Tuesday, April 28

समाज

मुस्ताङमा भारी हिमपात
समाचार, समाज

मुस्ताङमा भारी हिमपात

नेपालअखबार,मुस्ताङ। आज बिहानैदेखि भएको भारी हिमपातका कारण चराङ–लोमान्थाङ सडकमा सवारी आवागमनमा समस्या उत्पन्न भएको छ। चराङ–लोमान्थाङ खण्डको नेपाली सेनाको ब्यारेक रहेको थुर्लुङफाँटदेखि लोमान्थाङसम्मको पाँच किलोमिटर सडकमा हिमपातका कारण सवारी आवागमनमा कठिनाइ  भएको प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिए। 'चराङ–लोमान्थाङ सडकमा उक्त सडकमा आठ इञ्चसम्म हिउँ जमेकाले आवागमन असहज भएको छ,' प्रहरी नायब उपरीक्षक लामाले भने। मंगलबार लोमान्थाङ–२ न्हेचुङस्थित सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट बिओपीका सुरक्षाकर्मीहरुले छोसेर–कोरला सडकमा जमेको हिउँ पन्छ्याएका थिए। यसैगरी हिमपातका कारण असहज बनेको कागबेनी–मुक्तिनाथ सडक हाल सञ्चालन भएको उनले बताए। मंगलबार दिनभर परेको हिमपातका कारण उपल्लो मुस्ताङदेखि तल्लो मुस्ताङसम्मका डाँडाकाँडा हिउँले सेताम्मे छन्। मंगलबार उपल्लो मुस्ताङको घमीदेखि ...
काठमाडौंमा ह्वात्तै बढेको जाडो र हिमाली भेगमा सुरू भएको बाक्लो हिमपात
समाचार, समाज

काठमाडौंमा ह्वात्तै बढेको जाडो र हिमाली भेगमा सुरू भएको बाक्लो हिमपात

नेपालअखबार,काठमाडौं । अरब सागरमा उत्पन्न भई नेपाल प्रवेश गरेको नयाँ मौसमी प्रणालीले सोमबार रातिदेखि नै देशभरि प्रतिकूल असर पारिरहेको छ। काठमाडौंमा ह्वात्तै बढेको जाडो र हिमाली भेगमा सुरू भएको बाक्लो हिमपात यही प्रणालीको असर हो। यसैबीच बंगालको खाडीमा विकास भइरहेको नयाँ प्रणाली नेपाली आकाशमा प्रवेश गर्ने क्रममा छ। यसलाई 'मोन्था चक्रवात' नाम दिइएको छ। त्यसपछि यी दुई प्रणाली आपसमा मिसिएर जाडो झन् बढ्नुका साथै ठूलो हिमपात र वर्षाको पनि सम्भावना रहेको मौसमविदहरूले आकलन गरेका छन्। अब प्रश्न उठ्छ, बंगालको खाडीबाट आइरहेको यो नयाँ प्रणाली कहिलेसम्म नेपाल भित्रिन्छ त? मौसमविद विनोद पोखरेलले बंगालको खाडीमा विकास भइरहेको मोन्था चक्रवात बिहीबारसम्म नेपाल आइपुग्ने जानकारी दिए। उनका अनुसार यसले बिहीबारदेखि बागमती, मधेस र कोशी प्रदेशमा भारीदेखि अतिभारी वर्षा गराउन सक्छ। गण्डकी र लुम्बिनीम...
नुवाकोटका किसान वर्षातकै बीचमा धान भित्र्याउन व्यस्त
कृषि, समाचार, समाज

