Saturday, August 8

समाज

५२ वर्षको उमेरमा विद्यालय भर्ना भएर कक्षा १ मा पढिरहेकी वडासदस्य
शिक्षा, समाचार, समाज, हाइलाइट-समाचार

५२ वर्षको उमेरमा विद्यालय भर्ना भएर कक्षा १ मा पढिरहेकी वडासदस्य

नेपालअखबार,काठमाडौँ । पढाइको चाहना पूरा गर्न उमेर तगारो नहुने रहेछ। यही कुरालाई सत्य प्रमाणित गरिदिएकी छिन् लालझाडी गाउँपालिका–४ पर्सीयाकी डल्लीदेवी चौधरीले। बाउन्न वर्षको उमेरमा चौधरीले विद्यालयमा भर्ना भएर पढ्न थालेकी छन्। गाउँकै स्वतन्त्र माध्यमिक विद्यालयमा कक्षा १ मा भर्ना भएर उनले पढ्न थालेकी हुन्। चौधरी गाउँपालिका–४ को वडासदस्य हुन्। उनी पढ्नका लागि भर्ना भएको विद्यालय व्यवस्थापन समितिको सदस्य पनि हुन्। ‘सानैदेखिको विद्यालय गएर पढ्ने चाहना थियो,’ उनले भनिन्, ‘पढ्नै पाइएन, सँगैका जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका साथीहरूले हस्ताक्षर गर्नुहुन्छ, मैले औँठा लगाउनुपर्ने हुन्छ, यस्तो अवस्थामा मनभित्र हीनताबोध हुन्छ।’ पढ्न पाएको भए यस्तो हुँदैनथ्यो भन्ने कुरा मनभित्रै खेल्ने गरेकाले हिम्मत गरेर पढेर साक्षर बन्नका लागि विद्यालय भर्ना भएको उनले बताइन्। ‘विद्यालय व्यवस्थापन...
मेलम्चीको पानी वितरण विस्तार
समाचार, समाज

मेलम्चीको पानी वितरण विस्तार

नेपालअखबार,काठमाडौं। काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) ले काठमाडौंको बालाजु र नागार्जुन नगरपालिकामा मेलम्चीको पानी वितरणका लागि प्रक्रिया सुरु गरेको छ। पिआईडीले काठमाडौं महानगरपालिका–१६ अन्तरगत बालाजु, बसपार्क, चापाकोट, च्याङली, लाजिमपाट, बेलकोटे, शिवपुरी, खोकन तथा नागार्जुन नगरपालिका अन्तरगतको वडा नं १ र २ का कागेश्वरी मनोहरा, नागार्जुन वन, वृन्दावन महादेव लगायतका क्षेत्रमा मेलम्चीको पानी वितरणका लागि प्रक्रिया सुरु गरेको हो। काठमाडौं उपत्यकामा पानीको आपूर्तिमा थप सुधार गर्नु र नागरिकलाई सफा र प्रशोधन गरिएको पानी उपलब्ध गराउने उदेश्यले बालाजु र नागार्जुन नगरपालिकामा मेलम्चीको पानी वितरणका लागि प्रक्रिया सुरु गरिएको आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख टीकाबहादुर चौधरीले जानकारी दिए। ‘काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण गर्ने अभियान ...
भोगचलन गरेको पैतीस वर्षपछि २६ परिवारले पाए जग्गाधनी प्रमाणपत्र
प्रशासन, समाचार, समाज

भोगचलन गरेको पैतीस वर्षपछि २६ परिवारले पाए जग्गाधनी प्रमाणपत्र

नेपालअखबार,काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिकाका २६ परिवारले ३५ वर्षपछि आफूले भोगचलन गर्दै आएको जमिनको प्रमाणपत्र प्राप्त गरेका छन् । साविक देवभूमि बालुवा गाविसको करिब ६५ रोपनी जग्गा चन्द्रध्वज खाँडका नाममा भूलवश नापी भएकाले स्थानीय जग्गावालाले जग्गाधनी पूर्जा बनाउन सकेका थिएनन् । जग्गा नापीका बेला अर्काका नाममा दर्ता भएपछि वास्तविक जग्गाधनीले पूर्जा पाएका थिएनन् । “आफ्नो नाममा जग्गा ल्याउन ३५ वर्षसम्म कुर्नपरयो”, स्थानीय रामबहादुर दनुवारले भने । उनले नगरप्रमुख महेश खरेलबाट १४ आना दुई पैसा क्षेत्रफल जग्गाको पूर्जा लिएका हुन् । लालपूर्जाविहीनका लागि स्थानीय अगुवाले वर्षौँदेखि पूर्जा दिलाउन प्रयास गरेका थिए । छब्बीस परिवारलाई नगरप्रमुख खरेलले पूर्जा वितरण गरेका हुन् । खाँडका नाममा दर्ता उक्त जग्गामध्ये हाल करिब २७ रोपनी जग्गाको पूर्जा बनाई वितरण गरिएको उनले बताए । “पहिलो चरणमा बनेको ...
‘विश्वकै गरिब राष्ट्रपति’ भनेर चिनिने पूर्वगुरिल्ला नेता पेपेको निधन
समाचार, समाज

