Saturday, August 8

समाज

आज एघारौं चुरे संरक्षण दिवस मनाइँदै
समाचार, समाज

आज एघारौं चुरे संरक्षण दिवस मनाइँदै

नेपालअखबार,काठमाडौँ । राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिले अवसर पारेर आज एघारौं चुरे संरक्षण दिवस मनाउँदै छ । समितिले आज राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा नवलपरासीको कावासोतीमा मुख्य कार्यक्रमको आयोजना गरेको समितिको कार्यक्रम कार्यान्वयन इकाइ चितवन प्रमुख प्रकाश नेपालले जानकारी दिए । चुरेको प्राकृतिक स्रोत संरक्षण, दीगो व्यवस्थापन, पारिस्थितिकीय सेवाको सम्बद्र्धनद्वारा गरिबी न्यूनीकरणमा टेवा पु¥याउने लक्ष्यका साथ समितिको स्थापना विसं २०७१ असार २ गते भएको हो । स्थापना भएयता समितिले हालसम्म एक हजार ४५९ स्थानमान गल्छी, पहिरो, खहरे नियन्त्रण, १६६ हेक्टर भिरालो कृषि भूमिमा बहुवर्षिय बाली विस्तार गरेको जनाएको छ । त्यस्तै पाँच हजार २३० हेक्टरमा हरियाली प्रवद्र्धन कार्यक्रम गरेको र दुई करोड ९३ लाख ४९ हजार बिरुवा उत्पादन र वितरण गरेको समितिको उपलब्धि विवरणमा उल्लेख गरेको छ । ...
३९ लाख बिगो भएको बैंकिङ कसुर मुद्दाका ३ फरार प्रतिवादी समातिए
अपराध, समाचार, समाज

३९ लाख बिगो भएको बैंकिङ कसुर मुद्दाका ३ फरार प्रतिवादी समातिए

नेपालअखबार,काठमाडौं । ३९ लाख ५० हजार रुपैयाँ बराबरको बिगो भएका बैंकिङ कसुरका तीन प्रतिवादी समातिएका छन् । पक्राउ पर्नेहरूमा बूढानीलकण्ठ नगरपालिका–१० बस्ने ४५ वर्षीया मुना खातुन श्रेष्ठ, भारत घर भइ कपन बस्ने ३८ वर्षीय मोहमद अली र सर्लाही घर भइ ६५ वर्षीय अर्जुन थापा छन् । बूढानीलकण्ठबाट पक्राउ गरेकी मुना १६ लाख, ठेचोबाट पक्राउ परेका अली ११ लाख र बत्तिसपुतलीबाट पक्राउ परेका थापाविरुद्ध १२ लाख ५० हजार बिगो बराबरको उजुरी परेको थियो । उनीहरूमाथि बैंकिङ कसुुरको आरोपमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताए ।...
रौतहटमा चट्याङ लागेर एक जनाको मृत्यु
समाचार, समाज

रौतहटमा चट्याङ लागेर एक जनाको मृत्यु

नेपालअखबार, रौतहट । चट्याङ लागेर रौतहटको गरुडा नगरपालिका–१ जयनगरटोलका ६५ वर्षीय सियाराम बनियाको मृत्यु भएको छ । आज बिहान चट्याङ लागेर घाइते भएका उनको उपचारका क्रममा गौरस्थित प्रादेशिक अस्पताल मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका  वरिष्ठ प्रहरी निरीक्षक दीपककुमार रायले जानकारी दिए ।
पोखराका दुई किसानले बेचे १५ लाख बढीका तरबुजा
अर्थ, कृषि, समाचार, समाज

पोखराका दुई किसानले बेचे १५ लाख बढीका तरबुजा

नेपालअखबार, पोखरा । पोखरा महानगरपालिका–३३ सुरौदी खोला किनारास्थित तिखेढुङ्गामा दुई किसानले  रु १५ लाखभन्दा बढीका तरबुजा बेचेर छिमेकीलाई पनि यो फलको खेतीमा लाग्न प्रेरित गरेका छन् । सुरौदीको तिखेढुङ्गामा अगुवा कृषकद्वय रमेश आचार्य र ज्ञानबहादुर कार्कीले ३५ रोपनीमा तरबुजाखेती गर्नुभएकामा ३० हजार किलोग्राम बिक्री गर्नुभएको छ । प्रतिकूल मौसमका कारण रु पाँच लाख बरबरको  हानि भएको किसान आचार्यले जानकारी दिनुुभयो । निरन्तरको वर्षाका कारण तरबुजा बिग्रिएका हुन् । स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले पोखरामा आयोजित तरबुजा मेलामा सुरौदीमा फलेको सात किलो ८६० ग्राम तौलको तरबुजा सबैभन्दा ठूलो पहिचानसमेत गरिएको थियो । उक्त तरबुजा फलाए वापत महानगरपालिकाले उनीहरुलाई रु पाँच हजार नगदसहित पुरस्कृत गरेको थियो । सुरौदीसहित यसवर्ष पोखराका विभिन्न स्थानमा तरबुजाखेतीप्रतिको आकर्षण बढिरहेको पोखरा...
गण्डकी प्रदेशमा साइबर अपराधका घटना बढ्दै
अपराध, समाचार, समाज