नुवाकोटका किसान वर्षातकै बीचमा धान भित्र्याउन व्यस्त

नेपालअखबार,नुवाकोट । नुवाकोटमा किसान धानबाली भित्र्याउन व्यस्त देखिएका छन् । लगातारको सिमसिमे वर्षाका बीच पनि आज किसान धान काट्ने, चुट्ने र भित्र्याउने काममा जुटिरहेका छन् । चाडपर्वका कारण पाकिसकेको धान समयमा नै भित्र्याउन नपाउँदा बाला झुरिएर झर्ने अवस्था देखिएको र अझ ढिला गर्दा थप क्षति हुने चिन्ताले किसान वर्षालाई बेवास्ता गर्दै हतार–हतार धान भित्र्याउन व्यस्त भएका छन्। कतिपय ठाउँमा काटिसकेको धान सुरक्षित गर्न समस्या भएको छभने भिजेको धान चिसोका कारण बिग्रनसक्ने भन्दै किसानले चिन्ता जनाएका छन् । अहिले भित्र्याएको धान चिसो हुने भएकाले घाम लागेपछि सुकाएर बिग्रनबाट जोगाउन सकिने कृषि विकास कार्यालयका प्रमुख केशव खनालको सुझाव छ । यसअघि कृषि कार्यालयले आजदेखि वर्षा हुनसक्ने सम्भावना औँल्याउँदै धान काट्नलाई हतार नगर्न आग्रह गरेको थियो। पाकिसकेको बाली भित्र्याउन ढिलो भएको भन्दै कृष...
तनहुँको थानीमाई मन्दिरमा एकैदिन ८६ फूलका डोली भित्रिए
समाचार, समाज

तनहुँको थानीमाई मन्दिरमा एकैदिन ८६ फूलका डोली भित्रिए

नेपालअखबार,तनहुँ । तनहुँको भानु नगरपालिका–७ स्थित प्रसिद्ध धार्मिकस्थल थानीमाई मन्दिरमा आज एकैदिन ८६ वटा फूलको डोली भित्रिएका छन् । तनहुँबाट ३५, लमजुङबाट २५, गोरखाबाट १२, चितवनबाट आठ, पोखराबाट चार, नवलपरासी र काठमाडौँबाट एक/एक गरी ८६ फूलका डोली भित्र्याइएको हो । मन्दिर संरक्षण समितिका अध्यक्ष जीवन थापा मगरले सोमबार सत्यनारायणको पूजा गरी तयार गरिएका फूलका डोली मन्दिरमा चढाउने परम्परा रहेको जानकारी दिए । ‘सात सय जना भक्तजनले रातभर जाग्राम बसेर बत्ती बालेका छन् भने आठ हजार ८७७ जनाले दर्शन गरेका छन् । विसं २०७२ मा एकैदिन एक सय १५ वटा डोली भित्र्याइएको थियो । त्यसपछि आजकै दिन धेरै फूलको डोली आएको हो ।’ कात्तिकको पहिलो मङ्गलबार औँशी परेकाले फूलको डोली भित्र्याइएको हो । यहाँ एकादशी, औँशी, सोह्रश्राद्ध र साउन महिनाभर मन्दिरको ढोका खोलिदैन । विशेष गरी कात्तिक र माघ महिनामा यहाँ ठूलो मेला लाग्न...
हिमपातबाट अलपत्र ७५० जना पर्यटकको तिलिचो बेस क्याम्पबाट उद्धार
समाचार, समाज

हिमपातबाट अलपत्र ७५० जना पर्यटकको तिलिचो बेस क्याम्पबाट उद्धार

नेपालअखबार,काठमाडौं । हिमाली जिल्लामा हिमपातमा फसेका ७ सयभन्दा बढी पर्यटकहरूको उद्धार गरिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले ती पर्यटकहरूको उद्धार गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । गएरातिदेखि परेको हिउँका कारण मनाङको तिलिचो बेस क्याम्पमा अलपत्र ७५० जना पर्यटकलाई उद्धार गरी डिस्याङ गाउँपालिका–९ स्थित खाङसार ल्याएको थापाले बताए । अन्य ५० जनालाई तिलिचो बेस क्याम्पमा सुरक्षितसाथ राखिएको छ । मनाङ घुम्न गएका पर्यटकलाई खाङसारमा बसोबासको समस्या भएपछि सुरक्षित साथ फर्कने व्यवस्था मिलाइएको उनले जानकारी दिए । यसैबीच, तिलिचो तालबाट फर्कने क्रममा लेक लागेर बेहोस भएका काठमाडौं महानगरपालिका–३१ का ४५ वर्षीय वीरेन्द्र रसाइलीलाई सशस्त्र प्रहरी, नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङले खाङसारबाट हुम्डे स्वास्थ्य चौकीसम्म ल्या...
मानुङकोट पुगेका पर्यटक भन्छन् – सुन्दरताले लोभ्यायो
समाचार, समाज

