Saturday, August 15

समाज

कास्कीका किसानलाई अनुदानमा ट्रयाक्टर वितरण
कृषि, समाचार, समाज

कास्कीका किसानलाई अनुदानमा ट्रयाक्टर वितरण

नेपालअखबार,गण्डकी । कास्की जिल्लाको मादी गाउँपालिका–१२ का किसानलाई हाते ट्रयाक्टर र जाली वितरण गरिएको छ । मकैबालीको क्षेत्रफल विस्तार तथा उत्पादन प्रवर्द्धन कार्यक्रमअन्तर्गत कृषि उपकरण तथा मेसिनरी वितरण गरिएको हो । हिमालय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड लिपेवायनीद्वारा आयोजित एक कार्यक्रमका बीच कृषि ज्ञान केन्द्र कास्कीले ५० प्रतिशत अनुदानमा सो वडाका सातजना किसानलाई बिहीबार ट्रयाक्टर वितरण गरिएको हो । एउटा ट्रयाक्टरको मूल्य रु ५६ हजार परेको जसमा किसानले रु २८ हजार र बाँकी ज्ञान केन्द्रको अनुदान रहेको हिमालय बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्णचन्द्र बरालले जानकारी दिनुभयो । सहकारीमार्फत अघिल्लो वर्ष भगवतीटार, ओझागाउँ र लिपेयानीका किसानलाई पाँचवटा ट्रयाक्टर वितरण गरिएको थियो । “सहकारीले उत्पादन जोड दिँदै आएको छ”, अध्यक्ष बरालले भने । खाद्य उत्पादन, मौसमी तथा बेमौसमी त...
‘जलवायु परिवर्तनका प्रभाव घटाउन सहकार्य गरौँ’
प्रशासन, विश्व, समाचार, समाज

‘जलवायु परिवर्तनका प्रभाव घटाउन सहकार्य गरौँ’

नेपालअखबार, काठमाडौँ । नेपालले जलवायु परिवर्तनका प्रभाव घटाउनेलगायत विश्वसमुदायले भोग्नुपरेका साझा समस्या समाधानका निम्ति विशेष परिस्थितिमा रहेका मुलुकहरूबीच सहकार्य हुनुपर्नेमा जोड दिएको छ। संयुक्त राष्ट्रसंघको आयोजनामा एन्टिगुवा र बरबुडाको राजधानी सेन्ट जोन्समा जारी विकासशील साना टापु राष्ट्र (सिड्स) को चौथो सम्मेलनमा सम्मेलनका भागलिने सिलसिलामा सेन्ट जोन्समा रहेकी परराष्ट्र सचिव सेवा लम्सालले त्यहाँका परराष्ट्र, कृषि तथा व्यापारमन्त्री एभर्ली पल चेट ग्रीनीसँग बुधबार भएको शिष्टाचार भेटमा उक्त कुरामा जोड दिएका हुन्। त्यस अवसरमा उनीहरूबीच नेपाल–एन्टिगुवा र बरबुडा सम्बन्धका साथै अन्तर्राष्ट्रिय रूपमा अनुमोदन गरिएका विकासका लक्ष्य, दोहा कार्ययोजना तथा विकासशील साना टापु राष्ट्रका निम्ति तयार गरिएको बरबुडा कार्ययोजनाको प्रभावकारी कार्यान्वयबारे छलफल भएको न्युयोर्कस्थित संयुक्त राष्ट्रस‌...
दुई कठ्ठा जमिनमा गरेका छन् धनियाँ खेती, कमाउँछन् वर्षको ८ लाख रूपैयाँ
कृषि, समाचार, समाज

