Friday, April 24

समाज

रवि लामिछानेको अभियोग संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णयमा बारको विरोध
समाचार, समाज

रवि लामिछानेको अभियोग संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णयमा बारको विरोध

नेपालअखबार,काठमाडौँ । नेपाल बार एशोसिएशले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अभियोग संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयमा आपत्ति जनाएको छ। महान्यायाधिवक्ता कार्यालयले रविविरूद्धका सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुरको दाबी फिर्ता लिने निर्णय गरेपछि शुक्रबार बारका महासचिव वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाले विज्ञप्ति जारी गर्दै त्यस निर्णयको विरोध गरेका हुन्। ‘फौजदारी न्याय प्रणालीमा नै गम्भीर विचलन ल्याई कानुनको शासनको उल्लंघन भई कार्यकारीको स्वेच्छाचारितालाई बढावा दिने स्पष्ट छ,’ विज्ञप्तिमा भनिएको छ, ‘अपराधको राजनीतिकरण र राजनीतिको अपराधिकरणले दण्डहिनतालाई प्रश्रय दिई फौजदारी न्यायको आत्मा मार्ने भएकोले कानूनी शासनको प्रत्याभूतिका लागि उक्त निर्णयको विरोध गर्दछौं।’ त्यस्तै उक्त निर्णयलाई फिर्ता लिन पनि एशोसिएशनले माग राखेको छ। आजै सर्वोच्च अदा...
मध्यपहाडी लोकमार्गः ‘आर्क ब्रिज’ निर्माण सुरु
समाचार, समाज

मध्यपहाडी लोकमार्गः ‘आर्क ब्रिज’ निर्माण सुरु

नेपालअखबार,पर्वत । पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण सुरु भएको छ । राजमार्गको पर्वत खण्ड कालोपत्र सम्पन्न भएको तीन वर्षपछि पुल निर्माण सुरु भएको हो । पर्वतको मोदीगाउँपालिका–२ र पातिचौर–६ डिमुवा जोड्ने गरी पुल निर्माण सुरु भएको पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयले जनाएको छ । आयोजनाका इन्जिनियर कल्पना मिश्रका अनुसार पुल ६२ मिटर लामो र ११ मिटर चौडा हुनेछ । डबल स्पानको पुल निर्माणका लािग रु सात करोड ५० लाख विनियोजन भएको छ । उक्त मार्गअन्तर्गत हालसम्म पर्वतखण्डको तमादीखोला र बागलुङको काठेखोलामा पुल निर्माण भएका छन् । सुन्दरेखोला र मोदीखोलामा पनि निर्माण जारी छ । मोदीखोलाको पुल आगामी भदौ मसान्तभित्रमा सम्पन्न गरिसक्नुपर्ने छ । मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–कुश्मा सडकको तीन वर्ष पहिला नै दुई लेनको सडक स्तरोन्नति भ...
सडकमा बेवारिसे कुकुर जब अमेरिका पुग्यो
समाचार, समाज

सडकमा बेवारिसे कुकुर जब अमेरिका पुग्यो

नेपालअखबार,काठमाडौं ।  केही महिनाअघि अमेरिकन आमाछोरी भरतपुरको होटल ग्लोबल परिसरमा बसिरहेका थिए। एकदिन छाडा छोडिएको एउटा कुकुर उनीहरू नजिकै पुग्यो। पाहुनालाई कुकुरले टोक्ला भनेर सुरक्षा गार्ड दगुर्दै त्यहाँ आइपुगे। हतारिँदै चोट लाग्ने गरी लखेटे। त्यो देखेर ती आमाछोरीलाई नरमाइलो लाग्यो। दुवैका आँखा रसाए। उनीहरूले भगाइसकेको कुकुर खोज्न सुरक्षा गार्डलाई आग्रह गरे। सोही अनुरोधअनुसार सुरक्षा गार्डले भागेको कुकुर खोजेर ल्याइदिए। आमाछोरीले कुकुरलाई सुमसुम्याउँदै माया गरेँ। माया मात्रै गरेनन्, सोही कुकुरलाई आफ्नो देश अमेरिका लिन निधो गरे। ती विदेशी पाहुनालाई व्यवस्थापनमा सहयोग पुर्‍याएका विनोद ढकालले उक्त कुकुर यसै साता अमेरिका पुगेको बताए। उनका अनुसार अमेरिकी नागरिक ५० वर्षीया चन्दा रेनेग्रेगर र उनकी १६ वर्षीया छोरी म्याडिसनले लखेटिएको कुकुरलाई प्रक्रिया मिलाएर अमेरिका लगेका हुन्। ‘कुकुरल...
माघी पर्वले जातीय सद्‍भाव कायम गर्न मद्दत गर्छ : राष्ट्रपति
समाचार, समाज

