विदेशमा रहेकालाई मतदान र आन्तरिक बसाइँसराइलाई निर्वाचन प्रणालीमा सम्बोधन गर्न माग
नेपालअखबार,काठमाडौँ । देश बाहिर रहेका लाखौं नेपाली र प्रविधिले जोडिएको नयाँ पुस्तालाई भविष्यका निर्वाचनहरूमा समेट्न 'आउट अफ कन्ट्री भोटिङ' र 'आउट अफ डिस्ट्रिक्ट भोटिङ'को व्यवस्था गर्न सरोकारवालाहरूले माग गरेका छन् । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा ठुलो जनसंख्या मताधिकारबारबाट बञ्जिच हुन लागेको भन्दै उनीहरूले चिन्ता प्रकट गरेका हुन् ।
युथ इनिसिएटिभ र नेपाल मतदाता अधिकार मञ्चद्वारा नयाँ बानेश्वरमा शुक्रबार आयोजित ‘युवा र जेन्जी संवाद’का सहभागीहरूले यस्तो धारणा राखेका हुन् । कार्यक्रममा निर्वाचन विज्ञ, अधिकारकर्मी र युवा प्रतिनिधिहरूले वर्तमान निर्वाचन प्रणालीका चुनौती र सुधारका पाटाहरूबारे छलफल गरेका थिए ।
निर्वाचनविज्ञ राधिका रेग्मीले मतदानलाई भौगोलिक सीमामा खुम्च्याउन नहुने बताइन् । भनिन्, 'मतदान आवधिक प्रक्रिया मात्र होइन, यो नागरिकको आधारभूत अधिकार हो । बाह्य मतदान र ज...