गण्डकी प्रदेशमा साइबर अपराधका घटना बढ्दै

नेपालअखबार,बागलुङ । सूचना प्रविधिको विकास र इन्टरनेटको प्रयोग बढ्दै गएसँगै साइबर अपराधसम्बन्धी घटना पनि बढेको पाइएको छ । पछिल्लो चार वर्षमा गण्डकी प्रदेशमा मात्रै दुई हजार ९५१ उजुरी परेका छन् । यस अवधिमा सबैभन्दा बढी कास्की र सबैभन्दा कम मनाङमा उजुरी परेका छन् । कास्कीमा एक हजार ६८३ र मनाङमा तीन जनाले उजुरी दिएका छन् । नेपाल प्रदेश प्रहरी कार्यालय गण्डकी प्रदेशका प्रहरी निरीक्षक प्रकाश पौडेलका अनुसार कास्कीमा आर्थिक वर्ष २०७८–७९ मा ११४ वटा, आव २०७९–८० मा २३२ वटा, आव २०८०–८१ मा ९३८ र चालु आवको वैशाख मसान्तसम्म ३९९ वटा मुद्दा परेका छन् । नवलपुरमा आर्थिक वर्ष २०७८–७९ मा ३१ वटा, आव २०७९–८० मा ४४ वटा, आव २०८०-८१ मा २०२ र चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म ३९९ वटा मुद्दा परका छन् । तनहुँमा आर्थिक वर्ष २०७८र७९ मा १९ वटा, आव २०७९/८० मा ५२ वटा, आव २०८०/८१ मा १३७ र चालु आर्थिक वर्षको वैशाख मस...
आजदेखि  मलेखु–मुग्लिन सडकखण्ड साढे ५ घण्टा बन्द हुने
प्रशासन, समाचार, समाज

आजदेखि मलेखु–मुग्लिन सडकखण्ड साढे ५ घण्टा बन्द हुने

नेपालअखबार,काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत मलेखु–मुग्लिन सडकखण्ड आजदेखि असार ७ गतेसम्म रातिको समयमा बन्द हुने भएको छ । जेठ ३० गतेदेखि राति १०ः३० बजेदेखि बिहान ३ बजेसम्म अत्यावश्यक बाहेकका सवारीसाधन बन्द हुने भएको हो । मलेखु–मुग्लिन सडक खण्डस्थित बार्बाङ खोला, मोवा खोला, खटौती खोला र गोमती खोलामा आरसीसी बिम राख्ने काम भइरहेकाले ७ असारसम्म रातिको समयमा सवारीसाधन आंशिक बन्द हुने जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी सुवास हमालले जानकारी दिए । डीएसपी हमालका अनुसार निर्माणाधीन ऊक्त क्षेत्रमा आरसीसी बिम राख्नका लागि ठूलो साइजको त्रेन प्रयोग गर्नुपर्ने भएकाले सवारीसाधन बन्द गर्नुपरेको हो । सूचना अनुसार मलेखुतर्फबाट मुग्लिन छिर्ने भारी सवारी साधनहरू मुग्लिन र हलुका सवारी साधनहरू कुरिनटारमा रोकिने छ । सैगरी मलेखुतर्फबाट मुग्लिन छिर्ने भारी सवारी साधनहरू मलेखु र हलुका सवारीसाधनहरू ...
चालीस लाखको लागतमा ग्रामीण खानेपानी आयोजना सम्पन्न
समाचार, समाज

चालीस लाखको लागतमा ग्रामीण खानेपानी आयोजना सम्पन्न

नेपालअखबार,म्याग्दी । मालिका गाउँपालिका–३ लुक्सीपारमा ‘एक घर, एक धारा’ कार्यक्रमअन्तर्गत रु ३९ लाख २३ हजारको लागतमा खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ । आयोजनाबाट करिब ४०० जना लाभान्वित भएका छन् । नेपाल स्वास्थ्यका लागि पानी (नेवा) को रु १७ लाख ७४ हजार ७२९, मालिका गाउँपालिकाको रु नौ लाख ९५ हजार ५०९ र उपभोक्ताको रु ११ लाख ५३ हजार २५० बराबरको श्रमदानमा आयोजना सम्पन्न भएको नेवाका प्राविधिक रुपक थापाले जानकारी दिए । मालिका गाउँपालिका र नेवाको साझेदारीमा चालु आर्थिक वर्ष २०८१/०८२ मा मालिका गाउँपालिका–३ मा पात्ले, लुुक्सीपार र डाँडागाउँमा तीन वटा खानेपानी योजना निर्माण भएका छन् । ती योजनाहरुबाट ४०० परिवार लाभान्वित भएका वडाध्यक्ष मोतीप्रसाद बुढाले बताए । डाँडागाउँ, किटेनी, औल, सराग्दी, स्यागलुङ, पात्ले र लुुक्सीपार टोलमा खानेपानी सुविधा विस्तार भएको उनले बताए ।...
ठाउँठाउँमा वर्षाः घट्न थाल्यो तापक्रम
समाचार, समाज

