Friday, August 7

समाज

भिरबाट हाम फाल्दा श्रीमतीको मृत्यु, श्रीमान् घाइते
समाचार, समाज

भिरबाट हाम फाल्दा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

नेपालअखबार,चितवन । चितवनमा श्रीमान्–श्रीमतीले भिरबाट हाम फालेका छन् । हाम फाल्दा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् घाइते भएका छन् ।  भिरबाट हाम फाल्दा मंगलबार राप्ती नगरपालिका–४ की ४२ वर्षीया कुमारी प्रजाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार  श्रीमान्सँग घरायसी विवाद हुँदा कुमारीले घर नजिकैको भिरबाट खहरे खोलामा हाम फालेकी थिइन् । लगत्तै उनका श्रीमान् लीलाबहादुरले पनि भिरबाट हाम फालेका थिए । कुमारीको घटनास्थलमै मृत्यु भएको र श्रीमान् लीलाबहादुर प्रजा गम्भीर घाइते भएको प्रहरी नायब उपरीक्षक खनालले बताए । उनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
बुटवल सब-स्टेसनको आगलागी नियन्त्रणमा आएलगत्तै सुरू भयो विद्युत सेवा
अर्थ, समाचार, समाज

बुटवल सब-स्टेसनको आगलागी नियन्त्रणमा आएलगत्तै सुरू भयो विद्युत सेवा

नेपालअखबार, बुटवल।  बुटवलको  सब-स्टेसनमा आगलागीका कारण सुनवलदेखि पश्चिम क्षेत्रमा अवरूद्ध भएको विद्युत रातिदेखि नै सुरू भएको छ। रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं १० योगिकुटीमा रहेको विद्युत सब-स्टेसनमा मंगलबार राति ९ बजेतिर  आगलागी भएको थियो। आगो तत्काल नियन्त्रणमा आए पनि एउटा ट्रान्सफर्मर जलेर क्षतिग्रस्त भएको कारण नवलपरासीको सुनवलदेखि पश्चिमतर्फको राष्ट्रिय प्रसारण लाइन नै अवरुद्ध भएको थियो। आगलागीबाट एउटा ट्रान्सफर्मर क्षतिग्रस्त भए पनि तत्काल जनशक्ति परिचालन गरेर अन्य ट्रान्सफर्मरबाट विद्युत प्रवाह सुरू गरिएको नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय प्रमुख शम्भु कुशियत  यादवले जानकारी दिए। आगलागी भएर अवरुद्ध भएको करिब साढे एक घन्टामै विद्युत सेवा सुरू भएको उनले बताए। नेपाल विद्युत प्राधिकरणको योगिकुटी ग्रिड भनेर चिनिने  सब-स्टेसनमा आगलागी भएपछि राष्ट्रिय प्रस...
रौतहटमा सेफ्टिक ट्यांकीमा खसेर दुई बालबालिकाको मृत्यु
समाचार, समाज

रौतहटमा सेफ्टिक ट्यांकीमा खसेर दुई बालबालिकाको मृत्यु

नेपालअखबार,रौतहट। रौतहटमा सेफ्टिक ट्यांकीमा खसेर दुई बालबालिकाको मृत्यु भएको छ । रौतहटको चन्द्रपुर नगरपालिका १० निबुवा टोलका गरिमा साहका छोरा एक वर्षीय रञ्जे साह र जगदीश साहकी एक वर्षीया छोरी खुश्बु साहको मृत्यु भएको हो । रौतहट प्रहरीका अनुसार दुबै बालबालिका खेल्ने क्रममा मंगलबार साँझ पौने ८ बजे स्थानीय हृदय पासवानको शौचालयको सेफ्टिक ट्यांकीमा खसेका थिए । उनीहरुलाई त्यहाँबाट निकालेर उपचारका लागि सरकारी अस्पताल चपुरमा लगिएको थियो । तर डाक्टरहरुले ८ः१५ बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।...
पर्यटकलाई खेतमा उतार्न पोखरामा रोपाइँ महोत्सव आयोजना
कृषि, पर्यटन, समाचार, समाज