दुई कठ्ठा जमिनमा गरेका छन् धनियाँ खेती, कमाउँछन् वर्षको ८ लाख रूपैयाँ

नेपालअखबार,दाङ । खेतका गह्राभरी हरियो धनियाँ छ। एउटा गह्रामा धनियाँ उखेलेर साना साना मुठा पार्दै थिए घोराही उपमहानगरपालिका–६ चोरगाउँका अमित चौधरी। उनले दुई कठ्ठा जमिनमा धनियाँखेती गरेका छन्। धनियाँको माग बाह्रै महिना हुने भएकाले बाह्रै महिना खेती गर्ने गरेको उनले बताए। अमितका बुबा आठ वर्ष अघिदेखि व्यावसायिक रुपमा धनियाँ खेती गर्थे। आम्दानी राम्रो भएपछि आफूले पनि त्यसैलाई निरन्तरता दिएको उनी बताउँछन्। दुई कठ्ठा खेतमा चार किलो धनियाको बीउ दुई हजार चार सयमा खरिद गरी खेती गरेको उनले बताए। त्यो धनियाँ बिक्री गरेर दुई लाख आम्दानी गरेको उनले बताए। बाह्रै महिना धनियाँ माग हुने भएकाले बाहै महिना खेती गर्ने उनले बताए। उनका अनुसार सिजनमा पाँच रूपैयाँका मुठाका दरमा बिक्री हुन्छ भने बेमौसममा १० रूपैयाँ प्रतिमुठाका दरमा बिक्री हुन्छ। धनियाँ उखेल्न समय लाग्ने भएकाले दैनिक धेरै उखेल्न...
गर्मीले कक्षामा बस्नै गाह्रो, विद्यार्थी नियमित विद्यालय आउन छाडे
शिक्षा, समाचार, समाज

गर्मीले कक्षामा बस्नै गाह्रो, विद्यार्थी नियमित विद्यालय आउन छाडे

नेपालअखबार, कैलाली ।  कैलालीमा अत्यधिक गर्मी बढेपछि पठनपाठन प्रभावित भएको छ । दिउँसो विद्यालयमा पढाइ गर्न विद्यार्थीलाई कठिनाइ भएको छ । कैलालीको  तापक्रम ४० डिग्री सेल्यिसयभन्दा माथि पुगेपछि पठनपाठन प्रभावित बनेको हो । वीरेन्द्र विद्या मन्दिरमा कक्षा ९ मा अध्ययनरत जगत तिरुवा मध्याह्नतिर गर्मीका कारण गाह्रो हुने गरेको बताउँछन् । “गर्मीले पढ्नै सकिँदैन,’ उनले भने, ‘दिउँसो १२ बजेपछि कक्षाकोठामा तातो बाफ निस्कन्छ । बेन्चमा बस्नै गाह्रो हुन्छ । डेक्स र बेन्च पनि तातेका हुन्छन् ।दिउँसोको समयमा पटकपटक बिजुली जाँदा विद्यार्थीलाई अझ बढी समस्या हुने गरेको छ । टीकापुरकै अर्को विद्यालयमा कक्षा ३ मा अध्ययनरत रिजिना विक दिउँसोको समयमा एकदमै गाह्रो हुने, छटपटी हुने र निद्रा लाग्ने गरेको बताउँछिन् । ‘गर्मी बढेका बेला छटपटी हुन्छ, पानी पनि तातो हुन्छ,’ उनले भनिन्, ‘पढ्न मन लाग्दैन, कमजोर महसुस हुन्छ ।...
नारायणगढ–बुटवल सडकखण्ड दुईतर्फी सञ्चालन
समाचार, समाज

