Saturday, August 8

समाज

जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण
समाचार, समाज

जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण

नेपालअखबार,जुम्ला  । जुम्लाको तातोपानी गाउँपालिका–६ स्थित धौलापानीमा रु ५७ लाख ६१ हजार लागतमा लिफ्ट सिँचाइ आयोजना निर्माण सम्पन्न भएको छ । कृषिका माध्यमबाट किसानको आयआर्जन वृद्धि गर्ने लक्ष्यसहित उक्त आयोजना निर्माण गरिएको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले जानकारी दिए । कृषि खाद्य प्रणालीका लागि नवीकरणीय ऊर्जा (रेरास) परियोजनाको सहयोग र गाउँपालिकाको समन्वयमा पचास घनमिटरको रिजर्भ ट्याङ्की र दुईवटा १० घनमिटरका सहायक ट्याङ्की निर्माण गरिएको छ । लिफ्ट सिँचाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष लक्ष्मीचन्द्र विष्टका अनुसार  आयोजनाबाट वडाका ३५ परिवार लाभान्वित भएका छन् ।...
मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदै
समाचार, समाज

मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदै

नेपालअखबार,म्याग्दी।  १३ किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ। मालढुङ्गा–बेनी सडक स्तरोन्नति आयोजनाका इञ्जिनियर विष्णु चापागाईंले मालढुङ्गातर्फदेखि जलजला गाउँपालिका–८ नाग्लीवाङको फर्सेसम्म पाँच किलोमिटर २०० मिटर कालोपत्र भएको, केराबारी–मिलनचोक–लामाखेत खण्डमा थप पाँच किलोमिटर कालोपत्र गर्ने तयारी भएको जानकारी दिए। करिब दुई किलोमिटर ढलान पनि गरिएको छ। चार वर्षअघि ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता गरेर थालिएको स्तरोन्नति नदीजन्य निर्माण सामग्रीको अभावका कारण निर्धारित समयमा पूरा हुन नसकेको उनले बताए। पर्वतबेनी, मिलनचोक र लस्ती बजार क्षेत्रमा सडकको क्षेत्राधिकारमा पर्ने घरटहरा भत्काउन ढिलाइ हुँदा निर्माण प्रभावित भएको थियो।हालसम्म यो सडकको भौतिक प्रगति ७० प्रतिशत भएको छ। मोहनचोक–लामाखेत–पर्वतबेनी, केराबारी–मिलनचोक खण्डको पाँच किलो...
‘शिक्षकको आन्दोलन, शिक्षा ऐन भन्छन्, हामी त बच्चा पढाउन भारत जानुपर्छ!’
शिक्षा, समाचार, समाज

‘शिक्षकको आन्दोलन, शिक्षा ऐन भन्छन्, हामी त बच्चा पढाउन भारत जानुपर्छ!’

नेपालअखबार,इलाम । वैशाख लागेसँगै विद्यालयमा विद्यार्थी भर्ना अभियान चल्नुपर्ने हो। तर, देशभरका विद्यालय बन्द गरेर शिक्षकहरू आन्दोलनमा छन्। सरकारले माग सम्बोधन गरेपछि शिक्षकहरू फर्केलान्, विद्यालय खुला र विद्यार्थीको भर्ना होला। तर, इलामका उत्तरी भेगका अभिभावकलाई त्यति पनि आशा छैन। आफ्नो ठाउँमा विद्यालय नै नभएपछि उनीहरूलाई आन्दोलनको चासोभन्दा पनि बालबच्चा कहाँ पढाउने भन्ने चिन्ताले पिरोलेको छ। ‘शिक्षकको आन्दोलन भन्छन्, शिक्षा ऐन भन्छन्। हामी त बच्चा पढाउन भारत जानुपर्छ!, माइजोगमाई गाउँपालिका–५ मेग्माकी नुमा शेर्पाले भनिन्, ‘गाउँमा एउटा विद्यालय छैन। अर्काको देशमा बच्चा पढाउन पठाउँदाको पीर कसैले बुझेनन्।’ उनी मात्रै होइन उत्तरी इलामका लेकाली भेगका अधिकांश अभिभावकले बालबच्चा भारतको विभिन्न विद्यालयमा पढाउनुपर्ने बाध्यता छ। यहाँका जौबारी, तुम्लिङ, मेग्मा, आलेभञ्ज्याङ, नुनथला, इङ्ला, गैरीबास...
राष्ट्रिय मानव अधिकार आयोगले शिक्षकको माग वार्ताबाट समाधान गर्न आग्रह
शिक्षा, समाचार, समाज