पर्यटकलाई खेतमा उतार्न पोखरामा रोपाइँ महोत्सव आयोजना

नेपालअखबार,पोखरा। पोखराका पर्यटन व्यवसायीले कृषि संस्कृतिलाई पर्यटनसँग जोड्न असारमा रोपाइँ महोत्सव र मंसिरमा दाइँ महोत्सव आयोजना गर्छन्। नेपालीका मुख्य खाद्यबाली धान रोप्नेदेखि भित्राउनेसम्मका नेपाली संस्कृति देखेर पर्यटक रोमाञ्चक बन्छन्। नेपालीहरू आपसमा मिलेर काम गरेको देख्दा उनीहरू दंग पर्छन्। कृषि प्रणालीलाई पर्यटनसँग जोड्दा ‘अफ सिजन’मा पनि पर्यटन क्षेत्र चलायमान हुने पर्यटन व्यवसायी बताउँछन्। नेपालमा मुख्य पर्यटकीय सिजनका रूपमा असोज, कात्तिक र मंसिरलाई मानिन्छ। उक्त समय पदयात्रा गर्न चाहने विदेशी पर्यटक र नेपाली पनि पदयात्रामा निस्कन्छन्। दोस्रो सिजन मानिने फागुन, चैत र वैशाखमा पनि पर्यटकको आगमन उल्लेख्य रहन्छ। बर्खा र हिउँदमा भने अरूबेला जस्तो पर्यटकको चहलपहल हुँदैन। यो समयलाई ‘अफ सिजन’का रूपमा व्यवसायीले लिने गरेका छन्। अफ सिजनमा पनि पर्यटकलाई आकर्षित गर्न कृषि प...
एक सातामा थपिए डेंगु संक्रमणका ९१ नयाँ बिरामी
समाचार, समाज, स्वास्थ्य

एक सातामा थपिए डेंगु संक्रमणका ९१ नयाँ बिरामी

नेपालअखबार,काठमाडौँ । एक सातायता डेंगु संक्रमणका ९१ नयाँ केस पुष्टि भएका छन् । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तथ्याङ्कअनुसार सात प्रदेशमध्ये सबैभन्दा धेरै गण्डकीमा (३० केस) संक्रमित भेटिएका हुन् । त्यस्तै लुम्बिनीमा २२, बागमतीमा २०, सुदूरपश्ञ्चिम र कोशीमा ८/८ र कर्णालीमा एउटा केसको पुष्टि भएको महाशाखाले जनाएको छ । यस्तै गएको पुसयता काठमाडौं उपत्यकामा मात्र २१६ जनामा डेंगु संक्रमण पुष्टि भएको थियो । जसमा काठमाडौँमा मात्र १६४ वटा केस पुष्टि भएको छ । त्यस्तै ललितपुर र भक्तपुरमा ३०/३० वटा डेंगु संक्रमितको केस पुष्टि भएको थियो । हालसम्म ७३ जिल्लामा डेंगु फैलिइसकेको ईडीसीडीले जनाएको छ । पुसयता देशभर एक हजार ५ सय २ जनामा डेंगु संक्रमण देखिएको महाशाखाको तथ्यांक छ ।...
सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने भारतीय नागरिक पक्राउ
प्रशासन, समाचार, समाज

सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने भारतीय नागरिक पक्राउ

नेपालअखबार,काठमाडौँ । सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गरेको आरोपमा भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको महाराष्ट्र प्रदेश, थाने कश्मिरा रोड स्थायी वतन भएका ५६ वर्षीय गोपाल प्रसाद खडानन्द गौली रहेका छन् । उनलाई साइबर ब्युरोको टोलीले काठमाडौंको तिलगंगाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । कामको सिलसिलामा चिनजान भई पीडित महिलासँग सामाजिक सञ्जाल फेसबुकमा साथी बनी म्यासेन्जरमा कुराकानी हुने गरेको र प्रत्यक्ष भेटघाटका क्रममा पीडितसँग खिचेका तस्विर देखाई उनले बदनाम गराउने उद्देश्य राखी युट्युबमा राखेको प्रहरीको भनाइ छ । यस सम्बन्धमा पीडितको उजुरीपछि अनुसन्धानका क्रममा उनको संलग्नता खुलेसँगै पक्राउ गरेर काठमाडौं जिल्ला अदालतबाट म्याद थप लिई आवश्यक अनुसन्धान कार्य गरिरहेको ब्युरोले सोमबार जनाएको छ ।...
रुकुमपश्चिममा चट्याङ लागेर महिलाको मृत्यु
समाचार, समाज

रुकुमपश्चिममा चट्याङ लागेर महिलाको मृत्यु

नेपालअखबार,रुकुमपश्चिम ।  रुकुमपश्चिममा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । त्रिवेणी गाउँपालिका–१० बर्नेटीका ५० वर्षीया गणेशा ओलीको आइतबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिए । प्रहरी निरीक्षक पुनका अनुसार घरभित्र रहेको मिटर बक्समा चट्याङ पर्दा  गणेशा एक्कासि  बेहोस भएका थिइन् । तत्काल उद्धार गरी उनलाई जिल्ला अस्पताल सल्ले पुर्याएकामा चिकित्सकले गएराति नै मृत घोषणा गरेका थिए ।...
वर्षाले सडक भासिँदा ढुङ्गागाढे–खाब्दी भञ्ज्याङ सडक अवरुद्ध
समाचार, समाज