नारायणगढ–बुटवल सडकखण्ड दुईतर्फी सञ्चालन

नेपालअखबार,  नवलपरासी। दुई दिनदेखि अवरुद्ध नारायणगढ–बुटवल सडकखण्ड बुधबार बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको छ। नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैंडाकोट–९ थुम्सीमा पुलको पहुँच मार्ग भासिएर अवरुद्ध भएको सडक मङ्गलबार दिउँसोदेखि एकतर्फी सञ्चालनमा आएको थियो भने अवरुद्ध दाउन्नेखण्ड आज बिहानदेखि सञ्चालनमा आएको छ। इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रमुख प्रहरी निरीक्षक हस्तबहादुर सुनारले सडक दुईतर्फी सञ्चालनमा आएसँगै यातायातका साधन सहज रुपमा सञ्चालन भइरहेका बताए। दाउन्ने डाँडाँमा लेदो माटोका कारण सडक अवरुद्ध भएको थियो । गए रातीदेखि अवरुद्ध उक्त खण्ड बुधबार बिहानदेखि पूर्ण रूपमा सञ्चालनमा आएको प्रहरी निरीक्षक सुनारले जानकारी दिए। विस्तारका क्रममा रहेको नारायणगढ–बुटवल सडकखण्डमा पानी परेपछि यात्रुले सधैं सास्ती खेप्दै आएका छन्। यही स्थानमा गत वर्ष पनि डाइभर्सन बगाउँदा दुई दिनसम्म सडक अवरुद्...
कृषिमा लगानी दशक घोषणा
अर्थतन्त्र, कृषि, प्रशासन, समाचार, समाज

कृषिमा लगानी दशक घोषणा

नेपालअखबार, काठमाडौँ । कृषि तथा पशुपन्छी क्षेत्रमा ‘कृषिमा लगानी दशक घोषणा’ गरिएको छ । वि. सं. २०८१ देखि २०९१ सम्म लगानी दशक घोषणा गरिएको हो । आज अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकमा आगामी आर्थिक वर्षको बजेट मार्फत सो घोषणा गरेका हुन् ।
सडक भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
समाचार, समाज

सडक भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

नेपालअखबार, काठमाडौँ । पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा सडक भासिँदा राजमार्ग अवरुद्ध भएको छ। सोमबार साँझदेखि परेको वर्षाका कारणका गए राति २ बजेको समयमा गैंडाकोट–९ थुम्सीको जङ्गलमा सडक भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको हो। जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक बेदबहादुर पौडेलले निर्माणाधीन उक्त सडक भासिँदा राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको जानकारी दिए। अवरुद्ध सडकमा ट्रक फसेकाले त्यसलाई हटाउने कार्य भइरहेको उनले बताए। यसैबीच भासिएको सडकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु१ख ८५१३ नम्बरको यात्रुबाहक बसमा एक्कासी ब्रेक लगाउँदा त्यसमा सवार आठ यात्रु सामान्य घाइते भएका छन्। ब्रेक लगाउँदा बस हुत्तिएर अर्को बसमा ठोक्किन गई यात्रु घाइते भएका प्रहरी नायव उपरीक्षक पौडेलले...
धित मरुन्जेल पानी पनि खान पाएनन् अँधेरीगाउँका बासिन्दाले
समाचार, समाज, हाइलाइट-समाचार

धित मरुन्जेल पानी पनि खान पाएनन् अँधेरीगाउँका बासिन्दाले

नेपालअखबार, काठमाडौं ।। मिर्चैया बजारबाट करिब १५ किलोमिटर उत्तर-पूर्वको चुरेफेदमा पर्छ अँधेरीगाउँ । मिर्चैया नगरपालिका-९ को यो गाउँवासीले हिजोआज धित मरुञ्जेल पानी पिउन पाएका छैनन्, त्यो पनि महिनौँसम्म । खडेरी लम्बिएको छ । खोला, इनार र कुवा सुकेका छन् । त्यसैले अझै कति दिनसम्म यस्तो नियती भोग्नुपर्ने हो टुङ्गो छैन । पानीबिनाको जिन्दगी कल्पना पनि गर्न सकिँदैन तर यहाँका नागरिकले यतिबेला पानीकै लागि तीनै तहका सरकारसँग गुहार मागिरहेका छन् । ‘एक महिना अघिसम्म नजिकैको इनारमा धमिलै भए पनि पानी रसाउँदै थियो, अहिले त्यो पनि सुकिसकेको छ । अब के पीएर बाँच्ने, कहाँबाट पानी किनेर ल्याउने’, स्थानीय शोभा लकान्द्रीले भनिन्, ‘हामी बाउआमा त भोकप्यास सहुँला तर छोराछोरीले काकाकुल भएर पानी माग्दा के दिनु ? अब पानीबिना तड्पिनुपर्ने अवस्था आउँदैछ ।’ कयौँ दिन खाना पकाउनका लागि आवश्यक पानीसमेत नभएर चिया...
समाजवादी प्रेस संगठनद्वारा पत्रकार महासंघमा तालाबन्दी
समाचार, समाज

