Thursday, August 13

समाज

बागमतीको जलसतहले सतर्कता तह पार गर्यो
समाचार, समाज

बागमतीको जलसतहले सतर्कता तह पार गर्यो

नेपालअखबार, काठमाडौँ । निरन्तरको वर्षासँगै काठमाडौँको बाग्मती नदी गौरीघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ ।  जलसतह बढ्दो क्रममा रहेकाले तटीय क्षेत्र र बाग्मती कोरिडोर भई यात्रा गर्दा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । आज बिहानको मापन अनुसार कोशी, नारायणी, कर्णाली, कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरुको बहाव सतर्कता तह भन्दा तलै र बढ्दो अवस्थामा रहेको छ । महाकाली नदी पारीगाँउमा जलसतह सतर्कता तह नजिक रहेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बारा, पर्सा, सिन्धुली, मकवानपुर, चितवन, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, कास्की, पर्वत, बागलुङ, म्यादी, बर्दिया, डोटी, डडेल्धुरा, कैलाली, कञ्चनपुर र आसपास भइ बहने अधिकांश स-साना बहाव उल्लेख्य बढ्ने र केहीमा आकस्मिक ब...
अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध
समाचार, समाज

अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध

नेपालअखबार,जुम्ला । अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।  सुर्खेत–जुम्ला सडक खण्ड अन्तर्गत गएराती आएको अविरलले कालिकोट जिल्लाको एसमोड र हुल्ममा पहिरो आउँदा बुधबार बिहानैदेखि राजमार्ग पुर्णरुपमा अवरुद्ध  भएको सडक डिभिजन कार्यालय जुम्लाका सुचना अधिकारी वीर बहादुर जिटीले जानकारी दिए । सो  ठाउँमा आएको बाढी पहिराले बन्द भएका सडक खुलाउने काम भइरहेको छ । छिटोभन्दा छिटो  सडक सञ्चालनमा आउनेगरी काम भइरहेको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी जिटीको भनाइ छ। विशेषगरी वर्षाले कर्णाली राजमार्गअन्तर्गत कालीकोट खण्डको दहीखोला, गगनेखोला, एसमोड र हुल्ममा बारम्बार पहिरो जाने गरेको छ। यी जोखिम ठाउँहरुमा सडकको स्तरउन्नती सम्बन्धि निकायको ध्यान जान नसक्दा बर्षेदेखि कर्णालीका आम नागरिकले दुख पाउने गरेका छन् । सडक बन्द हुँदा जुम्ला,मुगुबाट सुर्खेत,नेपालगन्ज र काठमाडौ जाने सवारीसाधन बिच बाट...
भारतमा अन्न बाँड्ने एटिएम मेसिन
विदेश, समाचार, समाज

भारतमा अन्न बाँड्ने एटिएम मेसिन

नेपालअखबार, काठमाडौं । एटिएमलाई आम रुपमा नगद निकाल्न मिल्ने मेसिनको रुपमा जानिन्छ । यद्यपि समयसँगै यसको प्रयोग बदलिँदै गएको छ । नेपालकै विभिन्न ठाउँमा एटिएम मेसिनबाट पानी, सेनेटरी प्याड जस्ता सामान निकाल्न मिल्ने एटिएम मेसिन प्रयोगमा छन् । तर हाम्रो छिमेकी मुलुक भारतमा भने अन्न वितरण गर्ने एटिएम मेसिन प्रयोगमा आएको छ । संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी)को सहयोगमा भारतको ओडिसा प्रदेश सरकारले भुवनेश्वरमा चौबिसै घण्टा अन्न निकाल्न मिल्ने एटिएम मेसिन प्रयोगमा ल्याइएको छ । भारतमै पहिलो अन्न एटिएमको नाम राखिएको छ ‘अन्नपूर्ति’ । यसलाई स्थापना गर्नुअघि विभिन्न प्रदेशहरुमा उचित मूल्यमा दिइने अन्नको दुकानमा अन्न एटिएम को उपयोगिता जाँच गरिएको थियो । त्यसको सञ्चालन त्यही दुकानदारले नै गर्दथे । तर ओडिसामा स्थापना गरिएको अन्न एटिएम पहिलो यस्तो प्रणाली हो जो २४ सै घण्टा ...
नृत्य निर्देशक संघ नेपालले आगामी पुस २६ र २७ गते प्रथम राष्ट्रिय भेला गर्ने
समाचार, समाज

