Friday, September 11

समाचार

नेकपाले चन्दा नउठाई केन्द्रीय कार्यालय बनाउने
राजनीति, समाचार

नेकपाले चन्दा नउठाई केन्द्रीय कार्यालय बनाउने

नेपालअखबार, काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले गत भदौमा भएको जेनजी आन्दोलनको क्रममा जलेको केन्द्रीय कार्यालय बनाउने भएको छ। शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले पार्टी कार्यालय बनाउने निर्णय गरेको हो।केन्द्रीय कार्यालय चन्दा नउठाई बनाउने निर्णय भएको नेता देवेन्द्र पौडेलले बताए।‘केन्द्रीय कार्यालय चन्दा नउठाई बनाउने निर्णय भएको छ। पार्टी पङ्क्तिबाट व्यवस्थित कार्यालय बनाउन आह्वान गर्ने भनिएको छ’, पौडेलले भने।...
सप्तरीको राजविराजमा अनिश्चितकालीन कर्फ्यु
प्रशासन, समाचार

सप्तरीको राजविराजमा अनिश्चितकालीन कर्फ्यु

नेपालअखबार,सप्तरी ।  सप्तरीको राजविराजमा कर्फ्यु आदेश जारी भएको छ। सप्तरीका प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाले शुक्रबार बिहान  ८ बजेदेखि लागू हुने गरी राजविराज क्षेत्रमा अनिश्चितकाली कर्फ्यु आदेश जारी गरेका हुन्। राजविराज नगरपालिकाभित्र पूर्वमा खाडो खोला, पश्चिममा हुलाकी राजमार्गको जमुनी थलही, उत्तरमा रूपनी रोडको बसविट्टी चोक र दक्षिणमा विष्णुपुर गाउँपालिकाको कोशी पश्चिम मूल नहरसम्म चार किल्ला तोकेर कर्फ्यु आदेश जारी गरिएको हो। जिल्लाको पछिल्लो सुरक्षा स्थितिको विश्लेषणका आधारमा आन्दोलन वा हुलदंगा भई शान्ति सुरक्षा भंग हुन जान देखिएकाले कर्फ्यु जारी गरिएको प्रशासनले जनाएको छ। जिल्ला सुरक्षा समितिको शुक्रबार नै बसेको बैठकले कर्फ्यु आदेश जारी गर्ने निर्णय गरेको थियो कर्फ्यु अर्को आदेश नभएसम्म जारी रहने प्रजिअ थापाले जानकारी दिएका छन्। कर्फ्यु आदेश उल्लंघन गरिए नियमानुसार...
पाकिस्तानमा हिमपहिरोमा परी निर्मल पुर्जासहित १० आरोही सम्पर्कविहीन
समाचार, समाज

पाकिस्तानमा हिमपहिरोमा परी निर्मल पुर्जासहित १० आरोही सम्पर्कविहीन

नेपालअखबार,काठमाडौँ ।  पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा विश्वप्रसिद्ध नेपाली आरोही निर्मल पुर्जासहित १० जना आरोही सम्पर्कविहीन भएका छन्। बिहीबार दिउँसोको हिमपहिरोमा परी पुर्जा नेतृत्वको १० सदस्यीय आरोहीको टोली सम्पर्कविहीन भएको भनेर पाकिस्तानी मिडिया र केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले समाचार लेखेका छन्। हिमपहिरोपछि अन्तर्राष्ट्रिय आरोही टोलीसँग उनीहरूको सम्पर्क विच्छेद भएको पाकिस्तानको पर्वतारोहरण सम्बन्धी संस्था अल्पाइन क्लब अफ पाकिस्तानलाई उद्धृत गरेर बिबिसीले लेखेको छ। कराकोरम पर्वतशृंखलाको ८,०४७ मिटर अग्लो ब्रोड पिकमा आरोहण गरिरहेको टोलीमा पाकिस्तान, अमेरिका, चीन, ओमान र नेपालका पर्वतारोही सहभागी रहेको अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले लेखेको छ। प्रारम्भिक विवरणअनुसार टोलीमा पाँच नेपाली, एक अमेरिकी, एक चिनियाँ, एक ओमानी र अन्य सदस्य रहेका छन्। टोलीका नेता पु...
प्रधानमन्त्रीले गरे मधेसकेन्द्रित दलका नेताहरूसँग सिंहदरबारमा छलफल
राजनीति, समाचार