मानुङकोट पुगेका पर्यटक भन्छन् – सुन्दरताले लोभ्यायो

नेपालअखबार,तनहुँ। ‘सामाजिक सञ्जालमा मानुङकोटका दृश्य देखेका थियौँ, आज प्रत्यक्ष आँखाले हेर्दा झनै मनमोहक लाग्यो’, पोखराकी लक्ष्मी कार्कीले भनिन्, ‘यहाँबाट देखिने सूर्योदय, हिमशृङ्खलाले लोभ्यायो ।’ पोखराबाट सोमबार बिहान २ : ०० बजे गाडी भाडामा लिएर व्यास नगरपालिका–५ मानुङकोट आएकी उनले मानुङकोटको सुन्दरता टिकटक र फेसबुकमा हेरेभन्दा अझ राम्रो लागेको उल्लेख गरिन् । उनले भनिन्, ‘मानुङकोटका बारेमा धेरै सुनेका थियौँ, साथीहरूसँग सल्लाह गरेर चार जना मिलेर आएका हौँ ।’ काठमाडौँबाट आएकी लुनिभा श्रेष्ठले मानुङकोटको सुन्दरताले मोहनी लगाउने धारणा राखिन् । उनले भनिन्, ‘आउन मन भए पनि पहिला विविध कारणले आउन सकिराखेकी थिइँन, अहिले तिहार बिदाका कारण यहाँ आउने वातावरण जुर्‍यो, दृश्यले लोभ्यायो ।’ दमौलीका सुदीप गफ्फारले यतिबेला मानुङकोटमा पर्यटकको अत्यधिक चहलपहल भएकाले होटल व्यवसायीसँग पहिल्यै सम्पर्क ग...
उदाउँदो सूर्यलाई अर्घ्य दिएर सकियो छठ
धर्म/संस्कृति, समाचार, समाज

उदाउँदो सूर्यलाई अर्घ्य दिएर सकियो छठ

नेपालअखबार,काठमाडौं। सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठपर्व मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि सम्पन्न भएको छ। उदाउँदो सूर्यलाई नदी किनारमा बसी पूजा आराधनासहित गाईको दूध, फूल र जलले अर्घ्य दिएपछि छठ सम्पन्न हुने धार्मिक विधि छ । यसरी घाटमा गरिने पूजालाई भिन्सरघाट भनिन्छ। बिहानै घाटमा गरिने पूजा भएकाले भिन्सरघाट भनिएको हो। सूर्योदयकालमा अर्घ्य दिई सूर्यको दर्शन गरेपछि छठ पूजा सकिन्छ । सूर्यको दर्शन गर्दा भक्तहरू लुगासहित कम्मरसम्मको पानीमा डुबेर सूर्य दर्शन गर्ने विधि छ। पृथ्वीमा भएका जीवको सञ्चालन र संरक्षण जल एवं सूर्यबाट भएकाले नदीलाई माता, सूर्यलाई सम्पूर्ण शक्तिको स्रोतका रूपमा मानी विशेष पूजा गर्ने गरिएको धार्मिक विश्वास छ। कार्तिक शुक्ल पक्षमा सूर्यको पूजा गर्नाले मनोकांक्षा पूरा भई इच्छाएको फल प्राप्त हुने धार्मिक विश्वासको चर्चा शास्त्रमा गरिएक...
मुस्ताङमा बाक्लो हिमपात,  उच्च हिमाली पदमार्गमा यात्रा नगर्न प्रशासनको आग्रह
समाचार, समाज

