Friday, August 7

समाज

विषालु च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी
समाचार, समाज

विषालु च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी

नेपालअखबार,गुल्मी । विषालु च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी परेका छन् । बिरामी पर्नेहरुमा मुसिकोट नगरपालिका–४ दिगामचौरका ६८ वर्षीया फूलमाया कुमाल, ७६ वर्षीय थम्मनबहादुर कुमाल र ३६ वर्षीया गीता कुमाल रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिए । बिहीबार जङ्गलबाट टिपेर ल्याएको च्याउ पकाएर खाएपछि गए रातिनै उनीहरुलाई टाउको दुख्ने, रिङ्गाटा लाग्ने र बान्ता हुनेजस्ता लक्षण देखिएको थियो । बिरामी भएका तीनै जनालाई गए राति उपचारका लागि पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएको थियो । घटनाको जानकारी पाउनासाथ गए रातिनै इन्द्रगौडा प्रहरी पोष्टबाट प्रहरी हवल्दार कृष्णमोहन केवटको नेतृत्वमा खटिएको प्रहरी टोलीले तीनै जनालाई उपचारका लागि तत्कालै पाल्पा पठाएको थियो । उनीहरुको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।...
२३ लाख ठगी र सवा करोडको क्रिप्टो कारोबार आरोपमा २ युवक पक्राउ
अपराध, समाचार, समाज

२३ लाख ठगी र सवा करोडको क्रिप्टो कारोबार आरोपमा २ युवक पक्राउ

नेपालअखबार,काठमाडौं । २३ लाख रुपैयाँ भन्दा बढी रकम ठगी गरेको र सवा करोड रुपैयाँ भन्दा बढी क्रिप्टोको कारोबार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङको थाक्रे गाउँपालिका–५ घर भएका १९ वर्षीय समीर तामाङ र काठमाडौं गोकर्णेश्वर नगरपालिका–१ सुन्दरी जल बस्ने १९ वर्षकै क्रिस पोखरेल छन् । उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । उनीहरु विरुद्ध काठमाडौं जिल्ला अदालतबाट ३ दिनको म्याद थप भएको छ । फेसबुक र टेलिग्रामर्फत समीर तामाङ नामको अकाउन्टबाट विदेशमा सञ्चालित फर्निचर कम्पनीमा लगानी गर्दा फाइदा हुने तथा अनलाइन जब लगाइदिने भन्दै प्रलोभन देखाएर २३ लाख १५ हजार रुपैयाँ बैंक खातामा हाल्न लगाएर ठगी गरेको आरोप छ ।त्यसैगरी उनीहरुले अवैध क्रिप्टो कारोबारमा १ करोड ३१ लाख ६२ हजार ६७५ रुपैयाँ कारोबार गरकेो पाइएको प्रहरीले जनाएको छ ।...
नारायणगढ–मुग्लिन सडक सञ्चालन
समाचार, समाज

नारायणगढ–मुग्लिन सडक सञ्चालन

नेपालअखबार,मुग्लिन । नारायणगढ-मुग्लिन सडक खण्ड आज दिउँसो ३ बजेसम्म बन्द गरिएकामा अहिले नियमित रूपमा दुईतर्फी सवारी साधन आवतजावत गरिरहेका छन् । सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यका अनुसार चितवनको इच्छाकामना–६ स्थित तुइनभिरमा अड्किएर बसेको ढुङ्गा झार्न आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सडक बन्द गरिएकामा काम नसकिएपछि पुनः ३ बजेसम्म बन्द गरिएको थियो । कुनै पनि समयमा माथिबाट ढुङ्गा झर्ने र सम्भावित दुर्घटना हुनसक्ने भएकाले जोखिम कम गर्न र दुर्घटना न्यूनीकरण गर्न सडक डिभिजन कार्यालयबाट लामो बुमसहितको स्काभेटर प्रयोग गरी ढुङ्गा झरिएको उनले जानकारी दिए । ढुङ्गा झरिएसँगै दुईतर्फी सवारीसाधन आवतजावत गरिरहेका इन्जिनियर कृष्ण आचार्यले बताए । बन्दा अवधिभर आफ्नो लेन अनुशासनमा रही सवारीसाधन रोक्नका कार्यालयले अनुरोध गरेको थियो ।...
मानव–हात्ती द्वन्द्व न्यूनीकरण गर्न वन मन्त्रालयको पहल
समाचार, समाज

