Tuesday, August 11

समाज

शताब्दी पुरानो झोलुङ्गे पुल मर्मतसम्भार
समाचार, समाज

शताब्दी पुरानो झोलुङ्गे पुल मर्मतसम्भार

नेपालअखबार,म्याग्दी । विसं १९४४ मा स्थानीय प्रविधि र स्रोतसाधन प्रयोग गरेर मङ्गलाघाटमा बनाइएको झोलुङ्गे पुल मर्मतसम्भार भएको छ । मर्मतसम्भार गरेपछि पुल नयाँजस्तै देखिएको छ । प्रादेशिक झोलुङ्गे पुल कार्यक्रमको सहयोग, मिलन म्याग्दीको सामाजिक परिचालनमा बेनी नगरपालिकाले पुल ममत गरेको हो । १३७ वर्षअघि बागलुङको गलकोटका लालप्रसाद शेरचनले लुकुर वनको काँचो फलाम र म्याग्दीको रुमगाउँका स्थानीयको सीप प्रयोग गरी उक्त पुल बनाइएको स्थानीय बुढापाकाको कथन छ ।...
कार्य सम्पादनमा विज्ञापन बोर्ड उत्कृष्ट
समाचार, समाज

कार्य सम्पादनमा विज्ञापन बोर्ड उत्कृष्ट

नेपालअखबार,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत रहेको विज्ञापन बोर्ड गत वर्षको कार्यसम्पादनमा उत्कृष्ट भएको छ । सरकार र बोर्डका कार्यकारी अध्यक्ष लक्ष्मण हुमागाईंबीच भएको कार्य सम्पादन सम्झौतामा बोर्ड उत्कृष्ट भएको हो । मन्त्रालयमा भएको समीक्षा बैठकमा आर्थिक वर्ष २०८०/८१ को कार्य सम्पादनमा विज्ञापन बोर्ड उत्कृष्ट भएको सार्वजनिक गरिएको थियो । बोर्डका साथै रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल), राष्ट्रिय समाचार समिति र मुद्रण विभागलाई समेत कार्यसम्पादनमा उत्कृष्ट घोषित गरिएको थियो । २०७८ सालमा स्थापना भएको विज्ञापन बोर्डले विज्ञापन बजारको नियमनको कार्य गर्दै आएको छ । बोर्डले विज्ञापन (नियमन गर्ने) नियमावली, २०७७ मा पहिलो संशोधन गरी विज्ञापन बजारलाई पारदर्शी बनाउने कार्य गरेको थियो । विज्ञापन बजारमा रहेको ९० प्रतिशतसम्मको चुहावटलाई रोक्न बोर्डले सञ्चार माध्यम...
आज काग तिहार मनाइँदै
धर्म/संस्कृति, समाचार, समाज

आज काग तिहार मनाइँदै

नेपालअखबार,काठमाडौं । कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार आज कागको पूजा गरी मनाइँदै छ । सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रुपमा आज बुधबारलाई काग तिहार मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले बताए । यमराजको दूतका रुपमा पुजिने कागलाई आज बिहान मनपर्ने खानेकुरा खान दिएर काग तिहार मनाउने चलन छ । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान छ । कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई पूजा आराधनासहित मीठो–मीठो खान दिई खुसी पार्ने चलन छ । लोक व्यवहारमा काग घरमा आई कराएमा ‘शुभ बोल, शुभ बोल’ भनी भन्ने प्रचलनसमेत छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ । आजको दिन कागलाई दही–भात ख...
बाढीपहिरोको एक महिना : अझै क्षतिको पूर्ण विवरण सङ्कलन हुन सकेन
समाचार, समाज

बाढीपहिरोको एक महिना : अझै क्षतिको पूर्ण विवरण सङ्कलन हुन सकेन

नेपालअखबार,काभ्रेपलाञ्चोक । बाढीपहिराले यहाँ जनधनको ठूलो क्षति पुर्याएको एक महिना भयो । गत असोज १० देखि १२ सम्म परेको अविरल वर्षाको बाढीपहिराले काभ्रेको विभिन्न स्थानीय तहमा ठूलो जनधनमा क्षति पुर्याउनुका साथै कृषि, पशु, शिक्षा, सडक, सञ्चार तथा विद्युत्का क्षेत्रमा क्षति पुर्याउँदा स्थानीय नागरिकले कष्टकर जीवन बिताउन बाध्य बन्नुपरेको छ । घटनाको एक महिना बितिसक्दा पनि जिल्लामा मानवीय क्षतिबाहेक अन्य विविध क्षतिबारे पूर्ण विवरण सङ्कलन हुनसकेको छैन । स्थानीय तहले पनि यस समयमा आफ्नो क्षेत्रमा भएका क्षतिको पूर्ण विवरण सार्वजनिक गर्न सकिरहेका छैनन् । जिल्लाका १३ स्थानीय तहमध्ये रोशी र बेथानचोक गाउँपालिका तथा पनौती नगरपालिका अतिप्रभावित क्षेत्रमा पर्छन् । बनेपा र धुलिखेल नगर सङ्कटग्रस्त क्षेत्रमा घोषणा नगरे पनि प्रारम्भिक मूल्याङ्कनका आधारमा जनधनको क्षतिसहित रु एक अर्बभन्दा बढीको क्षति हुने तहम...
काठमाडौं महानगरले फूल बेच्न तोक्यो ४६ ठाउँ
प्रशासन, समाचार, समाज

