Thursday, November 26

समाचार

राष्ट्रियसभा निर्वाचनका लागि १३ वटा दल दर्ता
प्रशासन, समाचार

राष्ट्रियसभा निर्वाचनका लागि १३ वटा दल दर्ता

नेपालअखबार, काठमाडौं। राष्ट्रियसभा निर्वाचनका लागि १३ वटा दल दर्ता भएका छन् । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भने ५६ वटा दल दर्ता भएका छन् । प्रतिनिधिसभाको हकमा यो संख्या अझै बढ्न सक्नेछ । राष्ट्रिय सभाको हकमा भने आज निर्वाचन प्रयोजनका लागि दल दर्ताको अन्तिम दिन हो । प्रतिनिधिसभाको निर्वाचन प्रयोजनका लागि भने मंसिर १० गतेसम्म दल दर्ता गर्न सकिनेछ ।...
दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्च अदालतको आदेश
प्रशासन, समाचार

दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्च अदालतको आदेश

नेपालअखबार,काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। आइतबार सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले बन्दी प्रत्यक्षीकरणको निवेदनमा  सुनुवाइ गर्दै प्रसाईंलाई रिहा गर्न आदेश दिएको हो।प्रसाईंको तर्फबाट उनका छोरा निराजन प्रसाईंले गैरकानुनीरुपमा आफ्ना बुवालाई थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु, जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालय काठमाडौं, जिल्ला प्रहरी परिसर भद्रकाली, प्रहरी प्रधान कार्यालय नक्साल, गृह मन्त्रालय सिंहदरबार र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारलाई रिटमा विपक्षी बनाइएको थियो। जिल्ला प्रहरी परिसर काठमाडौं...
राजेन्द्र श्रेष्ठसहित जसपाका ६ नेता नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने
राजनीति, विचार, समाचार

राजेन्द्र श्रेष्ठसहित जसपाका ६ नेता नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने

नेपालअखबार,काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का ६ जना नेता नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएका छन् । जसपा संघीय परिषद् सदस्य राजेन्द्र श्रेष्ठ, उपाध्यक्षद्वय रणध्वज लिम्बु (कन्दङ्वा) र परशुराम बस्नेत लगायतका नेता नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएका हुन् । यस्तै नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने सहमति गर्नेमा जसपा केन्द्रीय सल्लाहाकार समितिका सदस्य दुर्गामणि देवान, केन्द्रीय विज्ञ परिषद् अध्यक्ष डा. पुष्पराज राजकर्णिकार, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष कृष्णबहादुर घजु रहेका छन् ।...
४ महिनामा ९२ अर्बको पेट्रोलियम पदार्थ आयात
कर्पोरेट, समाचार

४ महिनामा ९२ अर्बको पेट्रोलियम पदार्थ आयात

नेपालअखबार,काठमाडौँ । चालु आर्थिक वर्षको ४ महिनामा (साउनदेखि कात्तिकसम्म) ६ खर्ब ९ अर्ब ४५ करोड १२ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो गत आर्थिक वर्षको तुलनामा १८‍.७१ प्रतिशतले बढी हो । गत वर्षको यही अवधिमा ५ खर्ब १३ अर्ब ३८ करोडको आयात भएको थियो । कुल आयातको सबैभन्दा ठुलो हिस्सा पेट्रोलियम पदार्थले ओगटेको छ । ४ महिनामा ९२ अर्ब  ४२ करोड ५३ लाख रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको हो । यसैगरी दोस्रो धेरै आयात हुनेमा फलाम र तेस्रोमा खाने तेल तथा घ्युजन्य वस्तु रहेका छन् । ५७ अर्ब ८८ करोड ८८ लाख रुपैयाँको फलाम तथा फलामजन्य वस्तु, ५० अर्ब १७ करोड ६ लाख रुपैयाँ बराबरको तेल तथा घ्युजन्य वस्तु आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ । यसैगरी ४३ अर्ब ३८ करोड २ लाख रुपैयाँको विद्युतीय उपकरण, ४० अर्ब ५९ करोड २६ लाख रुपैयाँको बोइलर मेसिन, ३७ अर्ब ६९ करोड ५ लाख रुपैयाँको...
जनमतका दुई प्रदेश इन्चार्ज नाउपा नेपाल प्रवेश
राजनीति, समाचार

जनमतका दुई प्रदेश इन्चार्ज नाउपा नेपाल प्रवेश

नेपालअखबार,काठमाडौँ । जनमत पार्टीका कोशी प्रदेश इन्चार्ज बुद्धि न्योपाने र सुदूरपश्चिम प्रदेशका इन्चार्ज प्रेम चौधरी नागरिक उन्मुक्ति पार्टी नेपाल प्रवेश गरेका छन् । सिनामंगलस्थित पार्टी कार्यालयमा जारी केन्द्रीय समितिको बैठक चलिरहँदा उनीहरूलाई पार्टी प्रवेश गराइएको सो पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खाँले बताए । उनीहरूको साथमा जनमत पार्टीका प्रदेश, जिल्लास्तरीय अन्य नेताहरू पनि आएका खाँले जानकारी दिए । पार्टीको बैठकले संगठन विस्तारमा जोड दिएको उनको भनाइ छ । रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीबाट अलग भएर रेशम चौधरीले नागरिक उन्मुक्ति पार्टी नेपाल गठन गरेका छन् । सोही पार्टीको दुई दिनदेखि प्रशिक्षण तथा बैठक चलिरहेको छ । बैठक आज सम्पन्न हुने उनले बताए । खासगरी यो बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावको तयारीबारे छलफल गरेको छ । समानुपातिक सूचीदेखि अन्य प्र...
कम्युनिस्ट पार्टी अब अगाडि बढ्न सक्दैन : भट्टराई
राजनीति, विचार, समाचार

