खडेरी लक्षित उत्तर कोरियाको सुक्खा धान अभियान
नेपालअखबार, प्योङयाङ । उत्तर कोरियाले परम्परागत पानीमा डुबाइने धानखेतीको विकल्पका रूपमा सुक्खा खेतमा धान उत्पादनलाई तीव्रता दिएको छ । राज्य सञ्चारमाध्यमले यसलाई कृषि उत्पादन बढाउने प्रयासका रूपमा प्रस्तुत गरे पनि विज्ञहरूले यसलाई देशमा बढ्दो खडेरी र खाद्य असुरक्षाको गम्भीर सङ्केतका रूपमा व्याख्या गरेका छन् ।
आणविक हतियार सम्पन्न उत्तर कोरिया लामो समयदेखि अन्तर्राष्ट्रिय प्रतिबन्ध, राज्य–नियन्त्रित अर्थतन्त्र र निरन्तर खाद्यान्न अभावको समस्यासँग जुध्दै आएको छ । विगतका वर्षहरूमा प्राकृतिक विपद् र कमजोर कृषि संरचनाले पनि खाद्य उत्पादनमा असर पार्दै आएको छ ।
संयुक्त राष्ट्रसङ्घका उत्तर कोरियासम्बन्धी मानव अधिकार विशेष प्रतिवेदक एलिजाबेथ साल्मोनले फेब्रुअरीमा देशमा खाद्यान्न अभाव प्रमुख मानवीय चुनौती बनेको बताएकी थिएन् । उनका अनुसार पर्याप्त खाद्य उपलब्ध नहुनुले सर्वसाधारणको जीवनमा प्रत...










