Tuesday, August 4

समाचार

संसदीय समितिका उजुरी व्यवस्थापनका लागि एकद्वार प्रणाली
प्रशासन, समाचार

संसदीय समितिका उजुरी व्यवस्थापनका लागि एकद्वार प्रणाली

नेपालअखबार,काठमाडौं । संसदीय समितिहरूको उजुरी व्यवस्थापनलाई सरल र व्यवस्थित बनाउन संघीय संसद सचिवालयले एकद्वार प्रणाली लागू गरेको छ । सार्वजनिक चासोका विषयमा संसदीय समितिहरूसँग सम्बन्धित सबै गुनासो, सुझाव वा उजुरी एउटै स्थानबाट दर्ता गर्नेगरी ‘जनसम्पर्क–दर्ता चलानी एकाई’ स्थापना गरिएको संघीय संसदका सहसचिव एवं प्रवक्ता एकराम गिरीले जानकारी दिए । यसअघि सेवाग्राहीले सम्बन्धित समिति सचिवालयमै पुगेर मात्र गुनासो तथा उजुरी दर्ता गर्नुपर्ने अवस्था थियो । नागरिकलाई समिति कार्यालयको स्थानसम्बन्धी जानकारी नहुँदा अलमल हुने तथा समितिहरूलाई समेत उजुरी संकलन तथा व्यवस्थापनमा समस्या नहोस् भन्ने उद्देश्यले उक्त एकाई स्थापना गरिएको गिरीको भनाइ छ । उनले एउटै विषयमा धेरै ठाउँमा उजुरी दर्ता हुँदा प्रक्रियामा जटिलता र दोहोरोपनाको समस्या देखिएको कारण एकद्धार प्रणालीमार्फत उजुरी व्यवस्थापनको कार्य अघि बढाइएको...
सुकुम्बासी राखिएको होल्डिङ सेन्टर अनुगमन गर्नुपर्ने नेम्वाङको प्रस्ताव
राजनीति, समाचार

सुकुम्बासी राखिएको होल्डिङ सेन्टर अनुगमन गर्नुपर्ने नेम्वाङको प्रस्ताव

नेपालअखबार,काठमाडौं । संघीय संसद्को कानुन, न्याय तथा मानवअधिकार समितिमा सांसद सुहाङ नेम्बाङले सुकुम्बासीहरू राखिएको होल्डिङ सेन्टरको अनुगमन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्। समितिको बैठकमा बोल्दै उनले सुकुम्बासी व्यवस्थापनका क्रममा राज्यको भूमिका संवेदनशील र जिम्मेवार हुनुपर्नेमा जोड दिए। 'राज्य सबैभन्दा बढी त्यही नागरिकको अभिभावक हुनुपर्छ, जसको कोही छैन र केही छैन,' उनले भने, 'होल्डिङ सेन्टरहरूको अवस्था कस्तो छ भन्ने विषयमा समितिले अनुगमन गर्न आवश्यक छ।' नेम्वाङले प्रतिनिधिसभा र समितिको भूमिकाबारे चर्चा गर्दै संसद् जनताको सर्वोच्च थलो भएको र समितिहरूले सरकारलाई जवाफदेही बनाउने दायित्व वहन गर्ने बताए। उनले अध्यादेशमार्फत कानुन ल्याउने प्रवृत्तिप्रति पनि असन्तुष्टि जनाए। 'स्पष्ट बहुमत हुँदा पनि संसद्बाट कानुन बनाउन नसक्नु र अध्यादेशलाई विकल्प बनाउनु गलत अभ्यास हो,' उनले भने...
तमिल फिल्मका सुपरस्टार थालापति विजय बन्दै छन् तमिलनाडुका मुख्यमन्त्री!
राजनीति, विदेश, समाचार

तमिल फिल्मका सुपरस्टार थालापति विजय बन्दै छन् तमिलनाडुका मुख्यमन्त्री!

नेपालअखबार,काठमाडौं । तमिलनाडू विधानसभा निर्वाचनको मतगणना जारी छ। बिहान ८ बजेदेखि सुरू मतगणना मध्याह्नसम्म पुग्दा तमिल अभिनेता विजय थालापतीको पार्टी तमिलगा वेट्री कजगम (टिभिके) 'अप्रत्यासित' जिततर्फ अग्रसर छ। हिन्दुस्तान टाइम्सका अनुसार २३४ मध्ये २२७ सिटमा मतगणना जारी हुँदा १२२ सिटमा टिभिके अगाडि छ। भारतीय मिडियाहरूले पार्टी अध्यक्ष थालापतीलाई तमिलनाडुका नयाँ मुख्यमन्त्री बन्ने पक्कापक्की भएको उल्लेख गरेका छन्। यहाँ द्रविडा मुनेत्रा कजगम (डिएमके) र कंग्रेस आईले गठबन्धन बनाएर चुनाव लडेका थिए। डिएमके अघिल्लो चुनावबाट सत्तामा आएको हो। यसअघि पनि ऊ पटकपटक सत्तामा आएको थियो। मतगणना जारी रहँदा गठबन्धन तेस्रो स्थानमा छ। उसका ४३ जना उम्मेदवारले अग्रता लिइरहेका छन्। भारतीय जनता पार्टी (भाजपा)सहितको एनडिए गठबन्धन दोस्रो स्थानमा छ। उसले अहिलेसम्म ६६ स्थानमा अग्रता कायम गरेको छ। विजयले २...
पश्चिम बंगालमा भाजपाको प्रारम्भिक अग्रता, पछि पर्‍यो टिएमसी
राजनीति, विश्व, समाचार