मानव–हात्ती द्वन्द्व न्यूनीकरण गर्न वन मन्त्रालयको पहल

नेपालअखबार,काठमाडौँ । वन तथा वातावरण मन्त्रालयले पूर्वी तराई क्षेत्रमा बढ्दो मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि तत्काल प्रभावकारी परियोजना निर्माण गरी कार्यान्वयन गर्ने भएको छ । त्यसका लागि साझा धारणा बनाउन मन्त्रालयले बुधबार सम्बन्धित विकास साझेदार संस्थासँग अन्तरक्रिया गरी सुझाव सङ्कलन गरेको छ । साझेदार संस्थाको सहयोग र समन्वयमा आधुनिक प्रविधिका साथ स्थानीय सहभागितामा परियोजना बनाई तत्काल कार्यान्वयन गरिनेछ । वनमन्त्री ऐनबहादुर शाही ठकुरीले पछिल्लो समय हात्तीका कारण मानवीय, कृषि पशु तथा बाली र घरगोठमा क्षति हुने क्रम बढेकाले समाधानका लागि सरोकारवालासँग साझा धारणा बनाई अघि बढ्ने बताए । उनले भने, “मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि तत्कालीन र दीर्घकालीन योजना बनाएर तत्काल कार्यान्वयन गर्नेगरी अघि बढ्छौँ । साथै हात्तीबाट हुने क्षतिमा राहत दिने कार्यविधिलाई पनि अझ सहज र सरल बनाउँदैछ...
ललितपुरमा बाढीले बगाएर सवइञ्जिनियरको मृत्यु
समाचार, समाज

ललितपुरमा बाढीले बगाएर सवइञ्जिनियरको मृत्यु

ललितपुर। ललितपुरको दक्षिणपूर्वी भेगमा रहेको महाँकाल गाउँपालिका–६ ठुलादुर्लुङमा खोल्सामा आएको बाढीले बगाएर सवइञ्जिनियर सविन दाहालको मृत्यु भएको छ । महाँकाल गाउँपालिका–६ का अध्यक्ष विनोद चौलागाईंले दिएको जानकारीअनुसार बुधबार साँझ ठुलादुर्लुङस्थित भर्याङखोल्सामा आएको बाढीले बगाउँदा महाँकाल-४ कालेश्वर स्थायी ठेगाना भई ललितपुर महानगरपालिका–२९ हरिसिद्धी बस्ने २१ वर्षीय सविन दाहालको मृत्यु भएको हो ।‘खोल्सामा साँझ अन्दाजी ७ः३० बजेतिर आएको बाढीले बगाएर मृत्यु भएको हो, हामीले बेलुकी १० बजेतिर खोजी गर्दा थाहा पाएर मृतकको शवलाई पत्ता लगायौं, यहाँका सबै सडक बन्द छन्, हामीले नेपाली सेनालाई खबर गरेर हेलिकप्टर मगाएका छौं’, उनले भने ।...
सोलुखुम्बुको फाप्लु विमानस्थलमा १७ दिनपछि उडान
अर्थ, समाचार, समाज

