Thursday, September 10

समाज

माटोको ढिस्कोले पुर्दा १३ वर्षीय बालकको मृत्यु, अर्का घाइते
समाचार, समाज

माटोको ढिस्कोले पुर्दा १३ वर्षीय बालकको मृत्यु, अर्का घाइते

नेपालअखबार,दाङ । दाङमा माटोको ढिस्कोले पुर्दा १३ वर्षीय बालकको मृत्यु भएको छ। अर्का किशोर घाइते छन् । माटोको ढिस्कोले पुर्दा जिल्लाको राजपुर गाउँपालिका–२ पिपल डाँडाका १३ वर्षीय दीपेश चौधरीको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी डा. हेमबहादुर केसीले जानकारी दिए। त्यो घटनामा परी १८ वर्षीय सुमित यादव घाइते छन्। उनी खतरा मुक्त रहेको डिएसपी केसीले बताए। शनिबार राति ९ बजेतिर  बेलास्थित दुर्गा सामुदायिक वन भित्र ट्याक्टरसहित लुकिछिपी माटो लिन भनेर  गएका मध्य एक जना बाललको  माथिबाट झरेको माटोको ढिस्कोले पुरेपछि मृत्यु भएको प्रहरीले जनाएको छ। डिएसपी केसीका अनुसार ट्याक्टर चालक स्थानीय २८ वर्षीय रामप्रताप यादवलाई प्रहरीले मध्य राति नियन्त्रणमा लिएको थियो । इलाका प्रहरी कार्यालय गढवाका अनुसार ढिस्कोले पुर्दा अचेत अवस्थामा उद्धार गरि लमही अस्पताल पुर्‍याउना साथ चिकित्सकले चेकजाँ...
फ्रान्स र स्पेनमा भीषण डढेलो, साढे २ लाखभन्दा बढी मानिस विस्थापित
विदेश, समाचार, समाज

फ्रान्स र स्पेनमा भीषण डढेलो, साढे २ लाखभन्दा बढी मानिस विस्थापित

नेपालअखबार,काठमाडौं । फ्रान्स र स्पेनमा नियन्त्रणबाहिर फैलिएको भीषण डढेलोका कारण दुवै देशमा २ लाख ५० हजारभन्दा बढी मानिस घर छाड्न बाध्य भएका छन्। लगातारको गर्मी, जलवायु परिवर्तन र तीव्र हावाका कारण आगो झन् तीव्र बनेपछि उद्धार र नियन्त्रणका प्रयासहरू चुनौतीपूर्ण बनेका छन्। स्पेनमा करिब ७० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने फ्रान्समा १ लाख ९७ हजार मानिस विस्थापित भएका छन्। तीमध्ये ठूलो संख्या दक्षिणपश्चिमी वाइन उत्पादनका लागि प्रसिद्ध बोर्डो क्षेत्रका बासिन्दा हुन्। डढेलोको गम्भीर अवस्थालाई मध्यनजर गर्दै स्पेनले इतिहासमै पहिलोपटक डढेलोकै कारण राष्ट्रिय आपतकाल घोषणा गरेको छ। उता फ्रान्सका गृहमन्त्री लरेन्ट नुनेजले यसलाई सम्भवतः देशको शान्तिकालकै सबैभन्दा ठूलो सामूहिक विस्थापन भनेका छन्। दुवै देशमा सयौं अग्निनियन्त्रक आगो नियन्त्रणमा खटिए पनि डढेलो रोक्न सफल भएका छै...
पहिरोले पुरिए गोठाला गएका दुई महिला
समाचार, समाज

पहिरोले पुरिए गोठाला गएका दुई महिला

नेपालअखबार, रोल्पा । रोल्पामा गाईवस्तु चराउन गएका दुई महिला शनिबार दिउँसो झरेको पहिरोले पुरिएका छन्। सुनछहरी गाउँपालिका–१ का सेरमस्थित दवाङ लेकमार्गमा गाई बाख्रा चराउन गएका स्थानीय दुई महिला पहिरोले पुरिएर बेपत्ता छन्। दिउँसो सवा १ बजेतिर दुई महिला सहित वस्तु चौपायालाई पहिरोले पुर्दा बेपत्ता भएकोबारे दिउँसो साढे २ बजेतिर वडाध्यक्ष महाविर राना मगरले स्थानीय प्रहरीलाई खबर गरेका थिए। त्यसपछि इलाका प्रहरी कार्यालय पोवाङबाट प्रहरी वरिष्ठ नायब निरीक्षक सुबिन शाहको नेतृत्वमा २५ किलोमिटर टाढाको  घटनास्थलमा प्रहरी टोली सवा ४ बजेतिर पुगेको थियो। इप्रका सुलिचौरबाट प्रहरी निरीक्षक अनिलकुमार चौधरी नेतृत्वको टोली पनि घटनास्थलतर्फ लागेको छ। हालसम्मको अनुसन्धानबाट दुई जना महिला पहिरोमा पुरिए बेपत्ता भएको खुले पनि वस्तु चौपाया कति परे भन्ने खुलेको छैन।  बेपत्ताहरूको खोजी कार्य जारी छ।...
प्रेस स्वतन्त्रताको पक्षमा काठमाडौंमा पत्रकार महासंघको प्रदर्शन
समाचार, समाज

