Tuesday, May 5

समाज

सहकारी  विधि र नितीका आधारमा सञ्चालन हुनुपर्नेमा जोड
अर्थ, समाचार, समाज

सहकारी विधि र नितीका आधारमा सञ्चालन हुनुपर्नेमा जोड

नेपालअखबार, पोखरा । सहकारी संस्था विधि, निती तथा मुल्यमान्यताका आधारमा सञ्चालन हुनु पर्नेमा आज यहाँ आयोजित एक कार्यक्रमका बक्ताले जोड दिएका छन् । पोखरा महानगरपालिका वडा नं.१७ मा सञ्चालीत सफल वचत तथा ऋण सहकारी संस्थाद्धारा आयोजित एक दिने लेखा तालिमको उद्घाटन कार्यक्रमका वक्ताहरुले सुशासन र पारदर्शितामा जोड दिएका हुन । पोखरा १७ का वडाअध्यक्ष एवम् नेकपा एमाले महानगर प्रतिपक्षी दलका नेता राधिका शाही योगीले कार्यक्रमको उद्घाटन गर्दै मुलुकको समृद्धिको लागि सहकारीहरु उत्पादनसंग जोडिनुको विकल्प नभएको बताउनुभयो । सहकारी आर्थिक कारोवारसंगै शेयर सदस्यको जिवनस्तर उकास्नेखालका गतिविधिमा लाग्नु पर्ने बताउँदै उहाँले सहकारी बीच प्रतिष्पर्दा भन्दा पनि सहकार्य र समन्वयको आधारमा अघि वढ्नु पर्ने आवश्यकता औल्याउनु भयो । कास्की जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी एवम् सहकारीका संस्थापक अध्यक्ष अनिल शाहीले ...
राटरी क्लब अफ पोखरा अन्नपुर्णकोे अध्यक्षमा देवेन्द्र वास्तोला
समाचार, समाज

राटरी क्लब अफ पोखरा अन्नपुर्णकोे अध्यक्षमा देवेन्द्र वास्तोला

नेपालअखबार, पोखरा  ।  राटरी क्लब अफ पोखरा अन्नपुर्णकोे अध्यक्षमा देवेन्द्र वास्तोला चयन हुनुभएको छ । क्लबको १७ स्थापना दिवस र पद हस्तान्तरण कार्यक्रममा उहाँलाई सन् २०२२–२०२३ को अध्यक्षमा चयन गरेको हो । रोटरीको विधान अनुसार एक वर्ष अघिनै अध्यक्ष प्रस्ताब गर्ने प्रचलन हुन्छ । सोही अनुसार वास्तोला एक वर्षे कार्यकालका लागि अध्यक्षमा चयन हुनुभएको हो । क्लबको उपाध्यक्षमा रोटरियन भानु भक्त भण्डारी, सचिवमा निकेश प्रसाद कर्माचार्य, कोषाध्यक्षमा रोटरियन माधव प्रसाद बराल, एड्मिन प्रमुखमा रोटरियन सुरेश कुमार ध्वजु, टिआरएफमा दिनेश शंकर पालिखे, पब्लिक इमेजमा रोटरियन लक्की कार्की ,सर्जेन्ट आम्समा नविन राज बराल , सर्भिस प्रोजेक्ट चियरमा रोटरियन बाबु राम बराल, मेम्बरसिप चियरमा रोटरियन सरोज नारायण बराल, युथ चियरमा रोटरियन जनपुकार मुनाकमी ,प्रेसिडेन्ट नोमिनीमा रोटरियन तोय बहादुर भट्टराई , क्लब ट्रेनरमा रोटर...
चट्याङ लागेर  २ जना घाइते
समाचार, समाज

चट्याङ लागेर २ जना घाइते

नेपालअखबार, दाङ। दाङको  बंगलाचुली गाउँपालिकामा  वर्षासँगै आज तीनवटा घरमा चट्याङ परेको छ ।  गाउँपालिकाको वडा नम्वर ५  र  ६ को सुकिदहका तीन वटा घरमा चट्याङ परेको प्रहरीले जनाएको छ । चट्याङबाट उक्त गाउँपालिको वडा नम्वर ५ दमदमे निवासी २७ वर्षिया तुलसी वली र १२ वर्षिया वर्षा वली घाइते भएका छन् । आज दिउँसो करिव ३ बजेतिर चट्याङ परेर घाइते भएका दुबै जनालाई उपचारका  लागि राप्ती स्वाथ्य विज्ञान प्रतिष्ठान घोराहीमा पठाइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । चट्याङले घरमा समेत क्षति पुर्याएको प्रहरीले जनाएको छ ।...
बाघ हेर्न बर्दिया निकुञ्जमा पर्यटकको घुइँचो
पर्यटन, समाचार, समाज