सोलुखुम्बुको फाप्लु विमानस्थलमा १७ दिनपछि उडान

नेपालअखबार,सोलुखुम्बु । पर्यटकीय जिल्ला सोलुखुम्बुको फाप्लु विमानस्थलमा १७ दिनपछि विमान उडान भएको छ । प्रतिकूल मौसमका कारण गत जेठ २६ गतेदेखि अवरुद्ध भएको उडाउन १७ दिनपछि बुधबार भएको नेपाल नागरिक उड्डयन प्राधिकरण फाप्लुले जनाएको छ । प्राधिकरणका वरिष्ठ अधिकृत आयुस थापाका अनुसार बुधबार नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को ट्विनअटर जहाजले काठमाडौंबाट फाप्लुसम्म सफल उडान भरेर पुनः काठमाडौं फर्किएको हो । जहाज १२ जना यात्रु लिएर फाप्लु आएको भए पनि जहाजले १० जना यात्रु लिएर काठमाडौं फर्किएको अधिकृत थापाले जानकारी दिए । यहाँको मौसम छिनछिनमा परिवर्तन भइरहने भएकाले बारम्बर लामो समय उडान ठप्प हुने गर्दछ । जेठ अन्तिमबाट सुरु भएको वर्षा र बाक्लो कुहिरोले लगातार १७ दिनसम्म विमानस्थल ठप्प भएको थियो । जिल्ला अस्पतालमा उपचार सम्भव नभएका जटिल अवस्थाका बिरामी तथा अशक्तहरु काठमाडौँ पठाउन सकस परेको...
दमौलीमा पानीको हाहाकार : एक गाग्रीका लागि घन्टौँ लाइनमा बस्नुपर्ने
समाचार, समाज

दमौलीमा पानीको हाहाकार : एक गाग्रीका लागि घन्टौँ लाइनमा बस्नुपर्ने

नेपालअखबार,तनहुँ । तनहुँको सदरमुकामस्थित दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था व्यास–४ ले वितरण गर्दै आएको खानेपानी धारामा नआएपछि यतिबेला हाहाकार भएको छ । व्यास–२ र ३ नम्बरका स्थानीयवासीले अमरापुरीस्थित प्रेम कुवा, पानी घट्टा र पञ्चमन्दिर धारालगायत स्थानमा एक गाग्री पानी लिन सर्वसाधारणले लामो समय कुर्नुपरेको छ । धारामा पानी नआएपछि सार्वजनिक कुवा र धारामा पानी लिन सर्वसाधारण बिहानदेखि लामबद्ध लाग्ने गरेको व्यास नगरपालिका–३ देउरालीनगर निवासी उपभोक्ता देव गजमेरले जानकारी दिए । मङ्गलबार साँझदेखि पानी वितरण नभएपछि सर्वसाधारणको साँझ अबेरसम्म भीड लाग्ने गरेको छ । उनले भने, “बुधबार साँझ ९ बजेसम्म पनि १०० को हाराहारीमा मानिस कुवा तथा धारामा पानी लिन लाइनमा बसेका छन् ।” मुग्लिन–पोखरा सडक विस्तारका क्रममा अस्थायी रूपमा रहेको खानेपानीका पाइप हटाएर स्थायी व्यवस्थापन गर्न लागिएका कारण खानेपानी...
पाल्पामा पहिलोपटक ‘होटल म्यानेजमेन्ट’ विषयको पठनपाठन हुने
शिक्षा, समाचार, समाज

पाल्पामा पहिलोपटक ‘होटल म्यानेजमेन्ट’ विषयको पठनपाठन हुने

नेपालअखबार, पाल्पा। जिल्लाका सामुदायिक विद्यालयमा पहिलोपटक व्यवस्थापन सङ्कायअन्तर्गत होटल म्यानेजमेन्ट विषयको पठनपाठन सुरु हुने भएको छ। रामपुर नगरपालिका–५ स्थित रामतुलसी नमूना माध्यमिक विद्यालयले नयाँ विषयका रूपमा होटल म्यानेजमेन्टको पठनपाठन सञ्चालन गर्न लागेको हो। कालीगण्डकीबेँसीका विद्यार्थीलाई मध्यनजर गर्दै कक्षा ११ र १२ मा व्यवस्थापन सङ्कायअन्तर्गत होटल म्यानेजमेन्ट विषय सुरुवात गर्न लागिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विशाल श्रेष्ठले जानकारी दिए। 'नयाँ विषयका लागि आवश्यक पर्ने पूर्वाधार तयारी अवस्थामा छन्। प्रयोगशाला कक्ष तयार पार्न उपकरण व्यवस्थापन गरिरहेका छौँ । प्रयोगशाला व्यवस्थापनमा करिब ३० लाख रकम लाग्ने अनुमान छ, विद्यालयको आन्तरिक स्रोतबाट खर्च व्यवस्थापन गर्नेछौं,' उनले भने। शैक्षिक क्षेत्रमा नयाँ इँट्टा थप्ने विद्यालयको योजना र यो क्षेत्रमा होटल म्यानेजमेन्ट...
नेपाली खानाको स्वाद चखाउँदै मास्टर सेफ सन्तोषको विश्व यात्रा
समाचार, समाज

