Thursday, August 6

समाज

लायन्स क्लव अफ पोखरा तालबाराहीद्वारा मृगौला प्रत्यारोपणका लागि फोक्सिङका गोविन्दलाई आर्थिक सहयोग
समाचार, समाज

लायन्स क्लव अफ पोखरा तालबाराहीद्वारा मृगौला प्रत्यारोपणका लागि फोक्सिङका गोविन्दलाई आर्थिक सहयोग

नेपालअखबार,पोखरा । लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ आई नेपाल अन्तर्गतको लायन्स क्लब अफ पोखरा तालबाराहीले आर्थिक अभावका कारण मृगौला प्रत्यारोपण गर्नबाट वञ्चित हुनुभएका पोखरा महानगरपालिका वडा नम्बर २१, फोक्सिङ निवासी ३३ वर्षिया गोविन्द प्रसाद अधिकारीलाई आर्थिक सहयोग प्रदान गरेको छ । विगत ६ वर्षदेखि उपचाररत उहाँलाई क्लवका पदाधिकारीहरु उहाँकै निवासमा पुगेर ३१ हजार ५ सय रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो । पोखरा महानगरपालिका वडा नम्बर २१ का वडाअध्यक्ष दीपक प्रसाद सुवेदीको रोहबरमा गरिएको सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै वडाध्यक्ष सुवेदीले लायन्सको यो सहयोगप्रति कृतज्ञता जाहेर गर्नुभयो । सहयोग कार्यक्रममा क्लबका पूर्व अध्यक्ष एवं लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ आई नेपालका डिस्ट्रिक्ट काउन्सिलर लायन दिपेन्द्र राई, क्लबका कोषाध्यक्ष लायन डा. सुरेश पहारी लगायतको उपस्थिति रहेको थियो । क...
छाङ्गेली नेवाः खल समाजको रक्तदानमा ६२ युनिट संकलन
समाचार, समाज

छाङ्गेली नेवाः खल समाजको रक्तदानमा ६२ युनिट संकलन

नेपालअखबार, पोखरा । छाङ्गेली नेवाः खल समाजले पितृ उद्दार पर्व गाइजात्राको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शनिबार पोखरा न्युरोड स्थित मल्ल फर्निचर ल्याण्डको प्राङ्गणमा सम्पन्न रक्तदान कार्यक्रममा ६२ युनिट रगत संकलन भएको छ । कार्यक्रमका प्रमुख अतिथी तनहुँ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तेजकुमार मल्लले पहिलो रक्तदाता सराङ्गकोट सहकारी तथा रेडियो सराङ्गकोटका अध्यक्ष कृष्ण थापा र सैनिक आवासिय महाविद्यालयका शिक्षिका भवानी जोशी कायस्थलाई ब्लड ब्याग हस्तान्तरण गरि कार्यक्रमको शुरुवात गर्नुभएको थियो । पहिलो रक्तदाता कृष्ण थापा नियमित रक्तदाता हुनुहुन्छ । उहाँले शनिबार आफ्नो जन्मदिनको अवसरमा ८२ पटक रक्तदान गर्नुभएको हो । समाजका कार्यबाहक अध्यक्ष विष्णुकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी तेजकुमार मल्लले तनहुँको साविक छाङ्ग गाविसबाट विभिन्न पेशा व्यवसाय...
श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै
धर्म/संस्कृति, समाचार, समाज

श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

नेपालअखबार, काठमाडौँ ।श्री कृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदै छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्री कृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए । कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा सम्लग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवतगीता’ पवित्र ग...
अविरल वर्षाका कारण बाजुरा सदरमुकाम जोड्ने साँफे– मार्तडी राजमार्ग अवरुद्ध
समाचार, समाज

अविरल वर्षाका कारण बाजुरा सदरमुकाम जोड्ने साँफे– मार्तडी राजमार्ग अवरुद्ध

नेपालअखबार,बाजुरा । शुक्रबार रातिदेखि आएको अविरल वर्षाका कारण बाजुरा सदरमुकाम जोड्ने साँफे– मार्तडी राजमार्ग अवरुद्ध भएको छ । अविरल वर्षाका कारण बडीमालिका नगरपालिका–४ रिला खोलामा बाढी आएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवबहादुर चौधरीले जानकारी दिए । उनका अनुसार रिला गाउँ माथिबाट पहिरो बगेर खोलामा बाढी आएकाले राजमार्ग अवरुद्ध भएको छ । खोलामा आएको बाढीका कारण बाटो बनाउनका लागि सडक डिजिभन कार्यालयसँग जेसिवीको पहल भइरहेको प्रहरी निरीक्षक  तथा सूचना अधिकारी चौधरीले बताए । राजमार्ग अवरुद्ध हुँदा लामो तथा छोटो दूरीका सवारीसाधन आवतजावतमा समस्या भएको छ । लगातार वर्षा भइरहेकाले बाटोको पहिरो पन्छ्याउँदा पनि माथिबाट पहिरो आइरहेकाले बाटो खुलाउन समस्या भएको प्रहरी निरीक्षक चौधरीको भनाइ रहेको छ ।...
‘मेरो भ्वाइस युनिभर्स’को फाइनल राउन्डमा जुनु प्रसाईं
समाचार, समाज

