Thursday, August 6

समाज

रामेछापमा नुहाउने क्रममा डुबेर पुरुष बेपत्ता
समाचार, समाज

रामेछापमा नुहाउने क्रममा डुबेर पुरुष बेपत्ता

नेपालअखबार, काठमाडौँ । रामेछापको मन्थली नगरपालिका–७ मुगिटारस्थित तामाकोशी नदीमा नुहाउने क्रममा डुबेर एक जना बेपत्ता भएका छन् । मुगिटार घर भएका ७५ वर्षीय श्रीवंश शर्मा कँडेल मंगलबार बिहान नदीमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । आफ्नो घर नजिक ढिकुरे मन्दिर छेउको नदी किनारमा उनी नुहाउन गएका थिए । उनको खोजीमा नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोली परिचालन गरिएको छ । सशस्त्र प्रहरी बलको आश्रीत गुल्मबाट इन्स्पेक्टर विक्रम अधिकारीको नेतृत्वमा गोताखोर सहितको टिम परिचालन गरिएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ ।...
भारत उत्तराखण्ड बाढीमा २६ नेपाली अझै सम्पर्कविहीन, दूतावासले सूची सार्वजनिक गर्‍यो
प्रशासन, समाचार, समाज

भारत उत्तराखण्ड बाढीमा २६ नेपाली अझै सम्पर्कविहीन, दूतावासले सूची सार्वजनिक गर्‍यो

नेपालअखबार, काठमाडौँ ।  नयाँ दिल्लीस्थित नेपाली दूतावासले भारतको उत्तराखण्डको उत्तरकाशी जिल्लामा हराइरहेका २६ नेपालीहरूको सूची सार्वजनिक गरेको छ। पौडी गढवाल जिल्लामा गत साउन २० र २१ गते आएको भेलबाढीमा परी हराइरहेकाहरूको सूची दूतावासले सोमबार सार्वजनिक गरेको हो। सम्पर्कविहीन हुनेमा ४५ वर्षीय जनकबहादुर शाही, २५ वर्षीय रवि सिंह, ४० वर्षीय करण बहादुर, रोविन सिंह, गगन बहादुर, गोरख बहादुर, रामबहादुर शाही, हरिबहादुर खड्का रहेका छन्। त्यस्तै थर नखुलेका प्रभात, केशव पनि सम्पर्कविहीन छन्। निर्मला खड्का,  ६० वर्षीय  लक्ष्मण, २४ वर्षीय सुवास विश्वकर्मा, २४ वर्षकै रमेश, २२ वर्षीया  प्रिया रहेको दूतावासले जनाएको छ। अन्य हराउनेहरूको सूची  ...
कालीगण्डकीमा क्रसर व्यवसायीले रातिराति चलाउँछन् डोजर
समाचार, समाज

कालीगण्डकीमा क्रसर व्यवसायीले रातिराति चलाउँछन् डोजर

नेपालअखबार, बागलुङ। बर्खायाममा नदीजन्य पदार्थ ठेक्कामा निकाल्न नपाइने प्रावधान छ। गत असारदेखि भदौ १५ गतेसम्म नदीजन्य पदार्थ निकाल्न नपाइने कानुनी व्यवस्था विपरीत बागलुङ र पर्वत भएर बग्ने कालीगण्डकी नदीमा धमाधम दोहन भइरहेको छ। कालीगण्डकी नदीको बागलुङ र पर्वततर्फको दजर्नभन्दा बढी स्थानमा अवैध रूपमा बालुवा निकालिएको छ। स्थानीयको आँखा छल्न क्रसर व्यवसायीले नदीजन्य पदार्थको मध्यरातमा समेत दोहन गरिरहेका छन्। शनिबार राति ९ बजे सहस्रधारा क्षेत्रको भाटेखोला बगरमा कालीगण्डकीको दोहोन भइरहको थियो। एउटा स्काभेटरले कालीगण्डकीबाट बालुवा निकाल्दै थियो भने पाँच वटा टिपरले बालुवा बोकेर लैजाँदै थिए। बागलुङको भाटेखोला बगर मात्रै हैन एक दर्जन स्थानबाट अहिले नदीजन्य पदार्थको दोहन गरेर नदी छेउमै भण्डारण गरिएको देख्न सकिन्छ। बर्खाको समयमा उर्लेको कालीगण्डकीले ल्याउने बालुवा अवैध रूमपा संकलन गरी हिउँदभरि ...
सप्तकोसी नदीमा पानीको बहाव बढ्दो क्रममा, १९ ढोका खुला
समाचार, समाज

