Wednesday, July 8

समाचार

सुनचाँदीको भाउ घट्यो
अर्थ, समाचार

सुनचाँदीको भाउ घट्यो

नेपालअखबार,काठमाडौं । बुधबार सुनचाँदीको भाउ घटेको छ । अघिल्लो दिनको तुलनामा यस दिन सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँ घटेको हो । अघिल्लो दिन प्रतितोला ३ लाख १ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ३ लाख ५ सय रुपैयाँमा झरेको छ । गत बुधबार सुनको भाउ प्रतितोला ३ लाख २ हजार ७ सय रुपैयाँ थियो । चाँदी भने तोलामा ३० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।अघिल्लो दिन प्रतितोला ५ हजार १६० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार १३० रुपैयाँमा झरेको महासंघले जनाएको छ । गत बुधबार चाँदी ५ हजार २२० रुपैयाँमा कारोबार भएको थियो ।...
पश्चिम नवलपरासीमा १२ घर जले, करिब साढे ४ करोड क्षति
समाचार, समाज

पश्चिम नवलपरासीमा १२ घर जले, करिब साढे ४ करोड क्षति

नेपालअखबार,नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर– ५ भैरमपुरमा आगलागी हुँदा १२ घर जलेका छन् । आगलागीबाट करिब साढे चार करोड रुपैयाँ बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यायलका सूचना अधिकारी वीरदत्त पन्तका अनुसार आगलागी मंगलबार दिउँसो भएको आगलागीबाट सबै घर खरानी भएका छन् । घरमा रहेका जिन्सी र नगदसहित ४ करोड ४४ लाख ८० हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । यसैबीच, प्रतापपुर गाउँपालिका र नेपाल रेडक्रस सोसाइटीले अग्निपीडितलाई राहत सामग्री वितरण गरेका छन् । प्रतिनिधिसभा सदस्य विक्रम खनालले पनि पीडितहरुलाई राहत सामग्री उपलब्ध गराउन आफू क्रियाशील रहेको बताएका छन् ।...
विद्यार्थी संगठन र स्ववियु खारेजीको निर्णय गर्नु सरकारको अधिनायकवादी कदम- पूर्णबहादुर खड्का
राजनीति, समाचार

विद्यार्थी संगठन र स्ववियु खारेजीको निर्णय गर्नु सरकारको अधिनायकवादी कदम- पूर्णबहादुर खड्का

नेपालअखबार,काठमाडौं ।  नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले विद्यार्थी संघसंगठनहरू र स्ववियु खारेज गर्ने निर्णय गर्नु सरकारको अधिनायकवादी कदम भएको बताएका छन्। आज एक विज्ञप्ति जारी गर्दै खड्काले भनेका छन्, ‘जुन लोकतान्त्रिक स्वतन्त्रताको उपयोग गरेर आज सरकारमा बालेन शाहजस्ता युवा नेतृत्व स्थापित भएका छन् त्यही सरकारबाट लोकतन्त्रको नर्सरी मानिने विद्यार्थी संघसंगठन र स्ववियुको अस्तित्वमाथि प्रहार गरी खारेज गर्ने निर्णय गर्नु आफैमा विरोधाभाषपूर्ण मात्र होइन, सरकारको अधिनायकवादी कदमका रूपमा बुझ्न बाध्य भएका छौं।’ उनले सुधारको नाममा इतिहासको अपमान गर्ने र लोकतन्त्रको आधारस्तम्भ भत्काउने कामहरू बन्द गर्न पनि आग्रह गरेका छन्। इतिहास सम्मान र लोकतन्त्र रक्षाका लागि विद्यार्थी शक्ति पुन: सडकमा उत्रन बाध्य भएमा त्यसबाट हुने परिणामको जिम्मा स्वयम सरकारले ब्यहोर्नुपर्ने पनि खड्काको भनाइ ...
पक्राउ परेका विद्यार्थी नेताहरूलाई निःसर्त रिहा गर्न नेविसंघको माग
राजनीति, समाचार

