Saturday, August 1

समाचार

अमेरिका र इरानबीच कतारमा वार्ता जारी
राजनीति, विश्व, समाचार

अमेरिका र इरानबीच कतारमा वार्ता जारी

नेपालअखबार, काठमाडौं । इरान र अमेरिकाबीच कतारको राजधानी दोहामा बुधबार वार्ता चलिरहेको छ । अन्तर्राष्ट्रिय सञ्चार संस्था रोयटर्सको एक रिपोर्टले यसलाई प्रत्यक्ष वार्ता नभई ‘टेक्निकल डायलग’ भनेको छ । यो वार्ताको मध्यस्थकर्ता पाकिस्तान र कतारले गरिरहेको बताइएको छ । वार्ताको तयारीका लागि मंगलबार मात्रै अमेरिकी विशेष दूत स्टीभ बिटकफ राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जरेड कुसनर कतार पुगेका थिए । उनीहरूले कतारका प्रधानमन्त्रीसँग भेटवार्ता पनि गरेका थिए । बुधबारको वार्तामा भने उनीहरू सहभागी नरहेको बताइएको छ । यो वार्ता स्ट्रेट अफ होर्मुजमा भएको पछिल्लो सैन्य तनावपछि भइरहेकाले विशेष मानिएको छ । यसअघि १७ जुनमा अमेरिका र इरानबीच १४ बुँदे मेमोरेन्डर अफ अन्डरस्ट्यान्डिङ(एमओयू)मा सहमति जुटेको थियो । त्यसपछि २१ जुनमा स्विट्जरल्यान्डमा दुई देशका प्रतिनिधिमण्डबीच पहिलो चरणको शान्ति वार्ता भएको थियो । ...
काम गरेको ज्याला उठाउन नसकेका ‘बन्दिपुर’ रोकिए चुमभ्यालीमा
समाचार, समाज

काम गरेको ज्याला उठाउन नसकेका ‘बन्दिपुर’ रोकिए चुमभ्यालीमा

नेपालअखबार, तनहुँ। छेकम गाउँमा गहुँ, फापर, आलु भित्र्याउने चटारोदेखि घर बनाउने, काठ बोक्न वा ढुंगा फुटाउन गाउँलेहरूले सम्झने एउटै नाम हो-‘बन्दिपुर।’ बन्दी, बन्दे, बन्दिपुर’, केटाकेटीदेखि बूढाबूढीसम्म सबैको प्रिय नाम हो। कोही कसैले बन्दिपुर भन्ने मेसो नपाएर, ‘ओइ कान्तिपुर’ पनि भन्ने गर्छन्। ‘मेरो त नामै बन्दिपुर भइसक्यो, कहिलेकहीँ म आफै पनि आफ्नो वास्तविक नाम भुल्छु। कसैले के हो भनेर सोध्दा, म बन्दिपुर भन्न जान्छु”, विगत १० वर्षदेखि उत्तरी गोरखाको चुमभ्यालीमा हराइरहेका सुमन थापामगरले भने। घर तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–८ जालभञ्ज्याङ बताउने उनी १४–१५ वर्षदेखि गोरखाको हिमालपारिको गाउँमा छन्। केही वर्षदेखि चुमनुब्री गाउँपालिका–७ को छेकम गाउँमा बस्दै आएका उनी चुमभ्यालीमा प्रवेश गरेको भने १० वर्ष भयो। त्यसअघि चुमनुब्री–३ फिलिम गाउँमा करिब पाँच वर्ष बसेका थिए। उनी २०६८–६९...
इन्धनको मूल्य घटेसँगै हवाई भाडा समायोजन
कर्पोरेट, समाचार