ठाउँठाउँमा वर्षाः घट्न थाल्यो तापक्रम

नेपालअखबार,काठमाडौँ ।  मौसम बदली भएसँगै ठाउँठाउँमा परेको वर्षाका कारण क्रमशः तापक्रम केही घट्न थालेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालको पूर्वक्षेत्रमा यो दुई दिन अलि बढी वर्षा भएकाले तापक्रम घटेका छ। अन्य क्षेत्रमा तातो नै रहे पनि क्रमशः केही घट्ने जनाइएको छ। महाशाखाका मौसमविद् रोजन लामिछानेले पूर्वमा तापक्रम घटिसकेको र पश्चिमतर्फ अझै तापक्रम बढी नै रहे पनि क्रमशः घट्ने क्रममा रहेको बताए। पूर्वमा भन्दा पश्चिम क्षेत्रमा बढी तातो हुने पनि उनले जानकारी दिए। मौसमविद् लामिछानेले पछिल्लो केही घन्टामा काठमाडौं उपत्यकासहित झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, ताप्लेजुङ खोटाङ, संखुवासभा, सोलुखुम्बु, दोलखा, काभ्रे, नुवाकोट, गोरखा र मकवानपुरमा वर्षा भएको जानकारी दिए। यो क्रम बिहीबार र शुक्रबार पनि जारी रहने छ। जसकारण हिजोआजको भन्दा बिहीबार र शुक्रबारको ताप...
धानको उचित मूल्य नपाउँदा किसान निराश
कृषि, समाचार, समाज

धानको उचित मूल्य नपाउँदा किसान निराश

नेपालअखबार,नवलपरासी । नवलपरासीका किसान चैतेधानको उचित मूल्य नपाउँदा  निराश भएका छन् । मध्यविन्दु नगरपालिका–२ का किसान दानबहादुर आलेले पाँच कट्ठा जमिनमा दश क्विन्टल धान उत्पादन गरे  तर प्रतिक्विन्टल मात्र रु। दुई हजार २०० मात्र पाउँदा उनी खिन्न छन् । गतवर्ष रु तीन हजारभन्दा अधिक मोलमा उनले एक क्विन्टल धान बेचेका थिए । बुद्धभूमि कृषक समूहका संयोजकसमेत रहेका किसान आलेले धानको उचित मूल्य नपाउँदा समूहमा खेती गरेका सबै किसान निरास भएको बताए। यो समूहले पाँच बिघामा चैतेधान रोपेको थियो । उचित मूल्य नपाएका उनीहरुले घरमा नै धान थन्क्याएका उनले बताए । गैंडाकोटका किसान मानबहादुर थारुले रु दुई हजार २०० प्रतिक्विन्टलका दरले धान बेचेको बताए । हालको बजार मूल्यबाट आफ्नो लगानी पनि नउठेको उनको दुखेसो छ । सरकारले चैतेधानको समर्थन मूल्य दुई हजार ८७९  तोकेको कृषि ज्ञान केन्द्रका प्रमुख कूलप्रसाद तिव...
विदेशबाट फर्केर ३० रोपनीमा व्यावसायिक अकबरेखेती
अर्थ, समाचार, समाज

विदेशबाट फर्केर ३० रोपनीमा व्यावसायिक अकबरेखेती

नेपालअखबार,स्याङ्जा।  यहाँका एक युवाले व्यावसायिक रुपमा अकबरे खुर्सानी खेती थालेका छन्। स्याङ्जाको गल्याङ नगरपालिका–१ चौरका असिम तिवारीले स्वदेश फर्केसँगै विदेशमा सिकेको सीपको सदुपयोग गर्र्दै व्यावसायिकरुपमा अकबरे खुर्सानीखेती सुरु गरेका हुन्। दुई वर्ष रसियामा कृषि क्षेत्रमै काम गरेको अनुभव बटुलेका तिवारी आफ्नै ठाउँमा व्यवसाय थाल्ने हुटहुटीसहित स्वदेश फर्किनुएको बताउँछन्। स्वदेश फर्केको २–३ महिनापछि नै उनी व्यावसायिकरुपमा अकबरे खुर्सानी लगाउने योजना बनाएर अगाडि बढेका थिए। 'स्थानीय बजारसहित देशैभर र अन्तरराष्ट्रिय बजारमा समेत अकबरे खुर्सानीको माग उच्च रहेको पाएँ,' उनले भने, 'आफूलाई कृषि क्षेत्रमा भएको अनुभव साथै खुर्सानीको बजारीकरण तथा खपत राम्रो हुने देखेर व्यावसायिक रुपमा अगाडि बढेको हुँ।' मातृभूमि कृषि तथा पशुंपक्षी फार्म दर्ता गरेर व्यवसाय थालेका तिवारीले ३० रोपनी जमिन भा...