माघी पर्वले जातीय सद्‍भाव कायम गर्न मद्दत गर्छ : राष्ट्रपति

नेपालअखबार,काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले माघे सङ्क्रान्ति जस्ता पर्वले सम्पूर्ण नेपालीबीच बन्धुत्व, आपसी मेलमिलाप र सहिष्णुताको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् । माघे सङ्क्रान्ति एवम् माघी पर्व, २०८२ का अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै उनले यस्तो विश्वास व्यक्त गरेका हुन् । राष्ट्रपति पौडेलले भनेका छन्, “माघे सङ्क्रान्ति जस्ता पर्वले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा जातीय सद्भाव, विविधताको सम्मान र राष्ट्रिय एकता प्रवर्द्धनमा योगदान पुर्‍याउनाका साथै सम्पूर्ण नेपालीबीच बन्धुत्व, आपसी मेलमिलाप र सहिष्णुताको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास लिएको छु ।” माघे सङ्क्रान्ति वा मकर सङ्क्रान्ति पर्वलाई नेपालका विभिन्न जातज...
ऐतिहासिक ढुङ्गेसाँघु–माघेसङ्क्रान्ति मेलाको सांस्कृतिक विरासत
धर्म/संस्कृति, समाचार, समाज

ऐतिहासिक ढुङ्गेसाँघु–माघेसङ्क्रान्ति मेलाको सांस्कृतिक विरासत

नेपालअखबार,पोखरा । “ढुङ्गे साँघुको मेलामा... भेट भएको बेलामा” देउराली ब्याण्डको यो कालजयी लोकपप गीतले धेरैलाई ‘नोस्टाल्जिक’ बनाउँछ । तर यो गीतका शब्दमा मात्र सीमित छैन, पोखरा महानगरपालिका–१७ महतगौँडास्थित सेती नदीको किनारमा रहेको ढुङ्गेसाँघुले पोखराको आदिम इतिहास, भूगोल र धार्मिक आस्थाको एक विशाल कालखण्ड पनि बोकेको छ । हरेक वर्ष माघ १ गते लाग्ने माघेसङ्क्रान्ति मेला यहाँको केवल उत्सव मात्र होइन यो त पुर्खाको सभ्यता र प्रकृतिको अद्भुत ‘इन्जिनियरिङ’को कला पनि हो । सेती नदीको गहिरो खोँचमाथि एउटै विशाल शिलामा प्राकृतिक रूपमा तेर्सिएर बनेको यो साँघु मानवीय श्रमबिनै निर्मित एक अद्भुत सेतु हो । आधुनिक सिमेन्ट र फलामे पुलहरू बन्नुअघि निर्मलपोखरी, भरतपोखरी र कास्कीका दक्षिणी भेगका बासिन्दाका लागि पोखरा बजार छिर्ने मुख्य गौँडाका रुपमा यो परिचित थियो । यसले पोखरा महानगरपालिका वडा नं १५ र १७ लाई...
गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ
विश्व, समाचार, समाज

गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ

नेपालअखबार,काठमाडाैँ ।  गत अक्टोबरको युद्धविराम पछि गाजा पट्टीमा इजरायली ड्रोन तथा हवाई आक्रमणका कारण एक सय भन्दा बढी बालबालिकाको मृत्यु भएको संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) ले जनाएको छ । युनिसेफका प्रवक्ता जेम्स एल्डरले संयुक्त राष्ट्रसङ्घको पत्रकारहरुसँगको नियमित साक्षात्कारमा ’अक्टोबरको सुरुमा भएको युद्धविराम पछि गाजामा एक सय भन्दा बढी बालबालिकाको मृत्यु भएको पुष्टि गर्दै त्यो युद्धविराम पछि हरेक दिन मारिने हरुमा लगभग एक जना बालबालिका रहेको जनाएका छन् । गाजा पट्टीमा इजरायली बमबारी निरन्तर चलिरहेको उल्लेख गर्दै उनले गाजामा मानव जीवन असहज बन्दै गहिरहेको बताएका छन् । मृत्यु भएका बालबालिकाहरुमा ६० जना केटाहरू र ४० केटीहरूको भएको उल्लेख गर्दै सबैको मृत्यु इजरायली सैन्य आक्रमणहरूको कारण भएको एल्डरले बताए । पछिल्लो आधिकारिक तथ्याङ्कका अनुसार सन् २०२३ अक्टोबर– ७ देखि गाजा पट्टीम...
सन् २०२५ मा जलवायु विपत्तिः पाँच हजारको मृत्यु, ३६० अर्ब डलर क्षति
विश्व, समाचार, समाज

सन् २०२५ मा जलवायु विपत्तिः पाँच हजारको मृत्यु, ३६० अर्ब डलर क्षति

नेपालअखबार,काठमाडौँ ।  विश्वव्यापी वातावरणीय प्रणालीमा भइरहेका परिवर्तनले सन् २०२५ मा बाढी, खडेरी र अत्यधिक तापक्रमलाई तीव्र बनाउँदा धेरै मानिसको ज्यान गएको र सयौँ अर्ब अमेरिकी डलर बराबरको क्षति भएको एक नयाँ प्रतिवेदनले जनाएको छ । अस्ट्रेलियन नेसनल युनिभर्सिटी (एएनयू) को नेतृत्वमा तयार गरिएको सन् २०२५ ग्लोबल वाटर मोनिटर प्रतिवेदन अनुसार निरन्तर तापवृद्धिले वातावरण, जमिन र महासागरबीच गहिरो परिवर्तन ल्याएको छ, जसले समाजमा गम्भीर असर पारेको एएनयूको विज्ञप्तिमा उल्लेख छ । प्रतिवेदनका अनुसार सन् २०२५ मा पानीसँग सम्बन्धित प्राकृतिक विपत्तिका कारण करिब पाँच हजार जनाको मृत्यु भएको छ भने झन्डै ८० लाख मानिस विस्थापित भएका छन् । यस्ता विपत्तिबाट भएको आर्थिक क्षति ३६० अर्ब अमेरिकी डलर नाघेको बताइएको छ । बाढी, उष्णकटिबन्धीय चक्रवात, खडेरी र डढेलोजस्ता विपत्तिले ठूलो क्षति पुर्‍याएका छन् । यी...
सयभन्दा साना भारु जति पनि नेपाल ल्याउन पाइने
अर्थतन्त्र, समाचार, समाज