इन्धनको मूल्य घटेसँगै हवाई भाडा समायोजन

नेपालअखबार, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई इन्धनको मूल्य घटेसँगै हवाई भाडा समायोजन गरेको छ । हवाई भाडामा जोडिने ‘फ्यूल सरचार्ज’ समायोजन गरी नयाँ मूल्य कायम गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले सबै वायुसेवा कम्पनीलाई पत्र लेखी सो बारे जानकारी समेत गराएको छ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा प्रतिलिटर ४० रुपैयाँ कटौती गरेको थियो । घटेको भाडादर बुधबारबाटै लागु हुने समेत प्राधिकरणले जनाएको छ । नयाँ दर अनुसार हवाई भाडामा फ्यूल सरचार्ज अधिकतम २३ सय ३५ रुपैयाँसम्म घटेको छ । नेपालगन्ज-भद्रपुर रुटमा यसअघि १५ हजार ७२५ रहेको फ्यूल सरचार्ज अब १३ हजार ३९० रुपैयाँमा झरेको छ । काठमाडौं-धनगढी रुटमा यसअघि ११ हजार ८८५ रुपैयाँ रहेको फ्यूल सरचार्ज अब १० हजार १२० रुपैयाँमा झरेको छ । काठमाडौं–सुर्खेत रुटमा ९ हजार २९५ रुपैयाँ रहेको इन्धनको भाडा अब ७ हजार ९१५ रुपैयाँमा झरेको छ । काठ...
सभामुख अर्यालसँग साउदी राजदूतको भेट
राजनीति, समाचार

सभामुख अर्यालसँग साउदी राजदूतको भेट

नेपालअखबार, काठमाडौं । सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि साउदी अरबका राजदूत फाहद मोहम्मद ए. मनिखले उहाँको कार्यकक्षमा शिष्टाचार भेट गरेका छन् । त्यस अवसरमा सभामुख अर्यालले नेपालको सङ्घीय संसद् साउदी अरबको शुरा काउन्सिलसँग सहकार्य गर्न इच्छुक रहेको उल्लेख गर्दै सङ्घीय संसद्को हालैको निर्णयअनुसार नेपाल–साउदी अरब संसदीय मैत्री समूह गठन भएको जानकारी दिए । उक्त समूहका माध्यमबाट दुवै देशका संसद्‍बीच पारस्परिक हितका विषयमा सहकार्य गर्न सहज हुने विश्वास व्यक्त गर्नुभएको सभामुखको निजी सचिवालयले जनाएको छ । उनले नेपाल र साउदीबीच श्रम आप्रवासका क्षेत्रमा बढ्दो सहकार्यप्रति कृतज्ञताका साथ साउदी अरबले नेपालीलाई प्राथमिकता दिएकामा आभार व्यक्त गरे । राजदूत मनिखले साउदी अरब र नेपालबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन आफू क्रियाशील रहेको बताउँदै श्रम, व्यापार, लगानी, पर्यटन तथा जनस्तरको सम्पर्क...
अफगानिस्तानले पाकिस्तान सीमावर्ती क्षेत्रमा प्रतिआक्रमण गरेको दाबी, फेरि तनाव चुलियो
राजनीति, विश्व, समाचार

अफगानिस्तानले पाकिस्तान सीमावर्ती क्षेत्रमा प्रतिआक्रमण गरेको दाबी, फेरि तनाव चुलियो

नेपालअखबार, काठमाडौं । अफगानिस्तानको तालिबान सरकारले पाकिस्तानसँग सीमा जोडिएका क्षेत्रमा आक्रमण गरेको जनाएको छ । तालिबान प्रशासनका अनुसार उक्त आक्रमणमा पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा धेरै व्यक्ति घाइते भएका छन् । पाकिस्तानी सेनाले भने चारवटा सामान्य (नन–सैन्य) ड्रोन खसालेको दाबी गरेका छ । उसले आगामी कुनै पनि उक्साहटपूर्ण गतिविधिको ‘उचित जवाफ’ दिने चेतावनी पनि दिएको छ । दुवै पक्षका दाबीहरूलाई स्वतन्त्र रूपमा पुष्टि गर्न नसकिएको बीबीसीले जनाएको छ । यी घटनाहरू पाकिस्तानले आइतबार अफगानिस्तानभित्र गरेको हवाई आक्रमणपछि भएका हुन् । संयुक्त राष्ट्र संघका अनुसार आइतबारको आक्रमणमा २८ जना सर्वसाधारणको मृत्यु भएको थियो । तर, अफगानिस्तानले भने पाकिस्तानको आक्रमणमा आवासीय घरहरूलाई नै निशाना बनाइएको दाबी गर्दै ३६ जना सर्वसाधारणको मृत्यु र १६० भन्दा बढी व्यक्ति घाइते भएको बताएको छ...
परीक्षा सकिएको सातौँ दिनमा रिजल्ट
शिक्षा, समाचार

