Friday, August 7

समाज

देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि, समाचार, समाज

देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ

नेपालअखबार,काठमाडौँ । देशभर आइतबारसम्म धान रोपाइँ हुने क्षेत्रफलको ७८.८४ प्रतिशत भूभागमा धान रोपिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । कोशी प्रदेशमा ८०.३९, मधेशमा ५१.८२, बागमतीमा ८७.१९ प्रतिशत र गण्डकी प्रदेशमा ८.५३ प्रतिशत भूभागमा रोपाइँ सकिएको छ । लुम्बिनी प्रदेशमा ९२.०४, कर्णाालीमा ९१.३८ र सुदूरपश्चिम प्रदेशमा ९८.९४ प्रतिशत भूभागमा धान रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ । गत वर्ष साउन १३ गतेसम्म ९२.६ प्रतिशत भूभागमा रोपाइँ भएको थियो । यो वर्ष मधेश प्रदेशलगायतका केही क्षेत्रमा पानी नपरेका कारण हालसम्म गत वर्षको तुलनामा कम क्षेत्रमा रोपाइँ भएको हो ।...
नेपाली सेनाद्वारा वीरगञ्जमा पानी वितरण
समाचार, समाज

नेपाली सेनाद्वारा वीरगञ्जमा पानी वितरण

नेपालअखबार,पर्सा । वीरगञ्ज महानगरसहित पर्सा जिल्लामा खानेपानीको हाहाकार भएसँगै नेपाली सेनाको श्रीजङ्ग गणले दैनिक औसतमा एक लाख लिटर खानेपानी ट्याङ्करमार्फत वितरण गर्दै आइरहेको छ । मधेस प्रदेश सरकारले पठाएको खानेपानीको ट्याङ्करबाट सेनाले खानेपानीको चर्को अभाव झेलेका बस्तीमा दिनको तीनपटक खानेपानी वितरण गर्दै आइरहेको हो । श्रीजङ्ग गणका गणपति तथा प्रमुख सेनानी लोकेन्द्र कार्कीले दैनिक छ ट्याङ्करमार्फत औसतमा एक लाख लिटर खानेपानी वितरण गर्दै आइरहेको जानकारी दिए । ‘‘पानीको चर्को अभाव भोगेका सर्वसाधारणलाई लक्षित गरेर दिनको तीनपटक ट्याङ्करबाट पानी वितरण गर्दै आइरहेका छौँ,’’ उनले भने,‘‘महानगरका विभिन्न वडा र पर्साका अन्य पालिकामा पनि पानी वितरणको काम भइरहेको छ ।’’ वीरगञ्ज महानगरसहित आसपासका पालिकामा देखिएको खानेपानीको अभाव र सङ्कटलाई न्यूनीकरण गर्न मधेस प्रदेश सरकार, जिल्ला विपद् व्यवस्थापन ...
गोसाइँकुण्डमा नुहाउँदा २ जना बेपत्ता
समाचार, समाज

गोसाइँकुण्डमा नुहाउँदा २ जना बेपत्ता

नेपालअखबार,रसुवा । पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नानको क्रममा आइतबार दुई जना तीर्थालु बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख हेमबहादुर शाहीका अनुसार बेपत्ता हुनेमा मोरङ जिल्ला विराटनगरका दुई युवक सुजन ढकाल र मोरङ बेलवारीका मनोज न्यौपाने रहेका छन् । गहिरो ठाउँबाट स्नान गर्न कुण्डमा पसेका कारण उनीहरु डुबेर बेपत्ता भएको आँकलन गरिएको छ । बेपत्ताको खोजीका लागि नेपाली सेना श्रीनाथ गण, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका अधिकृत तथा जवानलाई आइतबार नै गोसाइँकुण्ड पठाइसकिएको छ ।...
प्रजनन स्वास्थ्यबारे परिवार नियोजनसँग सहकार्य गरिने : स्वास्थ्य मन्त्री पाठक
समाचार, समाज, स्वास्थ्य