‘विश्वकै गरिब राष्ट्रपति’ भनेर चिनिने पूर्वगुरिल्ला नेता पेपेको निधन

नेपालअखबार,काठमाडौं । ल्याटिन अमेरिकी देश उरुग्वेका पूर्वराष्ट्रपति जोस मुजिकाको ८९ वर्षको उमेरमा निधन भएको छ । पूर्वगुरिल्ला नेता मुजिका ‘पेपे’ नामले पनि चिनिन्छन् । उनी सन् २०१० देखि सन् २०१५सम्म उरुग्वेको राष्ट्रपति बनेका थिए । तर उनले अत्यन्त साधारण जीवनशैली अपनाउथे । उनको निधनको कारण खुलिसकेको छैन । यद्यपि उनी खाद्य नलीको क्यान्सरबाट पीडित थिए । उरुग्वेका वर्तमान राष्ट्रपति यामाण्डु ओरसीले पूर्वराष्ट्रपति जोस मुजिकाको निधन भएको जानकारी दिँदै एक्समा लेखेका छन्, ‘तपाईंले हामीलाई जे दिनु भएको छ, त्यसका लागि र जनतामा अगाध प्रेमका लागि धन्यवाद ।’...
जलवायु संकट समाधानका लागि लोमन्थाङ घोषणापत्र जारी
समाचार, समाज

जलवायु संकट समाधानका लागि लोमन्थाङ घोषणापत्र जारी

नेपालअखबार,मुस्ताङ । पछिल्लो समय बढ्दै गएको जलवायु संकटबारे संवेदनशील हुन लोमन्थाङबाट विश्वको ध्यानाकर्षण गराइएको छ ।नेपाल प्रेस युनियनले काठमाडौँ, पोखरा र जोमसोममा सरोकारवालासँग अन्तरक्रिया गरेपछि लोमन्थाङबाट घोषणापत्र जारी गरेको हो । लोमन्थाङ अन्तर्राष्ट्रिय मिडिया समिटबाट प्राप्त सुझावका आधारमा घोषणापत्र जारी गरिएको अध्यक्ष शिव लम्सालले बताए । सम्मेलनले समावेशी, दिगो तथा वातावरणमैत्री विकासको माग गरेको छ । जलवायु परिवर्तनबाट जोगिन राजनीतिक क्षेत्रको समेत साथ खोजिएको छ । ‘जलवायु संकट यस क्षेत्रको प्रमुख एजेन्डा हो । त्यसैले यहाँका राजनीतिक दलहरूले राजनीतिक तहमा जलवायु संकटलाई सम्बोधन गर्न प्राथमिकता दिनुपर्छ र ऐक्यबद्धता व्यक्त गर्नुपर्छ,’ घोषणापत्रमा भनिएको छ । कोरला नाकाको सहज सञ्चालन तथा कालिगण्डकी करिडोरको निर्माण छिटो सम्पन्न गर्न सम्मेलनले संघ सरकारसँग आग्रह गरेको छ भने मु...
गिरुवारी खोलामा पुल भाँचिदा रोकिएका सवारी वैकल्पिक बाटोबाट सञ्चालन
समाचार, समाज

गिरुवारी खोलामा पुल भाँचिदा रोकिएका सवारी वैकल्पिक बाटोबाट सञ्चालन

नेपालअखबार,नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको चोरमारामा गिरुवारी खोलाको पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक बाटो हुँदै सञ्चालनमा आएका छन् । गए राति पुल भाँचिएपछि नारायणगढ–बुटवल सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो । पुल भाँचिएपछि रोकिएका सवारी अहिले वैकल्पिक बाटो हुँदै पठाउने कार्य गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए । पश्चिमतर्फ छुटेका सवारी चोरमारा बजारबाट दक्षिणतर्फ  तम्सरिया गाउँ हुँदै खोला तरेर रानीटारबाट फूलबारी–भिउरान हुँदै अरुणखोलास्थित राजमार्ग निस्किरहेका छन् । खोलामा पानी नभएका कारण सवारीसाधन वैकल्पिक बाटोबाट सञ्चालनमा समस्या नभएको उनले बताए । पश्चिमबाट पूर्वका लागि छुटेका सवारी  चोरमारास्थित फूलबारीबाट दक्षिणतर्फ लागी रानीटार, तम्सरिया गाउँ हुँदै चोरमारास्थित राजमार्गमा निस्कन सक्ने उनले ...
८ घन्टादेखि बिपी राजमार्ग अवरूद्ध
समाचार, समाज

