Saturday, August 8

समाज

बागलुङमा आन्तरिक पर्यटकको आगमन वृद्धि
पर्यटन, समाचार, समाज

बागलुङमा आन्तरिक पर्यटकको आगमन वृद्धि

नेपालअखबार, बागलुङ । न्यून विदेशी पर्यटक भित्रने बागलुङमा आन्तरिक पर्यटकको आगमन भने ह्वात्तै बढेको छ । पछिल्लो समय अध्ययन, अवलोकन भ्रमण र तीर्थयात्राका नाममा बागलुङ आन्तरिक पर्यटकको गन्तव्यका रुपमा विकसित भएको हो । प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका, पञ्चकोट तथा शालग्राम सङ्ग्रहालय परिसरमा आन्तरिक पर्यटकका सयौँ सवारी साधन देखिने गरेका छन् । पर्यटक बढेपछि कालिका मन्दिर परिसरमा पार्किङ व्यवस्थापनमा पनि हम्मे पर्न थालेको छ । नेपालकै सबैभन्दा लामो झोलुङ्गे पुल, भैरवस्थान मन्दिर, गाईघाट झरना र ढोरपाटन सिकार आरक्ष पुग्ने पर्यटकमा समेत वार्षिक रुपमा वृद्धि भएको छ । विराटनगर  र पोखराबाट शैक्षिक भ्रमण, देशका विभिन्न भागका श्रद्धालु तीर्थयात्रीका रोजाइमा बागलुङका धार्मिक एवं पर्यटकीय गन्तव्यहरु पर्न थालेका छन् । हरेक दिन धार्मिक पर्यटकीयस्थल पञ्चकोट तथा बालाजीधाम मन्दिर कुडुँलेस्थित शालग्राम स...
पोखरा आसपास भूकम्पको धक्का महसुस
समाचार, समाज

पोखरा आसपास भूकम्पको धक्का महसुस

नेपालअखबार, पोखरा ।  पोखरा आसपास भूकम्पको धक्का महसुस गरिएको छ। मंगलबार दिउँसो १ बजेर ५९ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूगर्भविद् लोकविजय अधिकारीका अनुसार पोखरा आसपास कम्पन महसुस भएको हो। भूकम्पको केन्द्र कास्कीको सिनुवा आसपास रहेको र भूकम्प ४.७ म्याग्निच्युडको रहेको अनुसन्धान केन्द्रले जानकारी दिएको छ।...
४ वर्षमा चट्याङबाट २३७ को मृत्यु, ९०८ जना घाइते
समाचार, समाज

४ वर्षमा चट्याङबाट २३७ को मृत्यु, ९०८ जना घाइते

नेपालअखबार,काठमाडौं । नेपालमा पछिल्लो चार वर्षमा चट्याङबाट दुई सय ३७ जनाको मृत्यु भएको छ भने नौ सय आठ जना घाइते भएका छन्। कोशीको झापाबाट सुदूरपश्चिमको कञ्चनपुरसम्म र कर्णालीको हुम्लाबाट मधेसको धनुषासम्म चट्याङको जोखिम रहेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी सहसचिव रोशनीकुमारी श्रेष्ठ नेपालमा झापा, उदयपुर र मकवानपुर जिल्ला चट्याङको जोदिममा रहेका जानकारी दिए। उनका अनुसार विसं २०७८ साउन १ देखि विसं २०८२ जेठ ५ गतेसम्ममा चट्याङका एक हजार ११८ वटा घटना भएका छन् भने एक हजार ६०७ परिवार प्रभावित बनेका छन्। विश्वमा चट्याङबाट हुने विपद् जोखिमका आधारमा नेपाल पाँचौँ स्थानमा पर्ने उनले उल्लेख गरे। ‘घरगोठ र अग्ला टावर चट्याङको निशानामा पर्दछन्। बर्खायाममा कृषिमा काम गर्ने सर्वसाधारण चट्याङबाट बढी प्रभावित हुने गरेका छन्। चट्याङका घटना कोशी प्रदेशमा बढी हुने गरेका छन् भ...
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
समाचार, समाज, स्वास्थ्य, हाइलाइट-समाचार

सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’

