Wednesday, July 29

समाज

श्रीमान‍्‍को कुटपिटबाट श्रीमतीको मृत्यु
समाचार, समाज

श्रीमान‍्‍को कुटपिटबाट श्रीमतीको मृत्यु

नेपालअखबार, गुल्मी । गुल्मीमा श्रीमान‍्‍को कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । इश्मा गाउँपालिकामा–६ साहुघर निवासी ४५ वर्षीय थमनबहादुर कुमालको कुटपिटबाट ४३ वर्षीया श्रीमती एमी भनिने सुमित्रा कुमालको मृत्यु भएको प्रहरीले जनाएको छ । मंगलबार बेलुका दुवै जनाले सँगै मादक पदार्थ सेवन गरेपछि विवाद भएको थियो । विवादको क्रममा थमनले एमीमाथि कुटपिट गरेका थिए । कुटपिटबाट घाइते भएकी एमीलाई उपचारका लागि जिल्ला अस्पताल तम्घास पुर्‍याइएको थियो । तर उपचारको क्रममा उनको मृत्यु भएको गुल्मीका प्रहरी नायब उपरीक्षक डीएसपी गंगाबहादुर सारुले बताए । घटनाको थप अनुसन्धानका लागि बुधबार बिहान जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक पर्वतकुमार केसीको कमान्डमा ५ जनाको टोली खटिएको छ।प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।...
सहकारी पीडितले घेरे बागमती प्रदेश सहकारी रजिष्ट्रार कार्यालय
कर्पोरेट, समाचार, समाज

सहकारी पीडितले घेरे बागमती प्रदेश सहकारी रजिष्ट्रार कार्यालय

नेपालअखबार, काठमाडौं । सहकारी पीडितहरूले बागमती प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय घेराउ गरेका छन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघको नेतृत्वमा सहकारी पीडितहरूले बुधबार कार्यलय घेराउ गरेका हुन् । देउराली सहकारीसहित अन्य सहकारी पीडतहरूले सहकारीलाई समस्याग्रस्त घोषणा गरी आफूहरूको बचत फिर्ता दिलाउन माग गर्दै कार्यलयमा दबाब दिएका छन् । सहकारी पीडितहरूले बाग्मति प्रदेशमा रहेका १६ वटा सहकारीलाई समस्याग्रस्त घोषणा गर्न माग गरेका छन् ।पीडितहरूले कार्यलयमा पटक-पटक ध्याकर्षण गराउँदा पनि माग सम्बोधन नभएको भन्दै कर्मचारीहरूसँग आक्रोश व्यक्त गरेका छन् ।...
सुकुम्बासीमाथि दमन रोक्न माग गर्दै प्रदर्शन
समाचार, समाज, हाइलाइट-समाचार

सुकुम्बासीमाथि दमन रोक्न माग गर्दै प्रदर्शन

नेपालअखबार,काठमाडौं ।  काठमाडौंमा सुकुम्बासीमाथि दमन भएको भन्दै प्रदर्शन भएको छ। बुधबार काठमाडौंको माइतीघरमा प्रदर्शन भएको हो। सरकारले चैत १२ गतेदेखि काठमाडौं उपत्यकाका नदी किनारामा बस्दै आएका सुकुम्बासीहरूलाई हटाएको थियो। उनीहरूलाई त्यहाँबाट विभिन्न होल्डिङ सेन्टरमा राखिएको छ। उनीहरूले क्षतिपूर्ति दिनुपर्ने समेत माग गरेका छन्। प्रदर्शनमा अहिले महंगी आकाशिएको र विदेशी हस्तक्षेप समेत भएको भन्दै नारा लगाएका थिए।...
ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु, चालक घाइते
दुर्घटना, समाचार, समाज

ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु, चालक घाइते

नेपालअखबार, गोरखा । निर्माण सामग्री बोकेको ट्याक्टर जिल्लाको भीमसेनथापा गाउँपालिका–२ रातामाटेमा गएराती दुर्घटना हुँदा सोही गाउँपालिका– ३ का १३ वर्षका विक्रम बस्यालको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजकुमार श्रेष्ठका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका बस्यालको उपचारका क्रममा प्रदेश अस्पताल गोरखामा आज बिहान मृत्यु भएको हो ।दुर्घटनामा ट्याक्टर चालक सिरानचोक गाउँपालिका–८ जौबारीका २६ वर्षीय राजन परियार गम्भीर घाइते हुनुभएको छ । निजको सोही अस्पतालमा उपचार जारी छ ।...
चितुवाको आक्रमणबाट ललितपुरमा एक प्रहरी घाइते
समाचार, समाज