काठमाडौं महानगरले फूल बेच्न तोक्यो ४६ ठाउँ

नेपालअखबार,काठमाडौं। काठमाडौं महानगरपालिकाले तिहारमा फूल बेच्न ४६ ठाउँ तोकेको छ। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै प्लास्टिकका फूल बिक्री निषेध गरिएको बताएका छन्। ‘काठमाडौं महानगरपालिकाले स्वदेशमा उत्पादन भएका फूलको बिक्रीलाई व्यवस्थित गर्न यस वर्षको दीपावली, नेपाल संवत् तथा छठ पर्वका अवसरमा महानगरपालिका क्षेत्रभित्रका ४६ स्थानमा बिक्रीको प्रबन्ध गरेको छ। प्लाष्टिकजन्य फूल तथा सजावटका सामग्री बिक्रीमा रोक लगाउँदै स्वदेशमा उत्पादन भएका फूलको व्यापारलाई प्रवर्द्धन गरिएको हो,’ उनले भनेका छन्। गत वर्ष महानगरले प्रदर्शनी मार्गको भृकुटीमण्डप, तीनकुने चौर, हाँडीगाउँ र बालाजु विष्णुमती कोरिडोरमा फूल बिक्री गर्न ठाउँ तोकेको थियो। उक्त स्थानमा फूल तथा माला बिक्री नभएपछि कृषकहरूले त्यत्तिकै छाडेर हिँडेका थिए।गत वर्षको सिकाइ र अभ्यासबाट यस व...
पश्चिमी वायुको प्रभावले भाइटीकाकै दिन वर्षाको सम्भावना
समाचार, समाज

पश्चिमी वायुको प्रभावले भाइटीकाकै दिन वर्षाको सम्भावना

नेपालअखबार, काठमाडौं । भाइटीकाकै दिन देशका धेरै ठाउँमा वर्षा हुने पूर्वानुमान छ । पश्चिमी वायुको प्रभावले यही कात्तिक १८ र १९ गते देशका धेरै ठाउँमा वर्षा हुने सम्भावना देखिएको हो । यस वर्षको भाइटीका कात्तिक १८ गते आइतबार परेको छ । मौसमविद एवम् त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले पश्चिमी वायुको प्रभावले आगामी आइतबार अपराह्नदेखि सोमबारसम्म लगातार वर्षा हुने सम्भावना देखिएको बताए । ‘युरोपियन र अमेरिकन दुवै मोडेलले आइतबार र सोमबार वर्षा हुने सम्भावना देखाएको छ,’ उनले भने, ‘आइतबारको तुलनामा सोमबार धेरै ठाउँमा वर्षा हुने सम्भावना छ ।’ उनका अनुसार आइतबार कोशी प्रदेशका जिल्लामा र सोमबार मधेश, बागमती र गण्डकी प्रदेशमा समेत वर्षा हुने सम्भावना छ । सामान्यतया पश्चिमी वायु मेडिटेरियन रिजनबाट आउँछ । यसले वायुमण्डलको माथिल्लो भागमा जलवा...
आजदेखि सुरु यमपञ्चक अर्थात् तिहार
धर्म/संस्कृति, समाचार, समाज

आजदेखि सुरु यमपञ्चक अर्थात् तिहार

नेपालअखबार,काठमाडौँ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दूहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् रुपमा आरम्भ हुँदैछ । बिहान ११ः०१ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि तिहार सुरु भएको हो । बिहान ११ः०१ बजेपछि कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज धनतेरस अर्थात् धनत्रयोदशी पर्व मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यस वर्ष यमदीपदान भने भोलि अर्थात् बुधबारदेखि सुरु हुनेछ । काग तिहार पनि कात्तिक १४ गते बुधबार नै परेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले  जानकारी दिए । बिहान त्रयोदशी परेका दिन धनतेरस अर्थात् धनत्रयोदशी र बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान सुरु हुने शास्त्रीय नियम रहेको छ । “सायंकालमा त्रयोदशी भएका दिन यमदीपदान सुरु गर्नुपर्ने र प्रातः अर्थात् सूर्योदयकालमा त्रयोदशी भएका दिन क...
तिहारका लागि दुई लाख मखमली माला निर्यात हुने
समाचार, समाज

