Thursday, June 25

समाज

मानव बेचबिखन कसुरका २ जना प्रतिवादी पक्राउ
अपराध, प्रशासन, समाचार, समाज

मानव बेचबिखन कसुरका २ जना प्रतिवादी पक्राउ

नेपालअखबार, काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार कसुरका दुई प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरको बेलका नगरपालिका–६ कि ३६ वर्षीया पूर्णिमा राई र काभ्रेको धुलिखेल नगरपालिका–१ का ३० वर्षीय सञ्जय तामाङ छन् ।उनीहरूले एक महिलालाई टिकटक लाइभमा नग्न बस्न लगाएर भिडियो बनाएकाे र त्यही भिडियाे बनाएर बार्गेनिङ गरेको प्रहरीले जनाएकाे छ । त्यही भिडियाेका देखाउँदै ती महिलालाई बन्धक बनाएर जबरजस्ती करणी गरेको र रकम असुल गरेकोसम्मकाे आरोप उनीहरुमाथि छ ।...
खडेरी लक्षित उत्तर कोरियाको सुक्खा धान अभियान
विश्व, समाचार, समाज

खडेरी लक्षित उत्तर कोरियाको सुक्खा धान अभियान

नेपालअखबार,  प्योङयाङ । उत्तर कोरियाले परम्परागत पानीमा डुबाइने धानखेतीको विकल्पका रूपमा सुक्खा खेतमा धान उत्पादनलाई तीव्रता दिएको छ । राज्य सञ्चारमाध्यमले यसलाई कृषि उत्पादन बढाउने प्रयासका रूपमा प्रस्तुत गरे पनि विज्ञहरूले यसलाई देशमा बढ्दो खडेरी र खाद्य असुरक्षाको गम्भीर सङ्केतका रूपमा व्याख्या गरेका छन् । आणविक हतियार सम्पन्न उत्तर कोरिया लामो समयदेखि अन्तर्राष्ट्रिय प्रतिबन्ध, राज्य–नियन्त्रित अर्थतन्त्र र निरन्तर खाद्यान्न अभावको समस्यासँग जुध्दै आएको छ । विगतका वर्षहरूमा प्राकृतिक विपद् र कमजोर कृषि संरचनाले पनि खाद्य उत्पादनमा असर पार्दै आएको छ । संयुक्त राष्ट्रसङ्घका उत्तर कोरियासम्बन्धी मानव अधिकार विशेष प्रतिवेदक एलिजाबेथ साल्मोनले फेब्रुअरीमा देशमा खाद्यान्न अभाव प्रमुख मानवीय चुनौती बनेको बताएकी थिएन् । उनका अनुसार पर्याप्त खाद्य उपलब्ध नहुनुले सर्वसाधारणको जीवनमा प्रत...
कुन विमानस्थलबाट श्रमिक पठाइएको हो, विवरण पेस गर्न म्यानपावरहरूलाई निर्देशन
प्रशासन, समाचार, समाज

कुन विमानस्थलबाट श्रमिक पठाइएको हो, विवरण पेस गर्न म्यानपावरहरूलाई निर्देशन

नेपालअखबार, काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा पठाएका श्रमिकहरूको विवरण पेस गर्न निर्देशन दिएको छ । १ चैत २०८२ देखि ३१ जेठ २०८३ सम्म कति श्रमिक पठाएको, कुन विमानस्थल प्रयोग गरेर उडाएको लगायत विवरण ३ दिनभित्र पेस गर्न निर्देशन दिएको हो । व्यवसायीले नेपालको विमानस्थल प्रयोग नगरी भारत हुँदै श्रमिक पठाउने गरेको गुनासो आएपछि विवरण माग गरेको जनाएको छ । इजाजतपत्र प्राप्त संस्थाले श्रम स्वीकृति लिएका श्रमिकलाई स्वदेशी विमानस्थलको सट्टा अन्य देशका विमानस्थल प्रयोग गरी गन्तव्य मुलुक पठाउने गरेको गुनासो आएपछि विवरण माग गरिएको विभागले जनाएको छ । यो विषयमा युवा, श्रम तथा रोजगार मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा गुनासो पुगेको थियो । वैदेशिक रोजगार ऐन २०६४ को दफा २२ र वैदेशिक रोजगार नियमावली २०६४ को नियम १८ मा वैदेशिक रोजगारीमा श्रमिक पठाउँदा अनिवार्य स्वदेशी विमानस्थल नै प्र...
तीन जना विदेशी नागरिक कोकिन सहित पक्राउ
प्रशासन, समाचार, समाज