प्रजनन स्वास्थ्यबारे परिवार नियोजनसँग सहकार्य गरिने : स्वास्थ्य मन्त्री पाठक

नेपालअखबार,पोखरा । गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले गण्डकीमा स्वास्थ्य क्षेत्र सुधारका लागि सरकार लागिपरेको बताएका छन् । उनले मध्यकालीन र दीर्घकालीन योजना अघि सार्दै सरकारले अस्पताल स्तरोन्नतिमा गर्दै गएको बताए । परिवार नियोजन संघको आयोजनामा परिवार नियोजन, यौन तथा प्रजनन स्वास्थ्य र अधिकारबारे प्रदेशस्तरीय कार्यशालाको आइतबार पोखरामा उद्घाटन गर्दै मन्त्री पाठकले सो कुरा बताएका हुन् । उनले प्रदेशमै जनशक्ति उत्पादनका लागि बागलुङ र गोरखामा एचए पढाउने व्यवस्था गर्ने लागेको जानकारी दिए । उनले परिवार नियोजन संघसँग मिलेर सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालयमार्फत प्रजनन स्वास्थका कार्यक्रम गर्दै जाने बताए । मन्त्री पाठकले आगामी नीति तथा कार्यक्रममा प्रजनन स्वास्थबारे कार्यक्रम ल्याउने पनि आश्वासन दिए । कार्यक्रमा उपस्थित गण्डकी प्रदेशसभाका सदस्यहरुले यौन तथा प्रजनन स्वास्थ...
डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ
अपराध, समाचार, समाज

डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ

नेपालअखबार,पोखरा। पोखरामा मनी चेन्जर र रेष्टरेण्ट व्यवसाय चलाइरहेका तीन जना व्यवसायी अमेरिकी डलर र युरो अवैध कारोबार आरोपमा शनिबार पक्राउ परेका छन् । उनीहरूका साथबाट प्रहरीले १९ हजार ६०० अमेरिकी डलर, ३ हजार २०० युरो र ४३ लाख ७३ हजार ७०० रुपैयाँ नेपाली मुद्रा पनि बरामद गरेको छ । पक्राउ पर्नेहरूमा झापाको दमक नगरपालिका–४ चियादोकान घर भई हाल लेकसाइडमा हिलारी मनी चेन्जर कम्पनी चलाएका ४५ वर्षीय राजकुमार बुढाथोकी, पोखरा–१९ पुरनचौर घर भई लेकसाइडमा सगरमाथा मनी चेन्जर चलाएका ४३ वर्षीय खेमराज पौडेल र रूपन्देहीको सिद्धार्थ नगरपालिका–१३ हाटबजार घर भई रूपन्देही र पोखरामा रेष्टुरेण्ट चलाएका ४५ वर्षीय महुमुद्धिन एम अहमद रहेका छन्। कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाका अनुसार मनी चेन्जर सञ्चालकद्वय राजकुमार र खेमराजले रेष्टुरेण्ट सञ्चालक महुमुद्धिनलाई कमिसन लिएर अमेरिकी डलर र युरो बिक्री गरि...
गाजामा नुन खाएर भोक मेटाउँदै बालबालिका, १२४ को मृत्यु
राजनीति, विश्व, समाचार, समाज, हाइलाइट-समाचार