प्रेस स्वतन्त्रताको पक्षमा काठमाडौंमा पत्रकार महासंघको प्रदर्शन

नेपालअखबार,काठमाडौं । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा हुनुपर्ने भन्दै नेपाल पत्रकार महासंघले काठमाडौंमा प्रदर्शन गरेको छ । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समिति र मातहतका काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला शाखाको आयोजनामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, सञ्चार जगतका अत्यावश्यक मागहरुको सम्बोधन, सञ्चारगृहहरुको सुरक्षा र नागरिक अधिकार रक्षा लागि भन्दै शनिबार काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कायम गर, समानुपातीक बिज्ञापन नीति तुरुन्त लागू गर, प्रेस स्वतन्त्रता कुनै सुविधा होइन, मौलिक अधिकार हो लगाएत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । महासंघका उपाध्यक्ष नितु पण्डितले दुई–तिहाइको बलियो सरकार बनेपछि प्रेस जगत्लाई अझ सशक्त र व्यवस्थित बनाउने अपेक्षा रहेपनि, राज्यको संरक्षणमा मिडियालाई प्रोत्साहन गर्नुको...
स्तनपान गराउने आमाको सङ्ख्या घट्दै
समाचार, समाज

स्तनपान गराउने आमाको सङ्ख्या घट्दै

नेपालअखबार, काठमाडौँ । पछिल्लो तथ्याङ्क अनुसार स्तनपान गराउने आमाको सङ्ख्या घट्दै गएको छ । नेपाल जनसाङ्ख्यिकी स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार ६ महिनासम्म पूर्ण स्तनपान गराउने दर ५६ प्रतिशतमा सीमित भएको हो । शिशु जन्मिएलगत्तै पहिलो घन्टाभित्र आमाको दुध खुवाउने दर पनि घटेर ५६ प्रतिशतमा झरेको छ । खासगरी निजी अस्पतालहरूमा शल्यक्रिया (सिजरियन) मार्फत बच्चा जन्माउने क्रम बढ्नु र शल्यक्रियापछिको दुखाइ कम गर्ने बहानामा आमा र नवजात शिशुलाई छुट्टाछुट्टै राखेर उपचार गर्ने गलत अभ्यास लगायतका कारणले सन् २०१६ को तुलनामा स्तनपानको अवस्था खस्कँदै गएको पोषणविद्हरू बताउँछन् । शिशुको लागि आमाको दुध अमृत समान मानिन्छ । तथ्याङ्क अनुसार सन् १९९६ मा पूर्ण स्तनपान गराउने आमाको सङ्ख्या ७५ प्रतिशत थियो । सन् २००१ मा यो ६८ प्रतिशतमा झरेको थियो । यो सङ्ख्या सन् २००६ मा ५३ प्रतिशत हुँदै सन् २०११ मा ७० प्रतिशत पु...
मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु, बाबु-आमा घाइते
समाचार, समाज

मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु, बाबु-आमा घाइते

नेपालअखबार, मुगु ।  मुगुमा  घरमाथि पहिरो खस्दा एक जना बालकको मृत्यु भएको छ भने उनका बुवा र आमा घाइते भएका छन्। सुतिरहेको समयमा शनिबार बिहान ४ बजेतिर जिल्लाको मुगम कार्मारोङ गाउँपालिका – ५ पुलु बजारमा घरमाथि बाट झरेको पहिरोले छायाँनाथ रारा नगरपालिका –१३ तिर्पका ३ वर्षीय रमेश बडुवाल च्यापिएका थिए। जिल्ला प्रहरी प्रमुख डिएसपी बिराज थपलियाका अनुसार प्रहरी चौकी डोल्फुबाट प्रहरी नायब निरीक्षक वीरबहादुर चन्दको नेतृत्वमा खटिएको टोलीले बालकको उद्धार गरी पुलु स्वास्थ्य चौकीमा पुर्‍याएको थियो। उनको उपचारका क्रममा बिहान पौने ५ बजे मृत्यु भएको डिएसपी थपलियाले बताए। पहिरोमा परी  रमेशका बुवा ३२ वर्षीय जगन्नाथ बडुवाल र आमा २७ वर्षीया सृजना बडुवाल घाइते छन्। उनीहरुको  अवस्था सामान्य रहेको तथा पुलु स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। उनीहरू आफै स्वास्थ्य चौकी पुगेका थिए। प्रहरीक...
कैलालीमा एकैदिन लागुऔषधसहित १५ जना पक्राउ
अपराध, समाचार, समाज

