Tuesday, August 18

समाज

म्याग्दीका घुम्ती गोठ रित्तिँदै
समाचार, समाज

म्याग्दीका घुम्ती गोठ रित्तिँदै

नेपालअखबार, म्याग्दी । शरीरका लुगाफाटा च्यातिएका छन् । कपाल र दारी फुलेर सेता भएका छन् । गालाका छाला चाउरी पर्न थालिसकेका छन्  । तर उमेरले ७० वर्ष पार गरेका धवलागिरि गाउँपालिका–५ मल्कबाङका हिराप्रसाद तुलाचन अझै गोठालो जीवनमै सक्रिय छन् । उमेरले बुढ्यौली लागेर न्यानो र आरामदायी जीवनयापन खोज्न थाले पनि उनको जिन्दगी भने भकारीले छाएका गोठमा हिमपात, वर्षा र चिसोसँग सामना गर्दै बित्ने गरेको छ । गोठमा भैँसीलाई चरनखर्कमा चराउने, घाँस दाउरा काट्नेदेखि बिहान–बेलुका गोठमा वस्तुभाउको स्याहारसुसार, कुँडो–भकारोको काम उनको नियमित दैनिकी हो । जीवनको अधिकाश समय गोठमा बिताउनुभएका उहाँको भैँसीगोठमा अहिले नौवटा भैँसी छन् । उनले परम्परागतरूपमा घुम्तीगोठ राखेर भैँसीपालन गर्दै आएका छन् । बर्खायाममा लेकाली बुकीहरूमा पुर्याउने घुम्तीगोठ हिउँदयाममा भने बेँसी फाँटसम्म ल्याउने गरिन्छ । घुम्तीगोठलाई यहाँका पशुपा...
अवरूद्ध उत्तर–दक्षिण कोशी राजमार्ग पुनः सञ्चालन
समाचार, समाज

अवरूद्ध उत्तर–दक्षिण कोशी राजमार्ग पुनः सञ्चालन

नेपालअखबार, सङ्खुवासभा। सुख्खा पहिरोले अवरुद्ध उत्तर–दक्षिण कोशी सडकअन्तर्गत सङ्खुवासभाको मकालु गाउँपालिकाको खाँदबारी–किमाथाङ्का सडकखण्ड दुई दिनपछि पुनः सञ्चालनमा आएको छ। खाँदबारी–किमाथाङ्का सडक दुई दिनपछि खुलेको उत्तर–दक्षिण सडक कार्यालयका प्रमुख इन्जिनियर सविन कोइरालाले जानकारी दिए। सडकमाथिबाट ठुल्ठूला ढुङ्गासहितको सुख्खा पहिरो खसेर सो सडकखण्ड अवरुद्ध भएको थियो। त्यस सडक तिब्बतको चाँगा र देन्दासँग जोडिन्छ। पहिरो खसेपछि उत्तरी क्षेत्रका भोटखोला गाउँपालिकामा खाद्यान्न ढुवानीमा समस्या थियो । सडक अवरुद्ध भएपछि भोटखोलाबाट सदरमुकाम खाँदबारी आउने बस, बोलेर गाडी र दर्जनौँ यात्रु नयाँबस्ती नजिकै अलपत्र परेका थिए। त्यस क्षेत्रमा लगातार सुक्खा पहिरो खसिरहने भएका कारण बेला–बेला कोशी राजमार्गको भोटखोला सडकखण्ड अवरुद्ध हुने गरेको छ। शनिबार बिहान सडक खन्दै गरेका बेला पहिरो खस्दा स्काभेटरका सहचालक...
सर्लाही दुर्घटना घाइते नापी कार्यालय सहयोगी घिमिरेको मृत्यु
दुर्घटना, समाचार, समाज