परीक्षा सकिएको सातौँ दिनमा रिजल्ट

नेपालअखबार, काठमाडौं । बागमती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित तीनवटा संकायको पहिलो सेमेष्टरको परीक्षा सकिएको एक हप्ताभित्रमा नतिजा प्रकाशित गरेको छ। विश्वविद्यालयले समयसापेक्षा गुणस्तरीय शिक्षासँगै परीक्षा प्रणालीलाई पनि प्रभावकारी बनाउँदै परीक्षाफल समयमा नै प्रकाशन गर्ने लक्ष्यअनुरुप परीक्षा सम्पन्न भएको सातौँ दिनमा आज तीनवटै संकायको पहिलो सेमेष्टरको परीक्षाफल प्रकाशन गरेको विश्वविद्यालय संरक्षक समिति (बोर्ड अफ ट्रष्टीज)का अध्यक्ष प्राध्यापक डा. चन्द्रमणि पौडेलले जानकारी दिए। विश्वविद्यालयले एक वर्षयता व्यवस्थापन र कानुन (म्यानेजमेन्ट एन्ड ल), विज्ञान तथा प्रविधि (साइन्स एन्ड टेक्नोलोजी)का साथै शिक्षा तथा सामाजिक विज्ञान (एजुकेसन एन्ड सोसिएल साइन्स) सङ्कायमा स्नातक तहको कक्षा सञ्चालन सुरु गरेकामा तीनवटै सङ्कायको पहिलो सेमेष्टरको परीक्षाफल प्रकाशन गरेको उनले बताए। प...
प्रदूषण नियन्त्रण गर्न दिल्ली सरकारले विद्युतीय सवारी खरिदमा कर छुट
कर्पोरेट, प्रशासन, समाचार

प्रदूषण नियन्त्रण गर्न दिल्ली सरकारले विद्युतीय सवारी खरिदमा कर छुट

नेपालअखबार,नयाँ दिल्ली । भारतको राजधानी दिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले सरकारले नयाँ विद्युतीय सवारी (ईभी) नीति सार्वजनिक गरेको छ। वायु प्रदूषणको समस्यालाई गम्भीरतापूर्वक लिँदै दिल्ली सरकारले विद्युतीय सवारीको प्रयोगलाई बढावा दिन आकर्षक छुट र प्रतिबन्धको घोषणा गरेको हो। ३० लाखसम्मका कारमा शतप्रतिशत कर छुट नयाँ नीतिअनुसार ३० लाख भारतीय रुपैयाँसम्म मूल्य पर्ने विद्युतीय कार खरिद गर्दा अब सडक दस्तुर र दर्ता शुल्क लाग्ने छैन। सरकारले यी दुवै शुल्कमा शतप्रतिशत छुट दिने निर्णय गरेको छ। मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको यो नीति आगामी जुलाई १ देखि कार्यान्वयनमा आउनेछ। दिल्ली सरकारले सन् २०३० को मार्च महिनासम्ममा सहरलाई पूर्ण रूपमा प्रदूषणमुक्त बनाउने महत्त्वाकांक्षी लक्ष्य राखेको छ। यसका लागि सरकारले आगामी चार वर्षभित्र १५० अर्ब भारतीय रुपैयाँ लगानी गर्ने प्रतिबद्धता...
सिद्धबाबाका विद्यार्थीलाई ‘पोषिलो चटपटे’
शिक्षा, समाचार, समाज

सिद्धबाबाका विद्यार्थीलाई ‘पोषिलो चटपटे’