चितुवाको आक्रमणबाट ललितपुरमा एक प्रहरी घाइते

नेपालअखबार,काठमाडौं । चितुवाको आक्रमणबाट ललितपुरमा एक प्रहरी घाइते भएका छन् । जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार बुधबार बिहान चितुवाको आक्रमणबाट प्रहरी घाइते भएका हुन् । घाइते हुनेमा प्रहरी हवल्दार प्रेम विक रहेको एसपी गौतमले बताए । उनका अनुसार महालक्ष्मी नगरपालिका लुभुमा चितुवाले आक्रमण गरेको हो । मोटरसाइकल गस्तीमा गइरहेका बेला गहुँबारीबाट निस्केको चितुवाले आक्रमण गरेको थियो । आक्रमणबाट घाइते हवल्दारको किस्ट अस्पतालमा उपचार गरिएको उनले बताए । प्रहरीलाई आक्रमण गरेपछि चितुवा त्यहाँबाट भागेको थियो ।...
श्रममन्त्रीका सवारी चालक मुस्तकिम अपहरण आरोपमा पक्राउ
अपराध, समाचार, समाज

श्रममन्त्रीका सवारी चालक मुस्तकिम अपहरण आरोपमा पक्राउ

नेपालअखबार, सप्तरी । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले सवारी चालक पदमा नियुक्ति दिएका मुस्तकिम मिँया अपहरण तथा शरीर बन्धक आरोपमा पक्राउ परेका छन् । सप्तरीको महादेवा गाउँपालिका वडा नम्बर १ घर भई हाल राजविराज नगरपालिका वडा नम्बर ३ बस्ने २७ वर्षीय मिँयालाई प्रहरीले सोमबार अपहरण, शरीर बन्धक र अपमानजनक व्यवहार आरोपमा पक्राउ गरेको हो । उनलाई मन्त्री यादवले हलुका सवारी चालक पदमा २०८२ चैत २७ गते नियुक्त गरेका थिए । नियुक्तिपत्रमा उनको नाम ‘मो. मुस्तकिम’ लेखिएको छ । प्रहरीको विज्ञप्तिमा भने उनको नाम  ‘मुस्तकिम मिँया’ उल्लेख छ । तर ‘मो. मुस्तकिम’ र ‘मुस्तकिम मिँया’ एकै व्यक्ति रहेको स्रोतले बतायो  । सप्तरी प्रहरी प्रवक्ता डिएसपी डम्बरबहादुर पुरीले मिँयामाथि सप्तरी जिल्ला अदालत राजविराजबाट ७ दिनको म्याद लिई अनुसन्धान अगाडि बढाएको जानकारी दिए । मिँयाबाट पीडित भएको भन्दै एक व्यक...
दाताको रकमबाट किनिएको ‘बाइबल तालिम केन्द्र’को जग्गा गोप्य रूपमा बिक्री ?
समाचार, समाज

दाताको रकमबाट किनिएको ‘बाइबल तालिम केन्द्र’को जग्गा गोप्य रूपमा बिक्री ?

नेपालअखबार,काठमाडौं । नेपाली इसाई समुदायका लागि नेपालकै पहिलो बाइबल तालिम केन्द्र स्थापना गर्ने उद्देश्यले विभिन्न दातृ संस्था तथा व्यक्तिहरूको आर्थिक सहयोगमा खरिद गरिएको काठमाडौं ,जाेरपाटी ४,स्थित कित्ता नं. ४(घ), प्लट नं. ११ को जग्गा अन्ततः सम्बन्धित संस्थालाई हस्तान्तरण नगरी गोप्य रूपमा राष्ट्रिय मण्डली सङ्गति नेपाल (NCFN) लाई बिक्री गरिएको तथ्य बाहिर आएको छ। उक्त जग्गा प्रारम्भमा “नेपाल बाइबल आश्रम” नामक संस्थाका लागि खरिद गरिएको भए पनि कानुनी र राजनीतिक परिस्थितिका कारण तत्काल संस्थागत दर्ता हुन नसकेपछि मंगलमान महर्जन, शान्ति राणा र रमेश खत्रीको संयुक्त नाममा राखिएको थियो। पछि “नेपाल धर्म विज्ञान” नामक संस्था दर्ता भएपछि, सोही जग्गा उक्त संस्थाको नाममा सार्नका लागि ती तीनै जनाले २०६४/०१/२५ गते कुनै रोकतोक नगरी नामसारी गर्न मञ्जुरीनामा दिएको देखिन्छ। यसले उक्त सम्पत्ति व्यक्तिगत नभई ...
एक सातादेखि राष्ट्रिय परिचयपत्रको सिस्टम डाउन
प्रशासन, समाचार, समाज