पश्चिम बंगालमा भाजपाको प्रारम्भिक अग्रता, पछि पर्‍यो टिएमसी

नेपालअखबार,काठमाडौं । भारतको पश्चिम बंगाल विधानसभामा भारतीय जनता पार्टीले प्रारम्भिक अग्रता लिएको छ। सोमबार बिहान ८ बजेदेखि सुरू भएको मतगणनाको प्रारम्भिक चरणमा भारतीय जनता पार्टी (भाजपा)ले १५५ सिटमा अग्रता लिइरहेको छ। सत्तारूढ अल इन्डिया त्रिणमूल कांग्रेस (टिएमसी)सहितको गठबन्धनका उम्मेदवारहरू ५८ सिटमा अगाडि रहेको भारतीय अखबार हिन्दुस्तान टाइम्सले जनाएको छ। वामपन्थी गठबन्धन २ सिटमा अगाडि छन्। पश्चिम बंगालमा दुई चरणमा मतदान भएको थियो। यहाँ १५ वर्षदेखि ममता बनर्जीको टिएमसी सत्तामा छ। लामो समयको कम्युनिस्ट वर्चश्व अन्त्य गर्दै सन् २०११ मा अल टिएमसी सत्तामा आएको थियो। २०१६ को चुनावमा प्रतिस्पर्धामै नदेखिएको भाजपाले २०२१ मा सामान्य टक्कर दिएको थियो। यसपालिको विधानसभा चुनावमा टिएमसी र भाजपाबीच कडा टक्कर हुने एक्जिट पोलहरूको विश्लेषण थियो। प्रारम्भिक नतिजाअनुसार भाजपा अन्तत...
सबै दलका प्रमुख सचेतक र सचेतकसँग छलफल गर्दै सभामुख
राजनीति, समाचार

सबै दलका प्रमुख सचेतक र सचेतकसँग छलफल गर्दै सभामुख

नेपालअखबार,काठमाडौं । सभामुख डोलप्रसाद अर्याल (डीपी) ले सबै दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गर्दैछन् । बैठक दिउँसो १२ बजे सिंहदरवारमा बस्नेछ । प्रतिनिधिसभामा ६ वटा पार्टी छन् । राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीका मुख्य सचेतक, प्रमुख सचेतक र सचेतकलाई सभामुखले छलफलमा बोलाएका हुन् ।...
स्ट्रेट अफ होर्मुजमा अलपत्र परेका जहाजलाई मद्दत गर्छौं : ट्रम्प
विश्व, समाचार

स्ट्रेट अफ होर्मुजमा अलपत्र परेका जहाजलाई मद्दत गर्छौं : ट्रम्प

नेपालअखबार,वासिङ्टन डीसी । सोमबार एक ट्याङ्करमाथि अज्ञात प्रोजेक्टाइल प्रहार भएको खबर सार्वजनिक भएसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुजमा फसेका जहाजहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न अमेरिका सक्रिय हुने बताएका छन् । ‘हामीले ती देशहरूलाई भनेका छौँ कि हामी उनीहरूको जहाजलाई सुरक्षित रूपमा यी प्रतिबन्धित जलमार्गबाट बाहिर निकाल्नेछौँ, ताकि उनीहरूले स्वतन्त्र रूपमा आफ्नो काम गर्न सकुन्,’ ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रथ सोसलमा लेखेका छन् । उनले योजना सोमबारदेखि सुरु हुने बताए पनि विस्तृत विवरण दिएका छैनन् । अन्तर्राष्ट्रिय समुद्री सङ्गठनका अनुसार हालको द्वन्द्वका कारण सयौँ जहाज र करिब २० हजार नाविकहरू उक्त क्षेत्रमा अलपत्र परेका छन् । अमेरिकी सेनाको मध्य कमान्ड सेन्टकमले १५ हजार सैनिक, १०० भन्दा बढी हवाई तथा समुद्री साधन, युद्धपोत र ड्रोनमार्फत सहयोग गर्न...
तीन वटा संसदीय समितिको बैठक बस्दै
राजनीति, समाचार