राष्ट्रिय मानव अधिकार आयोगले शिक्षकको माग वार्ताबाट समाधान गर्न आग्रह

नेपालअखबार,काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले शिक्षकको माग वार्ताबाट समाधान गर्न आग्रह गरेको छ । आयोगले आज विज्ञप्ति जारी गरेर वार्ताबाट समाधान गर्न भनेको हो । ‘आन्दोलन लम्बिँदै गएमा एसईई परीक्षाको नतिजा, कक्षा १२ को परीक्षा र बालवालिकाको भर्ना अभियान समेत प्रभावित हुने देखिएको छ,’ आयोगले भनेको छ, ‘साथै, आन्दोलनका कारण माइतीघर क्षेत्रमा विगत तेह्र दिनदेखि सहज आवागमनमा समेत अवरोध सिर्जना भएको अनुगमनवाट पाइएको छ ।’ मागहरू सम्बोधन गराउन आन्दोलन नै गर्नुपर्ने वातावरणको सिर्जना हुनु चिन्ताको विषय विषय भएको आयोगको ठहर छ । ‘विद्यालयका शिक्षकशिक्षिकाहरूले आफ्नो वृत्तिविकासका साथै संस्थागत हकहितका लागि माग राख्नु, विचार व्यक्त गर्नु, शान्तिपूर्ण प्रदर्शन गर्नु मानव अधिकारको मूल्य मान्यता अनुकुल नै हुन्छ,’ आयोगको विज्ञप्तिमा भनिएको छ, ‘तर आफ्ना मागहरु सम्बोधन गराउन आन्दोलन नै गर्नुपर्न...
नेपाल इन्जिनियरिङ कलेजमा पूर्वविद्यार्थीहरुको जमघट हुँदै
शिक्षा, समाचार, समाज

नेपाल इन्जिनियरिङ कलेजमा पूर्वविद्यार्थीहरुको जमघट हुँदै

नेपालअखबार,काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज (नेक)बाट उच्च शिक्षा लिएका पूर्वविद्यार्थीहरुको जमघट हुने भएको छ । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित नेकले आफ्ना पूर्वविद्यार्थीहरुको जमघट गराउने जमर्को गरेको हो । कलेजले यही बैशाख ६ गते पूर्व विद्यार्थीहरुको भेला तथा नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम पनि राखेको जनाएको छ । कलेजबाट आफ्नो अध्ययन पुरागरी विभिन्न पेशागत तथा सामाजिक क्षेत्रमा क्रियाशिल कलेजका पूर्वविद्यार्थी विच आपसी समन्वय, सहकार्य र मित्रता कायम गराउन ‘नेक अल्मुनाई मिट’ कार्यक्रम गर्न लागेको कलेजका मिडिया रिलेसन अफिसर तथा असिस्टेन्ट प्रोफेसर आशिष झाले बताउनु भयो । ‘नेक अल्मुनाई मिट’ मा कलेजका पूर्वविद्यार्थीहरुले कलेज जीवनको स्मरण गर्ने, एकापसमा व्यवसायिक र व्यक्तिगत अनुभव साटासाट गर्ने तथा कलेजको समग्र उन्नयनका लागि कसरी सहकार्य गर्ने भन्ने ...
सहकारी,लघुवित्त र मिटरब्याजी पीडितले एउटै स्वरमा भनेः ओली सरकारको दिनगन्ति शुरु
समाचार, समाज

