श्रीकृष्ण प्रणामीमा श्रीकृष्ण प्रकाट्य महा महोत्सव सम्पन्न
नेपालअखबार,पोखरा । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर पोखरा ८ रत्नचोकमा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा श्रीकृष्ण प्रकाट्य महा महोत्सव सम्पन्न भएको छ । हरेक वर्ष कृष्ण जन्माष्टमीको अवसरमा आयोजना हुँदै आएको महोत्सव यस वर्षपनि निरन्तरता दिएको हो ।
महोत्सवमा पुगेका पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगरमा कृष्ण मन्दिरको रुपमा परिचित गराउनका लागि पोखरा महानगरले साथ र सहयोग गर्ने बताए । पोखरा महानगरभित्र तीन वटा श्रीकृष्ण मन्दिर रहेको र पोखरामा श्रीकृष्ण मन्दिर कहाँ छ भनेर एकिन गर्ने अवस्था नरहेको अवस्थामा पोखरा ८ रत्नचोकमा रहेको श्रीकृष्ण मन्दिरलाईनै कृष्ण मन्दिर हो भनी चिनाउनका लागि महानगरको तर्फबाट पहलकदमी गर्ने बताए ।
बिगत ३४ वर्षदेखि सञ्चालन र ब्यवस्थापन गर्दै आइरहेको श्रीकृष्ण प्रणामी मन्दिरले पोखरामा धार्मिक पर्यटक भित्रयाउनका लागि आयोजना गर्न लागेको १०८ तारतम सागर पाठ प...