समाजवादी प्रेस संगठनद्वारा पत्रकार महासंघमा तालाबन्दी

नेपालअखबार, काठमाडौँ । समाजवादी प्रेस संगठन नेपालले नेपाल पत्रकार महासंघको सञ्चारग्राम, सिनामंगलस्थित केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको छ । निर्वाचनका निम्ति तयार पारिएको सदस्यता सूचीमा रातारात गैरपत्रकारका नाम थप्दै निर्वाचन समितिलाई बुझाउने तयारी भइरहँदा संगठनले तालाबन्दी गरेको हो । सदस्यता शुद्धीकरणका क्रममा आएका उजुरीको अध्ययन गरी न्यायोचित रूपमा सदस्यता नामावली तयार पार्ने कार्यदलले जेठ ८ गते टुङ्गो लगाएका नाममा रातारात हेरफेर गर्दै विभिन्न जिल्ला शाखा र प्रदेशबाट सिफारिस नै नभएका नाम हाल्ने काम भएको संगठनका अध्यक्ष विश्वमणि सुवेदीले बताए । तालाबन्दीअघि अध्यक्ष सुवेदीले आफ्नो संगठनका सदस्यका नाम हटाउँदै प्रेस चौतारीको नाम हाल्ने काममा प्रेस सेन्टरसम्बद्ध महासंघका महासचिवको साँठगाँठ रहेको आरोप लगाए । पत्रकार महासंघ पत्रकारिता गर्ने पत्रकारको मात्रै साझा संस्था हुनुपर्ने संगठनक...
अमेरिकामा घुम्रपात र आँधीका कारण कम्तीमा १५ जनाको मृत्यु
विश्व, समाचार, समाज

अमेरिकामा घुम्रपात र आँधीका कारण कम्तीमा १५ जनाको मृत्यु

नेपालअखबार, वासिङ्टन । अमेरिकाका मध्य क्षेत्रहरूमा घुम्रपात र आँधीका कारण कम्तीमा १५ जनाको ज्यान गएको छ भने घरहरू ध्वस्त भएका छन् र लाखौँ जनता बिजुलीविहीन बनेका छन्। उत्तरी टेक्सासमा सात, अर्कान्सासमा पाँच, ओक्लाहोमामा दुई र केन्टकीमा एक जनाको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका हुन् । ठुलो सङ्ख्यामा मानिसहरू घाइते भएको  र आइतबार विभिन्न राज्यहरूमा लगभग ५ लाख मानिस बिजुली बिना थिए। टेक्सासको कुक काउन्टीका शेरिफ रे स्यापिङटनले त्यहाँ मृत्यु हुनेमा २ र ५ वर्षका दुई बालबालिका र एउटै परिवारका तीन सदस्य रहेको बताए । ‘त्यहाँ भग्नावशेष मात्र बाँकी छ,’ भ्याली भ्यू क्षेत्रका शेरिफले भने, ‘यो शक्तिशाली घुम्रपातले सबैभन्दा बढी प्रभावित भएको क्षेत्रमध्ये एक थियो। विनाश धेरै गम्भीर छ।’ काउन्टीबाट प्राप्त फुटेजले पेट्रोल स्टेसन र रेस्ट स्टप लगभग पूर्ण रूपमा ध्वस्त भएको देखाएको छ । यता ट्विस्...