उच्च प्रशोधित युरेनियम इरान बाहिर नपठाउन सर्वोच्च नेता खामेनीको निर्देशन
नेपालअखबार,काठमाडौँ । इरानका सर्वोच्च नेता मोज्तबा अली खामेनीले उच्च प्रशोधित युरेनियम देशबाहिर नपठाउन निर्देशन दिएको खुलेको छ।
उच्च प्रशोधित युरेनियम इरान-अमेरिका वार्ताको सबैभन्दा बढी विवाद र पेचिलो विषय बन्दै आएको छ।
दुई वरिष्ठ इरानी स्रोतहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले युरेनियम तेहरानबाट बाहिर नपठाउन भनेर खामेनीले निर्देशन दिएको जनाएको छ।
इरानसँग झन्डै ४०० किलो उच्च प्रशोधित युरेनियम छ।
अमेरिका र इसराइलले त्यो युरेनियम इरानले राख्न नपाउने सर्त राख्दै आएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले त उच्च प्रशोधित युरेनियम इरानले वाशिङ्टनलाई हस्तान्तरण गर्नुपर्ने पनि बताएका थिए।
तर खामेनीले देशभित्रै राख्न निर्देशन दिएपछि लामो समयदेखि अवरूद्ध इरान-अमेरिका वार्ता थप जटिल बन्ने संकेत देखिएको भनेर रोयटर्सले लेखेको छ।
यसले ट्रम्पको मुख्य मागलाई पनि चुनौती ...