सयभन्दा साना भारु जति पनि नेपाल ल्याउन पाइने

नेपालअखबार, काठमडौं । नेपाली र भारतीयले नेपालबाट भारतमा १ सयभन्दा साना दरका भारु नोट तथा सिक्का असीमित संख्यामा लैजान पाउने भएका छन् । सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै सानामात्र नभई २ सय र ५ सय दरका भारु पनि तोकिएको सीमाभित्र रहेर ल्याउन र लैजान सक्ने वयवस्था गरेको हो । सरकारले ठूला दरका भारु पनि नेपालमा प्रयोग गर्न सकिने निर्णय गरेसँगै त्यसलाई औपचारिकताका लागि राजपत्रमा सूचना प्रकाशित गरेको हो । त्यसभन्दा भारतले नेपाली नागरिकले २५ हजारसम्मका ठूला दरका नोट ल्याउन लैजान सक्ने व्यवस्था गरेसँगै नेपालले पनि ल्याउन सक्ने व्यवस्था गरेको हो । नेपाली र भारतीयले नेपालबाट भारतमा सुन, चाँदी वा मिश्रित चाँदीका नेपाली सिक्काबाहेक अन्य नेपाली र भारतीय सिक्का, करेन्सी नोट र बैंक नोट असीमित मात्रामा लैजान वा पठाउन सक्ने व्यवस्था राजपत्रमा उल्लेख छ । तर, भारतीय रुपैयाँ १ सयभन्दा ठूला दरका नोट र न...
तीन पुस्तादेखि टमाटरखेती : विदेशको विकल्प बनेको छ वीरेन्द्रको टमाटर व्यवसाय
कृषि, समाचार, समाज

तीन पुस्तादेखि टमाटरखेती : विदेशको विकल्प बनेको छ वीरेन्द्रको टमाटर व्यवसाय

नेपालअखबार, बाँके । “मेरा दुई छोराहरु सात लाख रुपैयाँ ऋण झिकेर विदेश गए । उनीहरुलाई त्यो ऋण तिर्न दुई वर्ष लाग्यो । मैले पनि सात लाख नै ऋण झिकेर टमाटरखेती गरेँ । दुई महिनामै टमाटर बिक्री गरेर सबै ऋण तिरीसकेँ,” बाँकेको खजुरागाउँपालिका–२, सि गाउँका किसान वीरेन्द्रप्रसाद मुराउ भन्छन्, “तर मेरा छोराहरुले अझै ऋण तिर्दैछन् ।” वीरेन्द्रको यो भनाइले वैदेशिक रोजगारी र स्वदेशमै गरिएको व्यावसायिक कृषि बीचको आर्थिक अन्तर स्पष्ट देखाउँछ । तीन पुस्तादेखि निरन्तर टमाटरखेती गर्दै आएको मुराउ परिवारले आज आधुनिक प्रणाली अपनाएर खेतीलाई आम्दानीको बलियो आधार बनाएको छ । वीरेन्द्रले यस वर्ष चार बिघा जग्गामा व्यावसायिक रुपमा टमाटरखेती गरे । उनका अनुसार यसका लागि प्रारम्भिक लगानी करिब सात लाख रुपैयाँ पुगेको छ । “बीउ, मल, प्लास्टिक, सिँचाइ, मजदुरी र विषादीमा लगानी हुन्छ,” उनले भने, “तर बजार राम्रो भयो भने दुई–...
रौतहटमा धान उत्पादन घट्यो
कृषि, समाचार, समाज

रौतहटमा धान उत्पादन घट्यो

नेपालअखबार,रौतहट । गत १७ देखि १९ असोजसम्म आएको अविरल वर्षापछिको बाढीले रौतहटमा गत वर्षको तुलनामा यस वर्ष धान उत्पादन घटेको छ । भित्र्याउने बेलाको धान बालीमा वर्षाको बाढी पसेपछि रौतहटमा धानको उत्पादन घटेको हो । गत वर्षको तुलनामा यस वर्ष रौतहटमा कुल २१ हजार ५७८ मेट्रिकटन धान उत्पादन घटेको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख सुरेन्द्रप्रसाद कुर्मीले जानकारी दिए । उनका अनुसार गत वर्ष जिल्लामा एक लाख १६ हजार ७०८ मेट्रिकटन धान उत्पादन भएकामा यस वर्ष ९५ हजार १३० मेट्रिकटन उत्पादन भएको छ । यस वर्ष जिल्लामा ३१ हजार ५०० हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो भने प्रतिहेक्टर उत्पादन ३ दशमलव ०२ मेट्रिकटन रहेको निमित्त प्रमुख कुर्मीले जानकारी दिए । गत वर्ष रौतहटमा ३५ हजार आठ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो । प्रतिहेक्टर उत्पादन ३ दशमलव २६ रहेको थियो । गत वर्षको तुलनामा यस वर्ष प्रतिहेक्टर ...