राजनीतिक समावेशिताको नारा सहित लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकले मनाए इन्द्रेणी गाईजात्रा
नेपालअखबार, काठमाडौं । लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरूले यस वर्षको इन्द्रेणी गाईजात्रा पर्वलाई उत्सवका रूपमा स्वतःस्फूर्त रूपमा मनाए। “राजनीतिक समावेशिता हाम्रो अधिकार” भन्ने मुख्य नारासहित विभिन्न सङ्घ–संस्थाले संयुक्त रूपमा आयोजना गरेको यस उत्सवमा समुदायको सांस्कृतिक सहभागिता, पहिचान अभिव्यक्ति र अधिकारको आवाज प्रखर रूपमा प्रस्तुत गरियो।
गाईजात्रा उत्सवमा समलिङ्गी, तेस्रोलिंगी, अन्तरलिंगी समुदायका व्यक्तिहरूले यो पर्वलाई आफ्नो पहिचान सार्वजनिक गर्ने, समाजसँग साक्षात्कार हुने र वर्षभरि दिवङ्गत भएका समुदायका सदस्यको चिरशान्तिको कामना गर्ने अवसरका रूपमा लिँदै आएका छन्। सहभागीहरूले मञ्जुश्री, कामदेव, गाई, लाखे लगायतका भेसभुसा धारण गर्दै, मेकअप र विशेष पोसाकमा सजिएर ठमेलस्थित सञ्चयकोष भवन अगाडिबाट सडकमा निस्किए।
मायाको पहिचान नेपाल, लिड नेपाल, इन्क्लुसिभ फोरम, समर्पण स...










