नेपालमा भेटियो छेपारोको नयाँ प्रजाति
नेपालअखबार, मोरङ। नेपालमा नयाँ प्रजातिको छेपारो फेला परेको छ।
पूर्वी नेपालको मोरङ जिल्लास्थित मिक्लाजुङ गाउँपालिकाअन्तर्गत पर्ने चुरे क्षेत्रमा जैविक विविधताको अध्ययन गर्ने क्रममा यसरी पहिलोपटक नयाँ प्रजातिको छेपारो फेला परेको हो।
यसको नाम ‘सिक्किम छेपारो’ अर्थात् वैज्ञानिक नाम ‘ट्याकीड्रोमस सिक्किमेन्सिस’ हो। ‘लेसरटिडे’ परिवारअन्तर्गत पर्ने यो छेपारोको नयाँ प्रजाति फेला परेसँगै नेपालमा अब छेपारो प्रजातिको संख्या ४१ पुगेको छ। परिवार पनि थपिएको छ।
संरक्षणकर्मी विवेक गौतम, सन्तोष भट्टराई र डा रामचन्द्र कँडेल सम्मिलित टोलीले अनुसन्धानमा नयाँ प्रजाति फेला परेको पुष्टि गरेको हो।
‘यो छेपारो रेकर्ड भएसँगै नेपालमा पाइने छेपारोको परिवारसमेत ६ बाट सात पुगेको छ’, नेपाल कन्जरभेसन एण्ड रिसर्च सेन्टरका सरीसृप अध्येता भट्टराईले भने।
उनी हाल फेडेरेसन विश्वविद्यालय अष्ट्रेलियामा नेपालका उभय...










