Tuesday, August 4

समाचार

हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
समाचार, समाज

हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास

नेपालअखबार, काठमाडौं । भारतबाट प्रत्येक रात हात्तीको बथान आएर पाकेको बाली खान थालेपछि मेचीनगरको बाहुनडाँगीलगायत सीमा क्षेत्रका बासिन्दामा त्रास फैलिएको छ । मेचीनगर नगरपालिकाको वडा नं १, ४ र ५ स्थित बाहुनडाँगी क्षेत्रमा एक सातायता दिनहुँ भारतीय जङ्गलबाट प्रवेश गर्ने ३० देखि ४० को सङ्ख्याका हात्तीको बथानले किसानको मकै, सुपारीलगायत बालीमा क्षति पुर्याउने गरेका छन्। प्रवेश नाकामा हात्ती रोक्न, स्थानीयलाई सुरक्षा प्रदान गर्न र खेतीबालीमा क्षति हुन नदिन सर्वपक्षीय बैठकबाट निर्णय गरेर सुरक्षाकर्मी, वन रक्षक, रेपिड रेस्पोन्स टिम लगायतको संयुक्त टोली परिचालन गरिएको मेचीनगर वडा नं ४ का वडाध्यक्ष अर्जुन कार्कीले बताए। उनले एक सातायता भारतको आसामबाट आएका लगभग १०० को संख्यामा रहेका हात्तीको बथान दिनभर सीमापारिको जङ्गलमा बस्ने गरेको र रात परेपछि बथानबाट अलग्गिएर ३० देखि ४० को सङ्ख्यामा नेपाल प्...
लहड र भयतन्त्र स्थापना गर्ने कुनै पनि प्रयासलाई प्रतिरोध गर्छौं- गगन थापा
राजनीति, विचार, समाचार

लहड र भयतन्त्र स्थापना गर्ने कुनै पनि प्रयासलाई प्रतिरोध गर्छौं- गगन थापा

नेपालअखबार, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले लोकतन्त्रभित्र गरिने सुधारलाई समर्थन रहने बताएका छन्। कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिले शनिबार गरेको सभामा बोल्दै उनले लोकतन्त्रभित्रबाट गरिने सुधारलाई सहयोग गरे पनि भयतन्त्र स्थापना गर्ने प्रयासलाई भने प्रतिरोध गरिने बताए। ‘लोकतन्त्रभित्र गरिने सुधारमा हाम्रो पूर्ण सहयोग रहन्छ तर लोकतन्त्रको स्थानमा लहडतन्त्र र भयतन्त्र स्थापना गर्ने कुनै पनि प्रयासको हामी दृढ प्रतिरोध गर्छौं,’ उनले भने। फरक प्रसंगमा उनले संघमा कांग्रेस प्रतिपक्षमा रहे पनि प्रदेश र स्थानीय तहहरूमा सरकारमा रहेको बताए। ‘सातै प्रदेशमा हामी सरकारमा हो, ३३२ पालिका प्रमुखहरू र सबैभन्दा बढी वडामा हामीहरू छौं,’ उनले भने, ‘हामी हार्‍यौं, सकियौं भन्ने कुराबाट मुक्त हुनुपर्छ। संघमा मात्र हामी प्रतिपक्ष हो।’...
थालापति विजय तमिलनाडुको मुख्यमन्त्री नियुक्त, आज शपथ
राजनीति, विदेश, समाचार

थालापति विजय तमिलनाडुको मुख्यमन्त्री नियुक्त, आज शपथ

नेपालअखबार, काठमाडौं । तमिल अभिनेता थालापति विजय तमिलनाडुको मुख्यमन्त्री नियुक्त भएका छन्। उनी नेतृत्वको तमिलगा वेत्री कजगम (टिभिके)ले बहुमत जुटाएपछि राज्यपाल राजेन्द्र अर्लेकरले विजयलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। उनको शपथ ग्रहण आइतबार बिहान १० बजे चेन्नईस्थित नेहरू स्टेडियम मा हुने तय भएको छ। उनले १३ मेभित्र विधानसभामा विश्वासको मत लिनुपर्नेछ। सरकार गठनका लागि आवश्यक बहुमत जुटाएपछि विजय समर्थन पत्रसहित राज्यपाललाई भेट्न लोक भवन पुगेका थिए। उनले विदुथलाई चिरुथैगल कच्ची (भीसीके) र इन्डियन युनियन मुस्लिम लिग (आईयूएमएल) को समर्थन पत्र बुझाउँदै सरकार गठनको दाबी पेश गरेका थिए। यसअघि कांग्रेस, भारतीय कम्युनिस्ट पार्टी (सीपीआई), भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी), भीसीके र आईयूएमएलले टिभीकेलाई समर्थन गर्ने घोषणा गरेका थिए। भीसीके नेता थोल तिरुमावलवन ले टिभीके नेता आ...
५० लाख ऋण लिन श्रीमानको किर्ते हस्ताक्षर, श्रीमतीसहित दुई पक्राउ
प्रशासन, समाचार, समाज