एक सातादेखि राष्ट्रिय परिचयपत्रको सिस्टम डाउन

नेपालअखबार,काठमाडौं । राष्ट्रिय परिचयपत्रको सिस्टम नचलदा सेवाग्राहीले हैरानी पाएका छन् । २१ गतेदेखि राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा प्राविधिक समस्या आइरहेको छ । एक साता बित्दा समेत उक्त समस्या हल नहुँदा सेवाग्राही मार्कामा परेका छन् । नागरिकता तथा राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाका उपसचिव कुलशेखर अर्यालले समस्या हल गर्न निरन्तर लागिरहेको बताएका छन् । सिस्टममा समस्या आएपछि त्यसको सामाधानका लागि निरन्तर प्रयास भइरहेको छ । सकेसम्म चाँडै हल गर्ने प्रयास भइरहेको छ’ अर्यालले भने । सिस्टममा समस्या आउँदा विवरण सच्याउने, जन्म दर्ता गर्दाका बखत प्राप्त हुने, राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त हुने, सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण गर्दा बायोमेट्रिक रुजु हुनेजस्ता सेवा अवरुद्ध भएका छन् ।...
जंगली च्याउ खाँदा ११ जना बिरामी
समाचार, समाज

जंगली च्याउ खाँदा ११ जना बिरामी

नेपालअखबार, झापा । झापामा जंगली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी परेका छन् । बाह्रदशी गाउँपालिका-२ बुट्टाबारीका तेजबहादुर खवासको परिवारले आज बिहानको खानामा जंगली च्याउको परिकार बनाएर खाँदा बिरामी परेका हुन् । जंगलबाट ल्याइएको च्याउ पकाएर खाएपछि परिवार सबै सदस्यमा स्वास्थ्य समस्या देखिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले बताए । उनका अनुसार ५० वर्षीया कमलामाया खवास, ३१ वर्षीय डिल्ली खवास, २० वर्षीया अनिता खवाससहित आठ जना बालबालिका बिरामी परेका हुन् । बिरामीलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएकामा प्रारम्भिक उपचारपछि नौ जनालाई दमकस्थित बाल अस्पतालमा थप उपचारका लागि पठाइएको खड्काले जानकारी दिए । उनका अनुसार बिरामीमध्ये दुई जनाको अवस्था मध्यम र अन्यको अवस्था सामान्य छ ।यसैबीच, प्रहरीले जंगली च्याउ सेवन गर्दा विषाक्त हुने र स्वास्थ्य स...
तिलोत्तमामा ५८ करोडको मंगलापुर-कान्छीबजार सडक निर्माण
समाचार, समाज

तिलोत्तमामा ५८ करोडको मंगलापुर-कान्छीबजार सडक निर्माण

नेपालअखबार, बुटवल । विश्व बैंकको आर्थिक सहयोगमा रुपन्देहीको तिलोत्तमा नगरपालिकामा करिब ७ किलोमिटर दूरीको आधुनिक सडक निर्माण सम्पन्न भएको छ । नेपाल अर्बन गभर्नेन्स एन्ड इन्फ्रास्टक्चर प्रोजेक्टअन्तर्गत मंगलापुर-बेबरा-कान्छीबजार सडक ५७ करोड ८२ लाख ५६ हजार २८८ रुपैयाँ लागतमा बनेको हो । सडक निर्माणका लागि ५ मार्च २०२१ मा सम्झौता भएको थियो । शहरी विकास तथा भवन निर्माण विभागको प्राविधिक सहयोगमा निर्माण भएको यो सडकलाई तिलोत्तमाको महत्वपूर्ण शहरी पूर्वाधार आयोजनाका रूपमा हेरिएको छ । २०७१ सालमा साविकका ६ गाउँ विकास समिति मिलाएर नगरपालिका स्थापना भएपछि बनेको नगरको यो पहिलो र आधुनिक प्रविधिको सडक हो । संस्थापक नगर प्रमुख वासुदेव घिमिरेको पालामा योजना छनोट र विश्व बैंकसँग सम्झौता तथा निर्माण व्यवसायीसँग पहिलो चरणको कामको ठेक्का भएर निर्माण सुरु भएको सडक २०७९ को निर्वाचनबाट नयाँ नेतृत्व् आएपछि...