तीन जना विदेशी नागरिक कोकिन सहित पक्राउ

नेपालअखबार, काठमाडौं । काठमाडौं आएका तीन जना विदेशी नागरिक कोकिन सहित पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्युरोको टोलीले काठमाडौं आइपुगेका तीन जना विदेशी नागरिकलाई लागुऔषध कोकिन सहित पक्राउ गरेको एसपी दुर्गाराज रेग्मीले जानकारी दिए। उनका अनुसार पक्राउ पर्नेमा सेनेगलका अमाडोउ सार, भारतीय नागरिक रूबी र सोनी छन्। ब्युरोले विदेशी नागरिकलाई शंका लागेमा प्रोफाइलिङ गर्ने गरेको छ। जेठ २६ गते कतार एयरवेजबाट इथोपियाबाट दोहा हुँदै काठमाडौं आइपुगेका सारलाई प्रहरीले ठमेलबाट पक्राउ गरेको हो। उनले मुखबाट निलेर १६ वटा कोकिनको क्याप्सुल ल्याएका थिए। अनुसन्धानको क्रममा उनीबाट थप ६० वटा क्याप्सुल फेला परेको हो। स्वास्थ्यकर्मीको सहयोगमा उनलाई नियन्त्रणमा लिइएको थियो। उक्त क्याप्सुल एक किलो ५०० ग्राम रहेको र आपराधिक बजारमा ८ देखि १० करोड सम्म बिक्री हुनसक्ने एसपी रेग्मीले बताए। सारले ल्याएको को...
वीरका आवासीय चिकित्सकलाई २४ घन्टे ड्युटी सकेपछि छुट्टी
समाचार, समाज

वीरका आवासीय चिकित्सकलाई २४ घन्टे ड्युटी सकेपछि छुट्टी

नेपालअखबार, काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले आवासीय चिकित्सकको ड्युटीसम्बन्धी व्यवस्था परिवर्तन गरेको छ । सोेमबार न्याम्सका सहायक डिन प्राडा विकासविक्रम सिंह अधिकारीले परिपत्र गर्दै आवासीय चिकित्सकको २४ घन्टा ड्युटीपछि बिहानको राउण्ड गरेर छुट्टी दिन निर्देशन दिएका छन् । यसअघि न्याम्सका आवासीय चिकित्सकले लगातार ३६ घन्टासम्म ड्युटी गर्नुपर्ने हुन्थ्यो। धेरै कार्यबोझको दबाबले शारीरिक सँगै मानसिक तनाबमा हुर्थे । न्याम्सको पछिल्लो निर्णयले रेजिडेन्ट चिकित्सकमाथिको कार्यबोझ कम हुनेछ । ‘यस प्रतिष्ठानमा अध्ययनरत रेजिडेन्ट चिकित्सकहरुको २४ घण्टा ड्युटीपश्चात विहानको राउण्ड सकिएपछि छुट्टी गरिदिन हुन यो परिपत्र गरिएको व्यहोरा जानकारी लागि अनुरोध गर्दछु,’ डा. अधिकारीले एमडी/एमएस/एमडिएस र डिएम/एमसीएच कार्यक्रमका संयोजकहरुलाई जारी गरेको परिपत्रमा छ । यसअघि नेपाल...
जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु
समाचार, समाज

जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

नेपालअखबार, झापा ।  झापा मेचीनगर नगरपालिका ४ स्थित वडा कार्यालय अगाडि जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। मेचीनगर नगरपालिका–४ निवासी ६२ वर्षीय पद्मा पौडेलको घरबाट बाहिर निस्कने क्रममा अचानक जङ्गल क्षेत्रबाट आएको जङ्गली हात्तीको आक्रमणमा परेर मृत्यु भएको हो । हात्तीले कुल्चिँदा उनको घटनास्थलमै मृत्यु भएको र आवश्यक अनुसन्धान भइरहेको छ ।...
बाँझो जमिनको सदुपयोगको विकल्प अकबरे खुर्सानी
समाचार, समाज

बाँझो जमिनको सदुपयोगको विकल्प अकबरे खुर्सानी

नेपालअखबार,स्याङ्जा । बाँझो जमिन बढ्दै जानु र जंगली जनावरको त्रासका बीच किसानका लागि स्याङ्जाको भिरकोट नगरपालिकाले किसानलाई नयाँ विकल्प दिएको छ । परम्परागत कृषिबाट मोहभंग भएका किसानलाई सामूहिक अकबरे खुर्सानीको विकल्प दिएर नगरपालिकाले आम्दानीसँग जोड्ने कोसिस गरेको छ । नगरपालिकाले सञ्चालन गरेको खेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत नौ वटै वडामा सामूहिक नर्सरी स्थापना गरेर अकबरे खुर्सानीको व्यावसायिक खेती विस्तार गरिएको हो । नगरपालिकाका अनुसार २६ वटा नर्सरीबाट करिब एक लाख चार सय बिरुवा उत्पादन गरी २७० जना किसानलाई वितरण गरिएको छ । ती बिरुवाबाट झन्डै १२५ रोपनी क्षेत्रफलमा खेती विस्तार भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले यो कार्यक्रमलाई केवल बिरुवा वितरणमा सीमित नराख्ने दाबी गर्दै आवश्यक प्राविधिक सहयोगसमेत उपलब्ध गराउँदै आएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण लम्सालले बताए । ‘अभिमुखीकरण,...
प्रहरी हिरासत थुनुवाको मृत्यु
समाचार, समाज