सप्तकोसी नदीमा पानीको बहाव बढ्दो क्रममा, १९ ढोका खुला

नेपालअखबार, सुनसरी । पूर्वी पहाडी तथा तराईका जिल्लामा भएको वर्षाले सप्तकोसी नदीमा कोसी बराज भएर बग्ने पानीको बहाव बढ्दै गएको छ। सोमबार राति ८ः०० बजे गरिएको मापनअनुसार कोसी ब्यारेजमा पानीको बहाव एक लाख ७४ हजार ४९४ क्युसेक प्रतिसेकेण्ड रहेको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिए। सप्तकोसी नदीमा बहाव बढ्दो क्रममा रहेकाले ५२ वटा मूल र चार वटा नहरको गरेर ५६ वटा ढोकामध्ये १९ वटा ढोका खुला गरिएको छ भने खतराको संकेतस्वरूप रातो बत्ती बालिएको उनले बताए।...
विपिन जोशीको रिहाइको माग गर्दै आमा र बहिनी इजरायल जाँदै
समाचार, समाज

विपिन जोशीको रिहाइको माग गर्दै आमा र बहिनी इजरायल जाँदै

नेपालअखबार,काठमाडौं । हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइको माग गर्दै आमा पदमा जोशी र बहिनी पुष्पा जोशी आज इजरायल प्रस्थान गर्दैछन् । उनीहरु सोमबार बिहान ९ बजे फ्लाइ दुबईको विमानमार्फत इजरायलतर्फ प्रस्थान गर्न लागेका हुन् । पारिवारिक स्रोतका अनुसार उनीहरूले इजरायली पक्षसँग भेट गरी विपिनको सकुशल रिहाइका लागि आग्रह गर्ने कार्यक्रम रहेको छ।इजरायल पढ्न गएका कञ्चनपुरका नेपाली विद्यार्थी विपिन हमासले सन् २०२३ अक्टोबर ७ मा इजरायलमा आक्रमण गरेपछि बेपत्ता बनाइएका हुन् । उक्त घटनापछि जोशी परिवारले निरन्तर विपिनको सुरक्षाका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अपिल गर्दै आएको छ।...
पाँच प्रदेशमा भारी वर्षा हुने सम्भावना
समाचार, समाज

पाँच प्रदेशमा भारी वर्षा हुने सम्भावना

नेपालअखबार, काठमाडौं । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। सोमबार बिहान सातै प्रदेशका विभिन्न भूभागहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। पछिल्लो एक घन्टामा सर्लाहीको मलंगवामा २५ मिलिमिटर वर्षा मापन भएको छ। त्यस्तै बर्दियाको मानपुरमा २५.८ मिलिमिटर वर्षा भएको छ। पछिल्लो तीन घन्टामा बाराको नीजगढमा ७० मिलिमिटर वर्षा भएको छ। सर्लाहीको मानुसमरामा ५२.६ मिलिमिटर, बर्दियाको मानपुरमा ६८.८ मिलिमिटर, सर्लाहीको मलंगवामा ३४.२ मिलिमिटर, रौतहटको रामोली बैरियामा २९.६ मिलिमिटर वर्षा भएको छ। अरू विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। सोमबार दिउँसो देशभर साधारणतया बदली रहनेछ। दिउँसो देशका पहाडी भू-भागका धेरै स्थानहरूमा र मधेश प्रदेश लगायत देशका बाँकी तराई भू-भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशको पहाडी भू-भाग...
बैतडीका पशुमा खरी र लम्पी स्कीन सङ्क्रमण देखियो
समाचार, समाज

बैतडीका पशुमा खरी र लम्पी स्कीन सङ्क्रमण देखियो

नेपालअखबार, बैतडी । जिल्लाका पशुमा लम्पी स्कीन र खरी रोग पुनः देखा पर्न थालेको छ । सबै स्थानीय तहमा सो रोगबाट पशु सङ्क्रमित हुन थालेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख गुमानी पन्तको भनाइ छ । खरी रोगलाई धुलखुले, चौखुरी नामले पनि चिनिन्छ । यो रोग दूधालु बधुवा भैँसीमा जाडो तथा गर्मी समयमा र बेँंसी क्षेत्रमा भन्दा पहाडी डांँडाकाँडामा बढी देखिने गरेको प्रमुख पन्तको भनाइ छ ।   यो रोग लागेपछि पशु दुब्लाउदै जान्छ र उत्पादनमा ह्रास आउँछ । उनका अनुसार चौपायमा यो रोगका लागेमा – सारकोप्टिक, माइट छाला भित्रसम्म पुग्ने भएकोले अन्य भन्दा बढी कष्टदायक हुन्छन् । सरोप्टिक माइटहरुले छालाको बाहिरी भागमा आक्रमण गरी छालामा बाक्ला कत्ला बनाउँछ । प्रायः छालामा पाप्रा देखिने र त्यसपछि घाउ हुने, छाला खस्रो र सुख्खा हुने जस्ता लक्षण देखिने गर्दछ । यस रोगको नेपाल कृषि अनुसन्धान परिषद् पशु स्...
पहिरोले मोदीको कोरुङ्गा गाउँ जोखिममा
समाचार, समाज