कम्युनिस्ट पार्टी अब अगाडि बढ्न सक्दैन : भट्टराई

नेपालअखबार,काठमाडौँ । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले कम्युनिस्ट पार्टी अब अगाडि बढ्न नसक्ने बताएका छन् । आइतबार राष्ट्रियसभा गृहमा प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा सभा कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले कम्युनिस्ट पार्टी अगाडि बढ्न नसकेकाले नै आफूले नयाँ वैकल्पिक अभियान सुरु गरेको जिकिर गरे । ‘हामीले माओवादी छोडेर गएको होइन । माओवादीको कार्यभार पुरा गरेको हो । २००७ सालदेखि २०७२ साल सम्मको कार्यभार पुरा भएको हो । अब पार्टी र दल मात्र होइन राजनीतिकै पुनर्संरचना गर्नुपर्नेछ ।  यो पार्टीको योजना जेनजी पुस्ताको चेतनासँग सहकार्य गर्दै युवाले नेतृत्व गर्नुपर्छ । युवाले पनि काम गर्न सकेन भने पुरानै पार्टीतर्फ ढल्किने खतरा हुन्छ । दुई चार सिट जित्नका लागि हामीले नयाँ दोकान थाप्न खोजेका होइनौँ’, उनले भने । भट्टराईले कम्युनिस्ट पार्टीमा चोरी खाने ठग प्रवृत्ति हाबी भएको आरोप लगाए ।...
पत्रकार  खनियाँ मृत फेला
समाचार, समाज

पत्रकार खनियाँ मृत फेला

नेपालअखबार, काठमाडौं । पत्रकार दिपेन्द्र खनियाँ मृत फेला परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार खनियाँ बानेश्वरस्थित घरमा मृत अवस्थामा फेला परेका हुन् । ‘आइतबार मध्यान्ह १२ बजेतिर घरको बरन्डामा तारको पासो लगाएर झुन्डिएको अवस्थामा उहाँको मृत शरीर भेटिएको छ,’ भट्टराईले भने । अहिले घटनास्थलको मुचुल्का गरी शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको उनले जानकारी दिए ।खनियाँ रेडियो अडियो एफएमका सञ्चालक थिए ।...
सर्वोच्चको आदेश प्रधानमन्त्रीसँग लिखित जवाफ माग्ने
प्रशासन, समाचार

सर्वोच्चको आदेश प्रधानमन्त्रीसँग लिखित जवाफ माग्ने

नेपालअखबार, काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री सुशीला कार्कीसँग अदालतको अवहेलनामा किन कारबाही नगर्ने भनी लिखित जवाफ माग्ने आदेश गरेको छ । राजदूत फिर्ताको निर्णयमा अदालतको आदेश पालना नगरेको भन्दै अधिवक्ता डा. प्रेमराज सिलवालले अवहेलनामा कारवाही हुनुपर्ने भनी सर्वोच्चमा निवेदन पेश गरेका थिए ।त्यही निवेदनको सुनुवाइपछि न्यायाधीशहरू हरि फूयाल र अब्दुल अजिज मुसलमानको इजलासले लिखित जवाफ माग्ने आदेश गरेको हो ।...
कांग्रेसले निर्वाचन आयोगमा दल दर्ता गर्‍यो
समाचार

कांग्रेसले निर्वाचन आयोगमा दल दर्ता गर्‍यो

नेपालअखबार, काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन आयोगमा दल दर्ता गरेको छ । आइतबार निर्वाचन आयोगको कार्यालयमा गएर दल दर्ता गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । ‘आज हामीले गएर निर्वाचन आयोगमा दल दर्ताको सबै काम सकेका छौं,’ पौडेलले  भने । राष्ट्रिय सभा र प्रतिनिधिसभा दुवै निर्वाचनका लागि प्रक्रिया पूरा गरिएको उनले बताए । कांग्रेसले हिजोमात्रै आगामी प्रतिनिधिसभा निर्वाचनमा भाग लिने निर्णय गरेको थियो । राष्ट्रिय सभा निर्वाचन माघ ११ गते हुँदैछ भने प्रतिनिधिसभा निर्वाचन २१ फागुनमा तय भएको छ ।...
दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ हुँदै
प्रशासन, समाचार

दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ हुँदै

नेपालअखबार,काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ हुँदैछ । सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासमा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमाथिको सुनुवाइ हुने भएको हो । सर्वोच्च अदालतका न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै पक्राउ गर्नुको कारणसहित उनलाई अदालतमा उपस्थित गराउन आदेश दिएको थियो । प्रहरीले गत मङ्सिर १ गते प्रसाईंलाई पक्राउ गरेर सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ । आन्दोलन घोषणा गरेर भड्काउपूर्ण अभिव्यक्ति दिएको र उनको हर्कतले हिंसा भड्किन सक्ने विश्लेषणपछि प्रहरीले प्रसाईंलाई भक्तपुरको ठिमीस्थित निवासबाट पक्राउ गरेको थियो ।उनले मङ्सिर ७ गतेदेखि देशव्यापी आन्दोलन गर्ने र यातायातसहित सबै क्षेत्र ठप्प पार्ने दाबी गर्दै आएका थिए । साथै उनले ...