प्रधानमन्त्रीले गरे मधेसकेन्द्रित दलका नेताहरूसँग सिंहदरबारमा छलफल

नेपालअखबार,काठमाडौँ ।  प्रधानमन्त्री बालेन शाहले मधेसकेन्द्रित दलका नेताहरूसँग सिंहदरबारमा छलफल गरेका छन्। प्रधानमन्त्री शाहले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा मधेसबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफल गरेको उनको सचिवालयले जानकारी दिएको छ। ‘प्रधानमन्त्रीज्यूले मधेसबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफल सुरू गर्नुभएको छ,’ सचिवालयले भनेको छ, ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा सुनसरीलगायत मधेसका केही जिल्लामा उत्पन्न तनाव समाधानबारे छलफल भइरहेको छ।’ छलफलमा जनमत पार्टीका अध्यक्ष सिके राउन, जसपाका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो, लालबाबु राउत, समिम मियाँ अन्सारी, राम के शर्मा, आम जनता पार्टीका अध्यक्ष प्रभु शाह, रास्वपा सांसद अमरेशकुमार सिंह, शरतसिंह भण्डारी, जयकान्त रा...
देवानगन्ज घटनामा सरकार र मृतकका आफन्तबीच ७ बुँदे सहमति
प्रशासन, समाचार, समाज

देवानगन्ज घटनामा सरकार र मृतकका आफन्तबीच ७ बुँदे सहमति

नेपालअखबार,सुनसरी ।  सुनसरीको देवानगञ्ज घटनामा ज्यान गुमाएकाहरुका परिवार र सरकारबीच ७ बुदे सहमति भएसगै परिवारले शव बुझ्ने भएका छन। कप्तानगञ्जमा आइतबार  भएको गोलीकाण्डका पीडितसग वार्ता गर्न गृहमन्त्री सुधन गुरुङ मध्यरातमा देवानगन्ज पुगेका थिए। रातभरि चलेको वार्तापछि सरकार र पीडित पक्षबीच ७ बुँदे सहमति भएको हो। सहमति पत्रमा  शुक्रबार बिहान ५ बजे दुवै पक्षले हस्ताक्षर गरेको गाउँपालिका अध्यक्ष वेचन मेहताले जानकारी दिए। सम्झौतापत्रमा गृहमन्त्री सुधन गुरुङ र मृतकका तर्फबाट ओमप्रकाश मेहताका बुबा कुशदेव मेहता तथा जयप्रकाश मेहताका बुबा नरेश मेहताले हस्ताक्षर गरेका छन् । सहमति भएसँगै  परिवारले अस्पतालमा रहेका मृतक ओमप्रकाश र जयप्रकाशको शव बुझ्ने भएका छन्। सहमति अनुसार  मृतक दुवै जनालाई शहीद घोषणा गर्न सरकारले तत्काल प्रक्रिया थाल्नेछ। साथै, दुवै परिवारलाई जनही १० लाख  रूपैयाँ रा...
हतियार बुझाएर गजाको शासन छाड्न हमास सहमत भएको ट्रम्पको घोषणा
राजनीति, विश्व, समाचार

हतियार बुझाएर गजाको शासन छाड्न हमास सहमत भएको ट्रम्पको घोषणा

नेपालअखबार,काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गजाको सशस्त्र समूह हमासले हतियार बुझाएर त्यहाँको शासन छाड्न सहमति गरेको दाबी गरेका छन्। ट्रम्पले बिहीबार ट्रुथ सोसलमार्फत हमास र गजाका अन्य सबै सशस्त्र समूहले हतियार बिसाउन सहमति गरेको दाबी गरेका हुन्। 'बोर्ड अफ पिसले आज हमास र गाजाका अन्य सबै सशस्त्र समूहको पूर्ण निःशस्त्रीकरणका लागि ऐतिहासिक सहमति गरेको छ। यो दिगो शान्ति र सुरक्षातर्फको एउटा स्मरणीय कदम हो,' ट्रम्पले लेखेका छन्। उनले निःशस्त्रीकरण पूरा भएपछि गाजामा नयाँ प्यालेस्टिनी सरकारले शासन गर्ने र इसराइलले पनि आफूले चाहेको सुरक्षा प्राप्त गर्ने बताएका छन्। गजामा दीर्घकालीन शान्ति स्थापनाका लागि कतार, टर्की र इजिप्टको मध्यस्थतामा महिनौंसम्मको वार्तापछि हमासले सम्झौताको सर्त स्वीकार गरेको भनेर अमेरिकी अनलाइन एक्सियसले लेखेको छ। यो सम्झौता अनुसार हमास गजाको शासनब...
गण्डकी प्रदेशसभा बैठक दिउँसो बस्दै
राजनीति, समाचार