सर्लाही दुर्घटना घाइते नापी कार्यालय सहयोगी घिमिरेको मृत्यु

नेपालअखबार,सर्लाही । सर्लाहीमा दुर्घटनामा घाइते भएका नापी कार्यालय मलंगवाका सहयोगी विनोद घिमिरेको मृत्यु भएको छ। घिमिरेको उपचारको क्रममा निधन भएको प्रहरीले जानकारी दिएको छ। सोमबार राति नापी कार्यालयका कर्मचारीहरू चढेको गाडी सर्लाहीको मलंगवा नगरपालिका वडा नम्बर १०, गम्हरियास्थित चमेली माई मन्दिर नजिकै दुर्घटना भएको थियो। अधिकृत सहितको टोली सवार बिआर ०६ पिडी ९६४८ नम्बरको भारतीय नम्बर प्लेटको गाडी दुर्घटनामा परेका थियो। दुर्घटनामा नापी कार्यालय मलङ्गवाका प्रमुख सञ्जय मानन्धरसहित ११ जना घाइते भएका थिए। दुर्घटनामा सर्लाहीको बागमती नगरपालिका वडा नम्बर ५ का विनोद घिमिरे, महोत्तरीका ३० वर्षीय बैजु यादव र सर्लाहीको मलंगवा नगरपालिका वडा नम्बर ३ का ३५ वर्षीय रामलाल साह घाइते भएका थिए। नापी अधिकृत श्रेष्ठसहित तीन जनाको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा सर्लाही...
प्रेस चौतारी पत्रकारिता पुरस्कार २०८० पूर्व अध्यक्ष माधव बराललाई प्रदान
समाचार, समाज

प्रेस चौतारी पत्रकारिता पुरस्कार २०८० पूर्व अध्यक्ष माधव बराललाई प्रदान

नेपालअखबार, पाेखरा।  प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसरमा प्रेस चौतारी, कास्कीले पुरस्कार र सम्मान अर्पण समारोह सम्पन्न गरेको छ । संस्थाले स्थापना एवं सञ्चालन गरेको प्रेस चौतारी पत्रकारिता पुरस्कार २०८० पूर्व अध्यक्ष माधव बराललाई प्रदान गरिएको छ । यस्तै, प्रेस चौतारी पत्रकारिता सम्मान मीना गुरूङ र हुम गुरूङलाई अर्पण गरिएको छ । प्रेस चौतारीका केन्द्रीय सदस्यसमेत रहेका बराललाई २२ हजार २ सय २२ रुपैयाँ नगद सहित पुरस्कृत गरिएको हो । सम्मानितद्वय र पुरस्कृत व्यक्तित्वलाई नेकपा एमालेका स्थायी कमिटि सदस्य, गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी, एमाले स्थायी कमिटी सदस्य तथा कास्की इञ्चार्ज थममाया थापा, प्रतिभा छनौट समिति संयोजक एवं पूर्व अध्यक्ष हरि बास्तोला, प्रेस चौतारी नेपाल कास्कीका कार्यवाहक अध्यक्ष मोतिसागर अधिकारी लगायत अतिथिले सम्मान तथा पुरस्कार अर्पण गरे ।...
सामाजिक सुरक्षा कोषमा मधेश प्रदेशका ४७ स्थानीय तह आवद्ध
समाचार, समाज

सामाजिक सुरक्षा कोषमा मधेश प्रदेशका ४७ स्थानीय तह आवद्ध

नेपालअखबार, धनुषा । मधेश प्रदेशका महोत्तरी, धनुषा र सर्लाही जिल्लाका स्थानीय तह सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन् ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीको उपस्थितिमा ती तीन जिल्लाका ४७ स्थानीय तहका प्रमुख र कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले आइतबार समझदारीपत्रमा हस्ताक्षरसमेत गरे । सो अवसरमा मन्त्री भण्डारीले भने, ‘स्थानीय तह सेवाप्रवाहको सबैभन्दा प्रभावकारी सरकार हुन् । संविधानमा व्यवस्था भएको जनताको रोजगारीसम्बन्धी हक कार्यान्वयन गर्न र जनतालाई रोजगारी तथा स्वास्थ्य सेवासम्बन्धी न्यूनतम अधिकार सुनिश्चित गर्न स्थानीय तहहरुले सामाजिक सुरक्षा कोषसँग समझदारी गरेर अघि बढेको  छ । कोषबाट प्रवाह हुने सेवा सुविधाको दायरा फराकिलो पार्नलगायतमा कानुनी र व्यवहारिक समस्या समाधान गर्नुपर्ने छ भने त्यसका लागि मन्त्रालय तयार छ ।’ उनले कोषको दायरा फराकिलो पार्न जनकपुर क...
हराउँदै परम्परागत घर
समाचार, समाज