नेपालअखबार,गुल्मी । गुल्मीको सिद्धबाबा माध्यमिक विद्यालयमा स्थानीयस्तरमै उपलब्ध पौष्टिक खाद्यवस्तुको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले विशेष ‘पोषिलो चटपटे’ दिवा खाजामा खुवाइएको छ । रेसुङ्गा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा कक्षा ५ सम्म अध्ययनरत करिब ६ सय विद्यार्थीलाई पोषिलो चटपटे खुवाइएको हो । बालबालिकामा स्वस्थ खानपानको बानी विकास गर्ने, जंक फुडप्रतिको बढ्दो आकर्षण कम गर्ने तथा स्थानीय उत्पादनको उपयोग बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको रेसुङ्गा नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । कार्यक्रममा चना, कमै, केराउ, मासु, आलु, गाजर, काक्रो, सिमी लगायतका पौष्टिक तत्वले भरिपूर्ण खाद्य सामग्री प्रयोग गरी चटपटे तयार गरिएको थियो । स्वादसँगै पोषण पनि सुनिश्चित हुने भएकाले विद्यार्थीहरूले चासोका साथ दिवा खाजा ग्रहण गरेका थिए । रेसुङ्गा नगरपालिका स्वास्थ्य शाखा प्रमुख मञ्जु घर्तीले स...
खानेपानी योजनाको दिगोपनाका लागि सिद्ध कुमाखमा पानी सम्मेलन
समाचार, समाज

खानेपानी योजनाको दिगोपनाका लागि सिद्ध कुमाखमा पानी सम्मेलन

नेपालअखबार, सल्यान । ‘सबैका लागि सुरक्षित पानी, सबैको साझा जिम्मेवारी’ भन्ने नारासहित सल्यानको सिद्ध कुमाख गाउँपालिकामा पालिकास्तरीय पानी सम्मेलन सम्पन्न भएको छ । खानेपानी योजनाको संरक्षण, प्रभावकारी व्यवस्थापन तथा दिगोपना सुनिश्चित गर्ने उद्देश्यले मंगलबार ढोरचौरमा खानेपानी उपभोक्ता समितिहरूको दिगोपनसम्बन्धी कार्यशाला तथा पानी सम्मेलन आयोजना गरिएको हो । सिद्ध कुमाख गाउँपालिकाको आयोजनामा सम्पन्न सम्मेलनमा गाउँपालिकाभित्र रहेका विभिन्न खानेपानी उपभोक्ता समितिका अध्यक्ष, सचिव तथा पदाधिकारीहरूको उल्लेख्य सहभागिता रहेको थियो । सम्मेलनमा खानेपानी स्रोतको संरक्षण, योजनाको नियमित मर्मतसम्भार, उपभोक्ता समितिको संस्थागत क्षमता अभिवृद्धि, सुरक्षित खानेपानीको पहुँच विस्तार तथा समुदायको भूमिकाबारे छलफल गरिएको थियो । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष भरत गिरीले सुरक्षित खानेपानी प्रत्...
सिलिचोङमा पहिरो : विस्थापितको सङ्ख्या २८, विद्युत सेवा अवरूद्ध, ६ सय घर अन्धकारमा
समाचार, समाज

सिलिचोङमा पहिरो : विस्थापितको सङ्ख्या २८, विद्युत सेवा अवरूद्ध, ६ सय घर अन्धकारमा

नेपालअखबार,सङ्खुवासभा। सिलिचोङ गाउँपालिका–१ मा अविरल वर्षापछि आएको पहिरोबाट एक स्वास्थ्य केन्द्रसहित २८ घर विस्थापित भएका छन् । वर्षासँगै बाढीपहिरोबाट तेन्छोङमा हालसम्म विस्थापितको सङ्ख्या २८ पुगेको छ । तल्लो र माथिल्लो तेन्छोङमा २८ घरपरिवार विस्थापित भएका छन् जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनबहादुर राजवंशीले तल्लो तेन्छोङका मनकुमार राई, नौबहादुर राई, मनबहादुर राई, धानराम राई, तिलकप्रसाद राई, नरेश कुलुङ, योगेन्द्र राई, विजय राई, मणिधन राई, सन्तोष राई, नन्दु राई, धनबहादुर राई, कल्पना राई, आश्रम राई, प्रविसुक राई, अग्रज राई, पूर्णमान राई, फगेन्द्र राई, बाबुराम राई, विन्दुर राईको घर विस्थापित भएको जानकारी दिए। पहिरोले तेन्छोङको सामुदायिक स्वास्थ्यचौकी पनि जोखिममा परेको छ। त्यसैगरी, सिलिचोङ–१ मा रहेको कुन्ती राईको पाँच, धनपूर्ण राईको सात, मङ्गलबहादुर राईको छ, सुकप्रसाद राईको...