Wednesday, July 8

समाचार

अमेरिका–इरान सम्झौता नजिक : पाकिस्तान
राजनीति, विश्व, समाचार

अमेरिका–इरान सम्झौता नजिक : पाकिस्तान

नेपालअखबार,काठमाडौं । पाकिस्तानका विदेशमन्त्री इशाक डारले इरान र अमेरिकाबीच वार्ता जारी रहेको र केही मुद्दामा मात्र सहमति हुन बाँकी रहेको बताएका छन् । तुर्कीको अन्तालिया डिप्लोमेसी फोरममा उनले दुवै देश सम्झौताका निकै नजिक पुगेको बताएका हुन् । उनका अनुसार केही विषयमा सहमति हुन बाँकी भए पनि प्रयास जारी छ र आशा समाप्त भएको छैन । उनले सम्झौता भएमा विश्वलाई नै फाइदा हुने बताए । बीबीसी उर्दूका अनुसार डारले दुवै पक्ष बाँकी मतभेद अन्त्य गर्ने प्रयासमा रहेको बताए । उनले लेबनानमा युद्धविराम भइसकेको र इरानले बिना सर्त जहाजका लागि होर्मुज स्ट्रेट पुन: खुला गरेको दाबी पनि गरे । डारले बाँकी वार्ता पनि चाँडै टुंगिने विश्वास व्यक्त गरे।  साथै, दुई देशबीच वार्ताको अर्को चरण चाँडै हुने अपेक्षा गरिएको छ । पहिलो चरणको वार्ता पाकिस्तानको इस्लामाबादमा भएको थियो ।...
होर्मुज स्ट्रेट पूर्ण रूपमा खुल्याे, ट्रम्पले दिए धन्यवाद
राजनीति, विश्व, समाचार

होर्मुज स्ट्रेट पूर्ण रूपमा खुल्याे, ट्रम्पले दिए धन्यवाद

नेपालअखबार,काठमाडौं । इरानका विदेशमन्त्री अब्बास अरागचीले अमेरिकासँगको युद्धविराम अवधिका लागि स्ट्रेट अफ होर्मुज पूरा खुला राख्ने घोषणा गरेका छन् । एक्समार्फत विदेशमन्त्री अरागचीले युद्ध विरामको बाँकी अवधिसम्म होर्मुज भएर आवतजावत गर्ने सबै जहाजलाई पूरा खुला राख्ने घोषणा गरेका हुन् । ‘लेबनानमा युद्धविरामपछि सबै व्यावसायिक जहाजलाई होर्मुज स्ट्रेटबाट आवतजावत गर्ने बाटो युद्धविरामको बाँकी अवधिका लागि पूरा तवरले खुला गरेको घोषित गरेका छौं,’ विदशेमन्त्री अरागचीले लेखेका छन् । अमेरिका र इरानबीच २२ अप्रिलसम्म युद्धविराम कायम छ । यसअघि इरानले लेबनानसहित पूरा मध्यपूर्वमा युद्धविराम नभएसम्म होर्मुज खुला नगर्ने अडान लिएको थियो । इरानी विदेशमन्त्री अरागचीले होर्मुज खोल्ने घोषणा गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई धन्यवाद दिएका छन् । सामाजिक सञ्जाल ट्रूथबाट उनले इरानलाई धन्यवाद दिएका ह...
कांग्रेसको विशेष महाधिवेशन विरूद्धको रिट न्यायाधीश सुवेदी र निरौलाको इजलासमा
राजनीति, समाचार