प्रहरी हिरासत थुनुवाको मृत्यु

नेपालअखबार, सुर्खेत । चोरी मुद्दामा सुर्खेत प्रहरी हिरासतमा रहेका एक युवाको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका–१० पिपिराका २१ वर्षीय सबीर बक्सको जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमै मृत्यु भएको हो । मोबाइल चोरीको मुद्दामा जेठ २७ गतेदेखि प्रहरी हिरासतमा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता कविन्द्रसिंह बोहराले जानकारी दिए । उनका अनुसार बक्स शुक्रबार हिरासतमा रहेका बेला स्वास्थ्यमा समस्या आएपछि शनिवार बिहान साढे ४ बजे कर्णाली प्रादेशिक अस्पताल काला गाउँ लगिएको थियो ।  तर, अस्पतालले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । चोरी मुद्दामा पक्राउ परेका बक्सलाई प्रहरीले बुधवार म्याद थप गरेर उनीमाथि अनुसन्धान गरिरहेको थियो । मृतकको शव परीक्षण‎का लागि बाँकेबाट फरेन्सिक डाक्टर आउने प्रक्रियामा रहेको र त्यसपछि मात्र थप प्रक्रिया अघि बढ्ने प्रवक्ता बोहरा...
भारतीय वायुसेनाको विमान दुर्घटना
विदेश, समाचार, समाज

भारतीय वायुसेनाको विमान दुर्घटना

नेपालअखबार, काठमाडौं । भारतको असममा भारतीय वायु सेनाको मालवाहक विमान (ट्रान्सपोर्ट एयरक्राफ्ट) दुर्घटनामा परेको छ । असममा अवस्थित जोरहाट एयर फोर्स स्टेशनमा शनिबार वायु सेनाको एएन–३२ ट्रान्सपोर्ट एयरक्राफ्ट दुर्घटनामा परेको हो । वायु सेनाका प्रवक्ता विंग कमान्डर जयदीपलाई उद्धृत गर्दै बीबीसी हिन्दीले समाचारमा लेखेको छ, ‘जोरहाट एयर फोर्स स्टेशनमा एएन–३२ दुर्घटनाग्रस्त भएको छ । तर, अहिले घटनाको जानकारी लिइरहेका छौं ।’ दुर्घटनाबारे भारतीय वायु सेनाले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जोरहाटमा अवतरणका क्रममा विमान दुर्घटनामा परेको र कारण पता लगाउनका लागि ‘कोर्ट अफ इन्क्वायरी’ गठन गरिने बताएको छ ।अवतरणका क्रममा दुर्घटनामा परेको विमानमा आगो लागेको छ । दुर्घटनामा भएको हताहतीबारे जानकारी नआएको बीबीसीले जनाएको छ ।...
तत्कालीन माओवादीले कारागार आक्रमण गर्दा भागेका कैदी २२ वर्षपछि पक्राउ
प्रशासन, समाचार, समाज

तत्कालीन माओवादीले कारागार आक्रमण गर्दा भागेका कैदी २२ वर्षपछि पक्राउ

नेपालअखबार, काठमाडौं । अर्घाखाँची प्रहरीले तत्कालीन नेकपा (माओवादी) ले कारागारमा आक्रमण गर्दा भागेका एक जना कैदीबन्दीलाई २२ वर्षपछि पक्राउ गरेको छ। साबिक सिमलपानी गाविस–९ र हालको शितगंगा नगरपालिका–१३ का ५५ वर्षीय लुमबहादुर सुनार २२ वर्षपछि पक्राउ परेका हुन्। २०६१/०७/३० गते बिहान ८ बजेतिर, तत्कालीन समयमा ३३ वर्षका सुनारमाथि आफ्नै २५ वर्षीया श्रीमती मिना सुनारलाई कुटपिट गरी हत्या गरेको कर्तव्य ज्यान मुद्दामा अदालतले दोषी ठहर गर्दै कारावासको सजाय तोकेको थियो। श्रीमती हत्याको घटनामा लुमबहादुरलाई दोषी ठहर गर्दै जिल्ला अदालत अर्घाखाँचीले ५ वर्षको कारावास सजायको फैसला सुनाएको थियो। त्यो फैसलामा चित्त नबुझेपछि मिनाका आफन्त सर्वोच्च अदालत पुगेका थिए। सर्वोच्चले लुमबहादुरलाई १० वर्ष कैद सजायको फैसला सुनाएको थियो। त्यसपछि लुमबहादुर २०६१/०८/१७ गतेदेखि कपिलवस्तु कारागार कार्यालयमा थुनामा प...