नृत्य निर्देशक संघ नेपालले आगामी पुस २६ र २७ गते प्रथम राष्ट्रिय भेला गर्ने

नेपालअखबार, पोखरा । नृत्य निर्देशक संघ नेपालले राष्ट्रिय भेला २०८१ तयारीको अध्यक्ष र सचिव स्तरिय बृहत प्रारम्भिक छलफल सम्पन्न गरेको छ । आइतबार गण्डकी प्रदेशको पोखरामा सम्पन्न उक्त प्रारम्भिक छलफलले आगामी पुस २६ र २७ गते प्रथम राष्ट्रिय भेला २०८१ आयोजना गर्ने निर्णय गरिएको संघका सचिव/प्रवक्ता ऋषिकेश श्रेष्ठले बताए । सो राष्ट्रिय भेला कोशी प्रदेशमा हुने श्रेष्ठले बताए । छलफल कार्यक्रममा नृत्य निर्देशक संघ नेपाल लुम्बिनी प्रदेश ,कोशी प्रदेश,मधेश प्रदेश,गण्डकी प्रदेश ,बागमती प्रदेश र कर्णाली प्रदेशका अध्यक्ष तथा सचिवहरुको उपस्थिति रहेको संघका सह-कोषाध्यक्ष केशब कोइरालाले बताए ।  त्यसैगरी  जिल्ला,नगर,गाउँपालिका अध्यक्ष तथा सचिवहरुको उपस्थिति रहेको उनले बताए । गण्डकी प्रदेशको व्यवस्थापनमा आयोजना गरिएको सो छलफल कार्यक्रमको प्रथम चरणको कार्यक्रम गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङको...
समलिङ्गी तेस्रो लिङ्गीको गाईजात्रा : राजनीतिक समावेशिताका लागि सचेतना
समाचार, समाज

समलिङ्गी तेस्रो लिङ्गीको गाईजात्रा : राजनीतिक समावेशिताका लागि सचेतना

नेपालअखबार, काठमाडौं ।  सांस्कृतिक पर्व हो गाईजात्रा। काठमाडौं उपत्यकाका सहरमा नेवार समुदायले मनाउँदै आएको गाईजात्रा पछिल्लो समय उपत्यका बाहिर पनि मनाउने गरिएको छ। गाईजात्रा वर्षभर निधन भएका आफन्तको सम्झनामा मनाइने पर्वका रूपमा परिचित छ। दुई दशक अघिदेखि भने समलिङ्गी, तेस्रो लिङ्गी, अन्तरलिंगी अर्थात् यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले पनि गाईजात्रालाई उत्सवको रूपमा मनाउन थाले। पुरुष र महिला भन्दा आफूलाई भिन्न पहिचानमा चिनाउनेहरू आफू अनुकूलका भेसभुसामा स्वतन्त्र पूर्वक सडकमा निस्कन थाले। सन् २००३ मा एसियाकै पहिलो समलिङ्गी सभासद् सुनिलबाबु पन्तले गाईजात्रालाई यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको उत्सवको रूपमा मनाउन सुरु गरे। पन्तकै नेतृत्वमा चितवन, पोखरा लगायतका सहरमा समुदायका सदस्यहरू सहभागी भएर गाईजात्रा पर्व मनाउँदै आए। त्यसपछिका वर्षमा भने गाईजात्रा पर्व काठमाडौँमा मात्र सीमित भ...
कक्षा १२ का करिब ४० हजारले दिए पुनर्योगको लागि आवेदन
शिक्षा, समाचार, समाज

कक्षा १२ का करिब ४० हजारले दिए पुनर्योगको लागि आवेदन

नेपालअखबार, काठमाडौं । कक्षा १२ को नतिजामा चित्त नबुझेपछि करिब ४० हजार परीक्षार्थीले पुनर्योगका लागि नविेदन दिएका छन् । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) ले १८ साउनमा प्रकाशित गरेको नतिजामा चित्त नबुझाएका करिब ४० हजार जनाले पुनर्योग माग गर्दै आवेदन दिएका हुन् । पुनर्योगका लागि आवेदन दिने विद्यार्थी संख्या अहिलेसम्मकै धेरै रहेको परीक्षा नियन्त्रक (कक्षा १२) कृष्णप्रसाद शर्माले बताए । ‘पुनर्योग गर्न आवेदन दिने विद्यार्थी संख्या अहिलेसम्मकै बढी हो, अनलाइनमा आवेदन दिन पाउने सुविधाका कारण धेरै भएका हुन् । जहाँबाट पनि आवेदन दिनसक्ने भएपछि सुविधा उपभोग गरे’, उनले भने । कार्यालयले २२ साउनसम्म आवेदन दिएका ७ हजार विद्यार्थीको पुनर्योगको नतिजा सार्वजनिक गरिसकेको छ । नतिजा अनुसार अहिलेसम्म ५५ जना को नतिजा परिवर्तन भएको छ । नियन्त्रक शर्माले भने ‘अहिलेसम्म शिक्षकह...
लेदोसहितको बाढीमा फस्यो बस
समाचार, समाज