तिहारका लागि दुई लाख मखमली माला निर्यात हुने

नेपालअखबार,काठमाडौँ । यस वर्षको तिहारका लागि दुई लाखवटा मखमली फूलको माला निर्यात हुने भएको छ ।   फ्लोरिकल्चर एसोसिएसन (फ्यान) का अनुसार यस वर्ष गत वर्षको भन्दा ५० हजार बढी माला निर्यात हुन लागेको हो । गत वर्ष एक लाख ५० हजार माला मात्र निर्यात भएको थियो । एसोसिएसनका अध्यक्ष दिलीप बादेले यसरी निर्यात हुने माला विशेषगरी अमेरिका, जापान, अस्ट्रेलिया, कोरिया युरोपका केही देश र केही खाडी मुलुकमा समेत निर्यातका माग भएको बताए। नेपाली धेरै बसोबास गर्ने अन्य देशमा पनि मालाको माग बढिरहेको उनले जानकारी दिए । पछिल्लो समय काठमाडौँ उपत्यकासहित कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ५२ जिल्लामा पुष्पखेती विस्तार भइसकेको फ्यानले जनाएको छ । यद्यपि तिहारमा प्रयोग हुने सयपत्री र प्रणय दिवसका लागि प्रयोग हुने रातो गुलाफको फूलमा अझै आत्मनिर्भर हुन नसकिएको जनाइएको छ । ...
नेपाल रिटर्नी एशोसिएसन समाजवादीले दीपावली तथा छठको अवसरमा शुभकामना आदान प्रदान साथै कपडा वितरण
समाचार, समाज

नेपाल रिटर्नी एशोसिएसन समाजवादीले दीपावली तथा छठको अवसरमा शुभकामना आदान प्रदान साथै कपडा वितरण

नेपालअखबार,बरा। नेपाल रिटर्नी एशोसिएसन समाजवादी बरा जिल्लाले दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान साथै कपडा वितरण गरेको छ। नेपाल रिटर्नी एशोसिएसन समाजवादी बरा जिल्लाले दीपावली तथा छठ पर्वको अवसरमा बाराको परवानीपुरमा आयोजित कार्यक्रममा शुभकामना आदान प्रदान साथै गरीब तथा विपन्न ३०० महिलालाई साडी सँगै पूजा गर्ने नरिवल वितरण गरेको कुरा एशसिएसनका बारा जिल्ला अध्यक्ष अनिल शाहले बताएका छन्। कार्यक्रममा प्रमुख अतिथि एशोसियसनका अध्यक्ष प्रवीण पौडेलले रिटर्नि एशसिएसन गठन हुनुको उद्देश्य ,महत्व र विदेशमा जाँदा रहँदाको दुख्ख घर समाज हुँदै देशमा नै रहेको बताएका थिए । उनले हाल भइरहेको कृषि उत्पादनको चर्को मूल्यको समाधान कृषि उत्पादन गरेर आयात रोक्नु नै हो । यसको लागि सरकारले अनावश्यक कर्मचारी कटौती गरी कृषि सैनिक भर्ना गरी सुरुवात गर्नु पर्ने बताएका थिए । सरकारले कृषिमा लगानी बढाएर क...
देशभर २७ हजारभन्दा बढी डेंगु सङ्क्रमित, आधा गण्डकी प्रदेशमा
समाचार, समाज, स्वास्थ्य

देशभर २७ हजारभन्दा बढी डेंगु सङ्क्रमित, आधा गण्डकी प्रदेशमा

नेपालअखबार,काठमाडौँ । देशभरका २७ हजारभन्दा बढी डेंगु सङ्क्रमितमध्ये आधा बिरामी गण्डकी प्रदेशमा देखा परेका छन् । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को पछिल्लो तथ्याङ्क अनुसार देशभर डेंगु सङ्क्रमितको सङ्ख्या २७ हजार १५३ जनामध्ये गण्डकीमा प्रदेशका १३ हजार ६९८ जनामा डेंगु सङ्क्रमण देखा परेको हो । देशभर माघ यता डेंगु पुष्टि भएको सङ्ख्यामध्ये ५० प्रतिशत बिरामी यही प्रदेशमा छन् । यस्तै, बाग्मती प्रदेशका ८ हजार ४६१ जनालाई, कोशीका १ हजार ७०९ जनालाई, लुम्बिनीका १ हजार ४ सय, सुदूरपश्चिमका १ हजार ११८ जनालाई, मधेसमा ४६० जनालाई र कर्णालीका ३ सय ७ जनालाई डेंगु सङ्क्रमण भएको छ । यस्तै, जिल्लागत रूपमा सबैभन्दा बढी कास्कीमा ७ हजार ८० जनामा डेंगु सङ्क्रमण भएको छ । काठमाडौँमा ४ हजार ६० जनालाई, तनहुँका २ हजार १९९ जनालाई र ललितपुरमा १ हजार ६० जनालाई डेंगु सङ्क्रमण भएको छ । यस्तै, चितवनका...