Sunday, November 29

समाचार

कान्ति लोकपथ ४ दिन पूर्ण रूपमा बन्द हुने
समाचार, समाज

कान्ति लोकपथ ४ दिन पूर्ण रूपमा बन्द हुने

नेपालअखबार,मकवानपुर ।  हेटौंडा-काठमाडौं जोड्ने छोटो दुरीको कान्ति लोकपथ ४ दिन पूर्ण रूपमा बन्द हुने भएको छ । मकवानपुर र ललितपुरको सिमाना बगुवास्थित बागमती खोलामा बेलिब्रिज जडान गर्न उक्त सडक ४ दिन बन्द गरिएको हो । जिल्ला प्रशासन कार्यालय मकवानपुरले एक सूचना जारी गर्दै कान्ति लोकपथ अन्तर्गत बगुवास्थित बागमती खोलामा निर्माणाधीन बेलिब्रिजको जडान गर्न लागिएकाले ४ दिन सडक बन्द गरिएको जनाएको हो । प्रशासन कार्यालयको सूचना अनुसार जेठ २१ देखि २४ गतेसम्म सडक पूर्ण रूपमा बन्द हुनेछ । सो अवधिमा हेटौँडाबाट काठमाडौँ आवतजावत गर्ने सवारी साधनलाई वैकल्पिक मार्गहरू प्रयोग गर्न आग्रह गरिएको छ । गत असोज १० देखि १२ गतेसम्मको अविरल वर्षाका कारण उक्त सडक खण्डको बगुवा स्थित बागमती खोलाको पुलसम्मको पहुँच मार्ग बगाएको थियो । बाढीले पहुँच मार्ग बगाएपछि सो सडकमा डाइभर्सन बनाएर यातायात सञ्चालन हुँदै आएको थियो । ...
प्रतिनिधिसभाको बैठक २ बजेलाई सारियो
राजनीति, समाचार

प्रतिनिधिसभाको बैठक २ बजेलाई सारियो

नेपालअखबार, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक २ बजेलाई सारिएको छ । सदनको अवारोध अन्त्यका लागि पहल जारी रहेकाले बैठक केही घण्टा पर सारिएको हो । यसअघि आजको बैठक बिहान ११ बजेका लागि बोलाइएको थियो । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीसमेत जोडिएको भन्दै विपक्षी दलहरूले राजीनामा मागेर सदन अवरुद्ध पार्दै आएका छन् । गृहमन्त्री रमेश लेखकले आफ्ना कुरा सदनसमक्ष राख्ने भन्दै सभामुखसँग पटकपटक समय मागे पनि उनले बोल्न पाएका छैनन् । लगातार सदन अवरुद्ध रहेकाले सभामुख देवराज घिमिरेले आजै विपक्षी दलहरूसँग छलफल गरी सदनमा गृहमन्त्रीले आफ्ना भनाइ राख्ने वातावरण बनाइदिन आग्रह गरेका छन् । सदनमा गृहमन्त्रीलाई बोल्न दिने वातावरण बनाउन सभामुख घिमिरेले आज बिहानैदेखि पहल गरेका थिए । उनले विपक्षी दलका प्रमुख सचेतकहरूसँग तथा त्यसपछि सत्ता र विपक्षी दलहरूसँग संयुक्त बैठक बसेका थिए । बैठका सभामुख घिमिरेले प...
प्रतिपक्षी दलहरुको संयुक्त बैठकले निकाले  तीन बुँदे निष्कर्ष
राजनीति, समाचार

प्रतिपक्षी दलहरुको संयुक्त बैठकले निकाले तीन बुँदे निष्कर्ष

नेपालअखबार,काठमाडौं । संघीय संसद भवन नयाँ बानेश्वरस्थित प्रमुख प्रतिपक्षी दल नेता पुष्पकमल दाहाल 'प्रचण्ड' को कार्यकक्षमा आज बसेको प्रतिपक्षी दलहरूको बैठकले भिजिट भिसासम्बन्धी उठ्ने समस्याहरूलाई समाधान गर्न केही निष्कर्षहरू निकालेको छ। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको आह्वानमा बसेको प्रतिपक्षी दलहरूको बैठकमा रास्वपा, एकीकृत समाजवादी र नेपाल समाजवादी पार्टीका नेताहरू सहभागी थिए। रास्वपा सांसद मनिष झाले दिएको जानकारीअनुसार प्रतिपक्ष दलको बैठकको पहिलो चरण बैठक सकिएको छ। ‘उच्चस्तरीय छानबिन समिति बनाउने र त्यो समितिले श्रम ऐन २०६४ आए पश्चातको समयदेखि हाल रहनुभएको गृहमन्त्रीको कार्यकालसम्मको "भिजिट भिसा प्रकरण" सम्बन्धित छानबिन/आयोग बनाउने र यसलाई सधैको लागि निराकरण गर्न सर्वपक्षिय प्रतिबद्धता जनाउने,’ निष्कर्ष निकालेको उनले बताए।साथै आवश्यक छानबिन गर्नको लागि छानबिनको परिणाम नआएसम्म...
सरकार र यातायात व्यवसायीबीच भएको सहमति आपत्तिजनक : प्रकाश ज्वाला
राजनीति, समाचार