नेपाली खानाको स्वाद चखाउँदै मास्टर सेफ सन्तोषको विश्व यात्रा

नेपालअखबार, काठमाडौँ । बिबिसी मास्टर सेफ सन्तोष साह आगामी जुलाईमा अमेरिका जाँदै छन् । त्यसपछि उनको जर्मनी जाने तालिका छ । केही वर्षयता विश्वभर नेपाली खाना प्रवर्द्धन गर्दै आएका उनको त्यसपछि पनि विभिन्न देश पुग्ने तालिका बनिसकेको छ । जुलाईमा हुने अमेरिका भ्रमण उनको तेस्रो भ्रमण हुनेछ भने जर्मनीमा चौथो । सन् २०२१ मा बिबिसी मास्टर सेफ भएपछि लण्डनबाट सुरू भएको उनको यो यात्रा अहिले विभिन्न देशमा फैलिँदो छ । नेपाली खानाको पहिचान विश्वभर फैलाउने उद्देश्यले सक्रिय उनलाई अहिले विभिन्न देशमा जान भ्याइनभ्याइ छ । बिबिसी मास्टर सेफ जितिसकेपछि संसारभर उनको वाहवाही चुलियो । उनले उक्त प्रतियोगितामा बनाएको कोदोको खिरको चर्चा अझ बढी भयो । धेरैले उनले बनाएको खानाको स्वाद लिन चाहन्थे । त्यसैलाई लक्षित गरी लण्डनमा चार महिनासम्मका लागि उनको विशेष कार्यक्रम आयोजना गरिएको थियो । यो उनको पहिलो ‘पप–अप’ थियो ।...
वर्षासँगै पानी बढेपछि कैलालीका नदीमा देखिन थाले डल्फिन
समाचार, समाज

वर्षासँगै पानी बढेपछि कैलालीका नदीमा देखिन थाले डल्फिन

नेपालअखबार, कैलाली । पछिल्लो समय वर्षा भएसँगै कैलालीका नदीमा पानीको सतह बढ्न थालेपछि डल्फिन देखिन थालेका छन् । जिल्लाको टीकापुर र भजनी नगरपालिकाको नदी तटीय क्षेत्रमा डल्फिन देखिन थालेका हुन् । डल्फिन संरक्षणकर्मी भोजराज ढुङ्गानाले डल्फिन संरक्षण केन्द्र आसपासका क्षेत्रमा एउटा बच्चासहित चार वटा डल्फिन देखिएका जानकारी दिए । ‘मनसुन लागेपछि नदीहरूमा पानीको सतह बढिरहेको छ । नदीमा जलस्तर बढेपछि सोमबारदेखि यहाँ डल्फिन देखापर्न थालेका हुन्’, उनले भने । उनका अनुसार गत वर्ष असार पहिलो साता डल्फिन आएकामा यस वर्ष ढिलो पानी परेकाले केही ढिलो डल्फिन देखिएका छन् । डल्फिन संरक्षण केन्द्रका सचिव विजयराज श्रेष्ठका अनुसार जिल्लाको मोहना, पथरैया, काँडा र कान्द्रालगायत कर्णालीका सहायक नदीमा डल्फिन देखिने गर्दछन् । उनले भने, ‘भारत तथा नेपालका विभिन्न नदी क्षेत्रमा बस्ने डल्फिन कर्णालीका सहायक नदीमा मनसु...