मुस्ताङमा बाक्लो हिमपात, उच्च हिमाली पदमार्गमा यात्रा नगर्न प्रशासनको आग्रह

नेपालअखबार,मुस्ताङ। मुस्ताङमा बाक्लो हिमपात परेको छ। कागबेनीदेखि माथिल्लो क्षेत्र, उपल्लो मुस्ताङ, मुक्तिनाथ आदि स्थानमा अहिले पनि हिमपात भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। प्रहरी कार्यालयका अनुसार मुक्तिनाथ मन्दिर परिसर, आसपासका स्थानमा हिमपातले तीर्थालु प्रभावित बनेका छन्। स्थानीयहरूको समेत जनजीवन कष्टकर बनेको प्रहरीले जानकारी दिएको छ। प्रशासनले यहाँस्थित पर्यटकीय पदमार्गमा यात्रा नगर्न पदयात्रीलाई आग्रह गरेको छ। सोमबार नैसूचना प्रकाशित गरी जिल्ला प्रशासन कार्यालय मुस्ताङले जल तथा मौसम विभागले बुधबारसम्म मौसम प्रतिकूल रहने बताएपछि मुस्ताङका उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न अनुरोध गरेको हो। मुस्ताङका उच्च हिमाली क्षेत्रको मुस्ताङ–डोल्पा, पाँच हजार ८०० मिटर उचाइको याकखर्क क्षेत्र, पाँच हजार ४०० मिटर उचाइको मनाङ–मुस्ताङ थोरङ्लापास, छ हजार मिटर उचाइको मुस्ताङ–मनाङ...
उत्तरी गोरखामा हिमपात, मनास्लु भ्रमणमा गएका पर्यटक प्रभावित
समाचार, समाज

उत्तरी गोरखामा हिमपात, मनास्लु भ्रमणमा गएका पर्यटक प्रभावित

नेपालअखबार,गोरखा । उत्तरी गोरखाका विभिन्न गाउँमा हिमपात भएको छ । चुमनुब्री गाउँपालिकाका विभिन्न गाउँबस्तीमा गए रातिदेखि हिमपात भइरहेको त्यहाँका स्थानीयले जनाएका छन् । हिमपात भएपछि जनजीवन प्रभावित भएको चुमनुब्री गाउँपालिका–७ का पासाङफुञ्जो लामाले जानकारी दिए । “गए राति हल्का पानी पर्न सुरु भएको थियो । राति नै हिउँ पर्न थाल्यो । अहिलेसम्म पनि हिउँ परिरहेको छ”, उनले भने, “अहिले मान्छेहरू घरभित्रै आगो तापेर बसिरहेका छन्, चौँरीहरू पनि भित्रको भित्रै छन् ।” सो वडाको तीन हजार मिटरभन्दा धेरै उचाइमा रहेका निले, छुले, पाङ्दुन, लार, फुर्पे, लामागाउँ, बुर्जी, जोङ, छेकमलगायत गाउँ हिउँले ढाकिएका छन् । त्यस्तै वडा नं १ को सामागाउँ, साम्दो, वडा नं २ को स्याला, ल्होलगायतका गाउँ पनि हिउँले ढाकिएको छ । हिउँ परेपछि मनास्लु क्षेत्र भ्रमणमा गएका पर्यटक पनि प्रभावित भएका छन् । पाँच हजार १०६ मिटर अग्लो स...
अझै पाँच हजार कैदीबन्दी कारागार बाहिर
प्रशासन, समाचार, समाज

अझै पाँच हजार कैदीबन्दी कारागार बाहिर

नेपालअखबार,काठमाडौँ । गत भदाै २३ र २४ गतेकाे जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागार र सुधारगृहबाट भागेकामध्ये अझै करिब पाँच हजार कैदीबन्दी फरार छन् । प्रदर्शन चर्केपछि विभिन्न २८ वटा कारागारबाट १३ हजार ५८५ कैदी र नौ वटा बाल सुधारगृहबाट ९६४ बालबन्दी गरी १४ हजार ५४९ बन्दी भागेका थिए । तीमध्ये हालसम्म नौ कैदी र ५८२ बालबन्दी गरी कुल नौ हजार ५८२ बन्दी कारागार फर्केका छन् । कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार चार हजार ५९६ कैदी र ३८६ बालबन्दी गरी कुल चार हजार ९८२ बन्दी अझै फरार छन् । सरकारले फरार कैदीबन्दीलाई कारागार फर्कन ‘अल्टिमेटम’ दिएको छ । ठुलो सङ्ख्यामा विभिन्न कसुरमा कैद सजाय भुक्तान गरिरहेका कैदी फरार हुँदा समाजमा सुरक्षा चुनौती थपिएपछि सरकारले फरार कैदीबन्दीलाई कारागारमा फर्काउन विशेष अभियान सञ्चालन गरिरहेको छ । अभियानअन्तर्गत फरार कैदीलाई...