सरकार र यातायात व्यवसायीबीच भएको सहमति आपत्तिजनक : प्रकाश ज्वाला

नेपालअखबार, काठमाडौं । पूर्वभौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले यातायात व्यवसायीहरुसँग सोमबार मध्यरात भएको सहमति आपत्तिजनक भएको बताएका छन् । यातायात व्यवसायीहरुसँग झुकेर सरकार सिन्डिकेटलाई संरक्षण गरेको उनको आरोप छ । आज बिहान बसेको पूर्वाधार विकास समितिको बैठकमा ज्वालाले भने, ‘पहिले तोडिएको सिन्डिकेट फेरि कायम गर्ने सम्झौता भएको छ । जनताले जे प्रयोग गर्न चाहन्छ, त्यही प्रयोग गर्नु पाउनुपर्यो नि । निश्चित वर्गको फाइदाका निम्ति मात्रै काम गरेको छ ।’ गण्डकी प्रदेश सरकारले राइडसेयरिङ र सेल्फ ड्राइभलाई मान्यता दिने गरी नियमावली ल्याएको विरोधमा देशभर चक्काजामसहित आन्दोलनमा उत्रिएका यातायात व्यवसायीका प्रतिनिधि र सरकारी वार्ता टोलीबीच सोमबार भएको वार्तामा नियमावली स्थगनको प्रक्रिया अघि बढाउने सहमति भएको थियो । एकीकृत समाजवादीका नेतासमेत रहेका पूर्वमन्त्री ज्वालाले गण्डकी ...
संसारकोट दरबारको पुनःनिर्माण गरिँदै
समाचार, समाज

संसारकोट दरबारको पुनःनिर्माण गरिँदै

नेपालअखबार, बागलुङ ।  बागलुङ स्थित संसारकोटमा पूर्वाधार निर्माणले गति लिएको छ । भग्नावशेष अवस्थामा रहेका संसारकोट दरबार क्षेत्रमा पर्खाल र भगवती मन्दिर पुनर्निर्माण सुरु  गरिएको छभने सत्तल र पदमार्गलगायत पूर्वाधार निर्माण जारी छन् । संसारकोटमा दुई महिनायता मन्दिरसहितका पूर्वाधार निर्माण  भइरहेको छ । बागलुङ नगरपालिका–७ मा पर्ने संसारकोट पछिल्लो समय धार्मिक पर्यटकलाई पदमार्गमार्फत त्यहाँ पुर्याउन थालिएको छ । संसारकोट दरबारको पर्खाल पुनर्निर्माण तथा भगवती मन्दिर निर्माणमा खटिएका कामदार दुई महिनायता जङ्गलमै बास बसेर पूर्वाधार निर्माणमा खटिएका छन् । नगरपालिकाले संसारकोटलाई महत्त्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा चिनाउन २०७७ सालबाट विभिन्न काम सुरु गरेको थियो ।  समुद्री सतहबाट दुई हजार ४९० मिटरको उचाइमा रहेको संसारकोटमा अहिले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विनियोजन गरेको रु ३६ ल...
विपक्षी दलहरुले संघीय संसदका दुवै सदनका बैठक आज अवरुद्ध गर्ने तयारी
राजनीति, समाचार

विपक्षी दलहरुले संघीय संसदका दुवै सदनका बैठक आज अवरुद्ध गर्ने तयारी

नेपालअखबार, काठमाडौं । विपक्षी दलहरुले संघीय संसदका दुवै सदनका बैठक आज अवरुद्ध गर्ने तयारी गरेका छन् । नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत दलहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नताबारे छानबिन हुनुपर्ने अडान राख्दै संसद बैठक अवरुद्ध गर्ने तयारी गरेका हुन् । आज प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बोलाइएको छ । जेठ १५ गते संघीय संसदमा बजेट प्रस्तुत भएपछि आज पहिलोपटक संसद बैठक बस्न लागेको हो । बैठकमा आर्थिक वर्ष २०८२/८३ को  बजेटमाथि छलफल सूरु गर्ने कार्यसूची छ ।    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा पर्दा गृहमन्त्री लेखकको सचिवालयका सदस्यहरु समेत मुछिएपछि मन्त्री लेखकमाथि पनि छानबिन गर्नुपर्ने माग विपक्षी दलहरुले राखेका छन् । छानबिनलाई सघाउन मन्त्री लेखकले राजीनामा दिनुपर्ने माग समेत उनीहरुको छ ...
मन्त्रिपरिषद् बैठक सुरू
राजनीति, समाचार

