माझठाना सम्पर्क समाजको तिज विशेष एवम् सम्मान
हरिप्रसाद बास्तोल, । माझठानामा जन्मस्थान भई पोखरामा विभिन्न पेशा व्यवसायमा संलग्नहरुको संस्था माझठाना पोखरा सम्पर्क समाजद्धारा तिज विशेष एवम् सम्मान कार्यक्रम आज सम्पन्न भएको छ ।
पोखरा सितलदेवीस्थित बरालडाँडा तमु समाजको भवनमा आयोजित कार्यक्रममा समाजमा आवद्ध महिलाले नाचगान गर्दै सामूहिकरुपमा दर खाएर माईती र चेलेबेटी बीच एक आपसमा शुभकामना आदान प्रदान गरेका थिए ।
पोखरा महानगरपालिका वडा नं. २८ का वडाअध्यक्ष श्रीकृष्ण लामिछाने कार्यक्रमको उद्घाटन गर्दै वडाको विकास निर्माणमा समन्वय तथा सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
समाजका संस्थापक अध्यक्ष समेत रहनु भएका उहाँले वडाको विकास निर्माणसंगै समृद्धिको अभियानमा सवैको साथ र सहयोग रहने विश्वास व्यक्त गर्दै आवश्यक सल्लाह र सुझावको अपेक्षा गर्नुभयो ।
कार्यक्रममा समाजमा आवद्ध सदस्यका छोराछोरीबाट २०७८ सालको एसईई परिक्षामा सर्वोत्तकृष...