वर्षाले सडक भासिँदा ढुङ्गागाढे–खाब्दी भञ्ज्याङ सडक अवरुद्ध

नेपालअखबार,गोरखा । शहीद लखन गाउँपालिका–७ स्थित ढुङ्गागाढे भञ्ज्याङ नजिकै सडक भासिँदा ढुङ्गागाढे–खाब्दी भञ्ज्याङ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । आइतबार राति परेको वर्षाले सडक भासिएर दुईतर्फी नै सवारी आवागमन अवरुद्ध भएको सहिद लखन–७ का वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिए । उनले भने, ‘गत वर्ष वर्षाले सामान्य क्षति पुगेको उक्त सडक समयमा मर्मत नहुँदा गए रातिको भीषण वर्षाले थप क्षति पुगेको हो । गएको बर्खादेखि नै सडक भासिँएर जोखिमपूर्ण अवस्थामा रहँदै आएको थियो, अहिले त चारपाङ्ग्रे सानाठूला कुनै पनि सवारीसाधन सञ्चालन हुनसक्ने अवस्था छैन ।’ शहीद लखन गाउँपालिका प्रवेश गर्ने मुख्य सडक नै अवरुद्ध भएपछि उक्त सडकखण्ड हुँदै आवातजावत गर्ने यात्री समस्यामा परेका छन् । सडक भासिएकाले मोटरसाइकल र पैदलयात्री जोखिम मोलेर ओहोरदोहोर गर्नुपर्ने अवस्था बनेको छ । सडक पूर्वाधार विकास कार्यालयले शनिब...
अवरुद्ध कालीगण्डकी करिडोर नखुल्दा यात्रु बीच बाटोमै अलपत्र
समाचार, समाज

अवरुद्ध कालीगण्डकी करिडोर नखुल्दा यात्रु बीच बाटोमै अलपत्र

नेपालअखबार,गुल्मी । गत शुक्रबारदेखि अवरुद्ध बनेको गुल्मीको कालीगण्डकी करिडोर सडकमा अझै खुलेको छैन । लामो समयसम्म सडक अवरुद्ध बनेका कारण स्थानीयवासी थप समस्यामा परेका छन् । कालीगण्डकी गाउँपालिका–१ अन्तर्गत हर्मीचौर–अर्बेनी सडकअन्तर्गत गरगरेमा शुक्रबार अपराह्नदेखि सडकमा सुक्खा पहिराले उक्त सडक तीन दिनदेखि पूर्ण रूपमा अवरुद्ध बनेको छ । सडक अवरुद्ध बनेपछि गाउँपालिका केन्द्र पुर्तिघाट जाने र पुर्तिघाटबाट बुटवलसम्म जाने सवारीसाधन बीच बाटोमा अलपत्र परेका छन् । सडक सञ्चालन गर्न पहिरोग्रस्त क्षेत्रमा तीनवटा डोजर तयारी अवस्थामा राखिएका भए पनि पहिरो खसिरहेको हुँदा सडक सञ्चालन गर्न समस्या परको कालीगण्डकी गाउँपालिका अध्यक्ष बेदबहादुर थापाले बताए । ‘सडकभन्दा धेरै माथिबाट लगातार सुक्खा पहिरो खसिरहेको छ, हामीले यात्रीको सुरक्षालाई ध्यानमा राखेर प्रहरी टोलीलाई पहिरोग्रस्त क्षेत्रमा खटाएका छौँ, यात...
मकैमा फौजी कीराको समस्या, विषादी अभाव
कृषि, समाचार, समाज

मकैमा फौजी कीराको समस्या, विषादी अभाव

नेपालअखबार,बैतडी । बैतडीको प्रमुख खाद्यबालीका रूपमा रहेको मकैमा अमेरिकन फौजी कीराको समस्या देखिएपछि किसान चिन्तित भएका छन् । कृषि ज्ञान केन्द्रका प्रमुख हरिदत्त जोशीका अनुसार दोगडाकेदार र शिवनाथ गाउँपालिकामा फौजी कीराले मकैबाली नष्ट गर्न थालेको छ । उनले मकै बालीमा कीराको समस्या देखिएको गुनासो आएको र विषादी वितरण गर्न थालिएको बताए । केन्द्रले यसअघि नै इमामेक्टिन वेन्जोएट नामक विषादी वितरण गरिरहेको छ । हाल भने कृषि ज्ञान केन्द्रमा पनि उक्त विषादी अभाव छ । कीराले मकैको बोट सखाप पार्ने गरेको दोगडाकेदार –७ का दीपेन्द्र कार्कीले बताए। उनले भने, ‘फौजी कीराले मकैबाली सखाप पारेको छ । उत्पादनमै कमी हुने देखिन्छ।’ लामो समयसम्मको खडेरीका कारण फौजी कीरा बढी सक्रिय भएको हो । दिनभरि मकैको बोटमा लुक्ने र रात परेपछि मकैको घोघा, डाँठ, पात र टुप्पा खाएर थोरै समयमा बाली नष्ट गर्ने गरेको दोगडाकेदार...