गाजामा नुन खाएर भोक मेटाउँदै बालबालिका, १२४ को मृत्यु

काठमाडौं । गाजामा इजरायलले खाद्यान्न आपूर्तिमा अवरूद्ध गर्दा बालबालिकाहरू नुन खाएर भोक मेट्न बाध्य भएका छन् । इजरायल–हमास युद्ध सुरु भएको २२ महिनामा हालसम्म भोकमरीका कारण १२४ जनाको मृत्यु भइसकेको छ, जसमध्ये ८१ जना बालबालिका छन्। केवल जुलाई महिनामै भोकका कारण ४० जनाको मृत्यु भएको छ, तीमध्ये १६ बालबालिका छन्। गाजामा रिपोर्टिङ गरिरहेका पत्रकारहरूका अनुसार त्यहाँ ५० ग्रामको बिस्कुटको मूल्य एक हजार रुपैयाँ भन्दा बढी पर्ने अवस्था छ । नगद पैसा झिक्नका लागि ४५ प्रतिशतसम्म कमिसन दिनुपर्छ। इजरायलले विदेशी पत्रकारहरूलाई प्रवेश निषेध गरेका कारण त्यहाँबाट स्थानीय सञ्चारकर्मीहरूले रिपोर्टिङ गरिरहेका छन् । बालबालिका लगायतका मानिसहरू नुन चाटेर र पानी पिएर पेट भर्नुपर्ने बाध्यतामा छन्। एक पत्रकारका अनुसार २१ महिनामा उनको तौल ३० किलोले घटेको छ, उनी थकान र रिंगटासँग जुधिरहेका छन्। कुपोषणले ज...
सुनकोशी नदीमा पाँच वर्षदेखि पुल निर्माण अलपत्र
समाचार, समाज

सुनकोशी नदीमा पाँच वर्षदेखि पुल निर्माण अलपत्र

नेपालअखबार,काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जोड्ने चेहेरेस्थित सुनकोशी नदीमा निर्माण सुरु गरिएको पक्की पुल पाँच वर्षदेखि अलपत्र परेको छ । काभ्रेपलाञ्चोकको कोशीपूर्वस्थित भुम्लु गाउँपालिकाको सापिङका विभिन्न वडा तथा बस्तीमा सडकको पहुँच पुर्‍याउने उद्देश्यले विसं २०७७ भदौमा पुल निर्माणको सम्झौता गरिएको थियो । निर्माण कम्पनीले उक्त मोटरेबल पुलको काम समयमा नगर्दा भुम्लुका हजारौँ नागरिकले सास्ती खेप्दै आउनुपरेको हो । सिन्धुपाल्चोकको चेहेरेलाई सडक सञ्जालसँग जोड्न लागि सुनकोशी नदीमा मोटरेबल पक्की पुल निर्माणार्थ सडक विभाग र अमर कन्स्ट्रक्सन प्रालिबीच विसं २०७७ भदौ १० गते सम्झौता गरिएको थियो । विसं २०८० जेठ २ गतेसम्म निर्माणको काम सम्पन्न गर्नुपर्ने सम्झौता गरिए पनि निर्माण व्यवसायीले विभिन्न बाहाना बनाउँदै काममा आलटाल गरेकाले पाँच वर्षसम्म पुल अलपत्र बनेको स्थानीय बताउँछन् ...
ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी
धर्म/संस्कृति, समाचार, समाज

ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

नेपालअखबार,बागलुङ ।सरकारले सय पर्यटकीय तथा धार्मिक क्षेत्रका रूपमा सूचीकृत बागलुङको कालभैरव मन्दिरमा गुठी व्यवस्थापन समिति सक्रिय भएपछि भौतिक पूर्वाधार निर्माणसँगै आम्दानीमा वृद्धि भएको छ। धार्मिक शिक्तपीठमध्येको एक बागलुङ बलेवा कालभैरव मन्दिरमा भेटी सङ्कलन तेब्बरले वृद्धि भएको छ। धार्मिक पर्यटक भित्र्याउँदै आएको बागलुङ नगरपालिका–१२ स्थित कालभैरव मन्दिरमा २०७९ सालमा ६ वर्षपछि गुठी व्यवस्थापन समिति सक्रिय भएपछि पूर्वाधार निर्माणले तीव्रता पाएसँगै यहाँ आउने दर्शनार्थीको सङ्ख्यामा वृद्धि भएको छ। दर्शनार्थीको सङ्ख्यामा वृद्धि भएपछि भेटी सङ्कलन दरसमेत तेब्बरले वृद्धि भएको छ। समितिमार्फत पूजा चलाउन थालेको एक वर्ष भएको बताउँदै भैरवस्थान मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्रराज ढकालले आम्दानी तेब्बरले वृद्धि भएको बताए। मालपोत कार्यालय बागलुङद्वारा ठेक्कामा भेटी सङ्कलन गरिँ...
हुम्ला–मुगु लिङ्क रोडः लोतीखोलामा ‘बेलीब्रिज’ जडान
समाचार, समाज