८ घन्टादेखि बिपी राजमार्ग अवरूद्ध

नेपालअखबार,काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण बिपी राजमार्गको माप्तीस्थित रोशी खोलाको बाढीले सोमबार राति डाइभर्सन बगाउँदा आठ घण्टादेखि राजमार्ग अवरुद्ध भएको छ। सोमबार रातिदेखि अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार उक्त बाढीले रोशी गाउँपालिका–१२ स्थित राजमार्गको मंगलटारतर्फको सडक राति थप क्षति पुर्‍याएपछि राजमार्ग खुलाउन सकिएको थिएन। उनले प्रहरी टोली तथा स्थानीयका पहलमा आज बिहानैदेखि एकतर्फी भए पनि राजमार्ग खुलाउने प्रयास भइरहेको बताए। गत वर्ष असोजको बाढीले राजमार्ग बगाउँदा उक्त स्थानमा अस्थायी रूपमा डाइभर्सन निर्माण गरिएको थियो। प्रहरीले उक्त राजमार्गमा अलपत्र १७ यात्रुको उद्धार गरेको जनाएको छ। यसैबीच, सोमबार दिउँसोको अविरल वर्षापछिको बाढीमा बेपत्ता यहाँकी एक महिलाको मंगलबार पनि...
अर्थमन्त्री पौडेललाई यातायात व्यवसायीको ध्यानाकर्षण पत्र
समाचार, समाज

अर्थमन्त्री पौडेललाई यातायात व्यवसायीको ध्यानाकर्षण पत्र

नेपालअखबार,बुटवल । ट्रक यातायात व्यवसायीहरूको समस्याका विषयलाई लिएर अर्थ  मन्त्री  विष्णुप्रसाद पौडेललाई ध्यानाकर्षण गराएको छ । पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलको कम्पनी अध्ययन समितिले अर्थ मन्त्री विष्णुप्रसाद पौडेललाई ध्यानाकर्षण पत्र बुझाएको हो। पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २४औँ वार्षिक साधारण सभाबाट बनेको कम्पनी अध्ययन कमिटीका संयोजक  पङ्कज राईले अर्थमन्त्री पौडेललाई ध्यानाकर्षण पत्र बुझाएका हुन्। उनले यातायात क्षेत्रका विभिन्न समस्याहरूलाई आगामी आर्थिक वर्षमा समाधान गर्न आग्रह गर्दे विभिन्न ४ बुद्धे ध्यानाकर्षण पत्र बुझाएको बताए। उनले यातायात क्षेत्रका कम्पनीहरू विशुद्ध व्यवसायमुलक भएको हुँदा कम्पनी दर्ता गर्ने र अद्यावधिक गर्ने व्यवस्था गर्नुपर्ने उल्लेख गर्दे उक्त सम्बन्धी केही समय अगाडी अदालतले समेत आदेश दिएको पनि उल्लेख गरेको बताए । कम्पनी ऐन केही दफाहर...
सप्तरीमा महायज्ञको मुख्य मण्डपमा आगलागी
समाचार, समाज

सप्तरीमा महायज्ञको मुख्य मण्डपमा आगलागी

नेपालअखबार,सप्तरी । सप्तरीको रुपनी गाउँपालिकास्थित औद्योगिक क्षेत्रमा आयोजना गरिएको महायज्ञको मुख्य मण्डपमा आगलागी भएको छ । २१ वैशाखदेखि सुरु नौ दिवसीय महायज्ञको अन्तिम दिन सोमबार साँझ मुख्य मण्डपमा आगलागी भएको हो । आगलागीबाट मण्डपसहित त्यहाँ राखिएका लत्ताकपडा, पूजाका सामग्री समेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । मण्डपमाथि टाँगिएको बिजुलीको तार सर्ट भएर आगलागी भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । आगोलाई राजविराज नगरपालिकाको बारुणयन्त्रको मद्दतमा निभाइएको थियो ।...
हावाहुरीले केराखेतीमा ५१ लाखको क्षति
कृषि, समाचार, समाज

हावाहुरीले केराखेतीमा ५१ लाखको क्षति

नेपालअखबार,बनियानी । झापाको बाह्रदशी गाउँपालिकामा वर्षासँगै आएको हावाहुरीले केराखेतीमा लाखौँको क्षति भएको छ । आइतबार साँझ वर्षासँगै आएको हावाहुरीले बाह्रदशी–७ स्थित बत्तीसबिघेमा स्थानीयवासीले ३० बिघामा लगाएको केराखेती पूर्ण रुपमा नष्ट हुँदा करिब रु ५१ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । हावाहुरीले बाह्रदशी–७ का १५ घरपरिवारले लगाएको केराको बोट ढलेको छ । इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट प्रहरी नायब निरीक्षक बलबहादुर राईको नेतृत्वमा खटिएको प्रहरी टोलीले आज स्थलगत अनुमगन गरी क्षतिको विवरण सङ्कलन गरेको प्रवक्ता खड्काले बताए । हावाहुरीले झापा मेचीनगर नगरपालिका–१५ गाइनाबारीस्थित मेचीनगर–१० धुलाबारीका कपिल क्षेत्रीलगायतले सामूहिक रुपमा सञ्चालन गरेको कामक्ष इण्डष्ट्रिज प्राइभेट लिमिटेड (प्लाई उद्योग) मा ...