पक्राउ परेका विद्यार्थी नेताहरूलाई निःसर्त रिहा गर्न नेविसंघको माग

नेपालअखबार,काठमाडौं । गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गर्दै शान्तिपूर्ण प्रदर्शन गर्ने  क्रममा पक्राउ परेका विद्यार्थी नेताहरूलाई निःसर्त रिहा गर्न नेपाल विद्यार्थी (नेवि) संघले माग गरेको छ । नेविसंघका कार्यवाहक सभापति नविन पौडेलले विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् । विरोध लोकतन्त्रको आत्म भएको भन्दै नेविसंघले शान्तिपूर्ण आन्दोलनमा सहभागी विद्यार्थी नेताहरूलाई तत्काल निःसर्त रिहा गर्नुपर्ने माग गरेको हो । पक्राउ परेका विद्यार्थीहरूलाई अविलम्ब रिहा नगरिए थप सशक्त आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी उसले दिएको छ । गृहमन्त्री गुरुङको सम्पत्तिको स्रोत सार्वजनिक गर्नुपर्ने, सत्यतथ्य स्पष्ट पार्न तथा तत्काल राजीनामा दिई निष्पक्ष अनुसन्धानमा सहयोग गर्नुपर्ने नेविसंघले माग गरेको छ । गृहमन्त्री गुरुङको राजीनामा माग गर्दै विरोध प्रदर्शन गर्ने क्रमममा नेविसंघका केन्द्री...
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा अध्यक्षसहित दुई सदस्य नियुक्त
प्रशासन, समाचार

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा अध्यक्षसहित दुई सदस्य नियुक्त

नेपालअखबार,काठमाडौं । सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समिति अध्यक्षसहित दुई सदस्य नियुक्त गरेको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्षमा डिल्लिराज आचार्य, प्युठानलाई नियुक्त गरेको हो ।त्यस्तै, सदस्यहरूमा नवराज सिम्खडा धादिङ र रोशनबहादुर शाक्य ललितपुरलाई नियुक्ति र मनोनयन गर्ने निर्णय भएको सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिए ।...
गहुँ उत्पादनमा वृद्धि
कृषि, समाचार, समाज

गहुँ उत्पादनमा वृद्धि

नेपालअखबार,सुदूरपश्चिम । कैलालीमा यस वर्ष पनि गहुँबालीको उत्पादकत्व प्रतिहेक्टर ४.२ मेट्रिक टन पुगेको छ । कृषि ज्ञान केन्द्रका सूचना अधिकारी टेकबहादुर विष्टका अनुसार यस वर्ष पनि गत वर्षको जस्तै प्रतिहेक्टर ४.२ मेट्रिक टन उत्पादकत्व रहेको छ । जिल्लाको ३४ हजार ५६५ हेक्टर जग्गामा गहुँखेती गर्ने गरिन्छ । “बढी जग्गामा गहुँखेती गर्ने जिल्ला कैलाली देशकै पहिलो हो, उत्पादकत्वको दृष्टिमा झापा, मोरङ, सुनसरी, रुपन्देहीपछि कैलाली पर्छ”, विष्टले भने, “पछिल्लो दशकमा उन्नत बीउबिजनको प्रयोग, रोगकीरा नियन्त्रण, खेती प्रविधिको विकासलगायतमा भएको सुधारले उत्पादकत्व पनि बढेको छ ।” उत्पादन वृद्धि भइरहेको भए पनि किसानले गहुँको उचित मूल्य पाउन नसकिरहेको गुनासो गरेका छन् । गत वर्ष प्रतिक्विन्टल चार हजारमा गहुँ बेचेकामा यस वर्ष योभन्दा कम मूल्यमा बिक्री गर्नुपरेको उनीहरूको भनाइ छ । हाल गहुँ प्रतिक्विन्टल ब...
स्ववियु खारेजी र विदेशी काउन्सिल सह्य हुने छैन : संयुक्त विद्यार्थी सङ्गठन
राजनीति, समाचार, हाइलाइट-समाचार

स्ववियु खारेजी र विदेशी काउन्सिल सह्य हुने छैन : संयुक्त विद्यार्थी सङ्गठन

नेपालअखबार,काठमाडौँ । विद्यार्थी सङ्गठनहरू खारेजी प्रक्रिया अलोकतान्त्रिक र असंवैधानिक भएको संयुक्त विद्यार्थी सङ्गठनले जिकिर गरेको छ । मंगलबार संवाद डबलीमा भएको कार्यक्रममा सङ्गठनले स्कुल, कलेजमा प्रहरी पोस्टको तयारीले बालेन सरकारले पतनको बाटो रोजेको बताएका छन् । नेपाल विद्यार्थी सङ्घका कार्यवाहक अध्यक्ष नवीन पौडेलले विद्यार्थी सङ्गठनहरूलाई विस्थापन गर्न क्याम्पसहरूमा प्रहरी पोस्टको तयारी अलोकतान्त्रिक र असंवैधानिक भएको बताएका छन् । “यदि विश्वविद्यालय र क्याम्पसमा ब्यारिकेट राखिए देशमा गृहयुद्ध निश्चित छ, के यो सरकारसँग त्यसलाई सम्हाल्ने दम छ” पौडेलले भने । नेकपा निकट अखिल (क्रान्तिकारी) का अध्यक्ष विजय प्रकाश शर्मा सापकोटाले सत्ता र शक्तिको आडमा विद्यार्थी सम्ठनलाई खारेज गर्ने सोच घातक भएको बताए । “जब जब शासकहरूले बन्दुकको दम्भमा युवा–विद्यार्थीहरूलाई कुल्चने प्रयास गरे तब तब...
सांसदले उठाएका प्रश्नको जवाफ मन्त्रीले ७ दिनभित्रै दिनुपर्ने
राजनीति, समाचार

