Thursday, November 19

समाचार

अवकासको मुखमा रहेका जिल्ला न्यायाधीश बेल्बासेलाई उच्च अदालतको न्यायाधीशमा सिफारिस
प्रशासन, समाचार

अवकासको मुखमा रहेका जिल्ला न्यायाधीश बेल्बासेलाई उच्च अदालतको न्यायाधीशमा सिफारिस

नेपालअखबार, काठमाडौँ । जिल्ला अदालत कास्कीका प्रमुख न्यायाधीश हिमलाल बेलबासे आउँदो असार ३ गतेबाट ६३ वर्षको उमेर हदका कारण अवकासमा जाँदै छन् । २०२० साल असोज ४ गते जन्मेका बेलबासेलाई नियमित अवकासमा जान नपाउँदै मंगलबार न्याय परिषद्को बैठकबाट उच्च अदालत जनकपुरको न्यायाधीशमा पदस्थापन हुने गरी सिफारिस गरिएको हो । न्याय परिषद्को बुलेटिन अनुसार उनी जिल्ला न्यायाधीशको बरियात सूचीमा १३ औँ नम्बरमा पर्छन् । उच्च अदालतमा पाँच जना न्यायाधीश खाली रहेकोमा न्याय परिषद बैठकले बेलबासेसहित सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेल र फैसला कार्यान्वयन महानिर्देशनालयका गजेन्द्रबहादुर सिंहलाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो । जिल्ला अदालतका न्यायाधीश बेलबासेले यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा दर्ता भएको सूर्यदर्शन सहकारी ठगीसँगै संगठित अपराध र ...
अफवाह फैलाउने १३ फेसबुक पेजलाई कारबाही गर्न साइबर ब्युरोलाई काउन्सिलको पत्राचार
प्रशासन, समाचार

अफवाह फैलाउने १३ फेसबुक पेजलाई कारबाही गर्न साइबर ब्युरोलाई काउन्सिलको पत्राचार

नेपालअखबार, काठमाडौं । प्रेस काउन्सिल नेपालले सञ्चारमाध्यमका रूपमा दर्ता वा सूचीकरण नभएका भ्रम तथा अतिरञ्जना फैलाउने १३ फेसबुक पेजमाथि कारबाही गर्न साइबर ब्युरोलाई पत्राचार गरेको छ । फेसबुकमा अतिरञ्जित शीर्षक र थम्बनेल राखी भ्रम तथा अफवाह फैलाउने सामग्री प्रकाशन गरेको पाइएपछि ती पेजमाथि अनुसन्धान र कारबाही गर्न साइबर ब्युरोमा पत्राचार गरिएको काउन्सिलले जनाएको छ । त्यस्ता पेजहरूमा युथ अफ पर्सा(वाईओपी), हाम्रो सहयात्रा, नेपाल खबर(फेसबुक पेज), न्युज कलेक्सन नेपाल, हिमाल अपडेट, एमओ नेपाल, डेली न्युज एनपी, सार्वजनिक सूचना, नेपाल नोब्स खबर, जितपुर सिमरा नेपाल, एक नम्बर टीभी, न्युज निष्पक्ष आवाज र आवाज उदयपुरको नामक फेसबुक पेज रहेको काउन्सिलले जनाएको छ । यी सबै पेज नन मिडियाका रहेको पनि काउन्सिलले जनाएको छ । तीमध्ये केही पेजले निर्देशन पालना नगरेको र केहीको सम्पर्क विवरणसमेत नभेटिएको काउन्...
कृष्णभीरमा असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
समाचार, समाज

कृष्णभीरमा असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी

नेपालअखबार,काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध भएपछि तत्काल थालिएको नयाँ ट्र्याक निर्माण अन्तिम चरणमा पुगेको छ। आइतबार भित्तातर्फको कटिङ तथा सडक सम्याउने काम सम्पन्न गरी केही सवारीसाधन परीक्षणका रूपमा आवतजावत गराइएको थियो। परीक्षण सफल भएपछि नियमित सवारीसाधन सञ्चालनका गर्न तीव्रता दिइएको हो। नयाँ ट्र्याक निर्माणको जिम्मा पाएको निर्माण कम्पनीका इञ्जिनियर ईश्वर नेपालले निर्माणको काम अन्तिम चरणमा पुगेको बताए। उनका अनुसार आज ११औं दिनमा ग्राभेलिङ, स्लोप कटिङ र नाली निर्माणको काम भइरहेको छ। ‘सम्भवतः असोज १ गतेदेखि पूर्ण रूपमा यातायात सञ्चालन गर्ने गरी काम अगाडि बढाइरहेका छौं,’ उनले भने। निर्माणको पहिलो चरणमा ९ देखि १० दिनसम्म ११–१२ उपकरण परिचालन गरिएको थियो। अहिले काम अन्तिम चरणमा पुगेकाले करिब ४०–५० जना दक्ष तथा मजदुर परिचालन गरिएको छ। आवश्...
प्रतिनिधि सभाको बैठक बस्दै
राजनीति, समाचार