बाघ हेर्न बर्दिया निकुञ्जमा पर्यटकको घुइँचो

नेपालअखबार,। अहिले बाघ देखिने याम भएकाले बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ । यो याममा निकुञ्ज सफारी गर्दा बाघ देखिने सम्भावना बढी हुन्छ । बाघ हेर्ने उद्देश्यले नै पर्यटकले जङ्गल सफारी गर्छन् । मङ्गलबार बर्दिया राष्ट्रिय निकुञ्ज सफारी गरेर फर्केका जर्मनी र इजरायलबाट आएका पर्यटक निकुञ्जको द्वारमा निकै खुसी देखिन्थे । पाहुनाले निकुञ्ज सफारीका क्रममा बाघ देखेर फर्केका कारण बढी खुसी देखिएको नेचर गाइड अनुराम चौधरीले बताए । “यो याममा पर्यटकको इच्छा पूरा हुन्छ”, उनले भने, “पर्यटकले सफारी गर्दा मुख्य उद्देश्य बाघ हेर्ने हुन्छ, जुन इच्छा अधिकांश पर्यटकको पूरा हुन्छ ।” बाघकै कारण पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा बर्दिया राष्ट्रिय निकुञ्ज परेको छ । निकुञ्जको ‘कोर एरिया’मा सफारी तथा ‘जङ्गल वाक’ गर्ने पर्यटकको सङ्ख्यामा वृद्धि भएको निकुञ्ज...
ताप्लेजुङमा चट्याङ लागेर एक जनाको मृत्यु, २ जना घाइते
समाचार, समाज

ताप्लेजुङमा चट्याङ लागेर एक जनाको मृत्यु, २ जना घाइते

नेपालअखबार, फुङ्लिङ । ताप्लेजुङमा चट्याङ लागेर बिहीबार एकजनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । मृत्यु हुनेमा मेरिङदेन गाउँपालिका–२ सान्थाक्राका १५ वर्षीय लालकुमार शेर्पा छन् । मकै गोड्ने क्रममा चट्याङ लागेर शेर्पाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चट्याङ लागेर सोही ठाउँका १९ वर्षीय निमतेम्वा शेर्पा र १२ वर्षीय निमल्हमु शेर्पा घाइते भएका छन् ।घाइते दुवै जना स्थानीय स्वास्थ्यचौकीमा उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ ।...
पछिल्लो २४ घण्टामा थप २६० जनामा कोरोना संक्रमण पुष्टि
समाज, स्वास्थ्य

पछिल्लो २४ घण्टामा थप २६० जनामा कोरोना संक्रमण पुष्टि

नेपालअखबार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २६० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशामा ३ हजार ८४४ नमुना परिक्षण गरिएको थियो । त्यसक्रममा २६० जनामा संक्रमण पुष्टि भयो । यससँगै कुल सक्रिय संक्रमितको संख्या ११७१ पुगेको छ । जसमध्‍ये २ हजार २७ जनाको पीसीआर परीक्षण गर्दा २१४ जना र १ हजार ८१७ जनाको एन्टिजेन परीक्षण गर्दा ४६ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १ हजार १७१ पुगेको छ । पछिल्लो २४ घण्टामा ४८ जना संक्रमणमुक्त भएका छन् । जसमध्‍ये १ हजार १४८ जना होम आइसोलेसनमा रहेका छन् भने २३ जना संस्थागत आइसोलेसन र १४ जना आईसीयूमा छन् । यस्तै एक जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्...
सिरहामा करेन्ट लागेर एकजनाको मृत्यु
समाचार, समाज

सिरहामा करेन्ट लागेर एकजनाको मृत्यु

नेपालअखबार, सिरहा। सिरहाको गोल बजारमा करेन्ट लागेर एकजना किसानको मृत्यु भएको छ । धानखेतमा पानी पटाउने क्रममा पानी तान्ने मोटर चलाउने क्रममा बुधबार राती करेन्ट लागेर गोलबजार नगरपालिका–८ चोहर्वाका करिब ५५ वर्षीय अशेश्वर मण्डलको मृत्यु भएको हो । घर नजिकै खेतमा पानी पटाइरहेका उनलाई रातीको खाना खानलाई बोलाउन जाँदा मृत भेटिएको पारिवारिक सदस्यले जानकारी दिए ।  प्रहरीले घटनास्थल मुचुल्का उठाई पोष्टमार्टमका लागि शव प्रादेशिक अस्पताल लहान पठाइएको जनाएको छ । घटनाबारे अनुसन्धान भईरहेको प्रहरीको भनाइ छ ।  ...
दाङमा एक जना पुरुषको शव फेला
समाचार, समाज