सांसदले उठाएका प्रश्नको जवाफ मन्त्रीले ७ दिनभित्रै दिनुपर्ने

नेपालअखबार,काठमाडौं । संसद्‍मा सांसदले उठाएका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले ७ दिनभित्रै दिनुपर्ने भएको छ । प्रतिनिधिसभा नियमावलीको नियम १५ मा शून्य र विशेष समय सम्बन्धी व्यवस्था छ । शून्य र विशेष समयको अलावा अघिल्लो बैठक र प्रारम्भ हुन लागेको बैठक बीचको अवधिको कुनै गम्भीर प्रकृतिको घटना वा विषयको सन्दर्भमा सरकारको ध्यानाकर्षण गराउन सांसदले ढ्याप ढ्याप गरी समय माग गरेमा सभामुखले आकस्मिक समय उपलब्ध गराउन सक्नेछन् । अगाडि भनिएको छ, ‘आकस्मिक, शून्य र विशेष समयमा उठेका विषयको जवाफ सम्बन्धित मन्त्रीले सात दिनभित्र सदनमा दिनुपर्नेछ ।’...
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गा गणना सुरु
समाचार, समाज

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गा गणना सुरु

नेपालअखबार,कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आजदेखि बाह्रसिङ्गा गणना सुरु गरिएको छ । निकुञ्ज कार्यालय, नेपाली सेना तथा राष्ट्रिय प्रकृति संरक्षण कोषलगायतका साझेदार संस्थाको संयुक्त सहभागितामा गणना सुरु गरिएको हो । यसका लागि ३५ जना परिचालन गरिएको छ । निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेका अनुसार ‘हेड काउन्ट’ विधिबाट बाह्रसिङ्गा गणना सुरु गरिएको छ । गणनाका लागि मचानमा बसेर, फायरलाइनमा सवारीसाधन प्रयोग गरी तथा हात्तीको सहायताबाट गणना (अवलोकन) गरिने व्यवस्था मिलाइएको छ । गणनाका लागि बाइनाकुलर, क्यामेरा, टेलिस्कोप, दूरबिन र ड्रोनको प्रयोग गरिनेछ भने दुर्गम तथा हिँडेर पुग्न नसकिने क्षेत्रमा तीनवटा हात्ती परिचालन गरिएको जनाइएको छ । फायरलाइनमा दुई सवारीसाधन र चारवटा मचानमा तीन–तीन जनाको प्राविधिक जनशक्ति खटाइएको छ । गणना बिहान ६ः०० देखि ९ः०० बजेसम्म र साँझ ४ः०० देखि ७ः०० बजे...
उदयपुरमा आगलागीमा परी दुई जनाको मृत्यु
समाचार, समाज

उदयपुरमा आगलागीमा परी दुई जनाको मृत्यु

नेपालअखबार,उदयपुर। उदयपुरको चौदण्डीगढी नगरपालिका–७ बेल्टार बजारस्थित शान्ति चोकमा  सोमबार राति भएको आगलागीमा दुई जनाको जलेर मृत्यु भएको छ। मध्यराततिर दुईवटा घरमा फैलिएको आगो निभाएपछि घटनास्थलमा दुई जनाको शव जलेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। स्थानीयका अनुसार मृतक पवन खड्का र लक्ष्मी खड्का हुन्। इलाका प्रहरी कार्यालय बेल्टार ले पनि घटनास्थलमा दुई जनाको शव फेला परेको पुष्टि गर्दै थप अनुसन्धान भइरहेको जनाएको छ। प्रारम्भिक विवरणअनुसार विद्युत् सर्ट भएर आगलागी भएको आशंका गरिएको छ। आगलागीबाट लक्ष्मी खड्का र रविनकुमार दासको घर पूर्ण रूपमा नष्ट भएको बताइएको छ। लक्ष्मी खड्काको घरमा पुस्तक पसलको गोदाम समेत रहेकाले क्षति ठूलो भएको अनुमान गरिएको छ। आगो नियन्त्रणका लागि चौदण्डीगढी नगरपालिका, त्रियुगा नगरपालिका, रौतामाई गाउँपालिका तथा कञ्चनरूप नगरपालिका बाट दमकल बोलाइएको थियो। क...