प्रतिनिधि सभाको बैठक बस्दै

नेपालअखबार, काठमाडौं । संघीय संसद प्रतिनिधि सभाको बैठक आज अपराह्न १ः०० बजे बस्दैछ। आजको बैठकमा परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची तय भएको संघीय संसद् सचिवालयले जनाएको छ। यस्तै, बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्नेसम्बन्धी सम्मेलनमाथि नेपाल सरकारले आफ्नो हकमा स्पष्ट गरेको घोषणासहित अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्। यसैगरी आज अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ।...
माङसेबुङमा उद्यानसहित राष्ट्रिय विभूति फाल्गुनन्दको सालिक राखिने
समाचार, समाज

माङसेबुङमा उद्यानसहित राष्ट्रिय विभूति फाल्गुनन्दको सालिक राखिने

नेपालअखबार,इलाम । इलामको माङसेबुङ गाउँपालिकाले राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको सालिक राख्ने भएको छ । माङसेबुङ –३ स्थित प्रस्तावित धार्मिक तथा सांस्कृतिक क्षेत्र भञ्ज्याङमा गाउँपालिकाले फाल्गुनन्दको पूर्ण कदको सालिक निर्माण थालेको हो । किरात धर्म, भाषा, संस्कार र संस्कृतिको संरक्षण तथा सामाजिक सुधारका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएका फाल्गुनन्दको स्मृतिलाई दीर्घकालसम्म जीवित राख्ने उद्देश्यले सालिक निर्माण थालिएको माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले जानकारी दिए । त्यहाँ निर्माणाधीन फाल्गुनन्दको सालिक विश्वमा निर्माण भएकामध्ये अहिलेसम्मकै सबैभन्दा अग्लो र ठूलो हुने दाबी गरिएको छ । माङसेबुङ गाउँपालिकाले स्थानीय राजेन्द्र खजुमको अध्यक्षतामा निर्माण समिति गठन गरी सालिक निर्माणलाई तीव्रता दिएको हो । तीन रोपनी दुई आना क्षेत्रफलमा उद्यानसहितको फाल्गुनन्दको सालिक निर्माण सुरु...
अमेरिकी सर्वोच्च अदालतले स्वीकारेन ट्रम्पको हुलाकमार्फत हुने मतदानमाथिको प्रतिबन्ध
राजनीति, विश्व, समाचार

अमेरिकी सर्वोच्च अदालतले स्वीकारेन ट्रम्पको हुलाकमार्फत हुने मतदानमाथिको प्रतिबन्ध

नेपालअखबार,काठमाडौं । अमेरिकी सर्वोच्च अदालतले हुलाकमार्फत हुने मतदानमा कडा नियम लागु गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनालाई रोकिदिएको छ। आसन्न मध्यावधि चुनावअघि मतदान प्रक्रियालाई प्रभावित पार्ने ट्रम्प प्रशासनको प्रयासलाई अदालतको यो फैसलाले ठूलो धक्का दिएको छ। सोमबार, परम्परावादी सोचको बहुमत रहेको अदालतले अमेरिकी जिल्ला न्यायाधीश इन्दिरा तलवानीले जारी गरेको आदेश खारेज गर्न अस्वीकार गर्‍यो। तलवानीले ट्रम्पको उक्त नियमलाई रोक्न निषेधाज्ञा जारी गरेकी थिइन्। ट्रम्प प्रशासनले हुलाकमार्फत हुने मतदानमा व्यापक धाँधली हुने दाबी गर्दै चुनावको मुखैमा नयाँ नियम लागू गर्न खोजेको थियो। तर डेमोक्र्याट-नेतृत्वका राज्यहरू र मतदान अधिकार समूहहरूले भने यो योजनालाई असंवैधानिक र लोकतान्त्रिक प्रक्रियाका लागि गम्भीर खतरा भएको तर्क गर्दै आएका थिए। के थियो ट्रम्पको नियम? मार्च महिनामा ट्रम्पले ए...
आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा महिलाको मृत्यु
समाचार, समाज

आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा महिलाको मृत्यु

नेपालअखबार,स्याङ्जा । स्याङ्जाको वालिङमा आज बिहान ऋषिपञ्चमीको अवसरमा आँधीखोलामा स्नान गर्ने एक महिलाको खोलाले बगाउँदा निधन भएको छ । वालिङ नगरपालिका–९ भूम्रेकि ५३ वर्षीया माया पाण्डे मृतावस्थामा भेटिएको वडा प्रहरी कार्यालय वालिङका प्रहरी नायब उपरीक्षक प्रताप पौडेलले जानकारी दिए । उनका अनुसार भूम्रेस्थित आँधीखोलामा नुहाउने क्रममा पाण्डेलाई खोलाले बगाएको थियो । वडा प्रहरी कार्यालय वालिङ, जनप्रतिनिधि, स्थानीयवासीले खोजी गर्ने क्रममा झण्डै चार किलोमिटर तल वालिङ –१३ शान्तिघाटस्थित आँधीखोलामा ढुङ्गामा अड्किएको अवस्थामा शव फेला परेको जनाइएको छ ।...
हंसपुरका ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण
प्रशासन, समाचार, समाज