कांग्रेसको विशेष महाधिवेशन विरूद्धको रिट न्यायाधीश सुवेदी र निरौलाको इजलासमा

नेपालअखबार,काठमाडौं ।  नेपाली कांग्रेसको विशेष महाधिवेशन विरुद्ध दायर भएको रिटको सुनुवाइ हुने भएको छ। विशेष महाधिवेशनले चयन गरेको कार्यसमिति अवैधानिक दाबी गरिएको रिटमा बिहीबार न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासमा सुनुवाइ हुन लागेको हो। यसअघि चैत २७ गते कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश मेघराज पोखरेलको इजलासमा परेको थियो। उक्त इजलासले विपक्षीहरू विशेष महाधिवेशनबाट चुनिएका सभापति गगन थापा लगायतलाई पेसीको सूचना दिने आदेश गरेको थियो। प्रारम्भिक सुनुवाइको क्रममा माघ ६ गते सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलले तत्कालीन सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्काले दायर गरेको रिटमा केही प्रश्नको निरूपण हुन जरूरी देखिएको भन्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो। विपक्षीहरू गगनकुमार थापा, विश्वप्रकाश शर्माविरूद्ध कारण देखाउ आदेश जारी गरी ...
गाजा युद्धविरामयता अमेरिका र हमासबिच पहिलो प्रत्यक्ष वार्ता
विश्व, समाचार

गाजा युद्धविरामयता अमेरिका र हमासबिच पहिलो प्रत्यक्ष वार्ता

नेपालअखबार,इजिप्ट । अमेरिका र हमासबिच गाजामा भएको युद्धविरामपछि पहिलो पटक प्रत्यक्ष वार्ता भएको छ । स्रोतहरूका अनुसार यो वार्ता अमेरिकी मध्यस्थतामा भएको नाजुक सहमति अगाडि बढाउने प्रयास स्वरूप गरिएको हो ।  मंगलबार राति कायरोमा अमेरिकी वरिष्ठ सल्लाहकार आर्य लाइटस्टोनको नेतृत्वको टोलीले हमासका प्रमुख वार्ताकार खलिल अल–हय्यासँग भेट गरेको बताइएको छ । लाइटस्टोनसँगै गाजाका लागि ‘बोर्ड अफ पिस’का उच्च प्रतिनिधि निकोले म्लाडेनोभ पनि वार्तामा सहभागी थिए । वार्ताका क्रममा अल–हय्याले इजरायलले युद्धविरामको पहिलो चरणअन्तर्गत गरेका हवाई आक्रमण रोक्ने र मानवीय सहायता बढाउने जस्ता प्रतिबद्धताहरू पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए । यसपछि मात्रै अर्को चरणमा अघि बढ्न सकिने उनले बताएका छन् । गत अक्टोबरमा भएको युद्धविरामले गाजामा दुई वर्ष लामो युद्ध अन्त्य गरे पनि विशेष गरी हमासको शासन वा ...
रसुवामा वैशाख १३, १४ र १५ गते चौँरी महोत्सव
समाचार, समाज

रसुवामा वैशाख १३, १४ र १५ गते चौँरी महोत्सव

नेपालअखबार,रसुवा । हिमाली जीवनशैली, परम्परागत पशुपालन र स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले गतलाङस्थित पार्वतीकुण्ड क्षेत्रमा चौँरी महोत्सव हुने भएको छ । चौँरीपालनलाई व्यावसायिक बनाउँदै पर्यापर्यटन विस्तार गर्ने, चौँरीको दूधबाट उत्पादन हुने घिउ, छुर्पी, चिजलगायत दुग्धजन्य पदार्थको बजारीकरण व्यवस्थित गर्ने मुख्य लक्ष्यसहित यही वैशाख १३, १४ र १५ गते महोत्सव आयोजना हुन लागेको हो । चौँरीपालन व्यावसायिक समितिका अध्यक्ष सुरेन्द्र तामाङका अनुसार महोत्सवमा उत्कृष्ट चौँरीपालक किसानलाई सम्मान तथा पुरस्कार प्रदान गरिने जानकारी दिए । उनले भने, “यस क्षेत्रका बासिन्दाको प्रमुख आयस्रोत पशुपालन भएकाले महोत्सवबाट किसानलाई थप हौसला मिल्ने अपेक्षा गरिएको छ ।” वडाध्यक्ष तामाङका अनुसार गतलाङ क्षेत्रमा मात्रै करिब एक हजार ३०० भन्दा बढी दुग्ध उत्पादन गर्ने चौँरी रहेका छन् । महोत्सव अवधिमा चौँर...
अमेरिका-इरानबीच अप्रिल २१ अघि नै सहमति जुटाउने प्रयास
राजनीति, विश्व, समाचार