पहिरोले मोदीको कोरुङ्गा गाउँ जोखिममा

नेपालअखबार,पर्वत ।  लगातारको वर्षाका कारण जिल्लाको मोदी गाउँपालिका वडा नं २ देउपुरको कोरुङ्गा गाउँ जोखिममा परेको छ । भिरबाट पहिरो झर्ने क्रम नरोकिएपछि सिङ्गो गाउँनै जोखिममा परेको हो । यहाँ आधादर्जन घरपरिवारको बसोबास रहेको छ । पातीचौर–देउपुर–लप्सीवोट सडक निर्माणपछि करिव एक दशकदेखि सुरूआत भएको कोरुङ्गाको पहिरो बढ्दै गएर बस्ती तर्फ पुगेको हो । अहिले यहाँका पाँच घरपरिवार उच्च जोखिममा परेका छन् । पहिरोका कारण स्थानीय टीकाराम जैसीको घर भत्किएको छ, भने कुमार केसीको घर उच्च जोखिममा परेको छ । पहिरोले घर नै क्षतिग्रस्त भई बस्न अयोग्य भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा सर सामान सुरक्षितस्थान तर्फ सारिएको छ भने बस्नको लागि अस्थायी टहरासमेत निर्माण गरिएको छ । पहिरो रोकथामको प्रयास नहुँदा यहाँका बासिन्दा रातभर जाग्राम बस्ने गरेको स्थानीय बाबुराम जैसीले जानकारी दिए । के...
टर्कीमा भूकम्प, १६ भवन भत्किए, १ जनाको ज्यान गयो
विदेश, समाचार, समाज

टर्कीमा भूकम्प, १६ भवन भत्किए, १ जनाको ज्यान गयो

नेपालअखबार,कठमाडौं । टर्कीको उत्तर–पश्चिम प्रान्त बालिकेसिरमा आइतबार साँझ आएको ६.१ म्याग्निच्युडको भूकम्पमा एक जनाको मात्रै मृत्यु भएको त्यहाँको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भूकम्पको केन्द्रविन्दु सिन्डिर्गी सहरमा एक ८१ वर्षीया महिलाको मृत्यु भएको हो । भग्नावशेषबाट बाहिर निकालेलगत्तै उनको ज्यान गएको बीबीसीले जनाएको छ । सरकारी तथ्यांक अनुसार भूकम्पका कारण १६ वटा भवन भत्किएका छन् र २९ जना घाइते भएका छन् । टर्कीको विपद् व्यवस्थापन कार्यालयका अनुसार यो भूकम्प स्थानीय समयअनुसार करिब आइतबार साँझ ७ बजेर ५३ मिनेटमा आएको थियो । त्यसको धक्का राजधानी इस्तानबुलसम्म महसुस भएको थियो । भूकम्प पछि दर्जनौंपटक परकम्पले धर्ती हल्लिएको थियो । शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । साथै उद्धार तथा पुन:स्थापना कार्यलाई तीव्रता दिइएको बताएका छन् । ‘ईश्वरले हाम्रो देशलाई कुनै पनि प्रकारको विप...
हजयात्राको क्रममा देखा पर्ने विगतका समस्याहरुलाई केलाउँदै न्यूनीकरणको बाटो खाेज्ने छु : अध्यक्ष अहमद
समाचार, समाज, हाइलाइट-समाचार

हजयात्राको क्रममा देखा पर्ने विगतका समस्याहरुलाई केलाउँदै न्यूनीकरणको बाटो खाेज्ने छु : अध्यक्ष अहमद

नेपालअखबार, काठमाडौं । हजयात्रीहरूको काठमाडौँ बसाई जति सक्दो सहज बनाउन विगतका समस्याहरुलाई केलाउँदै न्यूनीकरणको बाटो खाेज्ने  छु। विगतका कमी कमजोरीलाई सुधार्ने मेरो पहिलो प्राथमिकता रहने छ।नेपाल सरकार ,गृह मन्त्रालयद्वारा नेपाल हज समितिको अध्यक्ष नेपाल काङ्ग्रेसको नेता संविधान सभा सदस्य मुख्तारअहमदसंग नेपालअखबारले कुराकानि गरेको थियो ।  अध्यक्ष अहमद भन्नु हुन्छ  “  पार्टीले मेरो राजनीतिक लगानीका हिसाब हेरेनै मलाई हज समितिको अध्यक्षको पदमा नियुक्तिका लागि सिफारिस गरेको हो । विधार्थी राजनिति हुँदै सडक आन्दोलनमा हुमिएको थिए । प्रजान्त्रप्राप्तिका लागि जेलनेल खाएको स्मरण गर्नु भयो” । विगतका नियुक्ति लिने अध्यक्षहरूका विरुद्धमा सामाजिक सञ्जाल साथै समुदायमा चर्चा परिचर्चा हुने गर्थ्यो। तर नियुक्ति भएको दिनदेखि आजसम्म सामाजिक सञ्जाल, मिडिया र मुस्लिम समुदायले म प्रति आशा भरोसाका साथ विगतका समिति...