हंसपुरका ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण

नेपालअखबार,जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आएपनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर नगरपालिका–५, साविक सुगा निकास गाविस–३ का ३६५ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको छ । नापी कार्यालय धनुषाका अनुसार विसं २०७२ मा उक्त क्षेत्रको नाप नक्सा भए पनि जग्गाधनी प्रमाणपुर्जा वितरण हुन सकेको हंसपुर नगरपालिका–५ का ३६५ परिवारलाई आज जग्गाधनी पुर्जा वितरण गरिएको हो । उनका अनुसार स्ववासी जग्गा दर्ता गरी जग्गाधनी प्रमाणपुर्जा प्राप्त भएपछि वर्षौँदेखि जग्गाको स्वामित्व स्थापित गर्न नसकेका परिवारले कानुनी रूपमा आफ्नो सम्पत्तिको मालिक बन्ने आधार पाएका छन् । “पुर्जा प्राप्त भएपछि जग्गा बैंक तथा वित्तीय संस्थामा धितो राखेर ऋण लिन सहज हुन्छ”, प्रमुख उमेशकुमारले भने, “जग्गाको बिक्री–वितरण गर्न सकिने भएकाले आर्थिक गतिविधि बढ्नुका साथै राज्यले राजस्वसमेत प्राप्त गर्...
साउदी अरबले यमनमा २४ घण्टाभित्र ५४ हवाई आक्रमण गरेको हुथीको दाबी
राजनीति, विश्व, समाचार

साउदी अरबले यमनमा २४ घण्टाभित्र ५४ हवाई आक्रमण गरेको हुथीको दाबी

नेपालअखबार,काठमाडौं । हुथी विद्रोहीहरूले साउदी अरबले पछिल्लो २४ घण्टामा यमनका विभिन्न क्षेत्रमा ५४ वटा हवाई आक्रमण गरेको दाबी गरेका छन्। हुथी विद्रोहीहरू रेड सीको तटीय क्षेत्रमा तीव्र गतिमा अघि बढिरहेको समयमा सोमबार उनीहरूको यो दाबी बाहिर आएको बीबीसीले जनाएको छ । हुथी सैन्य प्रवक्ता याह्या सारीले एक वक्तव्य जारी गर्दै भनेका छन्, ‘साउदी वायुसेनाले एफ-१५ र टाइफुन लडाकु विमानहरूमार्फत यमनका क्षेत्रहरूलाई निशाना बनाएको छ।’ उनका अनुसार, यी हवाई आक्रमणहरूमा ताइज, लहज, जौफ, मारिब र होदेइदाका क्षेत्रहरू समावेश छन्। बीबीसी पर्सियनका अनुसार, हुथीहरूले सोमबार साउदी अरबका सैन्य अखडाहरूमा आफूहरूले पनि मिसाइल र ड्रोन आक्रमण गरेको दाबी गरेका छन्। हुथीहरूका अनुसार, पछिल्ला दिनहरूमा उनीहरूले रेड सीको तट र बाब अल-मन्डेब जलमार्गमाथि आफ्नो नियन्त्रण कायम गरेका छन्। अमेरिका-इरान युद्धका कारण ...
बेलायतका पूर्वप्रधानमन्त्री गएको केही समयपछि युक्रेनी रेलमा रुसी आक्रमण
विदेश, समाचार, समाज

बेलायतका पूर्वप्रधानमन्त्री गएको केही समयपछि युक्रेनी रेलमा रुसी आक्रमण

नेपालअखबार,काठमाडौं । युक्रेनमा पोल्यान्ड सीमानजिकै याहोदिन क्षेत्रमा एउटा यात्रुवाहक रेललाई रुसी ड्रोनले निशाना बनाएको छ। आक्रमणबाट रेलको इन्जिनमा क्षति पुगेको छ। यद्यपि, घटनामा कोही हताहत भएको खबर छैन। बीबीसीका अनुसार, बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोनसन र युरोपका शीर्ष सुरक्षा अधिकारीहरूको टोली चढेको अर्को रेल आक्रमण हुनुभन्दा केही समयअघि मात्रै यही रेलमार्ग भएर गएको थियो । युक्रेनी अधिकारीहरूका अनुसार, यो आक्रमण याहोदिनमा भएको हो, जुन पोल्यान्डको सीमाबाट करिब दुई किलोमिटर मात्र टाढा अवस्थित छ। बोरिस जोनसनसँगै युरोपेली देशहरूका कैयौँ राष्ट्रिय सुरक्षा सल्लाहकारहरू पनि यही रेलमार्ग भएर गएका थिए। जसमा बेलायतका राष्ट्रिय सुरक्षा सल्लाहकार जोनाथन पावेल पनि सहभागी थिए। सबै अधिकारीहरू किभमा आयोजित एक सम्मेलनमा भाग लिएर फर्किरहेका थिए। रुसले पनि यस आक्रमणको पुष्टि गरेको छ। रु...