‘मेरो भ्वाइस युनिभर्स’को फाइनल राउन्डमा जुनु प्रसाईं

नेपालअखबार,काठमाडौं । ताप्लेजुङको आठराई हाम्पाङमा जन्मिएकी र तेह्रथुमको आठराई ह्वाकूबाट आफ्नो शिक्षा र सांगीतिक यात्रा सुरु गरेकी गायिका जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डसम्म पुगेकी छिन् । बाल्यकालदेखि नै गायनप्रति गहिरो रुचि राख्ने जुनुको स्वरमा नेपालीपन मात्र होइन, मेहनत र प्रतिभाको मिठास पनि झल्किन्छ । हाल झापालाई स्थायी ठेगाना बनाएकी उनी रोजगारीको सिलसिलामा कतारमा रहेर पनि आफ्नो सांगीतिक सपना अघि बढाउँदै अन्तर्राष्ट्रिय नेपाली गायन रियालिटी शोमा सहभागिता जनाएकी हुन् । विद्यालय जीवनमै विभिन्न कार्यक्रम र स्थानीय गायन प्रतियोगितामा सक्रिय रहँदै अनुभव बटुलेकी जुनु आज अन्तर्राष्ट्रिय स्तरमा नेपाली संगीतको पहिचान बनाउन सफल भएकी छन् । नेपाल टेलिभिजनमार्फत प्रसारित ‘मेरो भ्वाइस युनिभर्स’ इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसनले आयोजना गरेको यो प्रतियोगित...
श्रीकृष्ण प्रणामी मन्दिर रत्नचोकमा आयोजित एक महिने श्रीमदवीतक सम्पन्न
धर्म/संस्कृति, समाचार, समाज

श्रीकृष्ण प्रणामी मन्दिर रत्नचोकमा आयोजित एक महिने श्रीमदवीतक सम्पन्न

नेपालअखबार,पोखरा । पोखराको रत्नचोकमा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा जारी एक महिने श्रीमदवीतक चर्चा सम्पन्न भएको छ । गत असार ३१ गते देखि सुरु भएको श्रीमदवीतक चर्चा तथा श्रीकृष्ण कथा प्रवचन कार्यक्रम शुक्रबार एक समारोहका बीच सम्पन्न भएको हो । सो अवसरमा वोल्दै श्रीकृष्ण प्रणामी सेवा समितिका केन्द्रिय सदस्य तथा श्रीकृष्ण प्रणामी मन्दिर रत्नचोकका निवर्तमान अध्यक्ष पुरुषोत्तम रेग्मीले एक महिने श्रीमदवीतक चर्चा सभ्य र भब्य रुपमा सम्पन्न भएको बताए । श्रीमदवीतक चर्चामा प्रमुख बाचिकाको रुपमा साध्वी उर्वशी माताले सरल रुपमा बुझ्ने तरिकाले प्रवचन प्रदान गरेर भक्तजनहरुलाई मोहित पारेको बताए । श्रीमदवीतक समापन संगै श्रीकृष्ण पारायणका लागि समेत सम्पूर्णको साथ र सहयोग आवश्यक पर्ने उनको भनाइ रहेको थियो । त्यस्तै श्रीकृष्ण प्रणामी सेवा समिति कास्कीका अध्यक्ष कृष्ण ढुंगानाले श्रीमदवीतक चर्चामा सुनेका क...
औसत १३ दिन बस्छन् नेपाल आउने पर्यटक, घट्यो दैनिक खर्च
पर्यटन, समाचार, समाज