नेपालअखबार,काठमाडौं । कहिलेकाहीँ मौनता यति चर्को हुन्छ कि शब्दहरू थरथर काँप्छन्। त्यस्तै, मौनतामा चिच्याएको छ, सिन्धुली अस्पतालकोे ‘बेड नम्बर ३३’। अस्पतालको दोस्रो तल्लामा अवस्थित ३३ नम्बर शय्यामा श्वास मात्रै चलिरहेको शरीर लम्पसार छ। शरीरका अङ्ग अचेत छन्। आँखा खुल्दैनन्। कहिले धड्कन अत्यास लाग्नेगरी बढ्छ। कुनै बेला श्वास पनि रोकिएझैँ हुन्छ। त्यो कोमामा पुगेको शरीर हो, तेजबहादुर सिञ्जाली मगरको। कमलामाई नगरपालिका–७ पल्लो रामपुरमा उनको स्थायी बसोबास छ। दुई वर्ष दुई महिना बित्नै लाग्यो, उनी अस्पतालको शय्याबाट उठ्न सकेका छैनन्। बिरामी तेजबहादुरका साथमा श्रीमती विमला रमौली छिन्। तेजबहादुरको स्याहार–सुसार र पालन–पोषण उनकै भरमा छ। बिरामी श्रीमानको पीडामा पिरोलिएकी विमला छेवैमा बसेर नाडी समाउँछिन्। मुहार सुम्सुम्याउँछिन्। यतिबेला उनको जीवनमा आइलागेको पीडा र भएको अभाव पोखिसाध्य छैन। माइतीमा ब...
विद्यार्थी भर्ना नभएपछि बन्द भए बेनीका २ विद्यालय
शिक्षा, समाचार, समाज

विद्यार्थी भर्ना नभएपछि बन्द भए बेनीका २ विद्यालय

नेपालअखबार,म्याग्दी । विद्यार्थी नभएपछि बेनी नगरपालिकाको दुई विद्यालय बन्द भएका छन् । बेनी–५ को माथिल्लो गाजनेको जगन्नाथ आधारभूत र वडा नं १० को ओखले आधारभूत विद्यालय बन्द भएका हुन् । बेनी नगरपालिकाका शिक्षा अधिकृत कमल ढकालले नयाँ शैक्षिक सत्रमा कोही पनि विद्यार्थी भर्ना हुन नआएपछि दुई वटै विद्यालयका शिक्षकलाई नजिकको विद्यालयमा व्यवस्थापन गरिएको बताए । ‘बन्द भएका जगन्नाथ र ओखले आधारभूतलाई विद्यार्थी सङ्ख्या न्यून भएकाले गत शैक्षिक सत्रमा १–३ बाट कक्षा घटुवा गरेर बालकक्षा मात्र सञ्चालन भएको थियो’, उनले भन्नुभयो “यसपाली बालकक्षा पढ्ने विद्यार्थी पनि नभएपछि विद्यालय बन्द भएका हुन् ।’ गत वर्ष ओखले आधारभूतमा पाँच र जगन्नाथमा तीन जना विद्यार्थी थिए । ओखलेका बालविकास सहयोगीलाई दिपक मावि र जगन्नाथका बालविकास सहयोगीलाई डिम्ब आधारभूतमा व्यवस्थापन गरिएको नगरपालिकाले जनाएको छ । सुविधायुक्त ...
हेटौंडा काठमाडौं जोड्ने कान्ति लोकपथ अवरुद्ध
समाचार, समाज

हेटौंडा काठमाडौं जोड्ने कान्ति लोकपथ अवरुद्ध

नेपालअखबार, हेटाैंडा । मकवानपुरको हेटौंडा र काठमाडौं जाेड्ने कान्ति लोकपथ सडकखण्ड अवरुद्ध भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका-८ र ललितपुरको बागमती गाउँपालिका-२ को सिमानास्थित बगुवा खाेलाको डाइभर्सन बाढीले बगाएपछि सडक अवरुद्ध भएको मकवानपुर प्रहरीले जानकारी दिएको छ । आज साेमबार बिहान परेकाे पानीले डाइभर्सनका लागि राखिएका ह्युमपाइपहरू बगाएको डिएसपी श्यामु अर्यालले जानकारी दिए । बगुवा खाेलास्थित बागमती पुलको एक भाग गत असाेजमा आएको बाढीले बगाएको थियो। पुलको मकवानपुरतर्फको भाग बगाएपछि डाइभर्सनबाट सडक सञ्चालन भइरहेको थियो।...
जिपी कोइराला अस्पताललाई तीन सय शय्यामा स्तरोन्नति गरिने
समाचार, समाज, स्वास्थ्य