कैलालीमा एकैदिन लागुऔषधसहित १५ जना पक्राउ

नेपालअखबार, धनगढी । कैलालीमा प्रहरीले एकैदिन लागुऔषधसहित १५ जनालाई पक्राउ गरेको छ । शुक्रबार जिल्लाका विभिन्न स्थानमा गरिएको अप्रेसनका क्रममा खैरो हेरोइन र गाँजासहित १५ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कैलारी गाउँपालिका–५ गोबरैला घाटबाट ४४७ मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ र नगद  ११ हजार पाँच सयसहित २३ वर्षीय अमन चौधरी र भजनी-९ का २७ वर्षीय निराजन चौधरी पक्राउ गरिएको छ । उनीहरूलाई इलाका प्रहरी कार्यालय हसुलियाको टोलीले नियन्त्रणमा लिएको हो । यस्तै, मोहन्याल गाउँपालिका–७ पितमारीस्थित कर्णाली एडभेन्चर रिसोर्टबाट १२० मिलिग्राम खैरो हेरोइनसहित स्थानीय २३ वर्षीय विनोद बिष्ट र कालिकोट रास्कोट–४ घर भई हाल लम्कीचुहा–३ बस्दै आएका २५ वर्षीय गोविन्द्र शाही पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका-८ क्याम्पस चोकस्थित एक कोठाबाट ४ ग्राम ३२३ मिलिग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ ...
निहारिका र बिनुलाई हाजिरी जमानीमा छाडियो
समाचार, समाज

निहारिका र बिनुलाई हाजिरी जमानीमा छाडियो

नेपालअखबार, काठमाडौं । प्रहरी हिरासतमा रहेका निहारिका राजपुत र बिनु यादवलाई हाजिरी जमानीमा छाडिएको छ । तीन दिनदेखि प्रहरी हिरासतमा रहेका उनीहरूलाई प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवन कुमार भट्टराईका अनुसार, केहीबेर अघि उनीहरूलाई हाजिरी जमानीमा छाडिएको हो । उनीहरूविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद लिएर प्रहरीले उनीहरूमाथि अनुसन्धान अघि बढाइएको थियो । उनीहरू गत बुधबार सिंहदरबार गेट अगाडिबाट पक्राउ परेका थिए । झरीमा रुझ्दै उनीहरू न्याय माग्दै र गृहमन्त्रीलाई भेट्न भन्दै सिंहदरबार पुगेका थिए । तर प्रहरीले उनीहरूलाई सिंहदरबार पस्न नदिइ रोकेको थियो । त्यसपछि गेट अगाडि सडकमै उनीहरू धर्ना बसेका थिए । आवत जावत नै अवरुद्ध...
बिनु र निहारिका राजपुतमाथि प्रहरीले चलायो मुद्दा
समाचार, समाज

बिनु र निहारिका राजपुतमाथि प्रहरीले चलायो मुद्दा

नेपालअखबार,काठमाडौं । बालुवाटारस्थित प्रधानमन्त्री निवासअगाडि प्रदर्शन गर्न गएका बिनु यादव र निहारिका राजपुतमाथि प्रहरीले मुद्दा चलाएको छ। बिनु र निहारिकालाई बिहीबार प्रहरीले बालुवाटारबाट नियन्त्रणमा लिएको थियो। दुवै जनाविरूद्ध सार्वजनिक शान्ति विरूद्धको कसुरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिए। निषेधित क्षेत्रमा प्रदर्शन र हुलहुज्जत गरेपछि उनीहरूलाई पक्राउ गरी मुद्दा चलाइएको एसपी भट्टराईले जानकारी दिए। बिहीबार नै उनीहरूलाई अदालतमा उपस्थित गराइएको थियो। अदालतबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान अगाडि बढाइएको एसपी भट्टराईले बताए। पक्राउ परेका उनीहरूलाई हाल प्रहरी वृत मालिगाउँमा राखिएको छ। यसअघि बिनु यादव  सिंहदरवामा धर्ना बसिरहेकी थिइन्। एक सातासम्म आफ्ना मागहरू सम्वोधन नभएको भन्दै बिहीबार उनी बालुवाटार पुगेकी ...
फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
विदेश, समाचार, समाज

फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध

नेपालअखबार,काठमाडौं । फ्रान्सले १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने पक्षमा मतदान गरेको राष्ट्रपति इमानुएल म्याक्रोनले बताएका छन् । सामाजिक सञ्जाल एक्समार्फत राष्ट्रपति इमानुएल म्याक्रोनले सांसदहरूलाई उनीहरूको समर्थनका लागि धन्यवाद दिँदै आफू यस विषयमा प्रतिबद्ध रहेको बताएका छन् । उनले छिट्टै यो निर्णयको कार्यान्वयन गरी १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने उल्लेख गरेका छन् । यो संवैधानिक परिषद्को निर्णयमा निर्भर रहने र आफ्ना बच्चाहरूलाई अनलाइनको असुरक्षाबाट जोगाउन सबैलाई आग्रह गरेका छन् । सिएनएनका अनुसार यो निर्णयसँगै फ्रान्स सामाजिक सञ्जालमा उमेर प्रतिबन्ध लगाउने युरोपेली सङ्घको पहिलो देश हुनेछ । यसअघि जुन महिनामा बेलायतले १६ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । पूर्व प्रधानमन...