मन्त्रिपरिषद् बैठक सुरू

नेपालअखबार, काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरू भएको छ । सोमबार साँझ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरू भएको हो । यसअघि आज नै प्रधानमन्त्री केपी शर्मा ओली,नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बिच छलफल भएको थियो । उनीहरुबिच विशेषत: संसद्को गतिरोध हटाउने विषयमा छलफल भएको थियो ।...
कांग्रेसका सबै तहका कार्यालय प्लाष्टिकमुक्त बनाउने देउवाको घोषणा
राजनीति, समाचार

कांग्रेसका सबै तहका कार्यालय प्लाष्टिकमुक्त बनाउने देउवाको घोषणा

नेपालअखबार,काठमाडौं । नेपाली कांग्रेसले आफ्ना कार्यालयहरु प्लास्टिकरहित क्षेत्र हुने घोषणा गरेको छ । सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रदेखि वडातहसम्मका कार्यालय प्लाष्टिकमुक्त क्षेत्र हुने घोषणा गरेका हुन् । विश्व वातावरण दिवस (जुन ५) अर्थात् २०८२ जेठ २२ गते बिहिबारको दिन देखि लागु हुने गरी कार्यालयहरु प्लाष्टिकमुक्त हुने देउवाले आइतबार घोषणा गरेका हुन् । पार्टीको वातावरण विभागले गरेको कार्यक्रममा सभापति देउवाले केन्द्रीय, संघीय र प्रदेशका संसदीय दलको कार्यालय, प्रदेश, जिल्ला, प्रतिनिधि सभा क्षेत्र, प्रदेश सभा क्षेत्र, स्थानीय तह,सबै वडा, भ्रातृ एवं शुभेच्छुक संस्था र विदेश स्थित नेपाली जनसम्पर्क समितिका कार्यालयहरुमा प्लाष्टिकरहित क्षेत्र बनाउने बताए ।देउवाले वातावरणीय प्रदुषण न्यूनिकरण गर्दै लगिने पार्टीको नीति रहेको जानकारी गराए ।...
मुस्ताङको तीन पालिकामा हिउँ चितुवा सर्वेक्षण
समाचार, समाज

मुस्ताङको तीन पालिकामा हिउँ चितुवा सर्वेक्षण

नेपालअखबार,मुस्ताङ । मुस्ताङमा हिउँ चितुवा र आहारा प्रजातिको सर्वेक्षण सुरुआत गरिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण आयोजना इलाका संरक्षण कार्यालय (एक्याप) द्वारा संयुक्त रुपमा यहाँका तीन पालिकामा हिउँ चितुवा र आहारा प्रजातिको सर्वेक्षण सुरु गरेका  हुन् । एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्तले थासाङ, घरपझोङ र वारागुङ मुक्ति क्षेत्रको उच्चलेंक, खर्क, पाटन र जङ्गललगायत हिउँ चितुवा र आहारा प्रजातिको सर्वेक्षण तथा हिउँ चितुवा र चितुवाको ओभर ल्यापिङ गतिविधि पत्ता लगाउन हिउँ चितुवा र आहारा प्रजातिको क्यामेरा ट्यापिङ थालिएको बताए । यसका लागि ३२ क्यामेरा व्यवस्थापन गरिएको गरिएको छ । समुन्द्री सतहको तीन हजार मिटर उचाइदेखि चार हजार छ सय मिटरको उचाइसम्म हिउँ चितुवा र आहारा प्रजातिको सम्भावित बासस्थान क्षेत्रमा सर्वेक्षणका लागि क्यामेरा राखिएको हो । एक्यापले रा...
यात्रुको सहजताका लागि उपत्यकामा निशुल्क बस सेवा दिँदै प्रहरी
प्रशासन, समाचार

यात्रुको सहजताका लागि उपत्यकामा निशुल्क बस सेवा दिँदै प्रहरी

नेपालअखबार, काठमाडौं ।नेपाल प्रहरीले यात्रुको सहजीकरणका लागि दुई वटा बस चलाउने भएको छ। यातायात व्यवसायीको आन्दोलनले सार्वजनिक यातायात सेवा अवरूद्ध भएपछि आइतबार नेपाल प्रहरीले दुई वटा बस चलाउन लागेको केन्द्रीय प्रवक्ता रमेश थापाले जानकारी दिए। दुई वटा बस दुई वटा छुट्टाछुट्टै रूटमा चल्नेछन्। नेपाल प्रहरीले चलाएको उक्त बसमा यात्रा गर्दा भाडा तिर्नुपर्दैन। पहिलो रूटअनुसार नक्साल, बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक, जयनेपाल हल र पुन: नक्साल घुम्नेछ। त्यस्तै, अर्को रूटमा नक्साल, रातोपुल, चाबहिल, गौशाला, एयरपोर्ट, कोटेश्वर, ठिमी, सल्लाघारी, सूर्यविनायकबाट फर्केर आउने र चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ, बालुवाटार हुँदै नक्साल पुग्नेछ। यातायात व्यवसायीहरूले गण्डकी सरकारले ल्याएको राइड सेयरिङ न...