५० लाख ऋण लिन श्रीमानको किर्ते हस्ताक्षर, श्रीमतीसहित दुई पक्राउ

नेपालअखबार,कास्की । पोखरामा जग्गा धितो राखी किर्ते गरेर ५० लाख रुपैयाँ ऋण निकाल्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पोखरा महानगरपालिका वडा नं. ३० ढुङ्गेपाटन बस्ने ५२ वर्षीय मोहन बहादुर शाहीको नाममा दर्ता रहेको कित्ता नं. २४४४ र २४४७ को जग्गा निजकै श्रीमती ४४ वर्षीया वन्ती शाही र सुर्खेत चौकुने गाउँपालिका घर भई हाल पोखरा-१० बुद्धचोक बस्ने ४४ वर्षीय भद्र थापाले किर्ते गरी ऋण निकालेका हुन्। उनीहरूले मोहनबहादुर शाहीको सहीछाप किर्ते गरेर सिद्धार्थ बैंक लिमिटेडको तालचोक शाखाबाट ५० लाख रुपैयाँ ऋण लिएको जाहेरी परेपछि प्रहरीले कारबाही अगाडि बढाएको हो। इलाका प्रहरी कार्यालय शिशुवा कास्कीबाट खटिएको टोलीले २०८३ वैशाख २५ गते शाही र मगरलाई पक्राउ गरेको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरी बहादुर वस्नेतले जानकारी दिए। पक्राउ परेका दुवै जनालाई कास्की जिल्ला अदालतबाट ठगी, आपराधिक विश्वासघात त...
सिन्धुलीमा चट्याङ लागेर एकको मृत्यु
समाचार, समाज

सिन्धुलीमा चट्याङ लागेर एकको मृत्यु

नेपालअखबार, काभ्रेपलाञ्चोक । सिन्धुलीमा शनिबार साँझ चट्याङ लागेर एकको मृत्यु भएको छ । सिन्धुलीको दुधौली नगरपालिका-४ पाखाभित्ता बस्ने वर्ष ७० को पूर्णबहादुर बुढाथोकीको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी प्रमुख लालध्वज सुवेदीले जानकारी दिए । मकै बारीमा घाँस काट्न गएका बुढाथोकी  बोल्न नसक्ने गरी ढलिरहेको अवस्थामा फेला परेका थिए । इलाका प्रहरी कार्यालय डकाहाबाट खटिएको प्रहरी टोलीले घाइते अवस्थामा उद्धार गरी उपचारको लागि नगर अस्पताल सिर्थौली पठाएकोमा अस्पतालको चिकित्सकले मृत्यु घोषणा गरेका थिए ।...
बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध
समाचार, समाज

बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध

नेपालअखबार, उदयपुर । यही वैशाख २६ गतेको बेमौसमी वर्षापछिको बाढीका कारण उदयपुर कटारी नगपालिका–१४ दलदलेस्थित सिद्विचरण राजमार्गमा पूर्ण रुपमा अबरुद्ध भएको छ । उदयपुर कटारी नगरपालिका–१४ दलदलेस्थित सिद्विचरण राजमार्ग शनिबारदेखि पूर्ण रुपमा अवरोध भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए ।काभ्रेपलान्चोकस्थित सिन्धुली खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी चल्ने विपी राजमार्ग सडक खण्डमा आइपर्ने सम्भाबित बाढीलाई मध्यनजर गर्दै यही वैशाख २१ गते बेलुका ५ बजेदेखि बिहान ५ बजे सम्म चल्ने सम्पूर्ण सवारी साधन अर्को आदेश नभएसम्मका लागि सञ्चालनमा रोक लगाईएको प्रहरीले जनाएको छ ।...
मक्का प्रस्थान गर्ने हज यात्रीको बिदाइ
धर्म/संस्कृति, समाचार, समाज

मक्का प्रस्थान गर्ने हज यात्रीको बिदाइ

नेपालअखबार,काठमाडौँ  । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाह र नेपालका लागि साउदी अरेबियाका राजदूत फहद मोहम्मद आजमी मिनिकिरले आज पवित्र हज यात्राका लागि मक्का प्रस्थान गर्ने नेपाली हज यात्रीहरूको टोलीलाई बिदाइ गरेका छन् । बिदाइ कार्यक्रममा उनहरूले नेपाल र साउदी अरबबीचको धार्मिक, सांस्कृतिक तथा आपसी सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्दै हज यात्रामा सहभागी सम्पूर्ण नेपाली मुस्लिम धर्मावलम्बीहरूको सफल, सुरक्षित तथा मङ्गलमय यात्राको शुभकामना व्यक्त गरे ।उनीहरूले हज इस्लाम धर्मावलम्बीहरूको महत्त्वपूर्ण धार्मिक आस्था, अनुशासन र आध्यात्मिक एकताको प्रतीक भएको उल्लेख गर्दै यात्रुहरूको सहज व्यवस्थापन, सुरक्षा तथा आवश्यक सहकार्यका लागि सम्बन्धित निकायको ध्यानाकर्षणसमेत गराए ।...
इरानबारे अमेरिकी प्रस्तावलाई रूसले समर्थन नगर्ने
राजनीति, विश्व, समाचार