हराउँदै परम्परागत घर

नेपालअखबार,कञ्चनपृुर । बेदकोट (कञ्चनपृुर) थारू समुदायको परम्परागत पहिचान बोकेका घर हराउँदै गएका छन्। थारू बस्तीमा काठले बनाएका परम्परागत घर विस्थापित हुँदै गएका हुन्। ‘अचेल काठको घर अधिकांशले बनाउन छोडिसके। इँटा, ढुङ्गाको पक्की घर बनाउँछन्,’ बेदकोटका राजेश रानाले भने, ‘पुराना काठका घर विस्थापित हुँदैछन्।’ काठले निर्माण गरिएका थारु बस्तीका अधिकांश घर माटोले लिपपोत गरिएका हुन्छन्। घर छेउमै गाईभैंसीको गोठ, परालको कुन्यु पनि बनाइएका हुन्छन्। तर पछिल्लो समय डगौरा, चौधरी थारु र रानाथारु समुदायको बस्ती यस्ता घर विस्थापित हुँदै गएका छन्। धमाधम पक्की घर निर्माण हुँदै गएपछि परम्परागत काठले निर्माण गरिएका घर लोप हुँदै गएको लालझाडीका मदन रानाले बताए। ‘घरसँगै गाई भैंसीको गोठ हुन्थ्यो। नयाँ पुस्ताले गाई भैंसी पाल्दैनन्,’ उनले भने, ‘सहजै काठ पाइँदैन। धेरैजसो पक्की घर बनाउने हुनाले परम्परागत घ...
साइनिङ स्टार बोर्डिङ्ग स्कुल २५ औं वर्षमा : विभिन्न सामाजिक कार्य गर्दै
शिक्षा, समाचार, समाज

साइनिङ स्टार बोर्डिङ्ग स्कुल २५ औं वर्षमा : विभिन्न सामाजिक कार्य गर्दै

नेपालअखबार, पाेखरा। पोखरा–६ लेकसाइडस्थित साइनिङ स्टार बोर्डिङ्ग स्कुल २५ औं वर्षमा प्रवेश गरेको छ । यसको अवसरमा विद्यालयले विभिन्न कार्यक्रमको आयोजना गरेको छ । सोही अन्तर्गत आइतबारम रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ३६ युनिट रगत संकलन भयो । प्रमुख अतिथि वडा ६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले पहिलो रक्तदाता विद्यालयका पूर्व विद्यार्थी सलिल बराललाई रक्तपोका हस्तान्तरण गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए । प्रमुख अतिथि भट्टराईले पर्यटकिय क्षेत्र लेकसाइडमा रहेको विद्यालयले पर्यटन मैत्री शिक्षामा जोड दिनुपर्ने बताए । साथै वडाले गर्न लागेको बारिष्ठा तालिमका लागि विनियोजित ४ लाख रुपैयाँ विद्यालयसंगको सहकार्यमा खर्चिने उनले जनाए । विद्यालय प्राचार्य अर्जुन प्रसाद पाण्डेले साइनिङ स्टार विद्यालयले शैक्षिकसंगै व्यवहारिक शिक्षालाई पनि जोड दिंदै आएको बताउँदै विद्यालयलाई यो स्थान स...
भरतपुर भ्रमण वर्ष २०२४ को तयारी तीब्र
पर्यटन, समाचार, समाज

