरकारको निर्णय बदर गरेको छ । सोमबार सर्वोच्चका न्यायाधीशद्वय सारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले निर्णय विरूद्धको निवेदनमा रिट जारी गर्ने फैसला गरेको हो । मन्त्रिपरिषद्ले गत असोज २३ गते बसेको बैठकले गरेको भूमि समस्या समाधान आयोग र त्यसका जिल्ला समिति खारेज गर्ने निर्णय गरेको थियो ।  उक्त निर्णयविरूद्ध आयोगका अध्यक्ष हरिप्रसाद रिजालले दायर गरेको रिटमा यसअघि सर्वोच्चले तत्काल खारेजीको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । यसमा सर्वोच्चले आज फैसला सुनाएको हो । अहिले आयोगको केन्द्रीय कार्यालय र ७७ वटै जिल्लामा गरी साढे ३ सय भन्दा बढी पदाधिकारी तथा सदस्य एवं ११ सय भन्दा धेरै कर्मचारी कार्यरत छन् । पदाधिकारीलाई ३ वर्षे नियुक्ति दिइएको छ र ११ लाख भन्दा धेरै भूमिहीन दलित, भूमिही...
कांग्रेस–एमालेलाई भोट दिनु ‘थारो गाई’ दुहुनु जस्तै हो, संसदीय व्यवस्थाले समृद्धि आउँदैन : राजेन्द्र श्रेष्ठ
राजनीति, समाचार

कांग्रेस–एमालेलाई भोट दिनु ‘थारो गाई’ दुहुनु जस्तै हो, संसदीय व्यवस्थाले समृद्धि आउँदैन : राजेन्द्र श्रेष्ठ

नेपालअखबार,विराटनगर । नेपाली कम्युनिष्ट पार्टीका नेता राजेन्द्र श्रेष्ठले पहिचान विरोधी शक्तिलाई भोट दिएका कारण कोशी प्रदेशमा पहिचानसहितको नाम आउन नसकेको टिप्पणी गरेका छन् । सोमबार विराटनगरमा पार्टीद्वारा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै नेता श्रेष्ठले कांग्रेस र एमालेजस्ता दललाई भोट दिनु भनेको ‘थारो गाई’ दुहुनु जस्तै निरर्थक भएको बताए । नेपालमा किराँत, लिम्बुवान र नेपाल मण्डलजस्ता मानव सभ्यताहरु रहेको उल्लेख गर्दै श्रेष्ठले प्रदेशको नाम नदीनालाको आधारमा नभई सभ्यताको आधारमा हुनुपर्ने जिकिर गरे । ‘यहाँका सभ्यता भनेको मानव समुदायको सभ्यता हो, नदीनालाको होइन,’ उनले भने, ‘जनताले सहादत प्राप्त गरिसक्दा पनि पहिचानलाई स्वीकार नगरिनु दुखद् छ । थारो गाईलाई भोट दिएर दूध आउँदैन ।’ नेता श्रेष्ठले नेपालमा २००७ सालदेखि हालसम्म कुनै पनि सरकारले ५ वर्ष पूरा कार्यकाल चलाउन नसकेको भन्दै वर्तम...
कार्यवाहक निर्वाचन आयुक्त भण्डारी र राष्ट्रियसभा अध्यक्षबिच भेटघाट
राजनीति, समाचार

कार्यवाहक निर्वाचन आयुक्त भण्डारी र राष्ट्रियसभा अध्यक्षबिच भेटघाट

नेपालअखबार, काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग भेट गरेका छन् । सोमबार सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा आयुक्त भण्डारीले भेट गरेको दाहालको सचिवालयले जानकारी दिएको छ । भेटमा भण्डारीले माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनको लागि आयोगले गर्नुपर्ने तयारी र भए गरेका कामकारबाहीको बारेमा जानकारी दिएका हुन् । साथै उनले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनको लागि आयोगले गरिरहेका कामको बारेमा पनि जानकारी गराएको दाहालको सचिवालयले जानकारी दिएको छ । सो अवसरमा सम्माननीय अध्यक्ष दाहालले निर्वाचन आयोगको सक्रियता र पहलकदमीले निर्वाचनको राम्रो माहौल बनेको भन्दै निर्वाचन सफल बनाउन आयोगको काम प्रशंसनीय रहेको बताएका थिए । साथै अध्यक्ष दाहालले निर्वाचनको काममा राष्ट्रियसभाले आवश्यक सहयोग गर्न तयार रहेको ब...
कांग्रेस कार्यसमितिको म्याद २ महिना थपियो
राजनीति, समाचार

कांग्रेस कार्यसमितिको म्याद २ महिना थपियो

नेपालअखबार,काठमाडौं । नेपाली कांग्रेसको वर्तमान कार्यसमितिको म्याद दुई महिना थप गरिएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको केन्द्रित कार्यसमितिको बैठकले १४औं महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको म्याद दुई महिना थप गर्ने निर्णय गरेको हो । अब देउवा नेतृत्वको कार्यसमितिको म्याद आगामी माघ मसान्तसम्म रहनेछ । १४औं महाधिवेशन सम्पन्न भएको मितिले यही मंसिरबाट केन्द्रीय कार्यसमितिको म्याद सकिँदै थियो । कांग्रेसको विधानमा विशेष परिस्थितिमा एक वर्षसम्म म्याद थप्न सकिने प्रावधान छ । जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रमका कारण देउवाले वरिष्ठ उपसभापति पूर्णबहादुर खड्कालाई कार्यबाहक सभापतिको जिम्मेवारी दिएका छन् । सोमबारको बैठक पनि खड्काकै अध्यक्षतामा बसेको हो ।...