सहकारी,लघुवित्त र मिटरब्याजी पीडितले एउटै स्वरमा भनेः ओली सरकारको दिनगन्ति शुरु

नेपालअखबार,काठमाडौं । वित्तिय पीडितहरुले आफूहरुका शान्तिपूर्ण आवाजहरुलाई सम्बोधन गर्नुको सट्टा बन्दुकको बलमा दमन गरेको भन्दै अक्रोष व्यक्त गरेका छन् । मंगलबार काठमाडौंको संवाद डबलीमा आयोजित कार्यक्रममा ओली सरकारको दिनगन्ति शुरु भएको भन्दै सुनुवाई नगरे अफूहरुपनि प्रतिबादमा उत्रनेसमेत चेतावनी दिएका छन् । ‘सहकारी, लघुवित्त तथा वित्तिय समस्या समाधान संयुक्त राष्ट्रिय अभियान महासंघ’द्वारा आयोजित कार्यक्रममा लघुवित्त तथा वित्तिय शोषण विरुद्धको संघर्ष समिति नेपालका अध्यक्ष मनिराम ज्ञवालीले ४० महिनादेखिको शान्तिपूर्ण आन्दोलनलाई सरकार र राजनीतिक दलहरुले कमजोरीको रुपमा नलिन चेतावनी दिए । ज्ञवालीले आफ्नो अधिकारका लागि लड्ने जनताले कहिलै पनि हारेको इतिहास नभएको बताउँदै भने,“आफ्नो अधिकार र न्यायको लागि मानव समाजको उत्पतिदेखि आजसम्म भएका कुनै पनि लडाइँमा बहुसंख्यक उत्पीडितहरु पराजित छैनन् भने हाम्रो ...
बूढीगण्डकी प्रभावितका लागि मुआब्जा निर्धारण
प्रशासन, समाचार, समाज

बूढीगण्डकी प्रभावितका लागि मुआब्जा निर्धारण

नेपालअखबार,गोरखा। बूढीगण्डकी जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका बासिन्दाका लागि मुआब्जा निर्धारण गरिएको छ । चुमनुब्री गाउँपालिकाका जनप्रतिनिधि, प्रवर्द्धक कम्पनी साहस ऊर्जाका प्रतिनिधि र स्थानीयको सहभागितामा मुआब्जा निर्धारण गरिएको हो । साहस ऊर्जाका प्रबन्ध निर्देशक हिम पाठकका अनुसार बाँध निर्माणस्थल रहेको वडा नं ३ को सल्लेरीका बस्ती क्षेत्रमा रहेका जग्गाको प्रतिआना ३ लाख कायम गरिएको छ । ‘चार आनाभन्दा कम जग्गा हुनेको हकमा भने प्रतिआना रु चार लाख र बस्तीभन्दा बाहिर प्रतिआना रु एक लाख ५० हजार मुआब्कजा निर्धारण भएको छ।’ उनका अनुसार करिब ८० रोपनीको मुआब्जा दिनुपर्ने आकलन गरिएको छ । उक्त भेलाले घरको मूल्याङ्कन भने गरेको छैन। गाउँपालिकाका प्राविधिकले तयार गरेको प्रतिवेदनका आधारमा घरको मुआब्जा निर्धारण हुने उनले पाठकले जानकारी दिए । आयोजनाबाट २६ घरधुरी विस्थापित हुने भएका छन्। वि...
शिक्षक महासंघले गर्‍यो आग्रह कक्षा १२ को परीक्षामा संलग्न नहुन
शिक्षा, समाचार, समाज