गण्डकी प्रदेशसभा बैठक दिउँसो बस्दै

नेपालअखबार, गण्डकी । गण्डकी प्रदेशसभाको बैठक आज दिउँसो २ः०० बजे बस्दैछ । गत असार २५ गते स्थगन भएको प्रदेशसभा बैठक आज बस्न लागेको हो । आजको बैठकमा प्रदेश प्रमुख डिल्लीराज भट्टबाट प्रदेशसभामा फिर्ता आएको औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेतीलाई नियमन तथा उपयोग गर्ने सम्बन्धमा बनेको विधेयक पुनर्विचारका लागि पेस हुने  सम्भावित कार्यसूची प्रदेशसभा सचिवालयका सचिव गोविन्द पौडेलले जानकारी दिए ।‘प्रदेश प्रमुखबाट उक्त विधेयक फिर्ताका सम्बन्धमा पठाउनुभएको सन्देश प्रदेशसभामा प्रस्तुत हुन्छ, शून्य समयमा प्रदेशसभा सदस्यज्यूहरुले समसामयिक विषयमा धारणा राख्ने बैठकको कार्यसूची छ’, उनले भने । गत असार २५ गते प्रदेशसभाबाट पारित गाँजाखेतीसम्बन्धी विधेयक प्रदेश प्रमुख भट्टले पुनर्विचारका लागि गत शुक्रबार प्रदेशसभामा फिर्ता पठाएका थिए ।...
राष्ट्रियसभाको बैठक बस्दै
राजनीति, समाचार

राष्ट्रियसभाको बैठक बस्दै

नेपालअखबार,काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक आज अपराह्न १:१५ बजे बस्न लागेको हो । आजको बैठकमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रालयसँग सम्बन्धित प्रश्नको उत्तर दिने सम्भावित कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ । यसैगरी, राष्ट्रियसभा सदस्य कमला पन्तले ‘मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारी सम्बन्धमा’ गृहमन्त्रीको ध्यानाकर्षण गराउने प्रस्ताव प्रस्तुत गर्नेछिन् । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले संविधानसभा सदस्य, प्रतिनिधिसभाका पूर्वसदस्य एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची समेत छ ।त्यसैगरी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक अपराह्न २ बजे बस्दैछ । समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ का सम्बन्धमा छलफल हुने कार्यक्रम छ । ...
केपी ओलीको अपिल : संवाद र सहकार्यबाट वर्तमान जटिलतालाई निकास दिनुपर्छ
राजनीति, विचार, समाचार

केपी ओलीको अपिल : संवाद र सहकार्यबाट वर्तमान जटिलतालाई निकास दिनुपर्छ

नेपालअखबार,काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले द्वन्द्व र हिंसाबाट समस्याको समाधान नहुने भएकाले हुुँदा संवाद, सहमतिका लागि अपील गरेका छन् । जनतालाई आपसमा विभाजित गर्दै अवाञ्छित उद्देश्य पूरा गर्ने षड्यन्त्रहरू हुन सक्नेतर्फ सचेत हुन ओलीले आग्रह गरेका छन् । मुलुक विषम परिस्थितिबाट गुज्रिरहेको समयमा मुख्य राजनीतिक दलहरूले आपसी राजनीतिक प्रतिस्पर्धा, आरोप–प्रत्यारोप र सस्तो लोकप्रियताभन्दा माथि उठेर मुलुकमा शान्ति, सुरक्षा र स्थायित्व कायम गर्न सहकार्य गर्नु आवश्यक रहेको ओलीले बताएका छन् । राष्ट्रको अस्तित्व, शान्ति–सुरक्षा र सामाजिक सद्भावमाथि संकट आउन लागेको बताउँदै अपीलमा भनेका छन्,‘यस घडीमा म सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी तथा विभिन्न धार्मिक एवं सामाजिक सम्प्रदायका अगुवाहरूलाई राष्ट्रिय हित र शान्ति स्थापनाका लागि एकजुट हुन हार्दिक आह्वान गर्दछु ।’ ...
गृह मन्त्रालयमा मुस्लिम आयोग र हिन्दु संस्थाका पदाधिकारीबीच छलफल
प्रशासन, समाचार

गृह मन्त्रालयमा मुस्लिम आयोग र हिन्दु संस्थाका पदाधिकारीबीच छलफल

नेपालअखबार,काठमाडौं । गृह मन्त्रालयमा मुस्लिक आयोग र हिन्दु संघसंस्थाका पदाधिकारीबीच छलफल सुरु भएको छ । गृहसचिव राजकुमार श्रेष्ठको उपस्थितिमा छलफल जारी रहेको मन्त्रालयका सहप्रवक्ता रमा आचार्यले जानकारी दिइन् ।उनका अनुसार पछिल्लो केही दिन यता तराई-मधेशमा देखा परेका तनाव अन्त्य गर्ने विषयमा छलफल केन्द्रित रहेको छ ।...