लेदोसहितको बाढीमा फस्यो बस

नेपालअखबार, गुल्मी । गुल्मी जिल्लामा लेदोसहितको बाढीले गुडिरहेको बसमा क्षति पुर्‍याएको छ । रुरुक्षेत्र गाउँपालिका-१, रातामाटास्थानमा मदन भण्डारी राजमार्गमा भेलले यात्रुवाहक बस आंशिक पुरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । राजमार्गको तम्घास-बुटवल सडकमा गुडिरहेको लु १ ख ५९२० नम्बरको बसको केही भाग पुरेको छ । यात्रु सबैजना बसबाट सकुल बाहिर निस्किएका छन् । राजमार्गको रिडी देखि भेडुवासम्मको २५ किलोमिटर सडकमा स्तरोन्नतिको काम भइरहेको छ ।सडक बिस्तारले अहिले वर्षको समयमा हिलाम्मे बन्दा यात्रु कष्टपूर्ण यात्रा गर्न बाध्य छन् । अहिले उक्त स्थानमा सुरक्षाकर्मीको टोली पुगेको छ ।  बाटो खुलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।...
सरकारको तयारी टिकटकको प्रतिबन्ध हटाउने
प्रविधि, समाचार, समाज

सरकारको तयारी टिकटकको प्रतिबन्ध हटाउने

नेपालअखबार, काठमाडौं । सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध खोल्ने तयारी गरेको छ । चिनियाँ पक्षले पटक–पटक टिकटक प्रतिबन्धबारे प्रश्न गरिरहे पछि सरकार प्रतिबन्ध खोल्ने गृहकार्यमा लागेको हो । पुष्पकमल दहाल प्रचण्ड नेतृत्वको सरकारले २३ कात्तिक २०८० मा सामाजिक सञ्जाल नियमिन निर्देशिका ल्याएर सामाजिक सञ्जालहरुले नेपालमा दर्ता भएर सम्पर्क विन्दु राख्नुपर्ने सहितका व्यवस्था गरेको थियो । लगत्तै २७ कात्तिकमा सामाजिक द्वेष फैलाएको र सामाजिक मर्यादा बिथोलेको भन्दै मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको थियो । यो निर्णय लिनुअगाडि प्रधानमन्त्री प्रचण्डले कांग्रेस, एमालेसहितका दलहरुसँग परामर्श गरेका थिए । त्यसैले प्रतिबन्धमा प्रमुख दलहरुले मौन समर्थन जनाए । टिकटकले भने लिखित पत्र लेखेर नेपालका सबै कानुन र शर्त मान्ने लिखित प्रतिबद्धता जनाएको छ । र, प्रतिबन्ध हटाउन माग गर्दै आएक...
गाडी दुर्घटनामा घाइते सर्केगाड गाउँपालिकाका उपाध्यक्षको मृत्यु
दुर्घटना, समाचार, समाज

गाडी दुर्घटनामा घाइते सर्केगाड गाउँपालिकाका उपाध्यक्षको मृत्यु

नेपालअखबार, सुर्खेत । गाडी दुर्घटनामा घाइते भएका हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्की (मुक्ति)को मृत्यु भएको छ । उनको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए । कार्की सोमबार दिउँसो सुर्खेतबाट नेपालगन्ज जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख १०११ नम्बरको फोर्स गाडी दुर्घटनामा घाइते भएका थिए । भेरीगंगा नगरपालिका–५, एमाले मोडमा दुर्घटना भएको उक्त गाडीमा सवार २१ जना घाइते भएका थिए । घाइते सबैलाई भेरी अस्पताल लगिएको थियो । उपचारका क्रममा राती दुई बजेतिर ३९ वर्षीय कार्कीको निधन भएको प्रहरीले जनाएको छ ।उनी कर्णाली प्रदेश सभा सदस्य जुम्कित लामा कार्कीका श्रीमान् हुन् । कार्की नेकपा माओवादी केन्द्रको प्रदेश समिति सचिवालय सदस्य हुन् ।...
आज गाईजात्रा पर्व मनाइँदै
धर्म/संस्कृति, समाचार, समाज

आज गाईजात्रा पर्व मनाइँदै

नेपालअखबार, काठमाडौँ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ मंगलबार विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँँदैछ। एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान दिने चलन छ। यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ। राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको ऐतिहासिक तथ्य छ। यसबाट पनि रानीको मन शान्त हुन...