औसत १३ दिन बस्छन् नेपाल आउने पर्यटक, घट्यो दैनिक खर्च

काठमाडौं । नेपाल आउने पर्यटक औसत १३.३ दिन बस्ने गरेको पाइएको छ । पर्यटन विभागका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा पर्यटकको औसत बसाइ अवधि सामान्य बढेको हो । अघिल्लो आव २०८०/८१ मा १३.२ दिन औसत बसाइ थियो । गत आव अन्तिमसम्म ११ लाख २८ हजार पर्यटक नेपाल आएको विभागको तथ्यांक छ । जुन २०८०/८१ को तुलनामा सामान्य बढी हो । त्यसबेला ११ लाख १७ हजार पर्यटक आएका थिए । सरकारले १६ लाख पर्यटक आउने लक्ष्य लिए पनि पूरा भने भएन । पर्यटक आगमन र औसत बसाइ सामान्य बढे पनि पर्यटकले नेपालमा गर्ने दैनिक खर्च भने घटेको विभागको तथ्यांक छ । विभागका अनुसार गत आव अन्तिमसम्म प्रतिपर्यटक प्रतिदिन खर्च ४०.८ अमेरिकी डलर छ । २०८०/८१ मा यस्तो खर्च ४१ डलर बराबर थियो । यस आवमा २८ अन्तर्राष्ट्रिय गन्तव्यसँग नेपाल जोडिएको छ । २०८०/८१ मा ३० गन्तव्यमा उडान जोडिएको थियो । यस वर्ष ग्रेट हिमालयन ट्रेलमा मात्र कुल ७५ किलोमिटर पदमार्ग ...
कमजोर हुँदै मनसुन
समाचार, समाज

कमजोर हुँदै मनसुन

नेपालअखबार,काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जनाउँदै मौसम पूर्वानुमान महाशाखाले देशमा मनसुन क्रमशः कमजोर हुँदै गएको बताएको छ । आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली तथा बाँकी भागमा आंशिक बदली रहनेछ । महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशलगायत पहाडी भागका केही स्थान र तराईका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति कोशी प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली र अन्य भागमा आंशिक बदली रहनेछ । गण्डकी प्रदेशका पहाडी तथा तराईलगायत वाग्मती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भागका केही स्थानमा केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । महाशाखाले वर्षाका कारण देशका पहाडी भागमा पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो)को जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षे...
बोनम्यारो प्रत्यारोपण केन्द्र सञ्चालनबारे बुझ्न चिनियाँ टोली चितवनमा
समाचार, समाज

बोनम्यारो प्रत्यारोपण केन्द्र सञ्चालनबारे बुझ्न चिनियाँ टोली चितवनमा

नेपालअखबार,चितवन । नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको सम्भावनाबारे चिनियाँ टोली चितवन आएको छ । चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापना गर्ने तयारी छ । सोही तयारीका लागि आवश्यक जानकारी लिन तथा सहजीकरण गर्न चीनबाट ७ सदस्यीय टोली  आएको अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलले बताए । सघन उपचार कक्ष, रेडिएसन अंकोलोजी, प्रयोगशाला, मेडिकल अंकोलोजी लगायतका विभागको अहिलेको अवस्था र यसबाट बोनम्यारो प्रत्यारोपणमा हुनसक्ने सहयोगबारे टोलीले अध्ययन गर्ने कार्यकारी निर्देशक डा. पौडेलले बताए ।  क्यान्सर अस्पतालमा आएर बिरामीलाई सेवा दिने १५ औं टोलीका प्रमुख रहेका डा. चाहु क्वीमिङ्गको नेतृत्वमा सात जना विज्ञ टोली अस्पतालमा आएको हो । बीपी कोइराला क्यान्सर अस्पताल सञ्चालक समितिका अध्यक्ष डा. विजय न्यौपानेले क्यान्सर अस्पतालमा बोन...
जम्मू-कश्मिरमा भीषण वर्षापछि आएको बाढीमा परी ४६ जनाको मृत्यु
विदेश, समाचार, समाज

जम्मू-कश्मिरमा भीषण वर्षापछि आएको बाढीमा परी ४६ जनाको मृत्यु

नेपालअखबार,काठमाडौं ।  भारतको जम्मू-कश्मिरको किस्तवाडमा भीषण वर्षापछि आएको बाढीमा परी ४६ जनाको मृत्यु भएको छ। बिहिबार दिउँसो बादल फाटेर भीषण वर्षा (क्लाउडब्रस्ट) भएपछि किस्तवाडको दुर्गम गाउँ चसोतीमा आएको बाढीमा कम्तिमा ४६ जनाको मृत्यु भएको हिन्दुस्तान टाइम्सले जनाएको छ। मृत्यु हुनेमा दुई जना केन्द्रीय औद्योगिक सुरक्षा बल (सिआइएसएफ)का जवानसमेत छन्। दिउँसो करिब १ बजे चसोतीमा अकास्मात आएको बाढीले त्यहाँ रहेका घर, पसल, एक सुरक्षा चौकी र तीर्थयात्रीहरूका लागि बनाइएको 'लंगर' (सामुदायिक भान्सा) बगाएको हिन्दुस्तान टाइम्सले जनाएको छ। चसोती हुँदै प्रसिद्ध धार्मिक तीर्थस्थल मचैल माता मन्दिर जाने धेरै तीर्थयात्रीहरू बाढीमा परेका छन्। यसपालि जुलाई २५ देखि मचैल माता यात्रा वार्षिक तीर्थयात्रा चलिरहेकाले त्यस क्षेत्रमा ठूलो संख्यामा तीर्थयात्रीहरूको भीड थियो। बाढी पहिरोमा परेका १६७ जनाको उ...