भरतपुर भ्रमण वर्ष २०२४ को तयारी तीब्र

नेपालअखबार, चितवन । भरतपुर भ्रमण वर्ष २०२४ को तयारीलाई तीब्र पारिएको छ । भ्रमण वर्षको उद्घाटन हुने स्थल नारायणी नदी किनारमा अहिले ल्याण्ड फिलिङ गरी दुबो लगाउने काम भइरहेको छ । किनारमा सरसफाईको थप आर्कषक बनाउन सरसफाई पनि गरिएको छ । भ्रमण वर्षलाई लक्ष्ति गर्दै पुलचोक गोन्द्राङ ६ लेन सडकको निर्माण कार्यलाई तीब्र गतिमा अगाडि बढाइएको छ । निर्माण कम्पनीले एक पत्रे कालोपत्रे सम्पन्न हुने गरी कार्यलाई युद्धस्तरमा काम गरिरहेको छ । भ्रमण वर्षमा भरतपुर आउने पाहुनालाई स्वागत गर्न विभिन्न ५ वटा पोइन्टमा स्वागतद्धारा निमार्ण गर्न लागिएको भरतपुर महानगरपालिकाका पर्यटन विज्ञ विश्व सुवेदीले जानकारी दिनुभयो । यस्तै उद्घाटन समारोहका लागि आर्कषक स्टेज निर्माण गरिने महानगरले जनाएको छ । फागुन १८ गते अर्थात् कार्यक्रम उद्घाटन हुने दिन करिब ५० हजार जना नारायणी किनारमा ल्याउने तयारी गरिएको छ । कार्यक्रमको प्रधान...
ठमेलमा चिनियाँ नागरिक मृत फेला
राजनीति, समाचार, समाज

ठमेलमा चिनियाँ नागरिक मृत फेला

नेपाल अखबार,काठमाडौं । काठमाडौंको ठमेलमा एक जना चिनियाँ नागरिक मृत अवस्थामा फेला परेका छन् । काठमाडौं–१७, ठमेल क्वाबहालस्थित नेपालय होम होस्टलमा चिनियाँ नागरिक ४७ वर्षीय बाओ ग्वाङलाई मृत अवस्थामा फेला परेको प्रहरी वृत्त, सोह्रखुट्टेले जनाएको छ । प्रहरीका अनुसार, १० माघदेखि उनी नेपालय होम होस्टलमा बस्दै आएका थिए । शनिबार मृत अवस्थामा फेला परेपछि होस्टलका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए । सोह्रखुट्टे प्रहरीका एक अधिकृतका अनुसार, हालसम्मको अनुसन्धानमा कुनै शंकास्पद कारण देखिएको छैन । उनले पछिल्लो समय केही औषधि सेवन गरिरहेको भेटिएको छ  ।प्रहरीले शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाएको छ । पोष्टमार्टम प्रतिवेदनबाट उनको मृत्युको कारण खुल्नेछ ।...
नवलपरासीमा सुनचाँदी व्यवसायीमाथि गोली प्रहार
अपराध, समाचार, समाज

नवलपरासीमा सुनचाँदी व्यवसायीमाथि गोली प्रहार

नेपालअखबार, बर्दघाट । बर्दघाट नगरपालिका-४ का सुनचाँदी व्यवसायी ६२ वर्षिय गजेन्द्र विश्वकर्मामाथि गोली प्रहार भएको छ। सुस्ता गाउँपालिका-१ बरुवमा रहेको पसल बन्द गरेर घर फर्कने क्रममा बर्दघाट नगरपालिका-१६ स्थित कुकुरमारा नजिकै हिजो साँझ ७ बजे आसपासमा अज्ञात समूहले विश्वकर्मामाथि एक राउण्ड गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिए। गोली लागेर घाइते भएका विश्वकर्माको अहिले भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा उपचार भइरहेको डिएसपी बोहराले बताए। गोली उनको पाखुरामा लागेको छ। गोली प्रहार गर्नेको खोजी जारी रहेको प्रहरीले जनाएको छ।। घाइते विश्वकर्माको लु७८प ७४३५ नम्बरको स्कुटर घटनास्थलभन्दा चार किलोमिटरको दूरीमा वडा नं १४ मा फेला परेको छ।...