दाङमा एक जना पुरुषको शव फेला

नेपालअखबार, दाङ । दाङको सामुदायिक वनमा एक जना पुरुषको शव फेला परेको छ। राप्ती गाउँपालिका-१ भालुवाङस्थित राप्ती सामुदायिक वनमा वडा नम्बर-८ पिपरी निवासी ४५ वर्षीय दलबहादुर चौधरीको शव फेला परेको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ। मंगलबार बिहान जंगलमा च्याउ खोज्न जंगल गएका महिलाहरूले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव पोष्टमार्टमको लागि लमही अस्पतालमा राखिएको छ । घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय भालुवाङका कार्यालय प्रमुख प्रहरी निरीक्षक सुजनविक्रम शाहले बताए ।...
ढुंगासहितको पहिरो झरेपछि बुटवल-पाल्पा सडक अवरूद्ध
समाचार, समाज

ढुंगासहितको पहिरो झरेपछि बुटवल-पाल्पा सडक अवरूद्ध

नेपालअखबार, बुटवाल । ढुंगासहितको पहिरो झरेपछि बुटवल-पाल्पा सडक खण्ड अवरूद्ध भएको छ। सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा सडकखण्डको तल्लो सिद्धबाबा र माथिल्लो सिद्धबाबा मन्दिरको बीचमा बुधबार बिहान ढुङ्गा सहितको पहिरो झरेको हो। पहिरो झरेपछि सिद्धार्थ राजमार्गहुँदै बुटवलबाट पाल्पा, गुल्मी जाने र उताबाट बुटवल आउने सवारी साधन बाटोमा रोकिएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ। बुटवलदेखि दोभान सम्मको करिब ८ किलोमिटर सडक खण्डमा हिउँद होस् वा वर्षा हिले र धुले पहिरो झर्दा यात्रुले जोखिम मोलेर यात्रा गर्न बाध्य छन्। यसअघि माथिल्लो सिद्धबाबा मन्दिरदेखि अगाडिको भागमा पहिरो झर्दै आएकोमा बुधबार बिहान भने माथिल्लो सिद्धबाबा मन्दिरदेखि तल्लो भागमा पहिरो झरेको हो। अप्ठ्यारो र ठूलो चट्टान सहितको पहरो बीचमा रहेको सडकमा पहिरो झर्न थालेपछि सरकारले सिद्धबाबा सुरूङमार्ग न...
घाँसीकुवाको अस्तित्व मासिने अवस्थामा
समाचार, समाज

घाँसीकुवाको अस्तित्व मासिने अवस्थामा

नेपालअखबार, तनहुँ। भानुभक्त आचार्यलाई आदिकवि बनाउने प्रेरणादायी स्थल घाँसीकुवाको अस्तित्व मासिने खतरामा पुगेको छ । पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकखण्ड विस्तार भइरहेकाले व्यास–१२ मा रहेको घाँसीकुवा र घाँसीपार्क मासिने अवस्थामा पुगेको हो । प्राचीनकालदेखि संरक्षण गरिँदै आएको उक्त ऐतिहासिक सम्पदा सडक विस्तारसँगै हटाउनुपर्ने अवस्था आएकाले संरक्षणका लागि समयमै ध्यान दिनुपर्नेमा स्थानीयवासीको माग छ ।     भानुभक्त मामाघर मानहुँ (हालको व्यास–५) मा पुगेर पैदलबाटो फर्किने क्रममा घाँसीकुवामा घाँसीसँग भेट भएको थियो । घाँसीले घाँस काटेर आएको आम्दानीबाट कुवा खनाउने महान् विचारबाट भानु प्रेरित भई यस्तो कविता रचना गर्नुभएको थियो- भर्जन्म घाँसतिर मन दिई धन कमायो, नाम क्यै रहोस् पछि भनेर कुवा खनायो । घाँसी दरिद्र घरको तर बुद्धि कस्तो, म भानुभक्त धनी भैकन किन आज यस्तो । हाल कुवा रहेको पारीपट्ट...