शिक्षक महासंघले गर्‍यो आग्रह कक्षा १२ को परीक्षामा संलग्न नहुन

नेपालअखबार,काठमाडौँ । आन्दोलनरत नेपाल शिक्षक महासंघले वैशाख ११ गतेबाट हुने कक्षा १२ को परीक्षामा संलग्न नहुन केन्द्राध्यक्ष, निरीक्षक लगायत प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीहरूलाई आग्रह गरेको छ। महासंघले सोमबार विज्ञप्तिमार्फत् चैत २० गतेदेखि काठमाडौं केन्द्रित शैक्षिक सडक आन्दोलन जारी रहेको भन्दै यो अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, प्रवेश परीक्षा, विद्यार्थी भर्ना, तालिम, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन भनेको छ। ‘२०८२ वैशाख ११ गतेबाट हुने कक्षा १२ को परीक्षामा समेत केन्द्राध्यक्ष, निरीक्षक लगायत कुनै पनि काममा संलग्न नहुनु हुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारी साथीहरुमा अपील गर्दछौं। शीघ्रातीशीघ्र शिक्षा ऐन जारी गराई विद्यालय शिक्षाको उचित व्यवस्थापन र गुणस्तर विकासका लागि गरिएको यस आन्दोलनलाई सहयोग तथा समर्थन गरी दिनुहुन विद्यार्थी...
छोरीको विवाह आइसक्यो, आफैले राखेको पैसा पनि दिँदैन सहकारीले!
अर्थ, समाचार, समाज

छोरीको विवाह आइसक्यो, आफैले राखेको पैसा पनि दिँदैन सहकारीले!

नेपालअखबार,लुम्बिनी (मर्चवार)। यही  वैशाख ५ गते छोरीको विवाहको तयारी गर्दैछिन्  ५५ वर्षीय मादिका लोनिया। तर उनको अनुहारमा खुसी छैन। श्री गौतमबुद्ध स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थामा संकलन गरेको छ लाख समयमै फिर्ता हुने छाँटकाँट नहुँदा उहाँ पीडा र चिन्तामा छिन्। सहकारी संस्थाको कार्यालयमा ताला लागेको झन्डै एक महिना बढी पुग्न लाग्दा, साना व्यवसायी, किसान, वृद्धवृद्धाको घरायसी जीवनमा आर्थिक समस्या भएको छ। कसैको छोरीको विवाह खर्चको जोहो छैन, कसैको नियमित औषधि छाडिएको छ, त कसैको आपत्कालीन खर्च अन्योलमा परेको छ। सम्मरीमाई गाउँपालिका–६ का नन्दलाल चौहानको पनि यस्तै पीडा छ। छोरीको विवाह यही वैशाखमै जुरेको छ । तर सहकारीमा राखेको पैसा फिर्ता नपाउँदा उनी पनि असहाय बनेकी छन्। ‘आवश्यकताका लागि बचत गरेका थियौँ, तर आफ्नै पैसा निकाल्न सकिएको छैन,’ उनले भनिन्। सोही वडामा नन्दलाल चौहानका पिता बुद्...
जाजरकोटमा लगातार भूकम्पको धक्का
समाचार, समाज

जाजरकोटमा लगातार भूकम्पको धक्का

नेपालअखबार,काठमाडौँ । पछिल्ला दिनमा जाजरकोट जिल्लाका विभिन्न स्थानलाई केन्द्रबिन्दु बनाएर लगातार भूकम्प गइरहेको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूगर्भविद् लोकविजय अधिकारीका अनुसार मंगलबार बिहान जाजरकोटको पैंकमा ४ः५३ बजे ४.४ म्याग्निच्युडको भूकम्प गएको छ। उनले सोमबार राति ९ बजेर ३१ मिनेट जाँदा पैंकमै ४.१ म्याग्निच्युडको को भूकम्प गएको बताए। कुशे गाउँपालिकाको पैंकलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पका कारण कुनै क्षति भए– नभएकाबारे कुनै विवरण भने प्राप्त भएको छैन। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गत चैत २१ गते साँझ (८.०७) र (८.१०) सोही स्थानलाई केन्द्रबिन्दु बनाएर दुई पटक भूकम्प गएको थियो। पहिलो भूकम्प ५.२ र दोस्रो भूकम्प ५.५ म्याग्निच्युडका थिए । सो भूकम्पका कारण केही घरमा सामान्य क्षति पुगेको थियो। यस्तै, गत चैत २० गते दार्चुलामा ...