अमेरिका-इरानबीच अप्रिल २१ अघि नै सहमति जुटाउने प्रयास

नेपालअखबार,काठमाडौं । अमेरिका र इरानबीच अप्रिल २१ मा सकिन लागेको युद्धविरामअघि नै शान्ति सम्झौतामा पुग्ने प्रयास तीव्र पारिएको छ। अमेरिकी सञ्चारमाध्यमका अनुसार, केही मतभेदहरू बाँकी रहे तापनि दुवै पक्षबीचको वार्ता सकारात्मक दिशामा अघि बढेको छ ।विशेषगरी, इरानको आणविक कार्यक्रमलाई लिएर भइरहेको वार्तामा उल्लेखनीय प्रगति भएको बताइएको छ। पाकिस्तान, इजिप्ट र टर्कीले यस प्रक्रियामा मध्यस्थकर्ताको भूमिका निभाइरहेका छन्। सम्झौताका लागि ‘ब्याक च्यानल’ सम्पर्कहरू जारी छन् र मस्यौदा प्रस्तावहरू आदानप्रदान भइरहेका छन्। अमेरिकी उपराष्ट्रपति जेडी भान्स, स्टिभ विटकफ र जेरेड कुश्नरले वार्ताको मस्यौदा आदानप्रदान गरिरहेका छन्। यसै क्रममा पाकिस्तानका सेना प्रमुख आसिम मुनीरले तेहरानमा इरानी अधिकारीहरूसँग महत्त्वपूर्ण भेटवार्ता गरेका छन्। उनले इरानी विदेशमन्त्री अब्बास अराघचीसँग भेट गरिसकेका छन् र उनी अमेर...
रास्वपाले संसदीय दलको बैठक बोलायो
राजनीति, समाचार

रास्वपाले संसदीय दलको बैठक बोलायो

नेपालअखबार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ । रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्यका अनुसार बिहीबार बिहान १२ बजे संसदीय दलको बैठक बस्नेछ । बैठक सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ । बिहीबार संसदीय समितिका सभापतिहरूमा मनोनयन दर्ताको समय छ । त्यसअगाडि रास्वपा संसदीय दलको बैठक बस्न लागेको हो । गत चैत २७ गते प्रतिनिधिसभाले विषयगत समितिमा रहने सदस्यहरू तय गरेको थियो । सोही दिन सभामुख डोलप्रसाद अर्यालले आगामी शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचनको मिति तोकेका थिए । यसअनुसार बिहीबार सभापतिहरूमा मनोनयन दर्ता हुन लागेको हो । संघीय संसद् अन्तर्गत १६ वटा संसदीय समिति रहेका छन् । प्रतिनिधिसभा अन्तर्गत १० वटा र राष्ट्रिय सभा अन्तर्गत ४ वटा समिति रहेका छन् । दुई वटा संयुक्त समिति रहेका छन् । राष्ट्रिय सभा अन्तर्गतका विषयगत समितिका सभापत...
संसदीय समितिका सभापतिहरूको मनोनयन दर्ता बिहीबार
राजनीति, समाचार