हुम्ला–मुगु लिङ्क रोडः लोतीखोलामा ‘बेलीब्रिज’ जडान

नेपालअखबार,हुम्ला। हुम्ला र मुगु जोड्ने चङ्खेली गाउँपालिकाको लोतीखोलामा बेलिब्रिज निर्माण सम्पन्न भएको  छ। चार करोड ९८ लाखमा बेलिब्रिज जडान गर्ने काम सम्पन्न भएको हो। पूर्वाधार विकास कार्यालयका प्रमुख इञ्जिनियर नरेशराज जैसीलेका अनुसार  ४२ मिटर लम्बाइको उक्त बेलिब्रिज कर्णाली नदीबाट १० मिटर उचाइमा रहेको र पुलको ३.१५ मिटर उचाइ, तीनवटा प्यानल र तीनवटा डेक राखिएको छ । लोतीखोलामा पुल नहुँदा स्थानीयवासी समस्यामा रहेका थिए। हिउँदयाममा खोलामा पानी घटेपछि खोलाबाटै सवारीसाधन वारपार गर्दथे भने हल्का सवारीसाधनका लागि काठको पुल बनाइएको थियो। वर्षातमा आएको खोलाले  पुल बगाएपछि मानिससमेत तुइनमा तर्न बाध्य थिए। हुम्ला र मुगु जोड्नका लागि मात्र नभई चङ्खेली गाउँपालिकाको केन्द्र पिप्लाङ आवतजावत गर्न पनि गाउँपालिकावासी तुइनमै निर्भर थिए। चङ्खेली गाउँपालिकाका तीनवटा वडा तुइन तरेर गाउँपालिका...
रसुवागढी सीमानाकामा बेलीब्रिज निर्माण सुरु,भदौभित्र सम्पन्न गर्ने लक्ष्य
प्रशासन, समाचार, समाज

रसुवागढी सीमानाकामा बेलीब्रिज निर्माण सुरु,भदौभित्र सम्पन्न गर्ने लक्ष्य

नेपालअखबार,रसुवा । पाल–चीनबीच उत्तरी नाका रसुवागढीको मितेरी पुल पुनर्निर्माण सुरुआत भएको छ। गत असार २४ गते ल्हेन्दे खोलामा आएको अकल्पनीय बाढीले १० मिटर चौडाइ र एक सय मिटर लम्बाइको पुलमा क्षति पुर्‍याएको थियो। चीन सरकारले पुल पुनर्निर्माण थालिनी गरेको प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिए। उनका अनुसार  नेपाल–चीनबीच आवतजावत र व्यापारिक कारोबार बन्द भएपछि प्रथम चरणअन्तर्गत चीन सरकारले बेलीब्रिज निर्माण गर्न पनि थालनी गरेको छ । यसका  लागि भुइँ सतह मिलाउने सुरु भइसकेको छ। पक्की पुल निर्माणका लागि साविकको स्थानलाई यथावत छाडी दुई मिटर पूर्वतर्फ सारेर पुरातात्विक  संरचनालाई कुनै असर नपार्ने गरी बेलीब्रिज निर्माण सुरु भइसकेको प्रजिअ पौडेलले जानकारी दिए। पुलका लागि चाहिने आवश्यक औजार चिनियाँ पक्षले रसुवागढी ल्याइसकेको जनाइएको छ ।  चार स्काभेटर उपकरणको सहायताले पुल बनाउने स्...