इरानबारे अमेरिकी प्रस्तावलाई रूसले समर्थन नगर्ने

नेपालअखबार, काठमाडौं । रूसले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्‍मा इरानका सम्बन्धमा अमेरिका र बहराइनद्वारा प्रस्तुत मस्यौदा प्रस्तावलाई समर्थन नगर्ने स्पष्ट पारेको छ । रूसी उप-परराष्ट्रमन्त्री अलेक्ज्याण्डर अलिमोभले मस्कोले उक्त दस्तावेजमा कुनै सकारात्मक सम्भावना नदेखेको उल्लेख गर्दै अमेरिका र बहराइनलाई आफ्नो प्रस्ताव फिर्ता लिन आह्वान गरेका छन् । ‘इज्वेस्टिया’ दैनिकसँग कुरा गर्दै उप-परराष्ट्रमन्त्री अलिमोभले सुरक्षा परिषद्को वार्ताको टेबुलमा अहिले अमेरिका र बहराइनको संयुक्त मस्यौदा रहेको र त्यसलाई रूसले कुनै हालतमा समर्थन गर्न नसक्ने बताएका हुन् । उनले यस विषयमा हतारमा निर्णय नगर्न र प्रस्तावलाई फिर्ता लिन सह-लेखक राष्ट्रहरूलाई आग्रह गरेका छन् । अलिमोभका अनुसार वार्ताको टेबुलमा रूस र चीनले तयार पारेको अर्को मस्यौदा प्रस्ताव अझै पनि छलफलका क्रममा रहेको छ। रूस र चीनको उक्त प्रस...
हर्मुजमा नयाँ नियम लागू गर्दै इरान, गठन गर्‍यो नयाँ समुद्री नियामक निकाय
राजनीति, विश्व, समाचार

हर्मुजमा नयाँ नियम लागू गर्दै इरान, गठन गर्‍यो नयाँ समुद्री नियामक निकाय

नेपालअखबार, काठमाडौं । इरानले हर्मुज जलमार्ग हुँदै आवतजावत गर्ने जहाजहरूका लागि नयाँ नियम लागू गर्ने तयारी गरेको छ। हर्मुजमा आफ्नो नियन्त्रणलाई संस्थागत नै गरेर इरानले नयाँ व्यवस्था गर्न लागेको हो। त्यसका लागि इरानले हालै छुट्टै नियामक निकाय गठन गरेको अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले जनाएको छ। इरानले उक्त निकायको नाम पर्सियन गल्फ स्ट्रेट अथोरिटी (पिजिएसए) गठन गरेको हो। अब उक्त जलमार्ग भएर आवतजावत गर्ने जहाजहरूले ‘भेसल इन्फरमेसन डिक्लेरेसन’ फाराम भर्नुपर्ने व्यवस्था गरेको भनेर सिएनएनले लेखेको छ। फारममा जहाजको नाम, पहिचान नम्बर, पुरानो नाम, झण्डा बोकेको देश, गन्तव्य, कार्गो विवरण, जहाज मालिक र चालक दलको राष्ट्रियतासम्म खुलाइनुपर्ने भनिएको छ। पिजिएसएले हर्मुज पार गर्नुअघि सबै जानकारी इमेलमार्फत पठाउनुपर्ने जनाएको छ। ‘पूर्ण र सही जानकारी अत्यावश्यक छ, अन्यथा त्यसको जिम्मेवारी आ...
देशव्यापी प्रदर्शन र सर्वोच्चको आदेशपछि सुकुम्बासीको डिजिटल लगत संकलन गर्दै सरकार
प्रशासन, समाचार, समाज

देशव्यापी प्रदर्शन र सर्वोच्चको आदेशपछि सुकुम्बासीको डिजिटल लगत संकलन गर्दै सरकार

नेपालअखबार,काठमाडौं । देशभरका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको आन्दोलनले सिर्जना गरेको दबाबपछि सरकारले भूमिहीनहरूको समस्या समाधान गर्न एकीकृत डिजिटल लगत संकलन गर्ने भएको छ। काठमाडौं उपत्यकाका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि एकीकृत डिजिटल लगत संकलन गर्न लागेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ। प्रधानमन्त्री बालेन शाहको सचिवालयले शुक्रबार ह्वाट्सएपमार्फत वक्तव्य जारी गर्दै यस्तो जानकारी दिएको हो। शुक्रबार नै काठमाडौं उपत्यकाका सुकुम्बासी बस्तीहरू जबर्जस्ती हटाइएको विरोधमा माइतीघर मण्डलमा विरोध प्रदर्शन भएको थियो। धनुषा, सुर्खेत, झापामा पनि भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले सरकारविरूद्ध प्रदर्शन गरेका थिए। यसबाहेक दाङ, बुटवल, पोखरा लगायत देशका विभिन्न भागमा प्रदर्शन जारी छ। सर्वोच्च अदालतले पनि शुक्रबार नै विधि ...