तीन वटा संसदीय समितिको बैठक बस्दै

नेपालअखबार,काठमाडौं । तीन वटा संसदीय समितिको बैठक बस्दै छ । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा समितिको कार्य क्षेत्रका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ । साथै समितिले विगतमा सम्पादन गरेका कामकारवाहीको अनुभव आदान–प्रदान गर्ने तालिका छ । राज्यव्यवस्था तथा सुशासन समिति र प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक पनि बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा समितिको कार्यक्षेत्र र आगामी कार्यदिशाका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ । २१ फागुनको निर्वाचनबाट आएको प्रतिनिधिसभाले गत २७ चैतमा संसदीय विषयगत समिति गठन गरेको थियो । यही वैशाख ४ गते सबै समितिले सभापति पाएका थिए ।...
होर्मुज जलडमरूमध्यमा इरानको सुरक्षा निगरानी कडा
विश्व, समाचार, हाइलाइट-समाचार

होर्मुज जलडमरूमध्यमा इरानको सुरक्षा निगरानी कडा

नेपालअखबार,काठमाडौँ । इरानका सेना प्रवक्ता मोहम्मद अक्रमिनियाले शनिबार दिएको अभिव्यक्तिमा देशका सशस्त्र बलहरूले होर्मुज जलडमरूमध्यको सुरक्षा तथा निगरानी गरिरहेको जानकारी दिएका छन् । उनका अनुसार उक्त महत्वपूर्ण समुद्री मार्गबाट जहाजहरूको आवागमन इरानी निकायहरूको समन्वय र स्वीकृतिमा आधारित रहनेछ । उनले होर्मुज जलडमरूमध्यको व्यवस्थापन इरानको अधिकार क्षेत्रभित्र पर्ने विषय भएको उल्लेख गर्दै वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै आवश्यक सुरक्षा उपायहरू अपनाइएको बताए। साथै, इरानको इस्लामिक रिभोलुसन गार्ड कोप्र्स (आइआरजीसी) र राष्ट्रिय सेनाले संयुक्त रूपमा उक्त क्षेत्रमा निगरानी तथा सुरक्षा व्यवस्थापन गरिरहेको पनि उनले जानकारी दिए । यसै क्रममा, इरानका उपविदेशमन्त्री हमिद घानबारीलाई उद्धृत गर्दै फार्स समाचार एजेन्सीले विभिन्न देशहरूले आफ्ना जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न इरानसँग कूटनीति...
रास्वपा सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
राजनीति, समाचार

रास्वपा सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा

नेपालअखबार,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्ने भएको छ ।  पार्टी सभापति रवि लामिछानेले पार्टी कार्यालय वनस्थलीमा बस्ने गरी बैठक बोलाएको प्रवक्ता मनिष झाले जानकारी दिए । बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा स्थानीय तह उम्मेदवार छनोट रूपरेखा र महाधिवेशन कार्यविधि २०८३ सम्बन्धमा छलफल हुने बताइएको छ । साथै संसदीय दलको विधान संशोधन तथा समसामयिक विषयममा छलफल हुने प्रवक्ता झाले जानकारी दिए ।...
इरानबाट तेल किन्ने कम्पनीहरुमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनले नमान्ने
विश्व, समाचार, हाइलाइट-समाचार

इरानबाट तेल किन्ने कम्पनीहरुमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनले नमान्ने

नेपालअखबार,काठमाडौं । इरानबाट तेल किन्ने पाँच कम्पनीमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनले नमान्ने घोषणा गरेको छ । चीनको वाणिज्य मन्त्रालयले वक्तव्य जारी गर्दै अमेरिकाले लगाएको प्रतिबन्ध नमान्ने घोषणा गरेको हो । वक्तव्यमा भनिएको छ, ‘यी प्रतिबन्धहरूले अन्य देशहरूसँग सामान्य आर्थिक तथा व्यापारिक गतिविधि सञ्चालन गर्न चिनियाँ कम्पनीहरूलाई रोक लगाउँछन् । यसले अन्तर्राष्ट्रिय कानुन र अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत सिद्धान्तहरूको उल्लंघन गर्दछ ।’ मन्त्रालयले अमेरिकाको प्रतिबन्धलाई मान्यता नदिने स्पष्ट पार्दै चिनियाँ कम्पनी तथा संस्थाहरूलाई ती प्रतिबन्ध लागू नगर्न निर्देशन दिएको छ । वक्तव्यमा थप भनिएको छ, ‘चिनियाँ सरकारले सधैं संयुक्त राष्ट्रसंघको स्वीकृतिविना र अन्तर्राष्ट्रिय कानुनमा आधारित नभएका एकतर्फी प्रतिबन्धहरूको विरोध गर्दै आएको छ ।’ अमेरिकाले एक दिनअघि मात्र अर्को एक चिनियाँ कम्पन...