जिपी कोइराला अस्पताललाई तीन सय शय्यामा स्तरोन्नति गरिने

नेपालअखबार,तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रलाई तीन सय शय्यामा स्तरोन्नतिका लागि प्रक्रिया सुरु भएको छ । अस्पतालको स्तरोन्नति गरी देशकै ठुलो श्वासप्रश्वास उपचार केन्द्र बनाउने लक्ष्य राखिएको छ । त्यसका लागि अस्पतालको विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) तयार भइसकेको अस्पतालका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले जानकारी दिए । अस्पतालको स्तरोन्नति प्रक्रियाअन्तर्गत वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयारीका लागि क्षेत्र निर्धारण गर्न लागिएको र त्यसका लागि सहरी विकास तथा भवन निर्माण विभागले सूचना जारी गरेको उनले बताए । उपचार केन्द्रको अस्पताल भवनको स्तरोन्नति, आयोजना निर्माण तथा सञ्चालन गर्न, प्रस्तावित आयोजनाको संरचनामा अस्पताल भवन, आकस्मिक सेवा भवन, बहिरङ्ग विभाग, प्रशासनिक भवन, व्यावसायिक भवन, कुरुवा घर, कर्मचारी...
सर्लाहीको पर्सा–५ मा मानवता नै लज्जित हुने घटना : अध्यक्ष अन्सारी
समाचार, समाज

सर्लाहीको पर्सा–५ मा मानवता नै लज्जित हुने घटना : अध्यक्ष अन्सारी

नेपालअखबार,सर्लाही । सर्लाही जिल्लाको पर्सामा सामाजिक सदभाव बिथोल्ने प्रयास भएको छ । पर्सा गाँउपालिका वार्ड नं. ५ बस्ने तसलिम अंसारी र सलिम अंसारीलाई सुगुर बस्ने खोरमा थुनेर कुटपिट भएको छ । शनिवार बिहान १० बजेको समयमा तसलिम अंसारी र सलिम अंसारीलाई सुगुर बस्ने खोरमा थुनेर सोही ठाउँ बस्ने केही अपराधिक व्यतिmहरुले निर्धात कुटपिट गरेको हो । तशलिम अंसारीको छोरीको बिवाह वार्ड नं. ६ बस्ने लाल महम्मद अंसारीको छोरासँग जेष्ठ ८ गते हुने निश्चित भएको थियो । सोही विवाहको लागि गरगहना बनाउने सम्बन्धमा शनिवार बिहान स्थानीय सुनचादी पसले राजिन्द्र साह सोनारसंग वादविवाद र धक्कामुक्की भएको स्थानीय प्रत्यक्षदर्शी तथा पिडित अंसारीका छोरा कौशर अंसारीले बताएको छ । घटना भएको केहि बेरमै पसले राजिन्द्र साह सोनारले स्थानीय केहि अपराधिक र सामप्रदायिक मानसिकता भएका व्यतिmहरुलाई परिचालन गरि पिडित तसलिम अंसारी र उनका ...
चार प्रदेशमा बिहानैदेखि वर्षा
समाचार, समाज

चार प्रदेशमा बिहानैदेखि वर्षा

नेपालअखबार,काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। चार वटा वायुको प्रभावले आइतबार बिहान कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका भूभागहरूमा वर्षा भइरहको छ। पछिल्लो एक घन्टामा कास्कीको लामापाटनमा २३.२ मिलिमिटर वर्षा मापन भएको छ। त्यस्तै कास्कीकै लुम्लेमा १३ मिलिमिटर, इलामको जितपुरमा २० मिलिमटर, मकवानपुरको दामनमा १२.८ मिलिमिटर वर्षा मापन भएको छ। आइतबार दिउँसो कोशी, मधेस, बागमती, गण्डकी  र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भूभागमा आ‌ंशिक बदलीको सम्भावना छ। कोशी, मधेस, बागमती , गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा मे...
सगरमाथा सशस्त्र प्रहरीका असई दन्तबहादुर छत्यालले चढे
समाचार, समाज

सगरमाथा सशस्त्र प्रहरीका असई दन्तबहादुर छत्यालले चढे

नेपालअखबार,काठमाडौं । सशस्त्र प्रहरी सहायक निरीक्षक दन्तबहादुर छत्यालले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । उनी जेठ ४ गते बिहान ९ः२० बजे   सगरमाथाको चुचुरोमा पुगेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवम् डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । सहप्रवक्ता थापाका अनुसार छत्यालले ‘सगरमाथा सम्वाद’ र सशस्त्र प्रहरी बल नेपालको झण्डा फहराएका छन् ।सहायक निरीक्षक छत्यालले गत वैशाख २२ गते ६ हजार ११४ मिटर अग्लो लोबुचे हिमालको समेत सफल आरोहण गरेका थिए । तराई, पहाड, हिमाल, सीमा सुरक्षामा सशस्त्र प्रहरी बल नेपाल भन्ने सन्देश सहित सहायक निरीक्षक छत्याल ‘सगरमाथा सम्वाद’ र सशस्त्र प्रहरी बल नेपालको झण्डा लिई सगरमाथा आरोहण लागि वैशाख १५ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।सहायक निरीक्षक छत्याल सशस्त्र प्रहरी बल नेपाल नं. १९ बंगलामुखी विशेष कार्यदल गण हलचोकमा कार्यरत छन् ।...