संसदीय समितिका सभापतिहरूको मनोनयन दर्ता बिहीबार

नेपालअखबार,काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभा र संयुक्त समितिका सभापतिहरूको  मनोनयन दर्ता बिहीबार हुने भएको छ । सङ्घीय संसद् सचिवालयका सचिव हर्कराज राईले सूचना जारी गर्दै बिहीबार दिउँसो १ बजेदेखि दिउँसो ४ बजेसम्म मनोनयन दर्ताको समय तोकेका छन् । समिति सभापतिहरूको मनोनयन दर्ता सिंहदरबारस्थित प्रतिनिधिसभा सचिवको कार्यकक्षमा हुने सूचनामा उल्लेख छ । बिहीबार दिउँसो साढे ४ बजे नै उम्मेदवारहरूको सूची प्रकाशन गर्ने राईले जारी गरेको सूचनामा उल्लेख छ । प्रतिनिधिसभा अन्तर्गत १० र दुई संयुक्त समितिको निर्वाचन हुन बाँकी छ । चैत २७ गते प्रतिनिधि सभाले विषयगत समितिमा रहने सदस्यहरू तय गरेको थियो । सदस्य तय गरिएको बैठकमा सभामुख डोलप्रसाद अर्यालले आगामी वैशाख ४ गते संसदीय समितिका सभापतिको निर्वाचनको मिति तोकेका थिए । सम्बन्धित समितिका कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भनी सोही समित...
तीन दशकपछि इसराइल र लेबननबीच प्रत्यक्ष वार्ता
राजनीति, विश्व, समाचार

तीन दशकपछि इसराइल र लेबननबीच प्रत्यक्ष वार्ता

नेपालअखबार,काठमाडौं । मध्यपूर्वमा जारी तनावबीच इसराइल र लेबननबीच अमेरिकामा वार्ता भएको छ। अमेरिकाको मध्यस्थतामा राजधानी वासिङ्टन डिसीमा मंगलबार इसराइल र लेबननबीच प्रारम्भिक वार्ता भएको हो। अमेरिकी विदेशमन्त्री मार्को रूबिओको पहलमा भएको वार्तामा अमेरिकाका लागि इसराइलका राजदूत यचिल लेटर र लेबननकी राजदूत नाडा मोवाद थिए। अमेरिकाबाट विदेशमन्त्री रूबिओ, संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत माइक वाल्ज, लेबननका लागि अमेरिकी राजदूत माइकल इसा लगायत थिए। वार्ता करिब २ घन्टा चलेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। वार्तालाई दुवै पक्षले सकारात्मक भनेका छन्। सन् १९४८ मा इसराइल स्थापना भएयता औपचारिक रूपमा युद्धकै अवस्थाबाट गुज्रिरहेका दुई देशका प्रतिनिधि एउटै टेबलमा बसेको यो दुर्लभ क्षण हो। यद्यपि यो पूर्ण औपचारिक वार्ता भन्दा पनि प्रारम्भिक वार्ता हो। यसमा एक-अर्काको अ...
नेपाल उच्च मूल्यको आरोग्य पर्यटन गन्तव्य बन्नुपर्छ : सभामुख अर्याल
पर्यटन, राजनीति, समाचार

नेपाल उच्च मूल्यको आरोग्य पर्यटन गन्तव्य बन्नुपर्छ : सभामुख अर्याल

नेपालअखबार,काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेपाललाई सस्तो गन्तव्यको रूपमा नभई उच्च मूल्य, गहिरो अनुभव र दिगो विकासमा आधारित आरोग्य पर्यटन गन्तव्यका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिएका छन् । ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ को अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सभामुख अर्यालले नेपाललाई ‘बजेट गन्तव्य’ को ट्यागबाट मुक्त गरी ‘प्रिमियम आरोग्य गन्तव्य’ को रूपमा विकास गर्नुपर्नेमा जोड दिए । उनकाअनुसार केवल पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव छैन । बरु पर्यटकले पाउने अनुभवको गहिराइ र त्यसबाट हुने आम्दानीको गुणस्तर महत्वपूर्ण हुन्छ । सभामुख अर्यालले स्पष्ट आरोग्य पर्यटकहरू सामान्य पर्यटकभन्दा बढी खर्च गर्छन् र लामो समय बस्ने बताए । उनीहरू विलासिता मात्र नभई, आत्मिक शान्ति र जीवनको अर्थ खोज्न यात्रा गर्ने ब...